प्रोफाइल
ह्वाट्सएपका संस्थापक जन कौमः शरणार्थीदेखि अर्बपतिसम्म
आज विश्वभर एउटा लोकप्रिय सञ्चार गर्ने माध्यम बनेको छ, ह्वाट्सएप । त्यसका लागि संसारभरका अर्बों मानिसहरूले ह्वाट्सएपको प्रयोग गर्छन् । खासमा ह्वाट्सएप गरिब परिवारमा जन्मिएका एक शरणार्थी युवाले बनाएका हुन् । ती युवाको नाम हो, जन कौम ।
जन कौम सन् १९७६ मा युक्रेनको यहूदी परिवारमा जन्मिएका हुन् । घरको एक्लो सन्तान रहेका उनका बुबा निर्माण व्यवस्थापक र आमा गृहिणी थिइन् । तत्कालीन सोभियत संघबाट विभिन्न कठिनाइ सामान गरेको उनका आमा–बुबाले फोनमा बोल्न पनि डर मान्थे । किनकी सरकारको फोन सुन्ने सम्भावना थियो ।
सन् १९९१ मा सोभियत संघ पतन भएसँगै जन र उनकी आमा अमेरिकाको क्यालिफोर्नियाको माउन्टेन भ्यूमा बसाइ सरे । त्यसपछि उनीहरूले अनेक आर्थिक कठिनाइसँग जुध्नु पर्यो । त्यो बेला जनले परिवारको गुजारा चलाउन सुपरमार्केटमा सफाई कर्मचारीको रूपमा काम गर्न थालेका थिए ।
उनीहरूले सरकारबाट प्राप्त सहयोगको आधारमा आफ्नो जीवन धान्नुपर्ने अवस्था थियो । केही समय पछि जनकी आमालाई क्यान्सर भएको पत्ता लाग्यो । त्यसपछि त झनै कस्टकर जीवन झेल्नु परेको थियो । आमा छोरा फुड कुपन र आमाको असक्षमता बीमा (डिसआबिलिटी इन्सुरेन्स) को भरमा बाँच्नुपर्ने अवस्था थियो ।
चुनौतीहरू आएपनि जनलाई १८ वर्षको उमेरमै कम्प्युटर प्रोग्रामिङप्रति रूची जाग्न थालिसकेको थियो । उनले म्यानुअलहरूबाट कम्प्युटर प्रोग्रामिङ सिक्न थालेका थिए । प्रोग्रामिङ सिक्दै गर्दा उनी स्यान जोसे विश्वविद्यालयमा भर्ना भए र पहिलो वर्षमा अर्न्स्ट एन्ड यङ कम्पनीमा सुरक्षा परीक्षकको रूपमा काम गर्ने अवसर प्राप्त गरे ।
त्यसपछि थप अनुभव लिन उनी उउ नामको कम्प्युटर सुरक्षा समूहमा पनि काम गर्न थालेका थिए । यही समयमा जनको भेट ब्रायन एक्टनसँग हुन्छ । सन् १९९७ मा जनले याहूमा जागिर पाए । जागिर पाएपछि पढाइ छोडे । यहीक्रममा उनले ब्रायनसँग नौ वर्षसम्म याहूमा काम गरेका थिए ।
तर, सन् २००९ मा, दुवैले याहुको जागिर छोडेर एउटा स्टार्टअपमा काम गर्ने निर्णय लिए र ह्वाट्सएपलाई अगाडि बढाए ।
ह्वाट्सएपको उदय
प्रयोगकर्ताको गोपनीयतालाई प्राथमिकता दिने र विज्ञापन तथा डेटा कमाईको माध्यम नबनाउने जन र ब्रायनको लक्ष्य थियो । सजिलैसँग परिवार र साथीहरूसँग सुरक्षित रूपमा सन्देश आदानप्रदान गर्न सक्ने प्लेटफर्म बनाउनु उनीहरूको एकमात्र उद्देश्य थियो ।
त्यसैको उपज हो, आजको ह्वाट्सएप, जुन अर्बौ प्रयोगकर्ताको दैनिकी बनेको छ । सूचना आदान प्रदानमा सहजता थपेको छ । यसमा प्रयोगकर्ताको संवादलाई सुरक्षित बनाउन एण्ड–टू–एण्ड इन्क्रिप्सन प्रयोग गरिएको छ ।

आफु पूर्ण निगरानीयुक्त देशमा हुर्किएकाले प्रयोगकर्ताको गोपनीयतालाई प्राथमिकता दिएर ह्वाट्सएप डिजाइन गरिएको जन बताउँछन् ।
