कीवर्डहरू -

समाचार

भोडाफोनको यूरोपेली बजारमा ओपोका स्मार्टफोन उपलब्ध गराउन आपो र भोडाफोनबीच सम्झौता

ओपोका स्मार्टफोनको ब्यापक रेञ्ज भोडाफोनको यूरोपेली बजारमा भित्र्याउन ओपो र भोडाफोनले सहकार्यको गरेका छन् । यसको थालनी मे २०२० देखि हुने जानकारी दिइको छ ।

नवप्रबर्तनात्मक उत्पादन पोर्टफोलियो सुसज्जित अग्रणी स्मार्टफोन ब्राण्ड तथा अत्याधुनिक फाइभजी प्रविधिका ज्ञाता ओपोको बार्षिक ह्याण्डसेट शिपमेन्ट १०० मिलियन भन्दा बढी रहेको छ ।

ओपो र भोडाफोन बिचको यो सहकार्यले उपभोक्तालाई अझ ब्यापक छनोटको अवसर प्रदान गर्नुका साथै भोडाफोनका अन्तर्राष्ट्रिय बजारमा फाइभजी एडप्सनमा टेवा तथा थप तिब्रता प्रदान गर्ने निश्चित छ ।

भोडाफोनका रिटेल तथा अनलाइन च्यानल मार्फत ओपोका बजेट फोनदेखि उद्योगकै अग्रणी फाइभजी फ्ल्यागशिप स्मार्टफोन (ए सिरिज, रेनो सिरिज र फाइन्ड एक्स सिरिज) लगायत फोनहरु उपलब्ध गराइने छ ।

\"\" सहकार्यको पहिलो चरणमा भोडाफोनले ओपोका उत्पादनहरु जर्मनी, यूके, स्पेन, पोर्तुगल, रोमानिया, टर्की र नेडरल्यान्न्ड्समा रिटेल च्यानल मार्फत उपलब्ध गराउने छ ।

यो ग्लोबल पार्टनरशिपको विकासका लागि ओपोका उत्पादन भोडाफोनको बजारमा सहज उपलब्धताका लागि दूबै कम्पनीले संयुक्तरुपमा सटिक पहलहरु गर्नेछन् ।

ओपोले आफ्ना उत्पादनहरु अधिकमरुपमा ईन–हाउस गर्ने गरेको छ । साथै कम्पनीका धेरै जसो उत्पादन केन्द्रहरु साधारणरुपमा सञ्चालनमा आइसकेका छन् ।

फिजिकल रिटेलमा हाल कठिनाइ रहेको अवस्थामा दूबै कम्पनीहरु अनलाइन विक्रि च्यानल विकासका लागि ध्यान दिँदै आफ्ना उपभोक्तालाई निरन्तर सेवा उपलब्ध गराउन प्रयत्नरत छन् ।

\"\" क्रमबद्ध रुपमा बन्देजहरु खुकुलो गरिँदै लैजादा भोडाफोनसँग सहकार्य गर्दै आफ्ना कर्मचारी तथा उपभोक्ताको सुरक्षार्थ ओपो र भोडाफोनले विशेष सजगता अपनाउने छन् ।

यही मे महिनादेखि ओेपोका विभिन्न उत्पादनहरु भोडाफोन मार्फत जर्मनी, यूके, स्पेन, पोर्तुगल, रोमानिया, टर्की र नेडरल्यान्ड्समा उपलब्ध गराउँदै लगिने छ ।

ओपो र भोडाफोन मार्फत अन्य देशमा उपलब्ध गराइने उत्पादनहरुका बारेमा थप जानकारी विस्तारै प्रवाहित गरिने जानकारी दिइएको छ ।

समाचार

के अब सबै सामाजिक अपराध ‘विद्युतिय अपराध’ को रुपमा रुपान्तरण हुदैछन् ?

