नीति
‘पीबीएस आइटी करियर कन्क्लेभ’ सम्पन्न, आइटीको द्रुत विकाससँगै भविष्यका लागि तयार हुन विज्ञको जोड
‘आर यु फ्युचर रेडी’ स्लोगन सहित प्रेसिडेन्सीएल बिजनेस स्कूलमा आयोजित दुईदिने आइटी करियर कन्क्लेभ सम्पन्न भएको छ । प्रेसिडेन्सीएल बिजनेस स्कूल र लिभिङ विथ आइसिटीको संयुक्त आयोजनामा पुस २५ र २६ गते आयोजना भएको कार्यक्रममा विभिन्न ५ सेसनमा २५ भन्दा बढि वक्ताहरुको सहभागिता रहेको थियो ।
आइटीमा भविष्य खोज्नेहरुलाई लक्षित गरेर आयोजना गरिएको यो आइटी करियर कन्क्लेभमा वक्ताहरुले अबको भविष्य प्रविधिसँगै जोडिएको हुँदा सोहि अनूकुल सरकार र सर्वसाधारणपनि प्रविधिमैत्री वातावरणमा रुपान्तरण हुनुपर्ने कुरामा जोड दिएका थिए ।
अहिलेको इमर्जिङ प्रविधिहरुबारे छलफल गर्दै सुरु भएको कन्क्लेभ अबको १० वर्षभित्र नेपालमा आइटीको विकास कस्तो हुनसक्छ भन्ने विषयमा गएर टुङिंगएको थियो ।
कार्यक्रमको अन्तिम सेसनमा बोल्दैं पूर्वमन्त्री गणेश शाहले स्टार्टअप, इन्नोभेसन र उद्यमशिलतामा अबको भविष्य खोज्नुपर्ने बताए । यसैगरी आइटी विज्ञ मनोहर भट्टराईले सरकार पोलिसी निमार्णमा अघि रहेपनि कार्यान्वयन पक्ष फितलो हुदा यो क्षेत्रमा अपेक्षाकृत प्रगती हुन नसकेको बताए ।
उनले अझैपनि युवाका समस्याहरु नबुझ्ने र नेपाली इन्नोभेसनलाई सहजिकरण नगर्ने हो भने १० वर्षमा ठुलो परिवर्तन देख्न नसकिने बताए । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्तले अबको १० वर्षमा इगर्भनेन्सको क्षेत्रमा वदलाव आउने बताए ।
प्रधानमन्त्रीका आइटी सल्लाहकार अश्गर अलीले विगत केहि वर्षदेखि सरकारले आइटीलाई प्राथमिकतामा काम गरिरहेको हुँदा परिवर्तन सम्भव रहेको बताए । नागरिक अधिकार एपले चाँडै मुक्तरुप लिने बताउदै उनले अब हामी डिजिटल प्रविधिले अन्य क्षेत्रलाई ड्राइभ गर्नुपर्ने कुरामा जोड दिए ।
त्यस्तै मेडसफ्टकी सीईओ प्रनिता उपाध्यायको अनुसार अबका दश वर्षमा घरबाटै काम गर्ने रणनीतिले प्रोत्साहन पाउनेछ । त्यसैगरी भौतिक पूर्वाधार र साइबर सुरक्षामा पनि एकदमै बदलाव आउने उनले बताएकी थिइन् ।
कार्यक्रममा कम्प्युटर वैज्ञानिक मुनि बहादुर शाक्यले आफ्नो अनुभवहरु बाडेका थिए । नलेज स्पेसियलिस्ट हेमपाल श्रेष्ठले सञ्चालन गरेको उक्त सेसनमा डिजिटल नेपाल र यसका एजेन्डाको विषयमा पनि छलफल भएको थियो ।
यो महत्वपुर्ण सेसनसँगै कार्यक्रममा इन्नोभेसन र टेक्नोलोजिकल उद्यमशिलता, इर्मर्जिङ टेक्नोलोजी र कनेक्टिङ ट्यालेन्ट्स टु दि वल्र्ड विषयमा पनि प्यानल डिस्कसन सञ्चालन भएको थियो । कार्यक्रममा धेरै सहभागीहरु भर्चुअल रुपमा पनि सहभागी भएका थिए र भौतिक रुपमा भने स्वास्थय मापदण्ड अपनाएर विभिन्न सरोकारवाला तथा मिडियाको मात्रै उपस्थिीति रहेको थियो ।
पहिलो सेसन ‘इमर्जिङ टेक्नोलोजी इन आइटी इन्डष्ट्री’ मा योङ इन्नोभेसनका सिइओ बिभुषण बिष्ट, क्लाउड फ्याक्ट्रीकी बरिष्ठ सफ्टचेयर इन्जिनियर माधुरी श्रेष्ठ, नेपाल खुल्ला विश्वविद्यालयका कार्यक्रम संयोजक डा. भोजराज घिमिरे र फ्यूज क्लासरुमका निर्देशक पराग श्रेष्ठ सहभागी भएका थिए ।
त्यसैगरी इ सत्यका इन्चार्ज रुचिन सिंह मोडरेटरको भूमिकामा रहेका थिए । दोश्रो सेसन ‘इन्नोभेसन एण्ड टेक्नोलोजीकल आन्टरप्रेनरसीप’ विषयमा सञ्चालन भएको थियो । यो सेसनमा खल्तीका सह संस्थापक मनिष मोदी, फुडमाण्डूका संस्थापक मनोहर अधिकारी र जीवीका प्रबन्ध निर्देशक आभुसन ज्योती कंसाकार सहभागी भएका थिए ।
त्यस्तै तेस्रो सेसनमा आइटीमा करियर सम्भावनाको बारेमा पनि प्रश्न उत्तर अर्थात क्युएनए सेसन सञ्चालन भएको थियो । यस सेसनमा मेरो लगानीका सिईओ अतितलाल श्रेष्ठ र लिफ्रग टक्नोलोजीकी स्वेच्छा बिष्ट सहभागी भएका थिए ।
