नीति
आज डिजिटल लर्निङ डे, नेपालसहित विश्वभर मनाइँदै
आज फ्रेबुअरी २५ अर्थात डिजिटल लर्निङ डे । सन् २०१२ देखि मनाउन थालिएको डिजिटल लर्निङ डे हरेक वर्ष फेब्रुअरी २५ मा विविध कार्यक्रमको आयोजना गरी विश्वभर मनाइन्छ ।
नेपालमा पनि गत २ वर्ष देखि डिजिटल लर्निङ डे मनाउन थालिएको हो । यसपटक डिजिटल शिक्षाका लागि सँगै नारा सहित विशेष कार्यक्रम आयोजना गरी नेपालमा डिजिटल लर्निङ डे मनाइँदै छ ।
निमा एकेडेमीको आयोजना तथा लिभिङ विथ आइसिटी र सोचवेयरको सह आयोजनामा सञ्चालन हुने कार्यक्रम बिहान ११ बजेदेखि होटेल हिमालयमा शुरू हुनेछ ।
डिजिटल लर्निङ डे र लिभिङ विथ आइसिटीको फेसबुक पेज मार्फत कार्यक्रमको प्रत्यक्ष प्रसारण हुने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा ‘रिइमाजेनिङ डिजिटल एजुकेशन: पोलिसी एण्ड प्लानिङ’ विषयमा पहिलो प्यानल डिस्कसन सञ्चालन हुनेछ भने ‘फ्युचर अफ डिजिटल एजुकेशन’ विषयमा दोस्रो तथा अन्तिम प्यानल डिस्कसन सञ्चालन हुनेछ ।
पहिलो प्यानल डिस्कसनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव आदेश खड्का, ओरियन्ट कलेज बसुन्धाराका लेक्चर भोजराज घिमिरे, चन्दबाघ स्कूलकी प्रिन्सीपल निरा प्रधान र पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश प्रसाद भट्टराई सहभागी हुनेछन् । यस सेसनलाई माइक्रोसफ्टका प्रतिनिधि दिपेन्द्र बज्राचार्यले मोडरेट गर्ने छन् ।
त्यस्तै दोस्रो प्यानल डिस्कसनमा फ्युज मेसिनका दक्षिण एशिया निर्देशक पराग श्रेष्ठ, कारखानाला सिईओ पवित्र गौतम, ओरियन्ट कलेज बसुन्धारकी लेक्चर प्राप्ति थापा र एनप्याबसनका सचिव सुवास न्यौपाने सहभागी हुनेछन् । यस सेसनलाई सोसल चेञ्जमेकरकी प्रोडक्ट म्यानेजर इभा ज्ञवालीले गर्ने छन् ।
कार्यक्रममा ‘कि नोट स्पिकर’ को रूपमा समेत अन्तर्राष्ट्रिय स्तरबाट एक विज्ञको सहभागिता रहनेछ । विभिन्न विज्ञहरूले डिजिटल शिक्षाको बारेमा बहस तथा प्रस्तुति गर्ने उक्त कार्यक्रम होटल हिमालयमा आयोजना हुनेछ ।
कार्यक्रममा यस क्षेत्रमा काम गरिरहेका सरोकारवाला, विश्वविद्यालयका प्रतिनिधि र विद्यालयका प्रिन्सिपल, शिक्षक र विज्ञहरू सहित एक सय जनाभन्दा बढीको सहभागिता हुने अपेक्षा गरेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार डिजिटल लर्निङ डेको अवसरमा २ दिन विद्यार्थी तथा शिक्षकहरूका लागि वर्कशप तथा इन्फरमेटिभ सेसनहरू समेत आयोजना भइसकेका छन् ।
त्युस्तै कार्यक्रमको सपोर्ट पार्टनरमा कारखाना, डिजिटल पेमेन्ट पार्टनरमा कनेक्ट आइपीएस, इन्टरनेट पार्टनरमा भायानेट, कम्युनिटी पार्टनरमा सीएसआईटी एशोशिएसन नेपाल, एलइडी पार्टनरमा पिक्सेल टच, एसएमएस पार्टनरमा स्प्यारो एसएमएस, इनर्जी पार्टनरमा लुमिनस र आर्नट्रेड रहेका छन् ।
नीति
