प्रोफाइल
एन आईसी एशिया बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच डिजिटल भुक्तानी सम्बन्धि समझदारी
एन आईसी एशिया बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच डिजिटल भुक्तानी सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
एन आईसी एशिया बैंकको डिजिटल भुक्तानी सेवाहरुको प्रयोग गरि सूर्या लाइफ इन्स्योरेन्सको बीमा शूल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायतका शुल्क बुझाउन सकिने गरी समझदारी भएको छ ।
उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका हुन् ।
एन आईसी एशिया बैंकले डिजिटल भुक्तानीलाई व्यापकता दिदै आइरहेकामा पछिल्लो पटक सूर्या लाइफ इन्स्योरेन्ससँगको समझदारीले ग्राहकहरु थप लाभान्वित हुने कम्पनीको विश्वास रहेको छ ।
उक्त समझदारी अनुसार सूर्या लाइफका ग्राहकले एन आईसी एशिया बैंकको क्युआर कोड, कार्ड पीओएस, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ लगायत विभिन्न डिजिटल भुक्तानी माध्यमहरुको प्रयोग गरि रकम भुक्तानी गर्न सक्नेछन् ।
यस समझदारी पश्चात सेवाग्राहीले ठूलो नगद रकम बोक्ने झन्झटबाट मुक्ति पाउनेछन् । साथै आगामी दिनहरुमा बैंकले संचालनमा ल्याउने इन्टरनेट भुक्तानी गेटवे लगायत अन्य डिजिटल सेवा समेत सूर्या लाइफ इन्स्योरेन्सका ग्राहकहरुलाई उपलब्ध गराउने छ ।
विश्वमा बैंकहरुले डिजिटल सेवालाई जोड दिइरहेकोमा एन आइसी एशियाले पनि डिजिटल भुक्तानीलाई बढाउदै लगेको छ ।
प्रोफाइल
एन आईसी एशिया बैंकको सपोर्ट सेवा २४ सै घण्टा
एन आईसी ए…
पिपिएलका उत्कृष्ट खेलाडीहरु टिभिएस अपाचेद्वारा पुरस्कृत
नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताहरुमध्येको एक सर्वाधिक चासो रहेको प्रतियोगिता पिपिएल सम्पन्न भएको छ …
जिल्ला प्रशासन कार्यालय इनरुवामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर
प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित व…
बाइक रेसिङ प्रतियोगिता नेपाल रोड रेसिङ सम्पन्न
शनिबार सम्…
नेपालमा धेरै निशान किक्स ब्रिक्री गरेको अवसरमा विशेष अफर, आइफोन एलेभेन देखि नगद छुट सम्म
नेपालका लागि निशान र ड्याटसनका गाड…