कीवर्डहरू -

नीति

प्रदेश २ मा डिजिटल सूचनामैत्री सूचना प्रविधिको विकास गरिने, सेवालाई नागरिक एपमा आवद्ध गरिने

प्रदेश नम्बर २ ले बिहीबार आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झाले बिहीबार आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा विद्यालयमा इन्टरनेट सुविधा सहितको पुस्तकालय स्थापनालाई निरन्तरता दिइने र विरगंजमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गरिने बताइएको छ ।

पचासौंवर्ष पुरानो भू-अभिलेखको आधारमा प्रदेश भित्र जग्गा प्रशासन सम्बन्धि सेवा सञ्चालन भइरहेको हुँदा भूमि व्यवस्थापना क्षेत्रलाई थप परिष्कृत गर्न टाइटल रजिष्ट्रेसन सिस्टम (हकदावी प्रणाली) अबलम्बन गरी प्रविधियुक्त जग्गा नापनक्शा कार्य प्रारम्भ गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

अतिक्रमित क्षेत्र तथा वन्य जन्तु संवेदनशील क्षेत्रको तथ्यांक संकलन गरी डिजिटल डाटावेश तयार गरिने जनाइएको छ भने प्रादेशिक विज्ञान प्रविधि प्रयोगशाला स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।

नीति तथा कार्यक्रम भनिएको छ, ‘स्याटेलाइट सिटीको अवधारणालाई निरन्तरता दिइने छ । चालु आर्थिक वर्षमा प्रस्तावित स्याटेलाटइ सिटी महेन्द्रनगर, कल्यानपुर, गोलबजार, गरूडा, पोखरिया, सिमरौनगढ, बागमती लगायतको विस्तृत अध्ययन प्रतिवेदनको आधारमा आगामी आर्थिक वर्षमा निर्माण कार्य प्रारम्भ गरिनेछ ।’

स्मार्ट सवारीचालक पहिचानपत्र प्रदेशबाट नै वितरण गर्ने कार्यलाई प्रारम्भ गरी प्रभावकारी रूपमा सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा रहेको छ ।

वातावरणीय अनूकूलतालाई दृष्टिगत गर्दै प्रदेशका मुख्य क्षेत्रहरुमा विद्युतीय सवारी साधन तथा मेट्रो रेलको सम्भाव्यता अध्ययनको कार्य यसै वर्ष सम्पन्न गरिने उक्त नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेशभित्र अपराधिक गतिविधि नियन्त्रण गर्न सीसीटीभी जडान गरिने बताइएको छ ।

‘इ-गभर्नेन्सको अवधारणा अन्तर्गत प्रदेशका काम कारवाहीमा आम नागरिकहरुको पहुँचका लागि डिजिटल सूचनामैत्री सूचना प्रविधिको विकासलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ । प्रदेशका विभिन्न निकायहरुबाट प्रदान गरिने सेवालाई नागरिकको सहज पहुँचका लागि नागरिक एप्ससँग आवद्ध गर्ने कार्यलाई प्राथमिकता दिइनेछ’ नीति तथा कार्यक्रम लेखिएको छ ।

साथै बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरीहरुलाई ल्यापटप गरिने जनाइएको छ ।


नीति

लुम्बिनी प्रदेशले प्रविधिमैत्री प्रहरी प्रशासनको विकास गर्ने

लुम्बिनी प्रदेशले प्रविधिमैत्री प्रहरी प्रशासनको विकास गर्ने भएको छ । मंगलबार लुम्बिन…

साइबर सुरक्षा नीतिमा मानव अधिकार प्रत्याभूत गर्न सरोकारवालाको सुझाव

मानव अधिकार तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रत्याभूत गर्ने गरी मात्रै साइबर सुरक्षा नीत…

कोरोना संक्रमण बढ्दै गएपछि क्यान इन्फोटेक स्थगित

क्यान इन्फोटेक २०२१ स्थगित भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि बैशाख ५ गते बसेको क…

बिहिबारदेखि अनलाइनबाटै क्यान इन्फोटेकको स्पोन्सर तथा स्टल बुकिङ गर्न सकिने

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले चैत १९ गते बिहीबारदेखि स्पोन्सर तथा स्टल …

आगामी बैशाख २८ गतेदेखि ‘प्रभु पे क्यान इन्फोटेक २०२१’ आयोजना हुने

आगामी बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म क्यान इन्फोटेक २०२१ आयोजना हुने भएको छ । आई…

सम्पन्न भयाे आइसीटी वुमन कन्क्लेभ

एक सय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वुमन इन इन्फरमेसन टेक्नोलोजी (डब्लु…

‘आइसिटी वुमन कन्क्लेभ’ शुरू

आइसिटी वुमन कन्क्लेभ कार्यक्रम शुरू भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वुमन…

आज डिजिटल लर्निङ डे, नेपालसहित विश्वभर मनाइँदै

आज फ्रेबुअरी २५ अर्थात डिजिटल लर्निङ डे । सन् २०१२ देखि मनाउन थालिएको डिजिटल लर्नि…

‘आर्ट अफ सिम्पिलिसिटी इन प्रोग्रामिङ’ विषयमा टेक वेबिनार नेपालको २७ औं श्रृंखला आयोजना हुने

टेक वेबिनार नेपालले आईतबार ‘आर्ट अफ सिम्पिलिसिटी इन प्रोग्रामिङ’ विषयमा आफ्नो २७ औ…

फागुन १३ गते नेपालमा ‘डिजिटल लर्निङ डे’ मनाइँदै

आगामी फ्रेबुअरी २५ अर्थात फागुन १३ गते नेपालमा ‘डिजिटल लर्निङ डे’ मनाइने भएको छ …

माघ २७ गते नेपालमा पनि मनाइदैं ‘सुरक्षित इन्टरनेट दिवस’

माघ २७ गते नेपालमा पनि सुरक्षित इन्टरनेट दिवस मनाइने भएको छ । बालबालिका र युवाक…

माघ १७ गतेबाट ‘किताब जात्रा’

किताब यात्रा फाउन्डेसनले हरेक वर्ष आयोजना गर्ने ‘किताब जात्रा’ यस वर्ष माघ १७ गतेदे…

शुरू भयो नेपालको बृहत शैक्षिक मेला, यसरी हुनुहोस् सहभागी

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गर्दै आएको बृहत शैक्षिक मेला यो वर्ष अ…

द भ्वाइस अफ नेपाल सिजन ३ को टाइटल स्पोन्सरमा ओप्पो

द भ्वाइस अफ नेपाल सिजन ३ को टाइटल स्पोन्सर अर्थात मुख्य प्रयोजकमा ओप्पो रहेको छ । ने…

आईतबार क्लाउड कम्प्युटिङ सम्बन्धि वेबिनार हुँदैं, यसरी हुनुहोस् सहभागी

माउन्टटेक सोलुसनले क्लाउन कम्प्युटिङ्ग सम्बन्धि वेबिनार आयोजना गर्ने भएको छ । माउन्टटे…