‘म यस्तो समाजमा हुर्कें जहाँ तपाईले गरेका सबै कुरा निगरानी गरिन्थ्यो, रेकर्ड गरिन्थ्यो, अरूले बताएर झुटो आरोप लगाउँथे,’ उनले भने, ‘फोनमा बोल्दा सरकारले सुनिरहेको छ कि भन्ने त्रास हुन्थ्यो । गोपनीयताको हक कति महत्वपूर्ण हुन्छ भन्ने बारे मलाई मात्रै थाहा छ ।’
ह्वाट्सएप नाम अमेरिकामा प्रचलित एक शब्दबाट राखिएको हो, जुन ‘What's Up?’ भन्ने वाक्यांशको खेल हो । ह्वाट्सएप पहिलो संस्करणका रूपमा एप स्टोरमा उपलब्ध भएको थियो । तर बिडम्बना, पहिलो संस्करणले मानिसहरूको ध्यान आकर्षित गर्न सकेन र यसमा धेरै त्रुटिहरू देखिए ।
आफुले मिहेत गरेर तयार गरेको सफ्टवेयरमा आकर्षन कम देखिएपछि जन कौम निराश भएका थिए । परियोजना नै छोडेन सोच आएको थियो । एक्टनले उनलाई त्यस्तो गर्न दिएनन् । ‘यदि तिमी अहिले हार मान्यौ भने, त्यो मूर्खता र असमर्थता हुनेछ । आफूलाई बुझाउ, अझै प्रयास गर,’ एक्टनले भने ।
अनि जन कौमले पहिले देखिएका त्रुटिहरूलाई सुधार गरेर अर्को संस्करण ल्याए र ह्वाट्सएप म्यासेन्जर बन्यो । आईफोन र ब्लयाकबेरी फोनहरूका लागि अन्य संस्करणहरू पनि तयार गरिएको थियो ।
कौमले ह्वाट्सएपलाई विज्ञापनरहित प्लेटफर्म रहन दिने पनि प्रतिज्ञा पनि गरेका छन् । उनी भन्छन्, ‘सामाजिक सञ्जाल र साइटहरूमा प्रयोगकर्ताहरूको जानकारी संकलन गर्नुको कारण भनेको कम्पनीहरूले आफ्ना प्रयोगकर्ताहरूका बारेमा सही र भरपर्दो तथ्यांक प्राप्त गरी तिनीहरूलाई मनपर्ने विज्ञापनहरू पठाउनु हो । तर, ह्वाट्सएप विज्ञापनबाट टाढा रहेको छ, त्यसैले यसले प्रयोगकर्ताहरूको जानकारी अन्य कम्पनीहरूलाई दिने आवश्यक ठान्दैन, जसले यसको प्रयोगकर्ताहरूको सुरक्षा बढाउँछ ।’
ह्वाट्सएप विश्वभर लोकप्रिय बन्दै थियो । त्यसैक्रममा सन् २०१४ मा फेसबुकले ह्वाट्सएपलाई १९ अर्ब अमेरिकी डलरमा खरिद गर्यो । अहिले जन कौमसँग ह्वाट्सएपको ४५ प्रतिशत शेयर छ । कुनै बेला गुजारा चलाउन संघर्ष गरेका जन आज अर्बपति छन् । धेरैको प्रेरणाको स्रोत पनि बनेका छन् ।
प्रोफाइल
म्यानमार र बंगलादेशका वित्तीय संस्थामा प्रयोग भइरहेको नेपाली सफ्टवेयर
नेपालमै विकास भइ विदेशमा विदेशमा सफलतापूर्वक सञ्चालन भइरहेको नेपाली सफ्टवेयरहरू एकदमै कम छन् । त्यही कम सफ्टवेयरमध्ये एक हो, ३…
डायनामिक टेक्नोसफ्टको वीरगञ्जदेखि अन्तर्राष्ट्रिय बजारसम्मको छलाङ्ग, २ सय जनालाई रोजगारी
मोफसलबाट सुरू गरिएको कम्पनीले छोटो समयमा अन्तर्राष्ट्रिय बजारसम्मको छलाङ्ग मार्न सफल भएको छ । आफै उद्यमशीलता गर्ने हुटहुटी भएका द…
फेसबुक पेजबाट सुरू भएको इन्टर्न र इन्टर्नसीपलाई जोड्ने प्लेटफर्म ‘इन्टर्नसाथी डटकम’
स्नातक तह अन्तिम वर्षमा अध्ययन गर्ने अधिकाशं विद्यार्थीहरूले इन्टर्नसीप अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ । तर कतिपय विद्यार्थीले इन्टर्नस…
