कीवर्डहरू -

अपडेट

अनर २०० सिरिजको प्रि-बुकिङ सुरू, स्मार्टवाच र इयरबड्स उपहार पाइने

अनर २०० सिरिजको नेपालमा प्रि-बुकिङ सुरू भएको छ । अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले बुधबारदेखि प्रि-बुकिङको घोषणा गरेको हो । प्रि-बुकिङ जुलाई २३ सम्म जारी रहने छ भने फोन प्रि-बुक गर्ने ग्राहकहरूले आकर्षक उपहार र अफरहरू पाउनेछन् । 

नेपाली बजारमा अनर २०० प्रो १२ जीबी र्‍याम ५१२ स्टोरेजमा उपलब्ध हुनेछ भने अनर २०० १२ जीबी र्‍याम २५६ जीबी स्टोरेज र १२ जीबी र्‍याम ५१२ जीबी स्टोरेजमा आउने छ ।

अनर २०० सिरिजमा ५० मेगापिक्सेल पोर्ट्रेट मुख्य क्यामेरा रहेको छ भने जुन उन्नत हार्डवेयर र एआई-संचालित सफ्टवेयरले सुसज्जित छ । सुपर डायनामिक H9000 सेन्सर र 4-in-1 पिक्सेल बिनिङ टेक्नोलोजीको साथ, कम प्रकाश परिदृश्यहरूले पनि जटिल विवरणहरू प्रकट गर्ने कम्पनीको भनाइ छ । 

अनर २०० र २०० प्रोमा ५२०० एमएएचको सिलिकन-कार्बन ब्याट्री राखिएको छ, जसले एकल चार्जमा ६१ घण्टासम्म निरन्तर संगीत स्ट्रिमिङ गर्न सक्षम हुने कम्पनीको दावी छ ।

अनर २०० प्रो ओशन सायन र ब्ल्याक गरि दुई रंगमा उपलब्ध हुनेछ भने अनर २०० मुनलाइट ह्वाइट र ब्ल्याकमा उपलब्ध हुनेछ । सेलट्रोन नेपालले अनर २००  (१२+२५६) जीबी भेरियन्टको लागि मूल्य  ६४ हजार ९९९ रूपैयाँ तोकेको छ भने (१२+५१२) जीबी  भेरियन्टको मूल्य  ६७ हजार ९९९ रूपैयाँ निर्धारण गरेको छ ।  

अनसर २०० प्रि-बुकिङ गर्ने ग्राहकले १३ हजार ९९९ रूपैयाँको अनर च्वाइस वाच मात्र १ हजार ९९९ रूपैयाँमा पाउने छन् । स्क्रिन ब्रेकेज बीमाको लाभ उठाउन सक्नेछन। 

अनर २०० प्रो (१२+५१२) जीबी भेरियन्टको मूल्य ८४ हजार ९९९ रूपैयाँ तोकिएको छ । यस फोनको प्रि-बुकिङ अवधि भित्र खरिद गर्ने ग्राहकहरूले १३ हजार ९९९ रूपैयाँ पर्ने अनर च्वाइस वाच र ५ हजार ४९९ रूपैयाँ पर्ने अर च्वाइस इयरबड्स एक्स फाइभसहित स्क्रिन ब्रेकेज बीमा र भीआईपी कार्ड पनि प्राप्त गर्नेछन् । 

ग्राहकहरूले अनर २०० सिरिजलाई अनलाइन र अफलाइन दुवै प्लेटफर्मबाट प्रि-अर्डर गर्न सक्ने छन् । 
 

अपडेट

महिला इन्जिनियरिङहरूलाई सशक्तिकरण गर्ने उद्देश्यले वुमन इन इन्जिनियर्स संस्था स्थापना हुँदै

इन्जिनियरिङ क्षेत्रका महिलाहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले वुमन इन इन्जिनियर्स (डब्लुई नेपाल) संस्था स्थापना हुने भएको छ ।&nb…

ह्वावे नेपालद्धारा सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा

ह्वावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरेको सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा गरेको छ । सुचना प्रव…

नेपाल टेलिकमले ल्यायो मनसुन अफर, यस्ता छन् प्याकेजहरू

नेपाल टेलिकमले साउन १ गतेदेखि लागु हुने गरी मनसुन अफर २०८१ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराउने भएको छ ।…

आईटी क्षेत्रको संस्थागत पुनर्संरचना गर्न अध्ययन गर्न समिति बनाउने सञ्चारमन्त्रीको निर्णय

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले पदभार ग्रहण गरेका छन् । 

ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको निलम्बन फुकुवा

अमेरिकीका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको प्रतिबन्ध फुकुवा भएको छ ।

मनकामना केबलकार ५० दिन बन्द, डिजिटल सिस्टमलाई स्तरोन्नति गरिदै

मनकामना केबलकार असार ३१ गतेदेखि अर्थात आजदेखि ५० दिन बन्द हुने भएको छ । केबलकारको डिजिटल सिस्टमलाई स्तरोन्नति गर्न केबलकार बन्…

डिजिटल अधिकार र सुरक्षा विषयक हाते पुस्तिका सार्वजनिक

डिजिटल राइट्स नेपालले आफ्नो ‘डिजिटल अधिकार र सुरक्षा’ पुस्तिका सार्वजनिक गरेको छ । डिजिटल युगमा नागरिकलाई सशक्तिक…

सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्दै पृथ्वी सुब्बा गुरूङ

नेकपा एमालेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पृथ्वी सुब्बा गुरूङलाई दिने भएको छ । 

सूचना प्रविधि क्षेत्रमा सम्भावना छ, लाभ लिन सक्ने गरी विकास गर्नुपर्छः महासंघ अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले…

नबिल बैंक ४१औं वर्षमा प्रवेश, हरित प्रविधिमा पनि लगानी बढाउने

मुलुकको अग्रणी वित्तीय संस्था नबिल बैंकले आज एक कार्यक्रम आयोजना गरी स्थापनाको ४०औँ वार्षिकोत्सव मनाएको छ । ‘४० एण्ड फर्दर …

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको निरन्तरता

महालक्ष्मी विकास बैंकले फोन पेसँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्…

ईसेवा मनि ट्रान्सफरद्वारा बम्पर उपहारमा दिने ३ आनामा बनेको साढे दुई तल्लाको घर

ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको मेरो डिजिटल देश अभियान अन्तर्गत विदेशबाट इसेवा वालेटमा पैसा पठाउँदा काठमाडैंमा जित्ने घर …

मुत्युपश्चात तपाईको गूगल र फेसबुक अकाउन्टको डेटा के हुन्छ ?

अहिले डिजिटल युगमा डिजिटल प्रोफाइल नहुने सायदै होलान । बढ्दो डिजिटल प्रविधिको विकाससँग त्यसलाई प्रयोग गर्न हामीले अकाउन्ट चाहि…

इ-गभर्नेन्स ब्लूप्रिन्ट र नागरिक सेवा केन्द्र स्थापनाको काम अन्तिम चरणमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इ-गभर्नेन्स ब्लूप्रिन्ट र नागरिक सेवा केन्द्र स्थापनाको काम अन्तिम चरणमा पुगेका …

विद्युतीय सवारी साधन र विद्युतीय चुल्होको प्रयोग व्यापक बढेको छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले विद्युतीय सवारी साधन र विद्युतीय चुल्होको प्रयोग व्यापकरूपमा बढेको बताएका छन् ।…