कीवर्डहरू -

समाचार

कोरोना भाइरसको बिमा ई-सेवाबाटै गर्न सकिने

केही दिन अघि बिमा समितिले औपचारिक सुरुवात गरेको कोरोना भाइरसको बिमा लेख  ई-सेवा बाटै खरिद गर्न सकिने भएको छ ।

कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न तथा बिशेष गरी ग्रामीण स्तरसम्म न्युन आय भएका वर्गलाई समावेश गर्ने उदेश्यले कोरोना भाइरस सम्बन्धि बिमा लेखको सुरुवात भएको हो ।

ई-सेवाबाट बिमा लेख खरिद गर्न ई-सेवा एपको ‘इन्स्योरेन्स’ सेक्सनमा जानुहोस । इन्स्योरेन्स सेक्सनमा गएपछि ‘नन लाइफ इन्स्योरेन्स’ मा क्लिक गर्नुहोस । त्यसपछि आफुलो चाहेको बिमा कम्पनी छनौट गरी बिमा लेख खरिद गर्न सकिनेछ ।

बिमा पोलिसी खरिद गरेको १५ दिनपछि एकवर्ष सम्म पीसीआर प्रविधिबाट कोरोना भाइरस संक्रमण भएको प्रमाणित भएमा बिमा दाबी गर्न सकिने छ ।

कोरोना भाइरस सम्बन्धि बिमा लेखलाई दुई श्रेणीमा बिमाङ्क गरिएको छ । पहिलो बिमालेख १ लाख रुपैयाँको बिमाङ्कको छ भने दोस्रो बिमालेख ५० हजार रुपैयाँको रहेको छ ।

१ लाख रुपैयाँको बिमा लेख खरिद गर्न प्रतिव्यक्ति एकहजार रुपैयाँ लाग्ने छ भने परिवार वा संस्थागत रुपमा बिमा गरिएमा प्रतिव्यक्ति ६ सय रुपैयाँ लाग्ने छ ।

त्यस्तै ५० हजार रुपैयाँको बिमा लेख खरिद गर्न प्रतिव्यक्ति ५ सय रुपैया लाग्ने छ भने परिवार वा संस्थागत रुपमा बिमा गरिएमा प्रतिव्यक्ति ३ सय रुपैयाँ लाग्ने छ ।  नेपालमा सञ्चालनमा रहेका २० वटै निर्जीवन बिमा कम्पनीबाट बिमा योजना खरिद गर्न सकिने छ ।

समाचार

टेलिग्रामले यो बर्ष ग्रुप भिडियो कलको सुविधा थप्ने

कोभिड १९ अर्थात कोरोना भाइरले गर्दा यतिबेला विश्वमा भिडियो कन्फेरेन्सिङको प्रयोग बढ…

अनलाइन कक्षा सञ्चालनको लागि इन्टरनेटमा १५ प्रतिशत छुट दिदै स्काई ब्रोडव्याण्ड

अनलाइन कक्षा सञ्चालनको लागि स्काई ब्रोडव्याण्डले इन्टरनेट खरिदमा १५ प्रतिशत छुट दिने …

लकडाउनमा मनोरञ्जनको लागि इन्टरनेट प्रयोग सबैभन्दा बढी, अनलाइन दुर्व्यवहारको जोखिममा बालबालिका

कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमण कम गर्न सरकारले देशभर लकडाउन घोषणा गरेको …

युरोपमा हुवावे म्युजिक एप तीन महिनासम्म निःशूल्क प्रयोग गर्न सकिने

म्युजिक स्ट्रिमिङ प्लाटफर्म ‘हुवावे म्युजिक’ युरोपमा नयाँ सब्सक्राइबरले तिन महिना निश…

‘डायनामिक एकेडेमीक इआरपी’ प्रयोग गरी विद्यालयले अनलाइनबाटै नतिजा सार्वजनिक गर्न सक्ने 

विद्यालयहरुले अब ‘डायनामिक एकेडेमीक इआरपी’ सफ्टवेयर प्रयोग गरेर अनलाइनमै रिजल्ट स…

प्रयोगात्मक बाहेकका अन्य कक्षा अनलाइनबाट सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयको अनुरोध

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पस, स्कुल, विभागहरु तथा सम्बन्…

लकडाउनमा प्रविधिको प्रयोग गरी शिक्षण प्रक्रियालाई निरन्तरता दिन नेपाल ई-गभर्नेन्स सोसाइटीको अनुरोध

कोरोना भाइरसको संक्रमण कम गर्न  नेपाल सरकारले देशभर लकडाउन गरेको छ । जसले गर्दा …

नेपाल क्लियरिङ हाउस लिमिटेडले प्रकाशित गर्‍यो नयाँ वर्षको डिजिटल पात्रो

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नयाँ वर्ष २०७७ सालको डिजिटल क्यालेन्डर …

फ्युज मेसिनले सार्वजनिक गर्‍यो एआई इनेबल एजुकेशन प्लाटफर्म ‘फ्युज क्लासरुम’

फ्युज मेसिन्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इनेबल एजुकेशन प्लाटफर्म ‘फ्युज क्लासरुम…

अनलाइनबाटै आइटीका कोर्स पढाउदै ‘ब्रोडवे इन्फोसेस’

ब्रोडवे इन्फोसेसले आइटीका कोर्सहरु अनलाइनबाट पनि पढाउन सुरु गरेको छ । ब्रोडवे इन्फ…

कोरोना नियन्त्रण र रोकथाममा इन्नोभेसन र प्रविधिको महत्वपुर्ण भुमिका

नेपालमा कोरोना नियन्त्रण र रोकथामको लागि प्रविधिले खेलेको भूमिका र विकास भइरहेका प्रविधिहरूको विषयमा व्यापक अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ । गत वैशा…

आमाको मुख हर्ने दिनमा एनसेलको कोसेली अफर, डेटा, टक टाइम र एसएमएस उपहार स्वरुप पठाउन सकिने

आमाको मुख हेर्ने दिनको अवसरमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कोसेली अफर सा…

सन् २०२० को पहिलो त्रैमासिकमा नेटफ्लिक्सले १ करोड भन्दा बढी नयाँ ग्राहक थप्यो 

भिडियो स्ट्रिमिङ सेवा प्रदान गरिरहेको कम्पनी नेटफ्लिक्सले सन् २०२० को पहिलो त्रैमासिक…

डिसहोमको सिनेमाघरमा चलचित्र छ माया छपक्कै

नेपाली चलचित्र ‘छ माया छपक्कै’ अब डिसहोमको सिनेमाघरमा हेर्न सकिने भएको छ । चलचित्…

फेसबुकले रिलायन्स जिओमा ५.७ अर्ब डलर लगानी गर्ने, खरिद गर्‍यो करिब १० प्रतिशत शेयर

फेसबुकले रिलायन्स जिओको ९.९९ प्रतिशत शेयर खरिद गरेको छ । यो सँगै रिलायन्स जिओमा …