कीवर्डहरू -

समाचार

सनराइज बैंकमा अनलाइनबाटै ‘सनराइज स्मार्ट बचत खाता’ खोल्न सकिने

सनराइज बैंकले विश्वको कुनै पनि ठाउँबाट सनराइज बैंकमा तुरुन्तै बचत खाता खोल्न सकिने गरी ‘सनराइज स्मार्ट बचत खाता’ ल्याएको छ ।

यस सुविधाअन्तर्गत ग्राहकहरुले अनलाइनमार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् । उक्त खाता सक्रिय भएपछि ग्राहकहरुले रकम जम्मा गर्न सक्नुका साथै डिजिटल रुपमा कारोबार समेत गर्न सक्नेछन् ।

उक्त खाताका ग्राहकहरुले मोबाइल बैंकिङ प्रयोग गरी आफैले मुद्घती खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ । यस सुविधा अन्तर्गत ग्राहकहरुले बैंकको आधिकारीक वेबसाइट मा गई कुनै पनि बचत खाता छनोट गरी आफ्नो विवरण भने पेश गर्नुपर्नेछ ।

यसरी अनलाइनबाट खोलिएका शुन्य मौज्दातमा ‘सनराइज स्मार्ट बचत खाता’ खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याज समेत दिने बैंकले जनाएको छ ।

खाता खोल्न र माथि उल्लेखित कारोबार गर्न ग्राहकहरुलाई बैंक आउन पर्ने जरुरी छैन तर ग्राहकहरुले आफ्नो अनुकुलता अनुसार खाता खोलेको १ वर्ष भित्र भने बैंकमा उपस्थित भइ आफ्नो खाता अद्यावधिक गर्नुपर्नेछ ।

कोभिडको कारण ग्राहकहरु बैंक आउन र कारोबार गर्न असहज भैरहेको वर्तमान परिप्रेक्षमा सन्राइज बैंकको यस सुविधाले देश र विदेशमा रहेका नेपालीहरुले सजिलै खाता खोल्न सक्ने र मोबाइल बैंकिङ्ग मार्फत नेपालमा बत्ति, पानी, इन्टरनेट, विद्यालय शुल्क आदिको सजिलै भुक्तानी गर्न सक्ने बैंकको विश्वास छ ।

समाचार

एनआईसी एशिया बैंकको ‘फोटो पात्रो २०७८’ प्रतियोगितामा फोटो पठाई नगद पुरस्कार जित्न सकिने

एनआईसी एशिया बैंकले सम्पूर्ण नेपाली नागरिकहरूका लागि ‘फोटो पात्रो २०७८’ नामक फोट…

स्पटलाईटले प्रयोगकर्ताहरुलाई भिडियो भाइरल बनाएमा दिनको १० लाख रुपैयाँ दिने

स्न्यापच्याटको स्पटलाईटले प्रयोगकर्तालाई भिडियो भाइरल बनाएमा एक दिनको १ मिलियन अमेर…

एफटीटीएच सेवामा विद्युत नहुँदा राउटर यूपीएस वा एडप्टर प्रयोग गर्न टेलिकमको सुझाब     

नेपाल टेलिकमले परम्परागत तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफटीटीएच अर्था…

ज्योति विकास बैंकको खाता खल्तीसँग लिङ्क गर्दा १०० रुपैयाँ बोनस पाइने

ज्योति विकास बैंकका ग्राहकले ‘खल्ती’ डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा …

फेसबुकले सार्वजनिक गर्‍यो ड्राइभस फिचर, आवश्यक खानेकुरा तथा कपडा संकलन गर्न सहयोग गर्ने

फेसबुकले ‘ड्राइभस’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । यो फिचरले चाहिएको मान्छेहर…

बिना सूचना बत्ती जाँदा जुमबाट अध्ययन गर्ने विद्यार्थी प्रभावित

सडक विस्तारका क्रममा पोल सार्न बिना सूचना बत्ती जाँदा जुमका माध्यमबाट अध्ययन गरिरहे…

ग्यापुको मंसिर १२ गते ब्ल्याक फ्राइडे सेल, ६० प्रतिशतसम्म छुट पाइने

लोकप्रिय नेपाली इ कमर्श ग्यापु मार्केटप्लेसले मंसिर १२ गते शुक्रबार ब्ल्याक फ्राईडे घो…

सुरुमा ९ लाख नेपालीलाई कोरोना खोप

नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्याला…

फेसबुकमा प्रहरीलाई गाली गर्ने युवक पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा प्रहरीलाई गाली गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको …

फेसबुकमा प्रहरीलाई गाली गर्ने युवक पक्राउ

सामाजिक सन्जाल फेसबुकमा प्रहरीलाई गाली गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको …

राष्ट्रिय परिचय पत्र सबैका लागि महत्वपूर्ण छ: प्रजिअ भटराई

राष्ट्रिय परिचयपत्र सबै तह र तप्काका नागरिकहरुको लागि उतीकै महत्वपूर्ण रहेको डोटीका…

कोरोनाको खोपबारे गलत जानकारी रोक्न यस्तो छ फेसबुक, ट्वीटर र गूगलको तयारी

फेसबुक, ट्वीटर र गूगलले कोभिड–१९ खोपको बारेमा गलत जानकारीसँग लड्नका लागी तयारी …

कर्मचारी संचय कोषको कर्जा बैंक अफ काठमाण्डूका सबै शाखाबाट भुक्तानी गर्न सकिने 

कर्मचारी संचय कोषबाट ग्राहकहरुले लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ …

भारतले लगायो थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध, अलिएक्सप्रेस र स्न्याक भिडियो पनि समावेश

भारतले ४३ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । भारतको विद्युतीय तथा सूचन प्रविधि म…

कोरोनाको खोप नेपाल ल्याउन भारतीय कम्पनीसँग छलफल गर्दै सरकार

नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का …