अपडेट
एनसेलद्वारा १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा बागमती करिडोर सडकमा वृक्षारोपण
एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यकामा हरियाली निर्माणमा योगदान पुर्याउँदै ललितपुर महानगरपालिकासंँगको सहकार्यमा महानगरपालिकाको वडा नं. १ मा रहेको बागमति कोरिडोर सडकको दुवैतर्फ वृक्षारोपण गरेको छ ।
यो पहलले समग्र समुदायका लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुर्याउने छ र कम्पनीको जलवायु परिवर्तनसँग सम्बन्धित लक्ष्यहरू पूरा गर्न सहयोग गर्नुका साथै सरकार तथा सहरलाई दिगो विकास लक्ष्यहरू हासिल गर्न योगदान तथा मद्दत पुर्याउँछ ।
बिहीबार एक कार्यक्रमका बीच एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा वृक्षारोपण गरेका हुन् ।
कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’मा ललितपुर महानगरपालिका, वडा नम्बर १ स्थित बागमती करिडोर रोडको दायाँ बायाँ २०० भन्दा बढी रुख रोपिएका छन् । एनसेलले आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा ‘हामी तपाईंकै लागि’ थिमले एनसेल नेपाल, नेपाली समाज र समुदायप्रति प्रतिबद्ध रहेको जनाएको छ ।
वृक्षारोपण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले शहरमा हरियाली प्रर्वद्घन र विकासका लागि यस पहलमा ललितपुर महानगरपाललिकासँग हातेमालो गर्न पाएकोमा निकै गौरवान्वित भएको बताए ।
'उपत्यकालाई स्वच्छ र हराभरा शहर बनाउन योगदान पुर्याउँदै यी आज रोपिएका रुखहरु लामो समयसम्म रहुन् भन्ने मेरो आशा छ । आफ्नो समाजमा र समुदाय हितका लागि सदैव काम गर्ने एनसेल एक जिम्मेवार कम्पनी हो,' उनले भने, 'यस हरियाली प्रर्वद्घनको कार्यमा महानगरपालिकासँग सहकार्य गर्दै हाम्रो सहकार्य अझै सुदृढ बनाउन पाएकोमा हामी खुसी छौं । वातावरण संरक्षणमा योगदान गर्ने हाम्रो प्रतिबद्घताप्रति हामी समर्पित छौं ।'
दिगो विकासका लक्ष्य, आजियाटा समुहको इएसजी फ्रेमवर्क तथा नेट जिरो कार्बन कमिटमेन्ट अन्तर्गत वातावरण संरक्षण र जलवायु परिवर्तन एनसेलको सामाजिक पहलको प्राथकितामा राखेको छ ।
यस्तै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एनसेलको सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि विगत दुई वर्षदेखि एनसेलसँग सहकार्य गर्दै आएको बताए ।
उनले भने, 'यस वृक्षारोपणको लागि महानगरपालिका र वडा १ को तर्फबाट म एनसेललाई धन्यवाद दिन चाहन्छु । हाम्रो सहकार्यलाई निरन्तरता दिदै बागमती करिडोरमा यो वृक्षारोपण गर्न पाउँदा हामी धेरै खुसी छौं र यस्ता असल कार्यका लागि अन्य आवश्यक सहयोग गर्न पनि हामी प्रतिबद्ध छौं ।'
एनसेलले वन तथा भूसंरक्षण विभाग र ललितपुर महानगरपालिकासँगको सहकार्यमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रिङरोडको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण र मर्मत सम्भार गर्ने कार्य गर्दै आईरहेको छ ।
‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत १८ औं वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरुको पनि आयोजना गरिनेछन् । त्यस्ता कार्यक्रमहरुमा मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान, लैनचौर मैदानमा मैत्रीपूणर् फुटबल खेल, ग्राहकहरुसँग अन्तरक्रिया गर्न सेलिब्रेटीहरुको एनसेल सेन्टरहरुमा भ्रमण लगायत रहेका छन् ।
एक जिम्मेवार कर्पोरेट नागरीकको रुपमा एनसेलले दीगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गत शिक्षा तथा स्वास्थ्यका साथसाथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन) अन्तर्गतका पहलहरुलाई पनि प्राथमिकतामा राख्दै सामाजिक कार्यहरु गर्दै आएकोे छ । औद्योगिक व्यावसायिक नियमावलीले पनि व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणलाई एक प्रमुख क्षेत्रको रुपमा राखेको छ ।
एनसेलले आफ्नो सामाजिक पहल अन्तर्गत स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयोगलगायत क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्याएको छ । स्वास्थ्य, शिक्षा र वातावरण क्षेत्र सधैं एनसेलको प्राथमिकतामा छन् ।
अपडेट
एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ कार्यक्रम सम्पन्न
एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ (गो टु मार्क…
२ हप्तामा पुनः फर्कियो रूटिन अफ नेपाल बन्द, अब हेल्प पोष्टलाई पहिलो प्राथमिकता दिने
नेपालको लोकप्रिय फेसबुक पेज रूटिन अफ नेपाल बन्द पुनः सञ्चालनमा आएको छ । बन्द भएको…
रिब्राण्डिङ भयो स्प्योरो एसएमएस, के के छन् नयाँ सुविधा ?
