कीवर्डहरू -

समाचार

एप्पलले सार्वजनिक गर्‍यो आफ्नै प्रोसेसर प्रयोग भएको नयाँ म्याकबुक

मंगलबार एप्पलले आयोजना गरेको ‘वान मोर थिङ्ग’ ईभेन्टमा म्याकबुक एयर र म्याकबुक प्रो सार्वजनिक गरेको छ ।

यी दुई ओटा नयाँ ल्याप्टपमा एप्पलले बनाएको एम १ प्रोसेसर प्रयोग गरिएको छ ।  यी दुबै ल्याप्टप नोभेम्बर १७ देखि विक्रिको लागी उपलब्ध हुनेछन् ।

एप्पल म्याकबुक एयर

कम्पनीले सार्वजनिक गरेको म्याकबुक एयरमा ८ कोर सीपीयू छ जसले अरु जेनेरेसनको म्याकबुक भन्दा ३.५ गुणा राम्रो काम गर्ने गर्ने जनाइएको छ ।

यसको सुरुवाती मूल्य ९९९ अमेरिकी डलर रहेको छ । म्याकबुक एयर २५६ जीबी र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ ।

यसले १५ घण्टा वायरलेस वेब ब्राउजिङ् र १८ घण्टा भिडियो प्लेब्याक ब्याट्री ब्याकअप दिने कम्पनीले बताएको छ । ल्याप्टपमा रेटिना डिस्प्लेसँगै म्याजिक किबोर्डको फिचर पनि उपलब्ध छन् ।

म्याकबुक प्रो

म्याकबुक प्रोमा १३ इन्चको रेटिना डिस्प्ले रहेको छ । यसले १७ घण्टाको वायरलेस वेब ब्राउजिङ् र २० घण्टा भिडियो प्लेब्याक ब्याट्री ब्याकअप दिने कम्पनीले बताएको छ ।

यसमा स्टुडियो क्वालिटीको रेकर्डिङ्ग माइक पनि रहेको छ । म्याकबुक प्रोमा टच आईडी र वाईफाई सिक्सको समेत सुविधा रहेको छ ।

यो २५६ जीबी र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध रहेको छ । यस म्याकबुक प्रोको सुरुवाती मूल्य १२९९ अमेरिकी डलर रहेको छ ।

समाचार

प्रहरीद्वारा नागढुंगाबाट ५६ थान मोबाइल बरामद

काठमाडौं चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट बिल तथा कागजात नभएको विभिन्न कम्पनीक…

अब क्युआर कोड स्क्यान गरेरै प्रभु बैंकबाट पैसा निकाल्न सकिने

अब क्युआर कोड स्क्यान गरेरै प्रभु बैंकबाट नगद निकाल्न सकिने भएको छ । प्रभु बैंकले ए…

भैरहवामा एनसेलको नयाँ सेन्टर, सिम कार्ड खरिदमा १ जीबी डाटा निःशूल्क

मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै …

इलेक्ट्रोनिक्स सामानमा ग्यापुको इलेभेन इलेभेन सेलः उपहारमा टुनुवाल स्कुटर जित्ने मौका

लोकप्रिय नेपाली ई कमर्स कम्पनी ग्यापु मार्केटप्लेसले सबै इलेक्ट्रोनिक्स सामानमा सेल उप…

म्याक्सिस र हुवावे मलेसियाले फाइभजी नेटवर्क विस्तारका लागि तयारी थाले

यसै बर्ष औपचारिक रूपमा शुरु भएको टेकसिटी साझेदारी पश्चात म्याक्सिस र हुवावे मलेसि…

कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट

मध्यपुर थिमि नगरपालिकाले नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्…

विश्व विज्ञान दिवसको अवसरमा भर्चुअल रुपमा विज्ञान संवाद आयोजना गर्दैं नाष्ट

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले विश्व विज्ञान दिवसको अवसरमा का…

अब ‘हाम्रोपात्रो’ बाटै विदेशमा रहेका नेपालीले नेपालमा गिफ्ट पठाउन सक्ने

अब लोकप्रिय नेपाली एप ‘हाम्रो पात्रो’बाटै गिफ्ट पठाउन सकिने भएको छ । कम्पनीले विदे…

पब्जी खेलेर नेपाली युवाहरुले जिते ७१ लाख रुपैयाँ 

नेपाली युवाहरुले पब्जी मोबाइल प्रो लिग साउथ एशियाको उपाधि जितेका छन् । युवाहरु म…

सन् २०२१ देखि एन्ड्रोइडका पुराना भर्सनमा धेरै वेबसाइट नचल्ने 

एन्ड्रोइडका पुराना भर्सनमा अब धेरै वेबसाइटहरु नचल्ने भएका छन् । लेट्स इन्क्रिप्टले सन् …

३८ थान मोबाइल सहित एकजना पक्राउ

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले विभिन्न कम्पनिका ३८ थान मो…

सामसङको एक्सीनोस चिपसेट साओमी तथा ओप्पोले पनि प्रयोग गर्ने

मोटोरोलासँगै धेरै स्मार्टफोन ब्राण्डहरुले आफ्नो आगामी फोनहरुमा सामसङको एक्सीनोस चीप…

आईओएस १४.२ मा थपिए १०० नयाँ इमोजी

आईओएस १४.२ को नयाँ अपडेटले आइफोन प्रयोगकर्ताहरुलाई १०० ओटा नयाँ इमोजी दिएको छ ।…