माघ १७ गतेबाट ‘किताब जात्रा’
किताब यात्रा फाउन्डेसनले हरेक वर्ष आयोजना गर्ने ‘किताब जात्रा’ यस वर्ष माघ १७ गतेदे…
शुरू भयो नेपालको बृहत शैक्षिक मेला, यसरी हुनुहोस् सहभागी
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गर्दै आएको बृहत शैक्षिक मेला यो वर्ष अ…
द भ्वाइस अफ नेपाल सिजन ३ को टाइटल स्पोन्सरमा ओप्पो
द भ्वाइस अफ नेपाल सिजन ३ को टाइटल स्पोन्सर अर्थात मुख्य प्रयोजकमा ओप्पो रहेको छ । ने…
आईतबार क्लाउड कम्प्युटिङ सम्बन्धि वेबिनार हुँदैं, यसरी हुनुहोस् सहभागी
माउन्टटेक सोलुसनले क्लाउन कम्प्युटिङ्ग सम्बन्धि वेबिनार आयोजना गर्ने भएको छ । माउन्टटे…
‘पीबीएस आइटी करियर कन्क्लेभ’ सम्पन्न, आइटीको द्रुत विकाससँगै भविष्यका लागि तयार हुन विज्ञको जोड
‘आर यु फ्युचर रेडी’ स्लोगन सहित प्रेसिडेन्सीएल बिजनेस स्कूलमा आयोजित दुईदिने आइटी …
भोलिदेखि शुरू हुँदैं पीबीएस आइटी करियर कन्क्लेभ, यस्तो छ कार्यक्रमको तालिका
प्रेसिडेन्सीएल बिजनेस स्कूल र लिभिङ विथ आइसिटीको सयुक्त आयोजनामा ‘पीबीएस आइटी करि…
पुस २५ र २६ गते ‘पीबीएस आइटी करियर कन्क्लेभ’ हुँदै, यसरी हुनुहोस् सहभागी
सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा भएको विकासले हाम्रो शिक्षा, जीवन शैली र संस्कार …
पुस २५ र २६ गते आइटी करियर कन्क्लेभ आयोजना हुँदैं
प्रेसिडेन्सीएल बिजनेस स्कूल र लिभिङ विथ आइसिटीको सयुक्त आयोजनामा ‘आइटी करियर कन्क्ल…
ह्वावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले सम्पन्न, यी हुन यस वर्षका अवार्ड बिजेताहरु
नेपालको सूचना प्रविधि क्षेत्रको निकै प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले …
डिशहोम पल्सर स्पोर्ट अवार्डको मुख्य सहप्रायोजक
यो वर्षको ‘पल्सर स्पोर्टस अवार्ड’ मा पनि डिस मिडिया नेटवर्क लिमिटेड मुख्य सहप्रायोजकक…
शनिवार हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले, सम्पूर्ण तयारी पूरा
सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको पाँचौं स…
पुस ११ गते ‘हुवावे आइसिटी अवार्ड २०२०’ को ग्राण्ड फिनाले आयोजना हुँदै
सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड २०२०’ को …
आगामी शनिबार हल्टप्राइज एट आईओईको फाइनल
ललितपुरस्थित पुल्चोक इन्जीनियरीयङ क्याम्पसका विद्यार्थीको संस्था नेस्क्टजेन र हल्ट प्राइज…
टेक वेबिनारको २३ औं श्रृंखलामा ‘मेन्टल मोडलिङ इन आइटी इण्डष्ट्री’ विषयमा सेसन हुँदैं
टेक वेबिनारको २३ औं श्रृंखलामा ‘मेन्टल मोडलिङ इन आइटी इण्डष्ट्री’ विषयमा कुराकानी …
भर्चुअल रुपमा ओपन एमआरएस सम्मेलन आयोजना हुँदैं, यसरी हुनुहोस् सहभागी
३० नोभेम्बर देखि ४ डिसेम्बर २०२० सम्म ओपन एमआरएस सम्मेलन आयोजना हुने भएको छ । यो …