अपडेट
बिहीबारदेखि दराजको मिड इयर सेल, निःशुल्क डेलिभरीसहित २ करोड बराबरको मेगा भौचर अफर
दराज नेपालले आफ्नो अत्यधिक प्रतिक्षारत मिड–इयर सेल ६.६ को घोषणा गरेको छ । योजना अन्तर्गत ६.६ मिड–इयर सेल मार्फत उपभोक्ताले ७० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी, रु. २ करोड बराबरको मेगा भाउचर लगायत अफरहरु प्राप्त गर्न सक्नेछन् ।
दराज ६.६ मिड–इयर सेल जुन ६ (जेठ २४, २०८१) देखि जुन १२ (जेठ ३०, २०८१) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । दराज ६.६ मिड–इयर सेलको प्रमुख आकर्षणका रुपमा, विभिन्न विक्रेता मार्फत खरीदकर्ताले अफर दिइएका सामग्रीहरुको खरिदका लागि न्यूनतम रु.४९९ खर्च गरेपश्चात निःशुल्क होम डेलिभरी सुविधा लिन सक्नेछन् ।
कम्पनीका अनुसार दराज एपको होमपेजमा रहेको फ्री डेलिभरी ब्यानरमा क्लिक गरी भाउचरहरू संकलन गर्ने सुविधापनि उपलब्ध हुनेछ । साथै, सबै मेगा डिलमा समाविष्ट उत्पादनहरूमा कुनै न्यूनतम खर्च सिमा बिनापनि निःशुल्क डेलिभरीको सुविधा लागू हुनेछन् ।
उपभोक्ताहरुको शपिंग अनुभवलाई अझ सन्तोषजनक बनाउने उद्देश्यका साथ दराजले भर्खरै ‘बेष्ट प्राइस ग्यारेन्टी’ कार्यक्रमपनि सार्वजनिक गरेको छ । कार्यक्रम अन्तर्गत उपभोक्ताले ‘बेष्ट प्राइस (उत्तम मूल्य) ट्याग’का साथ विक्रिका लागि राखिएका उत्पादनहरू बजारका तुलनामा सर्वाधिक सस्तो मुल्यमा खरिद गर्न सक्ने बाचा गरिएको छ ।
६.६ मिड–इयर सेलको अवधिभर यदि खरिदकर्ताले नेपालकै अन्य अनलाइन प्ल्याटफर्म मार्फत दराजले ‘बेष्ट प्राइस ट्याग’ उपलब्ध गराएको सामग्री, सो भन्दा सस्तो मूल्यमा फेला पार्न सके र दावी मान्य भएमा खरिदकर्ताले निर्धारित मुल्यको ५ गुणा रकम फिर्ता पाउनेछन् ।
६.६ मिड–इयर सेल बृहत छुट र बचतका बारेमा मात्र नभइ, यसको उद्देश्य उपभोक्तालाई बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्नुपनि रहेको कम्पनीको भनाइ छ । स्वास्थ्य र सौन्दर्य, फेशन, अडियो र वेयरेवल्स, फर्निचर, घरको सजावट सामग्री लगायत अन्य थुप्रै उत्पादनमा पनि छुट्टाउनै नहुने अफरहरु उपलब्ध हुने बताइएको छ ।
अपडेट
अब ह्वाट्सएपमा डेस्कटपमार्फत स्टेटस सेयर गर्न सकिने
मेटाको प्रसिद्ध मेसेजिङ एप अर्थात् ह्वाट्सएपले आफ्ना ग्राहकहरुका लागि नयाँ फिचर ल्याएको छ, जसको मद्दतले तपाईले आफ्नो डेस्कटपबाट सजि…
डिजिटल वालेट पेवेल र सजिलो पेको बैंक खाता रोक्का
नेपाल राष्ट्र बैंकले डिजिटल वालेट पेवेल र सजिलो पेको बैंक खाता रोक्का गरेको छ ।
नेपाल क्लियरिङ्ग हाउस र नेप्सबीच एकीकृत कारोबार सुरू
सोमबारदेखि नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) बीच एकीकृत कारोबार सुरू भएको छ । …
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदको लागि दरखास्त माग
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदको लागि दरखास्त माग गरेक…
आईसर्भबाट उत्कृष्ट डिजिटल बैंकिङ दिने एनआईसी एशिया बैंकले पायो इनोभेसन अवार्ड
एनआईसी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनो…
लुम्बिनी प्रदेशले एआई र मेसिन लर्निङ सम्बन्धि क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने
लुम्बिनी प्रदेशले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ सम्बन्धमा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
…मेटाले हाल फेसबुक र इन्स्टाग्राममा 'मेड विथ एआई' लेखेको लेबल के हो?
एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा विगत केही महिनादेखि विश्वभर चर्चा भइरहेको छ । यो नयाँ प्रविधि विश्वभर प्रयोग भइरहेक…
नास आईटीद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयनमा गर्न जोड दिन आग्रह
आर्थिक वर्ष २०८१-८२ को बजेटलाई नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले स्वागत गरेको छ । सूचन…
राष्ट्रिय परिचयपत्र बनाउन सास्ती, बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने सेवाग्राहीको बाध्यता
तनहुँको व्यास नगरपालिका–७ तल्लोखर्क निवासी ६८ वर्षीया हरिमाया बानियाँ बिहीबार बिहानै प्रशासन कार्यालय आइपुगिन् । राष्ट्रिय…
डीएनए परियोजना फिर्ता गएपछि विश्व बैंकको सहयोगमा नयाँ परियोजना ‘डिजिटल स्टार’ सुरू हुँदै
विश्व बैंकको सहयोगमा डिजिटल स्टार परियोजना सञ्चालन हुने भएको छ । डिजिटल नेपाल फ्रेमवर्कलाई अझै प्रभावकारी रूपमा अगाडि बढाउन व…
साइबर कनेक्ट २०२४ सम्पन्न
जेनस सोलुसन र नेपाल बैंकर संघको संयुक्त पहलमा आयोजना भएको साइबर कनेक्ट २०२४ काठमाडौंको म्यारियट होटलमा सम्पन्न भएको छ । एडब्लुएस (अमेजन वेब सर्भिसेज) शीर्…
'पठाओ पार्सल डेलिभरी' सेवा अब नेपालभर, उपत्यका भित्रको डेलिभरी अफर ७९ रुपैयाँ मात्र
राइड सेयरिङमा अग्रणी कम्पनी पठाओ नेपालले आफ्नो 'पठाओ पार्सल' सेवालाई देशभर विस्तार गरेको छ । केही महिनादेखि परिक्षण ग…
एलजीको ‘खेल्छ नेपाल घर घरमा नामक’ योजना, टिबी खरिदमा ४० प्रतिशतसम्म छुट र बीमा सुविधा
टी-२० क्रिकेट वर्ल्ड कप अमेरिका र वेष्ट इन्डिजमा जेठ २० गतेदेखि सुरु हुँदैछ । जसमा नेपालले दोस्रो पटक भाग लिँदैछ। नेपाली…
क्यान महासंघले भन्यो - आईटी क्षेत्रका लागि बजेट स्वागतयोग्य छ, कार्यान्वयन बलियो हुनुपर्छ
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले मंगलवार सरकारले ल्याएको आर्थिक वर्ष २०८१/८२ को बजेट सूचना तथा सञ्चार प्रविधि क्…
चाँडै ह्वाट्सपएपमा एआई तस्बिर बनाउन सकिने
पहिलेको समयमा जब टेक्नोलोजीले त्यति प्रगति गरेको थिएन, फोटो डिजाइनरहरूले मात्र फोटोहरू बनाउन सक्थे । तर अहिले समय बदलिएको छ …