त्यसैगरी कार्यक्रमको दोश्रो दिन ‘कनेक्टिङ ट्यालेन्ट्स विथ ग्लोबल अपर्चुनिटी’ विषयमा भर्चुअल सेसन सञ्चालन भएको थियो । यस सेसनमा किम्बु टेक्नोलोजीकी सीईओ कार्भिका थापा, सिम्प्लिफाई ३६० का सीईओ लक्ष्मी खतिवडा र जेनस सोलुसनका सीटीओ अञ्जनी फुँयाल, ग्रोवाईडेटाका सहसस्थापक प्रशन्न ढुंगेल लगायतको सहभागिता थियो ।
अमेरिकन बिजनेश डिग्री सञ्चालन गरिरहेको प्रेसिडेन्सियल बिजनेश स्कूलले यसैवर्षदेखि आइटी अन्तगर्त बिएस्सी आइटी र एमएस्सी आइटीका शैक्षिक कार्यक्रमहरु सञ्चालनको तयारी गरेको छ ।
कलेजले पहिलोपटक आइटी करियर कन्क्लेभ सफलतापूर्वक सम्पन्न गरेको कार्यकारी निर्देशक लक्ष्मण केसीले बताए । आगामी दिनमा आइटीको भविष्य सुमधुर रहको बताउँदै केसीले यसको लागि योग्य र दक्ष विद्यार्थी उत्पादनमा जोड दिने र आइटी उद्योगसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।
नीति
ह्वावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले सम्पन्न, यी हुन यस वर्षका अवार्ड बिजेताहरु
नेपालको सूचना प्रविधि क्षेत्रको निकै प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले …
डिशहोम पल्सर स्पोर्ट अवार्डको मुख्य सहप्रायोजक
यो वर्षको ‘पल्सर स्पोर्टस अवार्ड’ मा पनि डिस मिडिया नेटवर्क लिमिटेड मुख्य सहप्रायोजकक…
शनिवार हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले, सम्पूर्ण तयारी पूरा
सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको पाँचौं स…
पुस ११ गते ‘हुवावे आइसिटी अवार्ड २०२०’ को ग्राण्ड फिनाले आयोजना हुँदै
सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड २०२०’ को …
आगामी शनिबार हल्टप्राइज एट आईओईको फाइनल
ललितपुरस्थित पुल्चोक इन्जीनियरीयङ क्याम्पसका विद्यार्थीको संस्था नेस्क्टजेन र हल्ट प्राइज…
टेक वेबिनारको २३ औं श्रृंखलामा ‘मेन्टल मोडलिङ इन आइटी इण्डष्ट्री’ विषयमा सेसन हुँदैं
टेक वेबिनारको २३ औं श्रृंखलामा ‘मेन्टल मोडलिङ इन आइटी इण्डष्ट्री’ विषयमा कुराकानी …
भर्चुअल रुपमा ओपन एमआरएस सम्मेलन आयोजना हुँदैं, यसरी हुनुहोस् सहभागी
३० नोभेम्बर देखि ४ डिसेम्बर २०२० सम्म ओपन एमआरएस सम्मेलन आयोजना हुने भएको छ । यो …
हल्ट प्राइजको सेमी फाइनल सम्पन्न
हल्ट प्राइज एट आईओई २०२०-२१ र पुल्चोक क्याम्पस विद्यार्थीको नेक्स्टजेन संस्थाको संयुक्त …
माइक्रोसफ्ट ३६५ डेभलपर बुटक्याम्प हुँदै, निःशूल्क सहभागी हुन् सकिने
नेपाल क्लाउड प्रोफेसनल कम्युनिटीले काठमाडौंमा ग्लोबल माइक्रोसफ्ट ३६५ डेभलपर बुटक्याम्…
म्युजिकल इभ सहितको उद्यमी टक सिरिज आज हुँदै, यसरी हुनुहोस् सहभागी
हल्ट प्राइज आईओई र पुल्चोक क्याम्पसको नेक्स्टजेनको संयुक्त सहकार्यमा शनिबार टक सिरिज आ…
आइसिटी अवार्ड २०२० मा उत्कृष्ट ५ को घोषणा,कार्तिक १२ देखि पब्लिक भोटिङ शुरू हुँदै
सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड अन्तर्गत २०२…
आइसिटी अवार्ड २०२० का उत्कृष्ट १२ स्टार्टअपको प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन आज हुँदै
बुधबार साँझ आइसिटी अवार्ड २०२० का उत्कृष्ट १२ स्टार्टअपको प्रिजेन्टेसन तथा स्पीड डेटि…
सोमबार आइसिटी अवार्ड २०२० का उत्कृष्ट १३ प्रोडक्टहरुको प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन हुँदै
सोमबार साँझ आइसिटी अवार्ड २०२० का उत्कृष्ट १३ प्रोडक्टहरुको प्रिजेन्टेसन तथा स्पीड डे…
अनुसन्धान अवसर र स्कोप बारे शनिबार वेबिनार आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी
नेपालको सूचना प्रविधि कम्पनी माउन्टेक सोलुसनले शनिबार साँझ ५ देखि ७ बजेसम्म ‘रिसर्…
भर्चुअल रुपमा पहिलो राष्ट्रिय स्टिम एजुकेशन सम्मेलन आज हुँदै
राष्ट्रिय विज्ञान दिवसको अवसरमा नेपालमै पहिलो पटक स्टिम शिक्षा (विज्ञान, प्रविधि, इन्…