कीवर्डहरू -

अपडेट

जेनेस सोलुसनले नाइजेरियामा खोल्यो कार्यालय

बेलायतमा मुख्यालय भएको सूचना प्रविधि सम्बन्धी सेवाप्रदायक परामर्शदाता कम्पनी जेनेस सोलुसनले नाइजेरियामा आफ्नो कार्यालय खोलेको छ ।

अफ्रिका महादेशमा  सूचना प्रविधि सम्बन्धी  कम्पनी स्थापना गर्ने नेपाली उद्यमीले नेतृत्व गरेको जेनेस सोलुसनले आफ्नो कार्यालय खोलेको हो । 

जेनेस सोलुसनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले जेनेस सलुशन नाइजेरियाले नाइजेरियाका सरकारी तथा निजी कम्पनीहरुलाई डिजिटल रुपान्तरणका साथै क्लाउड सोलुसन्स, साइबर सुरक्षा, डेटा परामर्श लगायतका सेवाहरु उपलब्ध गराउने बताए । 

‘नाइजेरिया अफ्रिकाको सबैभन्दा ठूलो सूचना प्रविधि बजार मात्रै हैन, प्रविधि हबको रुपमा उदाउँदै गरेको मुलुक पनि हो ।  संसारकै क्लाउड सेवा प्रदायकहरू उदाउँदा बजारहरुमा आफ्नो सेवा विस्तार गरिरहेको बेला हामीले पनि नाइजेरियामा आफ्नो प्रभावकारी उपस्थिति जनाउने निर्णय गरेका हौँ,’ फुयाँलले भने, ‘नाइजेरिया सरकारले ल्याएको राष्ट्रिय डिजिटल अर्थतन्त्र नीतिले व्यापार व्यवसाय तथा लगानी भित्र्याउन  सहज गरेकाले व्यवसाय वृद्धिको राम्रो सम्भावना देखेका छौं।’ 

यस्तै नाइजेरियास्थित औद्योगिक  प्रतिष्ठान डाङोटे ग्रुपका  वरिष्ठ व्यवस्थापक तथा गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाले एकजना नेपाली उद्यमीले नेतृत्व गरेको कम्पनी नाइजेरियामा स्थापना हुनु एउटा गौरवको कुरा भएको बताए । 

जेनेस सोलुसनको  नेपाल, बंगलादेश, अमेरिका लगायत ८ ओटा मुलुकहरुमा कार्यालय छन् ।

अपडेट

बिहीबारदेखि सुरू भएको एस पावर क्यान इन्फोटेकमा के के छन् अफर ?

बिहीबारदेखि काठमाडौंमा भृकुटिमण्डपमा एस पावर क्यान इन्फोटेक सुरू भएको छ । पाँच दिनसम्म चल्ने मेलामा सूचना तथा सञ्चार प्रविधिसँ…

सुरक्षण मुद्रणको काम निजी क्षेत्रलाई नदिइने

सुरक्षण मुद्रणको काम निजी क्षेत्रलाई नदिइने भएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि सम…

सुरक्षित इन्टरनेट दिवस २०२४ सम्पन्न

“टुगेदर फर ए बेटर इन्टरनेट'' भन्ने नाराका साथ नेपालमा ६ फेब्रुअरी २०२४ मंगलबार सुरक्षित इन्टरनेट दिवस २०२४ मना…

सूचना प्रविधिको विकासका लागि निजी क्षेत्रसँग साझेदारी आवश्यकः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताएकी छिन् …

सुरू भयाे २९ औं संस्करणको एस पावर क्यान इन्फोटेक

२९ औं संस्करणको एस पावर क्यान इन्फोटेक बिहीबारदेखि सुरू भएको छ । मेला माघ २५ देखि २९ सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हु…

एनसेलको डबल मजा प्याक, बोनसको रूपमा डबल डेटा पाइने

एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न सक्छन् । ग्राहकहरुले एकदम…

ब्रदरका नेक्स्ट जेनेरेसन प्रिन्टर, कपी र स्क्यानर नेपालमा सार्वजनिक

प्रसिद्ध जापानी ब्रान्ड ब्रदरले नेपालमा व्यावसायिक प्रायोजनका लागि नयाँ प्रिन्टर, कपी र स्क्यानर मेसिन सार्वजनिक गरेको छ …

वेबसाइट डेभलपमेन्ट सम्बन्धि सातदिने आधारभूत तालिम सञ्चालन हुँदै

वेबसाइट डेभलपमेन्ट सम्बन्धि सातदिने आधारभूत तालिम सञ्चालन हुने भएको छ । ई-कमर्स साथी प्रालिका सञ्चालक विजय कुमालले अनलाइनबाट व…

लुम्बिनीमा ड्राइभिङ लाइसेन्सको ट्रायल दिँदा अब बायोमेट्रिक गर्नुपर्ने

लुम्बिनी प्रदेशमा अब ड्राइभिङ लाइसेन्सको ट्रायल दिदा पनि बायोमेट्रीक गर्नुपर्ने भएको छ । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्…

सर्लाहीको हरिवनमा ड्रोनबाट जग्गाको नापजाँच सुरु

सर्लाहीको हरिवन नगरपालिकाले ‘ड्रोन’प्रविधिमार्फत जग्गाको नापजाँच सुरुवात गरेको छ। नगरभित्रका भूमिहीन सुकुम्बा…

एप्पल आइप्याड प्रोले २०२४ मा ओएलइडी स्क्रिन र एमथ्री चिप पाउने, कहिले लन्च हुन सक्छ?

एप्पलले आज धेरै उत्पादनहरूमा काम गरिरहेको छ र ती मध्ये एक हो एप्पल आइप्याड प्रो २०२४ जुन आउँदो केही महिनामा धेरै नयाँ सुविधाह…

कहिले आउँदैछ सामसङको वेयेरेबल रिङ?

सामसङले गत महिना अर्थात जनवरी १७, २०२४ मा क्यालिफोर्निया, संयुक्त राज्य अमेरिकामा सामसङ ग्यालेक्सी अनप्याक्ड कार्यक्रम आयोजना गरेक…

एप्पल भिजन प्रोमा भर्चुअल डिस्प्लेका साथ उपलब्ध हुनेछन् यी फिचर, जान्नुहोस् यसका ५ विशेषता

एप्पलले हालै एप्पल भिजन प्रो प्रस्तुत गरेको छ । यो डिभाइसको बजारमा निकै चर्चा छ । यो भर्चुअल रियालिटी (भिआर) र अगमेन्टेड रियालि…

एनसेलको इण्डिया रोमिङ प्याक, १०० रूपैयाँमा ५०० एमबी डेटासहित भ्वाइस र एसएमएस सेवामा छुट

एनसेलले विविध प्रयोजनका लागि छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा बारम्बार जाने आफ्ना ग्राहकहरुका लागि आकर्षक रोमिङ् प्याक संचालनमा …

राइड शेयरिङ सेवालाई उद्योगको मान्यता

सरकारले राइड शेयरिङ सेवालाई उद्योगको रूपमा पहिचान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्द…