नीति
‘ई-गभर्नेन्स ब्लुप्रिन्ट’ बनाउँदै विद्युतीय सुशासन आयोग
विद्युतीय सुशासन आयोगले ‘ई-गभर्नेन्स ब्लुप्रिन्ट’ बनाउने भएको छ । आयोगले युएसएआईडी नेपाल र डेभटेक सिस्टमसँगको सहकार्यमा ई-गभर्नेन्स ब्लुप्रिन्ट बनाउने कामलाई अगाडि बढाएको हो ।
गत जुलाइदेखि विद्युतीय सुशासन सम्बन्धि खाँका अर्थात ब्लुप्रिन्ट बनाउने प्रक्रिया सुरू भएको थियो । त्यसका लागि डेभटेकले युएसएआईडीको सहकार्यमा विद्युतीय सुशासन सम्बन्धि विभिन्न चरणमा खोज र अनुसन्धान गरेको थियो ।
सो अनुसन्धानबाट आएका निचोडलाई प्रमाणीकरणका लागि सोमबार काठमाडौंको र्याडिसन होटलमा ‘नेपालमा विद्युतीय सुशासन सम्बन्धि अनुसन्धानबाट प्राप्त निचोडको प्रमाणीकरण’ विषयक कार्यशाला भएको थियो ।
कार्यशालामा विशेष अतिथिको रूपमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उद्य राज सापकोटाको उपस्थिति रहेको थियो । यस्तै कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सह-सचिव नारायण प्रसाद भट्ट, विद्युतीय सुशासन आयोगका सीईओ दिपेश विष्ट, युएसएआईडी नेपालका निर्देशक लुइस अजुरडाई, डेभटेक सिस्टमकी निर्देशक तान्या ह्रस्ट लगायत सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम सहभागी भएका स्वागत गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सह-सचिव नारायण प्रसाद भट्टले अबको सरकार भनेको विद्युतीय सरकार भएको बताएका थिए ।
विशेष अतिथि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदय राज सापकोटाले विद्युतीय सुशासनका लागि आवश्यक परेको खण्डमा कानुन संशोधन गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताए ।
कार्यशालामा बोल्दै आयोगका सीईओ दिपेश विष्टले सिमलेस रूपमा नागरिकलाई सरकारी सेवा उपलब्ध गराउने गरी आयोग अगाडि बढेको बताए । ‘नागरिकलाई सिमलेसन सेवा दिने गरी अगाडि बढेका छौं,’ उनले भने ‘आयोगले ई-गभर्नेन्स ब्लुप्रिन्ट, डेटा एक्सचेन्ज प्लेटफर्म र नागरिक सेवा केन्द्रलाई प्राथमिकता राखेको छ । त्यसमा पहिलो प्राथमिकता भनेको ब्लुप्रिन्ट हो ।’
अहिले पटक पटक विभिन्न प्रायोजनका लागि नागरिक विवरण संकलन भइरहेको उदाहरण दिदै सीईओ विष्टले एक पटक मात्रै नागरिकको विवरण संलकन गर्न पाउने कानुनी व्यवस्था गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा युएसएआईडी नेपालका निर्देशक लुइस अजुरडाईले जिम्मेवारी, पारदर्शी र गुणस्तरीयताका लागि ई-गभर्नेन्स सिस्टम आवश्यक भएको बताए ।त्यसैगरी डेभटेक सिस्टमकी निर्देशक तान्या ह्रस्टले यस कार्यशालाले ई-गभर्नेन्स ब्लुप्रिन्टलाई अझै प्रभावकारी बनाउन सहयोगी भूमिका खेल्ने बताइन् ।
कार्यशालामा डेभटेकले विद्युतीय सुशासन ब्लुप्रिन्टका लागि गरेको अनुसन्धानको निचोड प्रस्तुत गरेको थियो । त्यसका लागि नीतिगत ढाँचा, पूर्वाधार, अन्य देशको अभ्यास, समस्या, चुनौती र अवसरहरू अध्ययन गरिएको थियो । यस बाहेक डिजिटलको क्षेत्रमा काम गरिरहेका ३१-३२ जना व्यक्तिहरूसँग छलफल गर्नुका साथै ६-७ वटा फोकस ग्रुप बनाएर आवश्यक छलफल समेत गरिएको थियो ।
