प्रोफाइल
पुराना फोन किनबेच गर्न मिल्ने प्लेटफर्म ‘नयाँ पुरानो’, फोन बेच्दा तपाईको नाममा रूख रोपिदिने
बजारमा हरेक महिना नयाँ नयाँ सुविधासहित नयाँ नयाँ मोबाइल फोन सार्वजनिक भइरहेका हुन्छन् । त्यस्तो अवस्थामा हामीलाई पनि नयाँ फोन किनौं किनौं जस्तो लाग्छ । नयाँ फोन किन्ने योजना बनाइरहँदा पुरानो फोनलाई के गर्ने ? भन्ने प्रश्न सबैको मस्तिष्कमा घुम्छ । यो एउटा प्रश्न मात्रै नभएर समस्याको रूपमै रहेको छ ।
अहिले पुरानो फोन बेच्नु पर्यो भने बजार बजार डुल्नु पर्छ । त्यसले एकातिर हाम्रो समय बर्बाद भइरहेको छ भने अर्को तिर एउटा निश्चित मापदण्ड छैन् ।
यी तमाम समास्याहरूको समाधानको रूपमा आएको छ, नयाँ पुरानो । पुराना फोनहरू किनबेच गर्न सकिने अनलाइन प्लेटफर्म हो, नयाँ पुरानो ।
पुराना फोनहरूहरूको किनबेचलाई सजिलो बनाउन ४ महिना अघि नयाँ पुरानो सुरू गरेको नयाँ पुरानो इलेक्ट्रो टेकका संस्थापक अभिषेक अग्रवालले बताए । ‘आफ्नो पुरानो फोन किनबेच गर्न बजारका सय ठाउँमा गएर बुझ्नु पर्ने झन्झटलाई नयाँ पुरानोमार्फत अन्त्य गर्न खोजेका छौं,’ उनले आइसिटी समाचारसँग भने, ‘पुरानो फोन किन्न र बेच्न अब बजारमा बुझ्न जानु पर्दैन । नयाँ पुरानोबाटै किनबेच गर्न सकिन्छ ।’
नयाँ पुरानोले ‘सेकेण्ड ह्याण्ड’ फोन बेच्नका लागि मोबाइल एप र किन्नका लागि वेबसाइट तयार गरेको छ ।बेच्नका लागि सबैभन्दा पहिला मोबाइलको मूल्य निर्धारण हुनुपर्छ । त्यसका लागि कम्पनीले अटोमेटिक सिस्टममा आधारित नयाँ पुरानो एप बनाएको छ । एपबाट सोधिएको र मागिएको जानकारी दिएपछि त्यसको मूल्य निर्धारण हुन्छ ।
यदी तपाईको पुरानो मोबाइल सबै ठिक छ भने सिस्टमले निर्धारण गरेको मूल्य अनुसार नयाँ पुरानोले तुरून्तै पैसा दिएर उक्त फोन लिनेछ । फोनको अवस्था थाहा पाउनका लागि एपबाट प्रश्न सोध्ने र भिडियो माग्ने गरेको अग्रवालले जानकारी दिए ।
‘बेच्न लागेको फोनको मूल्य निर्धारण गर्न र अवस्थाको जानकारी लिन एपबाट केही प्रश्न सोध्छौं । फोनको भिडियो पनि माग्छौं,’ उनी भन्छन्, ‘सबै ठिक भएपछि एउटा समय मिलाउँछौं । त्यो समयमा हाम्रो मान्छे जान्छ, करारनामा गराउँछ अनि तुरून्तै पैसा ट्रान्सफर हुन्छ ।’
संस्थापक, अभिषेक अग्रवाल
सामान्यतया, बेच्नेको मानसिकता आफ्नो पुरानो फोन बढी मूल्यमा बेच्ने हुन्छ भने किन्नेको मानसिकता सस्तो मूल्यमा किन्ने हुन्छ । नयाँ फोन किन्दा जतापति अधिकतम खुद्रा मूल्य (एमआरपी) एउटै भएपनि पुरानो फोन किनबेचका लागि कुनै एउटा निश्चित मापदण्ड छैन् ।
त्यसकारण किन्ने र बेच्ने दुबैलाई उपयोगी हुने गरी नयाँ पुरानोले एउटा निश्चित मापदण्डसहितको स्वचालित प्रणालीको विकास गरेको हो । ‘सेकेण्ड ह्याण्ड’ फोनका लागि पनि एउटा निश्चित मापदण्ड विकासमा नयाँ पुरानो लागेको अग्रवालले सुनाए । कम्पनीले पुरानो फोन लिँदा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएको फोन लिदैन् । अन्य मोबाइल फोन लिँदा पनि बेच्ने ग्राहकको नागरिकता, बैंक विवरण लगायतका जानकारी राख्ने गरेको छ ।
