कीवर्डहरू -

समाचार

कोरोना परीक्षणका लागि टोलटोलमा मोबाइल भ्यान

कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब सङ्कलन शुरु गरेको छ ।

जाडो बढेसँगै काठमाडौँमा कोरोनाको जोखिम थप बढेकाले कामपाले प्रत्येक वडावडामा पुगी लक्षण देखिएका बिरामी, दीर्घरोगी र ज्येष्ठ नागरिकको स्वाब सङ्कलन शुरु गरेको हो ।

सोमबारदेखि नागरिकको सेवामा खटिएको उक्त भ्यान नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेपछि प्रयोग गरिएको हो ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आफूहरु लकडाउनको शुरु अवधिदेखि नै कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन लागिरहेको बताउँदै थप प्रभावकारी बनाउनका लागि नाष्टको प्राविधिक सहयोगमा निर्माण भएको मोबाइल भ्यानमार्फत स्वाब सङ्कलनको काम शुरुआत गरिएको जानकारी दिए ।

नेपाल सरकारले तोकेको मापदण्डभित्र परेका नागरिक र कन्ट्याक्ट ट्रेसिङमा परेका शङ्कास्पद व्यक्तिलाई निःशुल्क परीक्षण गर्ने कामपा लागिपरेको बताइएको छ ।

यसमा एक पटकमा दुई जनाको स्वाब लिन सकिने छ । लक्षित वर्गलाई उपचारबाट वञ्चित नगराउने अभियानलाई साथ दिएर सकेसम्म असहाय, विपन्न र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन र सक्नेले आफैँ परीक्षण गर्न पनि कामपाले अनुरोध गरेको छ ।

शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार सोमबार वडा नं १३ मा स्वाब सङ्कलन गरिएको छ भने आजदेखि अन्य वडामा हुनेछ । रासस

समाचार

मंसिर १३ गते ‘फोनपे डिजिटल इकोनोमी कन्क्लेभ’ हुँदैं

‘फोनपे डिजिटल इकोनोमी कन्क्लेभ २०२०’ मंसिर १३ गते आयोजना हुँदैं छ । ब्रान्डवर्थ प्र…

सामसङको फोल्डिङ फोन जेड फोल्ड ३ आगामी जुनमा सार्वजनिक हुन सक्ने

सामसङको पहिलो फोल्डिङ फोनले धेरै सफलता पाएन । पहिलो फोनले सफलता नपाएता पनि साम…

राष्ट्रिय आविष्कार केन्द्रले बनायो ब्याट्रीबाट चल्ने ‘गुड्ने बुथ’ 

राष्ट्रिय आविष्कार केन्द्रले स्वास्थ्यकर्मीको सुरक्षाका लागि गुड्ने बुथ बनाएको छ । सो बु…

अब ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न सकिने 

अब अनलाइनबाटै ट्राफिक जरिवाना तिर्न सकिने भएको छ । सवारी नियम उल्लंघन गरेवापत चा…

फोन पेको ‘क्युआरमा उपहार’ योजना, बम्परमा यमाहाको स्कुटर जित्न सकिने

फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना प्रयोगकर्ता तथा मर्चेन्टहरुलाई लक्षित गर्दै ‘क्यू…

ट्रुकलर जस्तै एपमा काम गर्दैं गूगल

गूगलले गोप्य रुपमा ट्रुकलर जस्तै एपको निर्माण गरिरहेको छ । जसलाई ‘गूगल  कल’ भनिने…

माइक्रोसफ्ट टिम्समा अब २४ घण्टा निःशूल्क कल गर्न सकिने

माइक्रोसफ्ट टिम्सले दिनभर निःशूल्क भिडियो तथा भ्वाइस कल गर्न मिल्ने सुविधा दिन थालेक…

ओपोद्वारा फुलपाथ कलर म्यानेजमेन्ट सिष्टम सार्वजनिक

ओपोले फुल-पाथ कलर म्यानेजमेन्ट सिस्टम, आफ्नो सन् २०२१मा सार्वजनिक हुने फ्ल्यागशिप स्मा…

म्यासेजिङ एप ह्वाट्सएपमा ‘म्युट भिडियो’ शेयर गर्न मिल्ने फिचर आउँदै 

म्यासेजिङ एप ह्वाट्सएपले चाँडैनै ‘म्युट भिडियो’ सेयर गर्न दिन सक्ने भएको छ । यो फिच…

सेञ्चुरी बैंकमा अब अनलाइनबाटै खाता खोल्न सकिने

कोभिड–१९का कारण बैंकका सेवाग्राहिहरुलाई पर्न गएको विभिन्न बैंकिङ्ग समस्याको समाधान…

अब प्रेसपास र अनलाइन नवीकरण प्रदेशमा रहेका हुलाकमार्फत

सूचना तथा प्रसारण विभागले अब प्रेसपास र अनलाइन नवीकरण गर्ने अधिकार प्रदेशका जिल्ला…

साओमी नेपालको स्मार्टफोन बजारमा पुनः नम्बर वान

साओमीले आज आईडीसीको पछिल्लो वर्ल्डवाइड क्वार्टरली मोबाइल फोन ट्र्याकर तेस्रो त्रैमासिक…

प्रा.डा. सुवर्ण शाक्यको अध्यक्षतामा ‘काउन्सिल फर इन्फर्मेसन टेक्नोलोजी नेपाल’ गठन

प्रा.डा. सुवर्ण शाक्यको अध्यक्षतामा ‘काउन्सिल फर इन्फर्मेसन टेक्नोलोजी नेपाल’ गठन भएको…

कञ्चनपुरमा पहिलोपटक ‘गोप्रो क्यामेरा’, क्यामेरा भिरेर ‘फिल्ड’ मा प्रहरी

कञ्चनपुर प्रहरीले पहिलो पटक जिल्लामा सवारीसाधन जाँचमा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्य…

कोरोनाको खोप खरिद गर्न ७० अर्ब लाग्ने आकलन

सरकारले कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) खरिद गर्न ७० अर्ब रुपैयाँ लाग्ने आकलन…