भरत श्रेष्ठ ।

केहि समय पहिले मेरो आँखा एक राष्टिय दैनिक पत्रिकामा अडिन पुग्यो, त्यसमा स्पष्ट लेखिएको थियो पहिले पहिले चो…

गूगल मिट प्ले स्टोरबाट ५ करोड भन्दा बढी डाउनलोड

भिडियो कन्फेरेन्सिङ प्लाटफर्म ‘गूगल मिट’ प्ले स्टोरबाट ५ करोड भन्दा बढी डाउनलोड भएको…

क्लासिक टेकले गर्‍यो आफ्ना कर्मचारीको कोरोना बिमा

इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आफ्ना कर्मचारीहरुको कोरोना बिमा गरेको छ । कोरो…

कोरोना विरुद्ध लड्न विभिन्न संस्थालाई आइस्पानको आर्थिक तथा स्वास्थ्य सामग्री सहयोग 

इन्टरनेट सेवा प्रदायक संस्था नेपाल (आइस्पान) ले कोरोना भाइरस विरुद्ध लड्न आर्थिक तथा…

‘नेपालका शैक्षिक संस्थामा परीक्षा प्रणाली परिवर्तन सम्भव छ’ विषयमा अनलाइन अन्तरक्रिया कार्यक्रम सम्पन्न

कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (सीफ्यान) ले ‘परिवर्तन सम्भव छ ? सन्दर्भ: नेपालक…

सिएसआरआईको वार्षिक साधारण सभा सम्पन्न, प्रा.डा. सुवर्ण शाक्यको अध्यक्षतामा नयाँ नेतृत्व

सेन्टर फर साइबर सेक्युरिटी रिसर्च तथा इनोभेसन (सिएसआरआई) संस्थाको शनिबार वेबिनार …

आज सञ्चालन हुने टेक वेबिनार नेपालको १५ औं श्रृंखलामा माइक्रोसफ्ट टिम्स प्रयोग गर्न सिकाइदै

टेक वेबिनार नेपालको १५ औं श्रृंखलामा भिडियो कन्फेरेन्सिङ टुल माइक्रोसफ्ट टिम्स प्रयो…

कोरोनाको जानकारी दिने ‘हाम्रो स्वास्थ्य’ एप एन्ड्रोइड र आईओएस दुबैमा उपलब्ध

स्वास्थ्य मन्त्रालयले कारोना भाइरस अर्थात कोभिड-१९ को जानकारी दिन सञ्चालनमा ल्याएको ‘…

नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड बनेको शाओमीको दाबी

शाओमीले मोबाइल फोन ट्रयाकर आईडीसीको अनुसार आफु सन् २०२० को पहिलो त्रैमासिक रिपोर्…

ईसेवा मनि ट्रान्सफरले सुरु गर्‍यो आफ्नो सेवा

ईसेवा मनि ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरु गरेको छ । जापानको वर्ल्ड फेमि…

आजको डिजिटज संवादमा डिजिटल पेमेन्टको भविश्वको बारेमा चर्चा हुदै

हरेक शनिवार अनलाइन वेबिनारको रुपमा सञ्चालन हुदै आएको डिजिटल …

सरकारले विद्युतीय शिक्षण सामग्री उत्पादन गरी अनलाइन शिक्षा प्रदान गर्ने

सरकारले विद्युतीय शिक्षण सामग्री उत्पादन गरी अनलाइन शिक्षा प्रदान गर्ने भएको छ ।

आगामी ३ वर्षभित्रमा सबै स्थानीय तहबाट अनलाइन प्रणाली मार्फत व्यक्तिगत घटना दर्ता गरिने

आगामी ३ वर्षभित्रमा सबै स्थानीय तहबाट अनलाइन प्रणाली मार्फत व्यक्तिगत घटना दर्ता गर्ने…

आगामी ३ वर्षभित्रमा सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने

सरकारले आगामी ३ वर्षभित्रमा सबै नागरिकलाई पृथक नम्बर सहितको राष्ट्रिय परिचयपत्र वित…

सरकारी निकायहरुले प्रयोगमा ल्याएका एपहरुलाई एकीकृत गरिने

सरकारी निकायहरुले प्रयोगमा ल्याएका एपहरुलाई एकीकृत तथा अन्तरआवद्ध गरी सरकारी सेवा…