कीवर्डहरू -

अपडेट

वर्ल्ड समिट अवार्ड २०२३ मा नेपालबाट गल्ली म्याप्स र सफा नेपाल शर्टलिष्ट

वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२३ को अवार्डमा नेपालका २ प्रडक्ट शर्टलिष्ट भएका छन् । नेपालबाट गल्ली म्याप्स र सफा नेपाल डब्लुएसए अवार्डको शर्टलिष्टमा पर्न सफल भएका हुन् ।

नेपालबाट अवार्डको कल्चर एण्ड हेरेटेज विधामा गल्ली म्याप्स र स्मार्ट सेटलमेन्ट एण्ड अर्बनाइजेनस विधामा सफा नेपाल शर्टलिष्ट भएका छन् । 

नेपालका लागि डब्लुएसए अवार्डको साझेदारको रूपमा आईसीटी अवार्डले समन्वय गरिरहेको छ । आईसीटी अवार्डमा सहभागी स्टार्टअप, इन्नोभेसन तथा प्रडक्टलाई डब्लुएसए अवार्डमा नोमिनेट गर्दै आएको डब्लुएसए अवार्डका नेशनल एक्सपर्ट राजन लम्सालले जानकारी दिए । 

गत वर्ष गभर्नेन्स विधामा नागरिक एप र हेल्थ विधामा क्युरा हेल्थले उक्त अवार्ड पाएका थिए । यो वर्ष आगामी अप्रिलमा चिलिमा वर्ल्ड कांग्रेस तथा अवार्ड वितरण कार्यक्रम रहेको छ । 

विभिन्न चरणको मूल्यांकन पश्चात १३१ जनाको अनलाइन जुरी समूहले नेपालसहित ६० देशका १३६ परियोजना यस अवार्डमा शर्टलिष्ट गरेको छ । डब्लुएसए अवार्डले स्थानीय प्रडक्टलाई ग्लोबल लैजान सहयोग पुग्ने लम्सालको विश्वास छ । 

आइसिटीसँग सम्बन्धित स्थानीय डिजिटल इन्नोभेसन प्रवर्द्धन गर्न गैरनाफामूलक संस्था इन्टर्नेसनल सेन्टर फर न्यू मिडियाले डब्लुएसए आयोजना गर्दै आएको छ ।

सन् २००३ मा सुरू भएको डब्लुएसएमा अहिलेसम्म विश्वका १८२ देशका प्रडक्टले सहभागिता जनाइसकेका छन् । अवार्ड ८ विधामा प्रदान हुँदै आएको छ । 
 

अपडेट

टेरामक्स र एमडीएमएस खरिद सम्बन्धि सबै कागजात उपलब्ध गराउन निर्देशन

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले टेरामक्स र एमडीएमएस खरिद सम्बन्धि सबै कागजात उपलब्ध गराउन निर्देशन छ ।…

सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एस २४ सिरिज, यस्ता छन् फिचर

सामसङले बुधबार नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । ग्राहकहरूको प्रतिक्षालाई अन्त्य गर्दै सामसङले अन्ततः ग्यालेक्सी एस २४ …

सुपर एप बन्दै ‘कहाँ एप’, लोकेसन म्यापिङदेखि ई-कमर्ससम्मको सुविधा दिने योजना

सुपर एपको बन्ने योजनासहित कहाँ एप अगाडि बढेको छ । लोकेसन म्यापिङदेखि ई-कमर्ससम्मको सुविधा एउटै एपबाट दिने गरी कहाँ एपले काम…

हल्ट प्राइज एट आइओईको 'फर्मिङ द ड्रीम' विषयमा तेस्रो मेन्टरशिप शत्र सम्पन्न

इन्जिनियरिङ संस्थान (आईओई) पुल्चोक क्याम्पस हल्ट प्राइजले 'फर्मिङ द ड्रीम' विषयमा तेस्रो मेन्टरशिप समापन गर…

डिजिटल सुशासन सबल पार्न डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच सहकार्य

स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका…

फिंगरप्रिन्ट र फेस अनलक प्रविधि भयाे पुरानो, अब सास फेरेरै फोन अनलक गर्न सकिने

अब सास फेरेरै फोन अनलक गर्न सकिने भएको छ । जब स्मार्टफोनमा फेस अनलक र फिंगरप्रिन्ट जस्ता फिचरहरू आए, तब यो सेक्युरिटी तोड्ने कु…

विश्वकै शक्तिशाली ब्याट्री सार्वजनिक, एक पटक चार्ज गरेपछि ५० वर्षसम्म गर्न नपर्ने

एक चिनियाँ स्टार्टअपले एकपटक चार्ज गरेपछि ५० वर्षसम्म चार्ज गर्नु नपर्ने ब्याट्री निर्माण गरेको छ । बेटाभोल्ट नामक कम्पनीले ५० वर्ष आयु रहेको एकपटक चा…

माइक्रोसफ्टले सार्वजनिक गर्‍यो कोपाइलट प्रो, शुल्क मासिक २० डलर

माइक्रोसफ्टले कोपाइलट प्रो भर्सन सार्वजनिक गरेको छ । कोपाइलट प्रो भर्सनको मासिक शुल्क २० अमेरिकी डलर रोकिएको छ । 

<…

आजदेखि राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागु हुँदै, सामाजिक सञ्जालमा के के गर्न पाइदैन् ?

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता मंगलबार मध्यरातदेखि लागू हुँदैछ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पार…

नेपाल पे क्युआर स्क्यान गरी बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत छुट

अब ग्राहकहरूले नेपाल पे क्युआर स्क्यान गरी बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक सय रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

उक्त अफर नेपाल…

आइओइ हल्ट प्राइजको सहयोगमा पुल्चोक गर्ल्सले इम्प्याक्ट म्याराथन आयोजना गर्दै

आइओइ हल्ट प्राइजको सहयोगमा पुल्चोक गर्ल्सले इम्प्याक्ट म्याराथन आयोजना गर्ने भएको छ । आइओईमा हल्ट प्राइजको सहयोगमा आयोजना गरिए…

नेपाली सम्पदाको डिजिटल संरक्षण गर्दै मेसोभिसन, क्युआर स्क्यान गरेरै अब सबै जानकारी पाइने

अब कहाँ एपबाटै क्युआर स्क्यान गरेर नेपालका सम्पदाहरूको सबै जानकारी पाइने भएको छ । यसका लागि सूचना प्रविधि कम्पनी मसोभिसन टेक्न…

फोनपेमा पनि प्राविधिक समस्या, सबै सेवा अवरूद्ध

भुक्तानी प्रणाली सञ्चालक फोनपेको सेवा पनि अवरूद्ध भएको छ । प्राविधिक समस्याका कारण सेवा अवरूद्ध भएको फोनपेले जनाएको छ । <…

मिनी एडटेक एआई सम्मेलन २०२४ सम्पन्न, एआईसहितको शिक्षामा जोड

प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूल, रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्यान) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एआईसँग शिक्…

गभर्नर अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी ह्वाट्सएप अकाउन्ट, सजग रहन आग्रह

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नाम र तस्वीर दुरुपयोग गरी फेक ह्वाट्सएप अकाउन्ट बनाएको पाइएको छ ।