कीवर्डहरू -

प्रोफाइल

विश्वका  ठूला टेक कम्पनीहरु 

आधुनिक युगमा प्रविधिको विकास तिव्र गतिमा भइरहेको छ । विभिन्न वर्ग, उमेर, क्षेत्रका मानिसहरु प्रविधिको प्रयोग गरी रहेको छन् । प्रविधिको विकासको कुरा गर्दा इन्टरनेटको विकासले संसारलाई एउटा सानो गाँउ बनाई दिएको छ ।


फोब्स म्यागजीनले सन् २०१८ को जुनमा आफ्नो दोस्रो बार्षिक सूचि “ठूला सामुदायिक २००० कम्पनीहरुको सूचि” प्रकाशन गरेको छ । फर्बसले कम्पनीको नाफा, सम्पती, बिक्री र बजार मूल्यका आधारमा विश्वको उत्कृष्ट कम्पनीहरुको सूचि तयार गर्ने गरेको छ । यस सूचिमा १८ विभिन्न देशको टेक्नो कम्पनीहरुले आफ्नो स्थान बनाउन सफल भएका छन् ।

एसिया–प्रशान्त क्षेत्रको ५९ टेक्नो कम्पनीहरु र सयुंक्त राज्य अमेरीकाबाट ५४ टेक्नो कम्पनीहरु सूचिमा परेका छन् । एपल पहिलो र सामसुङले दोस्रो स्थान सुरक्षित गरेका छन् । ७ वटा अमेरीकन टेक्नो कम्पनीहरु र ३ वटा एसिया प्रशान्त क्षेत्रको टेक्नो कम्पनीहरु टप १० मा पर्न सफल भएका छन् । अमेरीकन टेक्नो कम्पनीहरु एपल, माइक्रोसफ्ट, एल्फाबेट, इन्टेल, आइबिएम, फेसबुक र ओर्याकल रहेका छन् । त्यस्तै एसिया प्रशान्त क्षेत्रको सामसुङ, टिसेन्ट होलिडे र होन हाई प्रिशिजन रहेका छन् ।

एप्पल
विश्वमा प्रविधिको विकासको नेतृत्व गर्ने ठूला टेक्नो कम्पनीहरुको कुरा गर्दा विश्वमा आफ्नो प्रभाव पार्न सफल एपल कम्पनी पहिलो स्थानमा पर्दछ । सन् १९७६ मा स्टीव जव, रोनाल्ड वेन र स्टीव वोज्रिककले सुरुवात गरेका थिए । हाल यसको मुख्य कार्यलय क्यालीफोनीया, अमेरीकामा रहेको छ । यो कम्पनीले कम्पीटर सफटवेर, उपभोक्ता इलेक्ट्रोनिक र अनलाईन सेवाको विकास गर्दछ । यसको परिचित हार्डवेरहरु आइफोन, आइप्याड, एपल वाच, इपल टि.भी र म्याक पर्सनल कम्पीटर रहेका छन् । २०१८ मा ९२६.९ अर्ब अमेरीकी डलर आम्दानी गरेर एपल विश्वको धनी कम्पनीकोे सूचिको पहिलो स्थानमा पर्दछ ।


सामसुङ
सामसुङले यस वर्ष पनि दोस्रो स्थान सुरक्षित गर्न सफल भएको छ । यो कम्पनी १९९६ मा दक्षिण कोरीयाको सुवानमा स्थापना भएको थियो । यसको मुख्य उत्पादनहरु विधुतिय उपकरण र इलेक्ट्रोनीक्स उत्पादनहरु रहेको छ । यसका साथै यसले स्मार्टफोन, मोबाईलफोन र टेलिभिजनको उत्पादन गर्दछ । यसको वार्षिक आय ३२५.९ अर्ब अमेरीकी डलर आम्दानी गरेर सामसुङ इलेक्ट्रोनीक्स विश्वको धनी कम्पनीको सूचिको १२ औँ स्थानमा पर्दछ । सामसुङले २००५ मा आफ्नो प्रतिस्पर्धी कम्पनी सोनीलाई पछाडी पारेर विश्वको सबैभन्दा लोकप्रिय ब्रान्ड बन्न सफल भएको थियो ।

माइक्रोसफ्ट
माइक्रोसफ्ट विश्वकै अब्बल सफ्टवेर तथा प्रोग्रमीङ कम्पनी हो । यसको स्थापना सन् १९७५ मा भएको थियो । यसको बिक्री १०३.३१ अर्ब अमेरीकी डलर र बजार क्षमता ७५०.६ अर्ब अमेरीकी डलर रहेको छ । यसमा १२४,००० कामदारहरु रहेका छन् । यो २०१८ विश्वको ठूलो सामुदायीक कम्पनीको सूचिमा तेस्रो स्थानमा पर्दछ । कम्पनीका सस्थापक बिल गेट्स लगातार धेरैपटक विश्वका सबैभन्दा धनिको सुचिमा पर्दै आएका छन ।