फोनमा कुनै समस्या आउँदा सजिलो होस् भन्ने उद्देश्यले बेच्नेको विवरण पनि राख्ने गरेको उनी बताउँछन् । उनी अगाडि भन्छन्, ‘हामीले फोन बेच्ने व्यक्तिको विवरण पनि राख्छौं । पछि किन्ने मान्छेलाई पनि ढुक्क हुन्छ । कुनै समस्या आउँदा ट्याक गर्न सहज हुन्छ । तर व्यक्तिगत विवरण हामीले एकदमै सुरक्षित तरिकाले राखेका छौं । कसैले दिदैनौं पनि ।’
फोन बेच्ने ग्राहकसँग लिएको नागरिकता, बैंक विवरण लगायतको डेटा अफलाइनमा मात्रै राख्ने गरेको कम्पनीले जनाएको छ । उक्त डेटा कसैसँग पनि शेयर नगर्ने कम्पनीको दावी छ । अहिले विश्वभर विद्युतीय फोहोर थुप्रिदै गएको छ । नेपालमा पनि विद्तीय फोहोर बढ्दो छ ।
धेरैले आफ्नो घरमा पुरानो फोनलाई थन्काएर राखेका हुन्छन् । त्यस्तो अवस्थामा तपाईले नयाँ पुरानोबाट फोन बेच्दा एकातिर पैसा समेत आउँछ भने अर्कोतिर विद्युतीय फोहोर समेत कम हुन्छ । यसका साथसाथै यदी तपाईले पुरानो फोन बेच्नुहुन्छ भने नयाँ पुरानोले तपाईको नाममा रूख समेत रोपिदिनेछ । सामाजिक उत्तरदायित्व अन्तर्गत रूख रोप्नका लागि कम्पनीले रेभोलुसन एक्ससँग सहकार्य गरेको छ । रूख रोपेपछि ३ वर्षसम्मको त्यसको अवस्थाको जानकारी समेत दिनेछ ।
सुरूवाती चरणमा नयाँ पुरानोलाई आफ्नो पुरानो फोन बेच्ने १०० जनाको रूख रोप्ने योजना गरिएको उनले जानकारी दिए । ‘सुरूवाती चरणमा १०० वटा रूख रोप्दै छौं । प्रत्येक रूखमा बेच्ने व्यक्तिको नाम हुन्छ । अहिले बेच्ने व्यक्तिको नाममा मात्रै रूख रोपेपनि भविष्यमा किन्ने व्यक्तिको नाममा समेत रूख रोप्ने योजना छ,’ उनले भने । तर फोन किन्ने व्यक्ति आफैले पैसा दिएर रूख रोप्न चाहन्छ भने त्यसका लागि कम्पनीले सहजीकरण गरिदिने छ ।
यहाँ सम्म पढ्दै गर्दा तपाईको मनमा एउटा प्रश्न आयो होला, पुरानो फोनको मूल्य चाँहि कसरी निर्धारण हुन्छ ? आउनुहोस् अब यसको जानकारी दिदैछौं । प्रविधि यति गतिशिल छ की प्रविधिको क्षेत्रमा दिनदिनै केही न केही नयाँ परिवर्तन भइरहेको हुन्छ । प्रविधि जति जति उन्नत हुँदै जान्छ, फोनको भ्यालु पनि कम हुँदै जान्छ ।
उदाहरणका लागि, आजभन्दा ३ वर्ष अगाडि ३० हजार रूपैयाँमा आउने फोनमा भएको सबै सुविधा अहिले २० हजार पर्ने फोनमै आउँछ । त्यसले पुरानो फोनको मूल्य निर्धारणमा प्रभाव पार्छ । किनकी ३० हजार पर्ने पुरानो फोनमा भएको सबै सुविधा २० हजार पर्ने नयाँ फोनमै आउँछ भने १७-१८ हजार तिरेर कसैले पनि पुरानो फोन किन्दैन् । फोनको सार्वजनिक मिति, सुविधा, क्यामेरा, प्रोसेसर लगायतले मूल्यलाई असर गर्ने उनको भनाइ छ ।
त्यसैगरी यदी तपाईलाई पुरानो फोन किन्नु छ भने नयाँ पुरानोको वेबसाइटमा जान सक्नुहुन्छ । पुरानो फोन किन्दा कम्पनीले ३ महिनासम्म वारेन्टी प्रदान गर्ने गर्छ तर ‘इन्टरनल डिफेक्ट’ भएको अवस्थामा रिप्लेसमेन्ट सुविधा दिइएको हुन्छ ।
नयाँ पुरानोले अफलाइनमा नयाँ पुरानो फोन बिक्री गर्दै आएको छ । यसका लागि विभिन्न साओमी र इभो स्टोरसँग सहकार्य गरेको छ । कम्पनीले साओमीको एक्सचेन्ज क्याम्प देशैभर गर्दै आएको छ ।
अनलाइनको पहुँचमा नरहेका ग्राहकहरूलाई ध्यानमा राख्दै अफलाइन सुविधा ल्याएको अग्रवाल बताउँछन् । ‘अनलाइनको पहुँचमा नभएका ग्राहकलाई ध्यानमा राख्दै हामीले अफलाइन सुविधा पनि ल्याएका हौं,’ अग्रवाल भन्छन्, ‘अफलाइन सेवाका लागि साओमी, इभोस्टोरसँग सहकार्य गरेका छौं । अरू मोबाइल कम्पनीसँग पनि सहकार्य गर्ने कुरा अगाडि बढिरहेको छ ।’
