समाचार
अनलाइन टिभीलाई व्यवस्थित बनाउन आग्रह
संसारभरि आज विश्व टेलिभिजन दिवस मनाइँदैछ । यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीका बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले १७ डिसेम्बर १९९६ मा हरेक वर्ष २१ नोभेम्बरका दिन टेलिभिजन दिवसको रुपमा मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन थालिएको हो ।
आजभन्दा ९५ वर्ष अगाडि आविष्कार भएको टेलिभिजन आमसञ्चार माध्यम अहिले विकास हुँदै अनलाइन टेलिभिजनसम्म आइपुगेको छ ।
टेलिभिजन प्रविधिको सबैभन्दा कान्छो पुस्ताको रुपमा रहेको अनलाइन टेलिभिजनको विस्तार र आकर्षण दिनप्रतिदिन बढिरहे पनि यसको व्यवस्थापन तथा संस्थागत विकासको आवश्यकता पनि उत्तिकै रहेको अनलाइन टिभी पत्रकार सङ्घले जनाएको छ ।
सङ्घका अध्यक्ष जीवन भण्डारी र महासचिव राजु सुवेदीले दिवसको अवसरमा वक्तव्य जारी गर्दै अनलाइन टेलिभिजनको पहुँचलाई विस्तार गर्दै यसको विषयवस्तु तथा प्रस्तुतिको गुणस्तर वृद्धि गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्ने बेला भएको उल्लेख गरेका छन् ।
सबै अनलाइन टिभीकर्मीलाई सङ्गठित हुन र एक अर्कालाई सहयोग, सीप र ज्ञान आदानप्रदान गर्न पनि उनीहरुले सबैलाई आह्वान गरेका छन् ।
अनलाइन टेलिभिजनलाई व्यवस्थित, विश्वसनीय र उपयोगी बनाउन सबै टेलिभिजनकर्मी, विज्ञ र सरोकारवाला निकायका बीचमा सहकार्य गर्दै केही प्रयास भइरहेको सङ्घले जानकारी दिएको छ ।
नेपालमा पहिलो टेलिभिजनको रुपमा विसं २०४१ माघ १७ गते नेपाल टेलिभिजनको स्थापना भएको हो भने हाल सय बढी टेलिभिजन सञ्चालनमा रहेका छन् । त्यसैगरी अनलाइन टेलिभिजनको सङ्ख्या पनि बढीरहेपनि यसको कुनै आधिकारिक तथ्याङ्क भने उपलब्ध छैन । रासस
समाचार
वर्ल्डलिंक र आईमार्क विस्टाबाट सम्मानित
वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्स (विस्टा) ले वर्ल्डलिंक कम्युनिकेसन लिम…
क्यान महासंघका निवर्तमान अध्यक्ष विस्टाको ‘बोर्ड अफ डाइरेक्टर’ मा निर्वाचित
कम्प्युटर एशोसियसन नेपाल (क्यान महासंघ) का निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरासिया व…
म्यासेजिङ एप गो एसएमएस प्रो प्रयोगकर्ताका व्यक्तिगत फोटा, भिडियो तथा फाइल बाहिरिए
एन्ड्रोइडको लोकप्रिय म्यासेजिङ मोबाइल एप गो एसएमएस प्रोका प्रयोगकर्ताहरुको व्यक्तिगत फ…
चार लाख शब्द समावेश भएको संस्कृत नेपाली विद्युतीय शब्दकोश सार्वजनिक, यसरी गर्नुहोस् प्रयोग
स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सा…
अब सार्वजनिक यातायात अनलाइनबाटै नियमन गरिने, टिकट काट्ने, रुट र समय हेर्ने सुविधा
नेपालमा पहिलोपटक यात्रुवाहक सार्वजनिक यातायात प्रविधिमार्फत (अनलाइन) नियमन गर्ने प्…
अश्लील भिडियो बनाइ ब्ल्याकमेलिङ गर्ने युवक पक्राउ
२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लील भिडियो बनाइ ब्ल्याकमेलिङ गरेको अभिय…
इन्जिनियरिङ्गको लागि ‘ई गभर्मेन्ट’ पुस्तक सार्वजनिक
इन्जिनियरहरुको लागि ई-गभरमेन्ट पुस्तक सार्वजनिक भएको छ । प्रा.डा. सुवर्ण शाक्य, गणेश…
गूगल मिटमा आयो ‘रेज योर ह्याण्ड’ फिचर
गूगल मीटमा मिटिङको समयमा हात उठाएको देखाउन मिल्ने अर्थात ‘रेज योर ह्याण्ड’ फिचर उ…
निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो टिकटकमा अपलोड गर्ने व्यक्ति पक्राउ
निकिशा श्रेष्ठमाथि दुर्व्यवहार भएको भिडियो टिकटकमा अपलोड गर्ने व्यक्ति पक्राउ परेका छ…
दक्षिण कोरियाद्वारा मानवरहित हवाई ट्याक्सीको परीक्षण (भिडियो सहित)
दक्षिण कोरियाले मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण गरेको छ । यहाँको भूमि, पूर्व…
‘ओप्पो इन्नो डे २०२० सम्पन्न’, एकीकृत भविष्यको कल्पना गर्दैं तीन उत्पादन प्रदर्शन
‘लिप ईन्टू द फ्यूचर’ अवधारणाका साथ शन्चनमा ओपो ईन्नो डे २०२०को आयोजना गरिएको छ । …
स्नातक तहको शैक्षिक सत्र खेर नजाने
कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक ला…
स्टाडिया प्लेयर्सले अब एक अर्कामा म्यासेज पठाउन सक्ने
गूगलको स्टाडिया प्लेयर्सले अब एक अर्कालाई म्यासेज पठाउन सक्ने भएका छन् । यो फिचर गत…
नेपालबाट दियालो टेक्नोलोजीज ‘सिड स्टार्स वर्ल्ड’ प्रतिस्पर्धामा विजयी
‘सिड स्टार्स वर्ल्ड’ प्रतिस्पार्धमा नेपालबाट दियालो टेक्नोलोजीज विजयी भएको छ । सिड स्ट…
क्वाड क्यामेरा सहित रियलमी सेभेन आई नेपालमा, कति छ मूल्य ?
नेपाली बजारमा रियलमीको नयाँ स्मार्टफोन ‘रियलमी सेभेन आई’ सार्वजनिक भएको छ । मंगल…