\"\"

एल्फाबेट (गुगल)
यो एक कम्प्युटर सर्भिस तथा सर्च इन्जिन कम्पनी हो । यसको स्थापना सन् २०१५ मा भएको थियो । यसमा ८०,११० कर्मचारीहरु कार्यरत रहेका छन् । एल्फाबेटको बिक्री १७७.८८ अर्ब अमेरीकी डलर र बजार क्षमता ७६६.४ अर्ब अमेरीकी डलर रहेको छ । अल्फाबेट अन्तर्गत गुगल, युट्युब, जिमेल सँगै अरु दर्जनौ कम्पनी तथा प्रडक्टहरु रहेका छन ।

इन्टेल
यो सन् १९६८ मा स्थापना भएको एक सेमीकन्डक्टर कम्पनी हो । यसको बजार क्षमता १.४९% ले वृद्धि भएर यसको बजार क्षमता २५४.८ अर्ब अमेरीकी डलर रहेको छ । यसको बिक्री ६४.०३ अर्ब अमेरीकी डलर रहेको छ । यसको मुख्य कार्यलय क्लीफोनीयामा रहेको छ । यहाँ १०२,७०० कर्मचारीहरु रहेका छन् ।


आइबिएम
आइबिएम सन् १९११ मा स्थापीत कमप्युटर सर्भिस कम्पनी हो । आइबिएमको बजार क्षमता ०.४६ % ले वृद्धि भएर यसको बजार क्षमता १३२.३% अर्ब अमेरीकी डलर र बिक्री ८०.०६ अर्ब अमेरीकी डलर रहेको छ । यसको मुख्य कार्यलय न्यूर्योकमा रहेको छ । यहाँ ३९७,८०० कर्मचारीहरु रहेका छन् ।

फेसबुक
फेसबुक सन् २००४ मा स्थापीत एक अमेरिकी अनलाइन सोशल मिडिया र सामाजिक नेटवर्किंग सेवा कम्पनी हो । यो लोप्रिय सामाजीक नेटवर्किंग अनलाइन सोशल मिडिया भएको छ । यसको बजार क्षमता ०.९२ % ले यसको बजार क्षमता ५४१.५ अर्ब अमेरीकी डलर र यसको बिक्री ४४.५९ अर्ब अमेरीकी डलर रहेको छ । यसको मुख्य कार्यलय क्लीफोनीयामा रहेको छ । यहाँ २५,१०५ कर्मचारीहरु रहेका छन् ।


ओर्याकल
यो सन् १९७७ मा स्थापीत सफ्टवेर र प्रोग्रमीङ कम्पनी हो । यसको बजार क्षमता ०.६१ % ले वृद्धि भएर १९१.१ अर्ब अमेरीकी डलर र यसको बिक्री ३९.४७ अर्ब अमेरीकी डलर रहेको छ । यसको मुख्य कार्यलय क्लीफोनीयामा रहेको छ । यहाँ १३८,००० कर्मचारीहरु रहेका छन् ।

टिसेन्ट होलिडे
टिसेन्ट होलिडे सन् १९७४ मा स्थापीत इलेक्ट्रोनिक्स कम्पनी हो । यसको बजार क्षमता ४९१.३ अर्ब अमेरीकी डलर र बिक्री ३५.२७ अर्ब अमेरीकी डलर रहेको छ ।  यसको मुख्य कार्यलय चिन, शेन्जेनमा रहेको छ । यहाँ ४४,७९६ कर्मचारीहरु रहेका छन् ।

होन हाई प्रिशिजन
टिसेन्ट होलिडे सन् १९९९ मा स्थापीत कमप्युटर सर्भिस कम्पनी हो । यसको बजार क्षमता ४९.५ अर्ब अमेरीकी डलर र बिक्री १५४.७५ अर्ब अमेरीकी डलर रहेको छ ।  यसको मुख्य कार्यलय चिन, न्यू ताइपे सिटीमा रहेको छ । यहाँ १,०००,०० कर्मचारीहरु रहेका छन् ।