एन्ड्रोइड एप राख्न र बिक्री गर्न मिल्ने नेपालको आफ्नै एप स्टोर ‘एप्सझोला’
नेपालको आफ्नै एप स्टोर ‘एप्सझोला’ सार्वजनिक भएको छ । बर्क्ली कम्प्युटरले नेपालको आफ्नै एन्ड्…
डिजिटल ठेगाना प्रणाली कताहो सुरू, घरको ‘ठेगाना प्लेट’ निःशुल्क तयार गर्न सकिने
नेपालको ठेगाना प्रणाली व्यवस्थित गर्ने, घर ठेगानाको प्लेट पाँच मिनेटमै तयार गर्न सकिने र कुनै पनि ठाउँको नाम नदोहोरिने बहुउपय…
आफ्नो घरको ठेगाना प्लेट तयार पार्ने डिजिटल ठेगाना प्रणाली ‘कताहो’
नेपालको ठेगाना प्रणाली व्यवस्थित गर्ने, घर ठेगानाको प्लेट पाँच मिनेटमै तयार गर्न सकिने र कुनै पनि ठाउँको नाम नदोहोरिने बहुउपय…
राइड शेयरिङ बजारमा हात हाल्दै एफवान सफ्ट ग्रुप, ‘जुम जुम’ ल्याउने तयारी
नेपालको डिजिटल इकोसिस्टममा महत्त्वपूर्ण योगदान दिदै आएको एफवान सफ्ट ग्रुप अब राइड शेयरिङ बजारमा समेत प्रवेश गर्ने भएको छ । एफवा…
अनलाइनबाटै व्यवसाय दर्तादेखि नवीकरणसम्मको सेवा दिने स्टार्टअप जस्टचेक
कुनै पनि व्यवसाय सञ्चालन गर्न सबैभन्दा पहिले कम्पनी दर्ता गर्नुपर्ने हुन्छ । तर नेपालमा कम्पनी दर्ता गर्न अनेकौं झन्झट छ । धेरै ठाउँ…
घरभाडाको हिसाब राख्न, बिल वितरण गर्न र बहालको हिसाब बुझाउन मिल्ने एप ‘ईज्यालो’
काठमाडौंमा कोठा भाडामा लिएर लाखौं मानिस बस्दै आएका छन् । उनीहरूबाट घरधनीले भाडा, पानी, बिजुल…
सवारीसाधनको रियल टाइम ट्रयाकिङ गर्ने प्रविधि ‘जियोमेट’
आफ्नो गाडी कता छ ? कहाँ आईपुग्यो ? कतै दुर्घटनामा त परेको छैन् ? कति भाडा उठ्यो ? दैनिक जसो गाडी धनीको मनमा उठ्ने प्रश्न हुन्, य…
मोफसलबाट उदाउँदै गरेको डेलिभरी तथा राइड शेयरिङ स्टार्टअप ‘जाऔं’, सुपर एप बन्ने लक्ष्य
कुनै समय थियो, स्टार्टअपहरू राजधानीमा मात्रै केन्द्रित हुन्थे । तर समय, परिवेश र प्रविधिको विकासले पछिल्लो समय मोफसलमा समेत स्टा…
यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ प्रडक्ट, कसरी गर्ने अनलाइन भोटिङ ?
आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ प्रडक्ट छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कष्ट १४ प्रडक्टबाट उत्कृष्ट ५ घोषणा गरिएको हो । …
लोकेसन म्यापिङसँगै प्रडक्ट खरिद, बिक्री गर्न सकिने एप ‘कहाँ’
पछिल्लो समय प्रविधिले हरेक काममा सहज बनाइरहेको छ । कतै नयाँ ठाउँ जानुपर्यो भने अहिले हामी मोबाइलमा प्रायले गूगल म्याप ख…
रेष्टुरेन्टबाट घरमै खाना डेलिभर गर्ने प्लेटफर्म भोजमाण्डु
नेपालमा कोरोना महामारीको संक्रमण रोक्न लकडाउन हुनुभन्दा २ महिना अगाडि काठमाडौंका सुनिल यादवले पार्सल पुर्याउने स्टार्टअप …
अनलाइनबाटै मानसिक स्वास्थ्य परामर्श दिने प्लेटफर्म ह्याप्पी माइन्ड्स
काठमाडौंकी श्रेया गिरीले बेलायतमा मास्टर्स अध्ययन गरिरहेकी थिइन् । अध्ययन गर्दा गर्दै कोरोना महामारी सुरू भयो । महामारीपछि उनको…