अपडेट
पठाओ एपमा थपियो रेन्टल सेवा: कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म बुक गर्न सकिने
पठाओ नेपालले ‘पठाओ रेन्टल’ सेवा सुरु गरेको छ । ‘मुभिङ नेपाल’को आफ्नो संकल्पलाई अघि बढाउँदै कम्पनीले उक्त सेवा सुरु गरेको जनाएको छ ।
कम्पनीका अनुसार अब प्रयोगकर्ताहरूले मोबाइल एपमार्फत कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म सहजै बुक गर्न सक्नेछन् । पठाओ रेन्टल सेवामा प्रयोगकर्ताले कम्तीमा एक घण्टा अगाडि वा बढीमा सात दिनअघि नै गाडी बुक गर्न सकिने कम्पनीको भनाइ छ । विवाह, पिकनिक, पर्यटन तथा कार्यालयको प्रयोजनका लागि पनि आवश्यकताअनुसारका गाडी बुक गर्न सकिनेछ ।
पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातका अनुसार सवारी बुक गर्दा प्रयोगकर्ताले आफैले भाडा प्रस्ताव समेत गर्न सक्नेछन् भने दुवै पक्षबीच सहमतिपछि यात्रा सुनिश्चित हुनेछ । निर्धारित भाडामा सडक दस्तुर, पार्किङ, इन्धन र रातको बसाइलगायतका सबै खर्च समेटिनेछ ।
“पठाओ रेन्टल सेवा यात्रुहरूको सहजता र पठाओका चालकका लागि अतिरिक्त आम्दानीको अवसरका लागि ल्याइएको हो” बस्न्यातले भने, “यस सेवामार्फत यात्रालाई अझ व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य लिएका छौँ ।”
कम्पनीका अनुसार अन्य सेवामा जस्तै यस सेवामा पनि बीमाको सुविधा उपलब्ध गराइएको छ । कम्पनीका अनुसार प्रयोगकताएले २४सै घण्टा गाडी बुक गर्न सक्नेछन् भने यात्रा अवधिमा कुनै गुनासा सम्बोधन गर्नका लागि २४सै घण्टा ग्राहक सहायता सेवा सञ्चालनमा ल्याइएको छ । ग्राहकले पठाओ एपमा दिइएको फोन नम्बरमा सम्पर्क गरेर पनि गाडी बुक गर्न सक्ने कम्पनीको भनाइ छ ।
अपडेट
ब्रोडब्याण्ड इन्टरनेट सञ्चालन भए/नभएको जानकारी दिन स्थानीय तहलाई प्राधिकरणको आग्रह
नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट सञ्चालन भएको/नभएको जानकारी दिन आग्रह गरेको छ ।
…रिमोट वर्कका लागि नीतिगत प्रबन्ध गर्न उच्चस्तरीय आयोगको सुझाव, नेपाल बन्न सक्छ उपयुक्त ठाउँ
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपाललाई रिमोट वर्क गन्तव्यको रूपमा विकास गर्न नीतिगत प्रबन्ध गर्न सरकारलाई सुझाव दिएको छ ।&…
व्यवसाय दर्ता सम्बन्धी सबै काम अनलाइनबाटै गराउन उच्चस्तरीय आयोगको सुझाव
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दर्ता सम्बन्धी सबै प्रक्रिया र आवश्यक कागजात बुझाउने काम अनलाइनबाटै गराउन सरकारलाई सुझाव दि…
आईटीको इकोसिस्टम विकास गर्न खनाल नेतृत्वको उच्चस्तरीय आयोगले दिएका सुझावहरू के के छन् ?
पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सूचना प्रविधि क्षेत्रको वृहत इकोसिस्टम विकास गर्न ट्रान्स…
हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, अझ सहज र अझ व्यक्तिगत बनाउने
नेपालका सबैभन्दा लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले नयाँ अपडेट सार्वजनिक गरेको छ। यो अपडेटले प्रयोगकर्तालाई अझ धेरै आकर्षक डिजा…
एलन मस्कको घोषणा: विद्यार्थीहरूका लागि सुपरग्रोक दुई महिनासम्म निःशुल्क
हालै एलन मस्क ले एक पोस्टमार्फत जानकारी दिएका छन् कि विद्यार्थीहरूका लागि सुपरग्रोक निःशुल्क रूपमा उपलब्ध गराइएको छ । तर यस अफरस…
सिक्रेट कोड इन्टर गरेपछि मात्र खुल्ने रील्स, इन्स्टाग्रामले ल्याउँदै नयाँ फिचर
अमेरिकामा टिकटकमा सम्भावित प्रतिबन्धको चर्चा तीव्र भइरहेका बेला, इन्स्टाग्राम लगातार नयाँ फिचरहरू सार्वजनिक गर्दै आफूलाई सशक्त बनाउने प्रयासमा जुटिरहेको छ । ह…
एआईमा आधारित ईआरपी सिस्टम समएक्स सार्वजनिक
एआईमा आधारित इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्लेटफर्म समएक्स सार्वजनिक भएको…
सीजीका साना घरायसी उपकरणको खरिदमा थाइल्यान्ड घुम्ने अवसर
नयाँ वर्ष २०८२ को अवसरमा इलेक्ट्रोनिक्स ब्रान्ड सीजी एसडीएले ‘लेभल अप! विथ सीजी, लाइफ हुन्छ इजी’ नामक उपभोक्ता योजना घोषणा गरेको छ। साना घरायस…
नागरिकलाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका
स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्…
विदेशमा भएका नेपालीलाई बैंकमा खाता खोल्न राष्ट्रिय परिचयपत्र आवश्यक नपर्ने
विदेशमा भएका नेपालीलाई बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र नचाहिने भएको छ। नेपाल राष्ट बैंकले एकिकृत निर्देशन जारी गर्दै विदे…
कोडेभर ६.० राष्ट्रिय प्रतियोगिता सम्पन्न, फाइनलिष्टहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने
कोडेभर ६.० राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । विश्वकै सबैभन्दा ठूलो विद्यालय तहको एआई र कोडिङ प्रतियोगिता कोडेभर नेपालमा निम…
मोटोरोलाको नयाँ ल्यापटप: मिड–रेन्ज सेग्मेन्टमा केन्द्रित, लेनोभोको रिब्रान्ड वा नयाँ प्रडक्ट ?
स्मार्टफोनका लागि परिचित कम्पनी मोटोरोला अब ल्यापटप सेग्मेन्टमा पनि प्रवेश गर्न गइरहेको छ । मोटोरोलाले हालै एक टिजर सार्वजनिक गर्…
सूर्यज्योति लाइफ बिमा पोलिसी भएका ग्राहकले अब खल्तीबाटै बिना धितो कर्जा पाउने
नेपालको अग्रणी डिजिटल वालेट खल्तीले सूर्यज्योति लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्दै नयाँ सुविधा सार्वजनिक गरेको छ । अब प्रयोगकर्ताहर…
१०० ग्लोबल वुमन इन एआईको सूचीमा नेपालकी नामी बराल पर्न सफल
‘१०० ग्लोबल वुमन इन एआई’ सूचीमा नेपालकी नामी बराल पर्न सफल भएकी छन् । १०० डाभोस वुमनले तयार पारेको विश्वभरका १०…