त्यस्तै ठूलो टेक्नो कम्पनीको सूचिमा स्पोटिफाइ र चिन ३६० सेक्युरीटी पहिलो पटक पर्न सफल भएका छन् । यो स्वेडिस स्पोटिफाइ टेक्नोलोजी कम्पनीले विकास गरेको एक म्युजिक स्ट्रिमिङ सर्भिस हो । यसको लन्च कम्पनीले २००८, ७ अक्टुबरमा गरेको थियो र २०१८, २० अगस्टमा यो सेवा ६५ क्षेत्रमा उपलब्ध गराइदैँ छ । यो २०१८ विश्वको ठूलो समुदायीक कम्पनीको सूचिमा १०८ औँ स्थानमा परेको छ । शेल कम्पनी सगँ मर्जड हुनु भन्दा पहिला क्यू ३६० लाई चिन ३६० सेक्युरीटी नामले बजारमा रहेको थियो । यो २०१८ विश्वको ठूलो समूदायीक कम्पनीको सूचिमा १०२ औँ स्थानमा परेको छ ।


सिस्को सिस्टम जुन पहिलाको वर्ष टप १० मा पर्न सफल भएको थियो, यो वर्ष २३ औँ स्थानमा परेको छ । २०१८ विश्वको ठूलो समूदायीक कम्पनीको सूचिमा ३८९ स्थान तल झरेर ४४४ औँ स्थानमा परेको छ । त्यस्तै क्वाइलकमको स्थान झरेको भए तापनि यो विश्वको ठूलो समूदायीक कम्पनीको सूचिमा २८ औँ स्थानमा परेको छ ।


प्रविधिको विकास हुने क्रममा प्रविधि विकास गर्ने कम्पनीहरु बिच कडा प्रतिस्पर्धा पनि भइ रहेको छ । आफ्नो ब्राण्डलाई अन्य प्रतिस्पर्धी भन्दा अगाडी बढाउने क्रममा विभिन्न नयाँ–नयाँ प्रविधिको विकास हुदैँछ । त्यसको साथै कम्पनीको नाफा, बजार, सम्पती र बजार क्षमता बढाउने प्रतिस्प्रर्धाको होड पनि चलेको देख्न सकिन्छ ।

स्रोत : फोब्र्स

प्रोफाइल

एन आई सी एशिया बैंकको नयाँ शाखा रौतहटको चन्द्रनिगाहपुरमा

एन आई सी एशिया बैंकको चन्द्रपुर नगरपालिका वडा नं ४, चन्द्रनिगाहपुर, रौतहटमा स्थापित चन्द्रनिगाहपुर शाखाको आज मिति २०७५ जेष्ठ १७ गते एक समारोहका बिच चन्द्रनि…

एन आई सी एशिया बैंकको कृषि तथा पर्यटन ब्यवसाय कर्जा

 

विभिन्न किसिमका जनमुखी बैंकिङ्ग सुविधाहरु पस्कदै सर्वसाधारणहरुको बंैकको रुपमा आफ्नो पहिचान  स्थापित गरिसकेको यस एन आई सी एशिया बैं…

रेनो क्याप्चर नेपाली बजारमाआउँदै , प्रि बुकिङ्ग खुल्ला

एड्भान्स अटोमोवाइल प्रालि –बिशाल ग्रुप अन्र्तगतको कम्पनी)ले रेनोको बहुप्रतिक्षित एसयुभी क्याप्चरको नेपाल अधिराज्य भरि प्रि बुकिङ्ग खुल्ला गरेको छ । नेपाली …

लक्ष्मी बैंकको थ्रीडी सेक्युर भिसा डेबिट कार्डहरुको सुरुवात, इकमर्सको कारोबारमा सहज हुने

लक्ष्मी बैंक लि.ले आफना ग्राहकहरुलाई सुरक्षित एवं नविनतम सुबिधा प्रदान गर्ने उद्देश्य सहित <…

कतार एयरवेजद्वारा क्यानवेरा अष्ट्रेलिया उडान घोषणा

काठमाडौं, कतार । कतार एयरवेजले एक पत्रकार सम्मेलनको आयोजना गरी अष्ट्रेलियाको राजधानीक्यानबेरामाआफ्नो फ्लाइटको सुरुवातको घोषणा गरेको छ । पत्रकार सम्मेलनमा अ…

एनआइसीले एसिया बैंकले पनि सुरु गर्यो भाइबर बैकिङ्ग

एन आई सी एशिया बैंकले आफ्नो सेवालाई थप प्रविधीमुलक बनाउदै भाइबर बैकिङ्ग सेवा संचालन गरेको छ । उक्त भाइबर बैकिङ्ग सेवा ग्राहक हरुले सहज रुपमा आफ्नो मोबा…

भिसा कार्डमार्फत भुक्तानीगर्दा १० प्रतिशतसम्म क्यासव्याक अफर

कार्ड लोयल्टी प्रोग्रामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्र…

नेपाल टेलिकमको नाफा १५ अर्ब बढी, शेयर धनीहरुलाई अहिले सम्मकै धेरै नगद लाभांश वितरण

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको दशौं वार्षिक साधारणसभा आज (२०७४ पौष ३० गते) काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७३।७४ को मुनाफा र…