नेपालको लोकप्रिय एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले आफुलाई रिब्रान्डिङ गरेको छ ।…
मिड रेन्ज स्मार्टफोनका लागि क्वालकमको नयाँ प्रोसेसर सार्वजनिक
चर्चित चिपसेट निर्माता कम्पनी क्वालकमले मिड रेन्ज स्मार्टफोनका लागि नयाँ प्रोसेसर ल्या…
नमस्ते पेको नयाँ अफर, नयाँ प्रयोगकर्ताले पूर्ण केवाईसी भर्दा ५० रूपैयाँ पाउने
डिजिटल वालेट नमस्ते पेले सबै प्रयोगकर्ताहरुलाई एउटै छानामा समावेश गर्ने उद्देश्यका …
एनएमबी बैंकको डिजी स्टेशन, नगद डिपोजिटदेखि क्लियरिङ चेक डिपोजिटसम्मको सुविधा
एनएमबी बैंकले डिजी स्टेशन सञ्चालनमा ल्याएको छ। बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने…
बीमा मध्यस्थकर्ताको अनलाइन परीक्षा संचालन, नतिजा सात दिने भित्र आउने
नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालनमा …
योग्यता नपुगेका शिक्षकले बीएससी सीएसआईटी पढाए कारबाही हुने
त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले योग्यता नपुगेका शिक्षकहर…
स्टोरेज बचाउन यसरी प्रयोग गर्नुहोस् गुगलको अटो अर्काइभ फिचर
यदि तपाई आफ्नो फोनको स्टोरेजको बारेमा चिन्तित हुनुहुन्छ भने, तपाईको लागि खुसीको ख…
सामसङको दसैँ अफर : ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै !’
सामसङ नेपालले दसैँ अफर ग्राहकमाझ ल्याएको छ । कम्पनीले ‘सामसङ मोबाइल च्याप्पै, स्कु…
भिभोको दशैं तिहार अफर, मोबाइल किन्दा छुट पाइने
नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै भिभोले आफ्ना तीनवटा नयाँ स्मार्टफोनहरूमा दशै…
सैनिक पेट्रोल पम्पमा अब डिजिटल भुक्तानी काउन्टर
हिमालयन बैंकले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल…
फूडमान्डुमा अबदेखि ५०० रूपैयाँभन्दा कमको पनि फुड अर्डर गर्न सकिने
नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फूडमान्डुले ५०० रूपैयाँको न्यूनतम अ…
इसेवा मनि ट्रान्सफरबाट रेमिट्यान्स पठाउँदा काठमाडौंमा घर जित्ने मौका
स्थापनाकालको छोटो समयमै, वैधानिक, माध्यमबाट संसारका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले…
अल्टिमा अनलाइन मेलामा आइएमई पेमार्फत भुक्तानी गर्दा २५ प्रतिशत छुट
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले असोज ३ र ४ गते सन्चालन हुने अल्टिमा अनलाई…