नयाँ पुरानोले ग्राहकबाट सकारात्मक प्रतिक्रिया समेत पाइरहेको छ । अहिलेसम्म सेकेण्ड ह्याण्ड फोनको मात्रै किनबेच गरिरहेको कम्पनीले आफ्नो दायरा बढाउने तयारी गरेको छ । भविष्यमा ल्यापटप, स्मार्टवाच, आईप्याड, ट्याबलेट्स लगायतका क्याटोगोरी थप गर्ने योजना छ । त्यसका लागि केही समय भने लाग्ने छ ।
प्रोफाइल
पढाइसँगै अतिरिक्त क्रियाकलापमा जोड दिदैँ आएको हिमालय कलेज अफ इन्जिनियरिङ
हिमालय कलेज अफ इन्जिनियरिङ ललितपुरको च्यासलमा रहेको छ । सन् २००० मा स्थापना भएको …
विद्यार्थीलाई ९० देशमा इन्टर्सनसीपको अवसर दिने कान्तिपुर सिटी कलेज
विगत २३ वर्षदेखि नेपालमा आइटी शिक्षा दिइरहेको शैक्षिक संस्था हो, कान्तिपुर सिटी कल…
पूर्वाञ्चल विश्वविद्यालयका आईटी कोर्ष पढाउने हिमालयन ह्वाईट हाउस इन्टरनेशनल कलेज
विगत २२ वर्षदेखि लामो इतिहासमा बोकेको ह्वाइट हाउस इन्टरनेशनल कलेज काठमाडौंको मुट…
बीएससी सीएसआईटी र बीसीए कोर्ष पढाउने सेन्ट लरेन्स कलेज, के के छन् सुविधा ?
सन् १९९७ मा काठमाडौंको चाबहिलमा स्थापना भएको सेन्ट लरेन्स कलेजले आइटी क्षेत्रमा निक…
नेपालमै विद्युतीय सामग्री उत्पादन गर्दै यार्सा टेक
हामीले वर्षौदेखि सुन्दै आएका छौं, नेपालमा सियो पनि बन्दैन । नेपालमै सम्भावना नै छैन। वर्षौदेखि यही भन्दै विदेशीनीको लर्कौ पनि उत्तिकै छ । तर देशमै सम्भावना…
वर्ल्ड लिंकसँग पब्जीको सम्झौता, गेमरले उच्च गतिको इन्टरनेट पाउने
चर्चित मोबाइल गेम पब्जीले नै नेपाली गेमरहरुको गेमिङलाई चुस्त बनाउने गरी प्रयास थालेको छ । वर्ल्ड लिंकसँग गेमरका ला…
The Urban Space: Your Next Address for Smart Homes
कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टल…
सिद्धार्थ बैंकका ग्राहकलाई अर्थोप्लास्ट रिह्याब सेन्टरमा २५ प्रतिशतसम्म छुट
सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको इमाडोल स्थित अर्थोप्लास्ट रिह्याब सेन्टर बीच बैंकक…
महालक्ष्मी विकास बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई सिद्धार्थनगर सिटी हस्पिटलमा छुट
महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरी…
टाटाको नेक्सन इभी खरिद गर्न एनएमबि बैंकको सहुलियतपूर्ण कर्जा
टाटा मोटर्सको नेक्सन इभी गाडी खरिद गर्न इच्छुकले अब एनएमबि बैंकबाट सहुलियतपूर्ण कर्…
सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा २० प्रतिशतसम्म छुट
सानिमा बैंकले अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रे…
सानिमा बैंकका ग्राहकले दराजबाट सामान किन्दा २ हजारसम्म छुट पाउने
सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्र…
एआईद्वारा सञ्चालित ‘एनएमबि सापटी’ कर्जाबाट एक हजार बढीले लिए सेवा
एनएमबि बैंकले बैंकिङ्ग जगतमै पहिलोपटक पूर्ण रुपमा आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा सञ्…
एनसीसी बैंकका ग्राहकले आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपी…