नीति
डेटा ब्रिचका केसमा केन्द्रित रहेर भर्चुअल कार्यक्रम आयोजना गर्दै \'वूमन इन बिग डेटा नेपाल\'
वूमन इन बिग डेटा नेपालले १९ जुलाई अर्थात आइतबार ‘बेल्ट योर डेटा’ विषयमा भर्चुअल प्यानल डिस्कसनको आयोजना गर्ने भएको छ । यो कार्यक्रमको उदेश्य भनेको डेटा ब्रिचका घटनामा केन्द्रित रहेर ज्ञान र तथ्य शेयर गर्नु रहेको छ ।
जूम मार्फत सञ्चालन हुने कार्यक्रममा ५ सय भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ । यो भर्चुअल कार्यक्रममा डेटा साइन्टिस्ट तथा एजुकेशन कोअर्डिनेटर दोभान राई, इमिनेन्स वेजका प्रबन्ध निर्देशक नारायण कोइराला र सञ्चार तथा सूचना प्रविधि कानून विज्ञ प्रविन सुवेदी गरी तीनजना प्यानेलिस्ट रहेका छन् ।
कार्यक्रममा दर्शकहरुले टपिकसँग सम्बन्धित कुनैपनि विषय प्यानलिष्टसामु राख्न सक्नेछन भने टपिकमा वान टु वा डिस्कसन समेत गर्न सक्ने छन् । यस कार्यक्रममा अहिले नेपालमा भइरहेका डेटा ब्रिचका घटनाका बारेमा पनि विश्लेषन हुनेछ ।
यो कार्यक्रमलाई गर्ल्स इन टेक नेपाले पनि सपोर्ट गरेको छ । यदि तपाई पनि यस भर्चुअल कार्यक्रममा सहभागी हुन चाहनु हुन्छ भने यहाँ क्लिक गरी फाराम भर्न सक्नु हुनेछ ।
वूमन ईन बिग डेटा सन् २०१५ मा अमेरिकामा स्थापना भएको थियो । भने वूमन ईन बिग डेटा नेपाल च्याप्टर सन् २०२० मेमा सार्वजनिक भएको हो । यो संस्था स्थापनाको उदेश्य भनेको ट्यालेन्ट महिलालाई बिग डेटा र एनालिटिक्स क्षेत्रमा आकर्षित गर्ने रहेको छ ।
नीति
नैकाप स्थित वाईट फ्यूचर माविमा चलेको विज्ञान प्रर्दशनी सम्पन्न
काठमाडाैं । चन्द्रागिरी नगरपालिकाको नैकापमा अवस्थित वाईट फ्यूचर माविका विद्यार्थीले आयोजना गरेको विज्ञान प्रर्दशनी सम्पन्न भएको छ । यस माविमा अध्ययनरत कक्षा ११…
\'फुटसरज\' ले जित्यो १५ औ स्टार्टअप विकेन्डको उपाधी
नेपाल अन्टर्पेनर हबद्वारा आयोजित १५औँ स्र्टाटअप वीकेन्डको विजेताको उपाधि फुटसरज नामको समुहले हात पारेको छ । सो टोलीको आईडिया अन्तर्गत काठमाडौँमा रहेको स…
‘‘फुटसरज” ले जित्यो १५ औ स्टार्टअप वीकेन्डको उपाधि
नेपाल अन्टर्पेनर हबद्वारा आयोजित १५औँ स्र्टाटअप वीकेन्डको विजेताको उपाधि फुटसरज नामको समुहले हात पारेको छ । सो टोलीको आईडिया अन्तर्गत काठमाडौँमा रहेको स…
नेपाल आन्ट्रप्रेनर्स हबले आयोजना गरेको \'स्टार्टअप विकेण्ड\' सुरु
नेपाल आन्ट्रप्रेनर्स हबले आयोजना गरेको कार्यक्रम स्टार्टअप विकएण्ड सुरु भएको छ । उक्त कार्यक्रम जनवरी ३१ देखि फेब्रुअरी २…
चितवनमा पाँचौँ संस्करणको \'क्यान इन्फोटेक\' मेला माघ २४ देखि २८ गतेसम्म
चितवन । चितवनको भरतपुरमा पाँचौँ संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ । माघ २४ देखि २८ गतेसम्म मेला आयोजना गर्न ला…