अपडेट
ओपन एआईले ल्यायो जीपीटी ४.५ मोडेल, लेखन र प्रोग्रामिङका लागि उपयोगी हुने दावी
अमेरिकी कम्पनी ओपन एआईले जीपीटी ४.५ मोडेल सार्वजनिक गरेको छ । अहिलेसम्मकै शक्तिशाली मोडेलको रूपमा ओपन एआईले जीपीटी ४.५ सार्वजनिक गरेको हो ।
डेभलपरहरूले यसलाई आफ्नो ‘सबैभन्दा जानकार मोडेल’ भनेका छन्, यद्यपि जीपीटी ४.५ कुनै ठूलो प्रविधिगत सफलता नभएको र यसले तर्कशक्तिको क्षमता नबोकेको उनीहरूको भनाइ छ ।
जीपीटी ४.५ मा संकेतहरू चिन्ने, सम्बन्ध स्थापित गर्ने र सिर्जनात्मक विचार उत्पन्न गर्ने क्षमतामा सुधार गरेको गरेको ओपन एआईले जनाएको छ । तर यसमा वास्तविक तर्कशक्ति छैन ।
नयाँ संस्करण प्रयोगकर्ताका अनुरोधहरूमा अझ प्रभावकारी रूपमा प्रतिक्रिया दिन सक्षम रहेको छ, जसले गर्दा यो विशेष गरी लेखन र प्रोग्रामिङ कार्यहरूका लागि उपयोगी सावित हुने अपेक्षा गरिएको छ ।
ओपन एआईका अनुसार, जीपीटी ४.५ ले अघिल्ला संस्करणहरूभन्दा कम गल्ती गर्ने सम्भावना छ । ओपन एआईले यस मोडेलको सजगतापूर्वक संकेतहरू व्याख्या गर्ने क्षमतामा भएको सुधारले यसलाई सामग्री निर्माण, सफ्टवेयर विकास , र डेटा विश्लेषण जस्ता क्षेत्रका व्यवसायीहरूका लागि अझ प्रभावकारी उपकरण बनाउने विश्वास लिएको छ ।
तर, यी सुधारहरूका बावजुद, मानवीय निरीक्षण आवश्यक रहेको ओपन एआईले जोड दिएको छ, किनभने मोडेलले कहिलेकाहीं गलत वा पक्षपाती जानकारी उत्पादन गर्न सक्ने सम्भावना रहन्छ ।
अपडेट
डा. शालिग्राम पराजुलीको अध्यक्षतामा सीएसआरआई नेपालको नयाँ कार्यसमिति चयन
साइबर सुरक्षा क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तनमा सक्रिय संस्था साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन नेपालले नयाँ नेतृत्व पाएको छ …
एनसेलले ल्यायो ‘म्याजिक रिसोर्सेस’ बोनस अफर, ८ जीबीसम्म बोनस डेटा पाउन सकिने
एनसेलका ग्राहकहरूले अब कुनै पनि प्याक किन्दा निःशुल्क रुपमा बोनस रिसोर्स—डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्न सक्छन् । &lsquo…
टिकटकलाई टक्कर दिन स्ट्यान्डअलोन रिल्स एप लन्च गर्ने तयारीमा इन्स्टाग्राम
इन्स्टाग्रामले शर्ट भिडियो कन्टेन्टका लागि स्ट्यान्डअलोन एपको रूपमा रिल्सलाई लन्च गर्ने तयारी गरेको छ । योसँगै छुट्टै…
सुशान्त केसी लाइभ इन नेपाल कन्सर्टको टाइटल स्पोन्सरमा साओमी
साओमीले बहुप्रतीक्षित म्युजिकल इभेन्ट सुशान्त केसी लाइभ इन नेपाल कन्सर्टको टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ । यही चैत २५ गते शन…
युएईको बोटिममार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा बोनस पाइने
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले युएईको बोटिममार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० रूपैयाँसम्म बोनस प्रा…
एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित
एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट सम्मानित भएको छ । मंगलबार आयोजित चौथो एचआरएम …
युट्युबमा पोडकास्ट सुन्ने मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब नाघ्यो
युट्युबमा पोडकास्ट सुन्ने मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको छ । जनवरी २०२५ सम्म प्लेटफर्ममा पोडकास्ट सुन्ने मासिक सक्रि…
न्याय सम्पादनमा सहज बन्दै डिजिटल प्रविधि
तुलसीपुर उपमहानगरपालिका–१८ का दुई दाजुभाइको बीचमा जग्गाको विषयमा विवाद भयो। दाजुले तुलसीपुरको न्यायिक समितिमा  …
इन्स्टाग्राममा अप्रत्याशित रूपमा अनावश्यक र हिंसक सामग्री देखिन थालेपछि प्रयोगकर्ताहरू चिन्तित
थुप्रै इन्स्टाग्राम प्रयोगकर्ताहरूले आफ्नो फिडमा अचानक नट स्यूटेबल फर वर्क (एनएफएसडब्लु अर्थात अनावश्यक सामग्री) र हि…
डिजिटल वालेटबाट नेपाल टेलिकमका प्रयोगकर्ताले अब न्युनतम ५० रूपैयाँ टपअप गर्नुपर्ने
अब डिजिटल वालेटबाट नेपाल टेलिकमको नम्बरमा न्युनतम ५० रूपैयाँ टपअप गर्नुपर्ने भएको छ ।
…
अब राष्ट्रिय परिचयपत्रबाटै नागरिक एपमा अकाउन्ट भेरिफाइ गर्न सकिने
अब राष्ट्रिय परिचयपत्रबाटै नागरिक एपमा अकाउन्ट प्रमाणीकरण गर्न सकिने भएको छ । नयाँ अपडेटमार्फत नागरिक एपले नयाँ व्यवस्था गर…
नबिल बैंकबाट फोन लोन लिएर ७४ जनाले तिरेनन् कर्जा, ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
नबिल बैंकले फोन लोन लिएर कर्जा नतिर्ने ७४ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले सूचना प्रकाशित गर्दै ३५ दिनभित्र कर्जा तिर्न सम्प…
टेक्नोका फोनमा अब डीपसीक एलएलएम प्रविधि, दैनिक काम छिटो र सरल गराउने
टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डीपसीक एलएलएम प्रविधि प्रयोग गरेको छ । यस नवीनतम प्रविधिले टेक्नो फोनलाई अझ बुद्धिमान, द्रुत, र प्र…
माइक्रोसफ्टको म्याजोराना १: टोपोलोजिकल सुपरकन्डक्टर प्रविधिमा आधारित अत्याधुनिक क्वान्टम प्रोसेसर
प्रतिष्ठित टेक कम्पनी माइक्रोसफ्टले आफ्नो नवीनतम क्वान्टम प्रोसेसर म्याजोराना १ को घोषणा गरेको छ । यस चिपसेटले प्रविधि क्षेत्रमा ठूल…
‘कृत्रिम बौद्धिकता प्रयोगका लागि स्पष्ट नीति र कार्ययोजना आवश्यक’
सूचना प्रविधि क्षेत्रमा भइरहेका नवीनतम आविष्कार र मुख्यगरी कृत्रिम बौद्धिकता (एआई)को विकास एवम् प्रयोगका लागि नेपालले स्पष्ट नीति,…