उक्त छलफल र अध्ययनबाट आएको निचोडलाई सोमबार कार्यशालामा प्रस्तुत गर्दै प्रमाणीकरण गर्नका लागि सरोकारवालाहरूलाई बोलाइएको थियो । कार्यक्रममा सहभागीहरूलाई व्यक्तिगतका साथै समूहमा विभाजन गरेर आवश्यक सुझाव, सल्लाह र प्राथमिकता तय गरिएको थियो ।
नीति
भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाका लागि राष्ट्र बैंकले जारी गर्यो साइबर रेजिलेन्स गाइडलाइन्स
नेपाल राष्ट्र बैंकले साइबर रेजिलेन्स गाइडलाइन्स जारी गरेको छ । बढ्दो गएको साइबर जो…
यस्तो छ नेपालको पहिलो साइबर सुरक्षा नीति (नीतिसहित)
सरकारले पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति ल्याएको छ । साइबर सुरक्षालाई मजबुत …
१५ वर्षभित्र नेपालको विश्वव्यापी साइबर सुरक्षा सूचांक स्कोर ८० प्रतिशत पुर्याइने
नेपालले आगामी १५ वर्षभित्र विश्वव्यापी साइबर सुरक्षा सूचांक स्कोर ८० प्रतिशत पुर्याउ…
सामाजिक सञ्जालबाट भ्रामक जानकारी फैलाउने कार्यलाई नियन्त्रण गरिने
सामाजिक सञ्जालबाट भ्रामक जानकारी फैलाउने कार्यलाई सरकारले नियन्त्रण गर्ने भएको छ । …
सरकारले इथिकल ह्याकिङलाई प्रोत्साहन गर्ने, साइबर सुरक्षा बारे विद्यालयस्तरमै पढाइने
सरकारले इथिकल ह्याकिङलाई प्रोत्साहन गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि प्रणालीक…
सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने, विभागको कार्यक्षेत्र विस्तार हुने
सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । हालै मन्त्रिपरिषद्बाट पा…
पहिलो पटक बन्यो नेपालको आफ्नै साइबर सुरक्षा नीति
पहिलो पटक नेपालको आफ्नै राष्ट्रिय साइबर सुरक्षा नीति बनेको छ । मंगलबार बसेको मन्त्र…
आईटी सेवा निर्यात गर्ने कम्पनीले अब विदेशको आफ्नै बैंक खातामा रकम पठाउन सक्ने
सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने कम्पनीले विदेशमा सम्पर्क कार्यालय स्थापना गर्…
डिजिटल भास सेवा सञ्चालन गर्न चाहने व्यक्ति सूचीकरण हुन प्राधिकरणको अनुरोध
नेपाल दूरसञ्चार प्राधिकरणले डिजिटल भास (भ्यालु एडेड सर्भिसेस) सेवा सञ्चालन गर्न चाह…
सामाजिक सञ्जालको आम्दानीमा ५ प्रतिशत कर, सफ्टवेयर निर्यात गर्दा आउने पैसामा १० प्रतिशत कर
सोमबारदेखि नयाँ आर्थिक वर्ष सुरू भएसँगै करका नयाँ दर पनि लागु भएका छन् । आर्थिक ऐ…
‘विद्युतीय व्यापार विधेयक स्टार्टअप र साना तथा मझौला उद्यमलाई निरूत्साहित गर्ने खालको छ’
राष्ट्रिय सभामा पेश भएको विद्युतीय व्यापार विधेयक २०८० ले नयाँ स्टार्टअप र साना तथा…
‘मस्यौदामा अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन भन्दा पनि हतोत्साहित गर्ने धेरै बुँदा छन्’
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा…
अनलाइन व्यापारमा पैसा लिएर सामान नदिए ३ वर्ष कैद
सरकारले अनलाइन व्यापार (विद्युतीय माध्यमबाट हुने व्यापार) लाई नियमन गर्न कानुन निर्…
विद्युतीय अतिरिक्त सेवा सञ्चालन गर्न अब प्राधिकरबाट अनुमति लिनुपर्ने, यस्तो छ मस्यौदा
अब विद्युतीय अतिरिक्त सेवा (डिजिटल भ्यालु एडेड सर्भिसेस) सञ्चालन गर्न चाहने व्यक्तिले…
जुनसुकै व्यक्तिको कुराकानी रेकर्ड गर्न सक्ने गरी दूरसञ्चार विधेयकको मस्यौदा तयार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जुनसुकै व्यक्तिको कुराकानी रेकर्ड गर्न सक्ने गरी …