कीवर्डहरू -

अपडेट

टेलिकमले ल्यायो मोबाइल तथा एफटीटीएचमा विभिन्न अफर

नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि जीएसएम मोबाइल तथा एफटीटीएच (फाइबर टु द होम) मा विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने भएको छ । यी अफरहरु  असार १ गतेदेखि लागु हुने छन् । 

अब सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजना अन्तर्गत ५९९ रुपैयाँमा कम्पनीकै नेटवर्कमा असीमित कल गर्न सकिने ( अनलिमिटेड अन–नेट भ्वाइस) तथा अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने (अफ–नेट भ्वाइस) सेवा सहितको सजिलो ५९९ भ्वाइस प्याक उपलब्ध हुनेछ । त्यसैगरी सजिलो ६३६ प्याक अन्तर्गत ६३६ रुपैयाँमा अनलिमिटेड अन–नेट भ्वाइस, १५० मिनेट अफ–नेट भ्वाइस तथा १०० अन–नेट एसएमएसका साथै ९ जीबी डाटा सेवा उपलब्ध हुनेछ ।

यसका साथै सजिलो ७९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस, ३० जीबी डाटा र १५० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ भने सजिलो ९९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस सेवा, ६० जीबी डाटा र २०० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ । 

कम्पनीले उच्च मात्रामा भ्वाइस तथा डाटा सेवा प्रयोग गर्ने सेवाग्राहीको मागलाई मध्यनजर गरी सजिलो १४९९ प्याक र सजिलो १९९९ प्याक पनि सञ्चालनमा ल्याएको छ । सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने गरी समयावधि तोकिएको छ । यसका साथै अन्य आकर्षक प्याकेजहरु समेत कायम राखिएको छ ।

इन्डिया भ्वाइस कल प्याकेज अन्तर्गत ८० रुपैयाँमा १ दिन प्रयोग सकिने २० मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ भने २७० रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने ७५ मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ । 

त्यसैगरी एफटीटीएचका विभिन्न प्याकेजलाई अझै ग्राहकमैत्री बनाइएको छ । प्रिमियम एफटीटीएच प्याकेजहरुमा डाटा मात्र, बेसिक आईपीटिभी तथा प्रिमियमआईपीटिभीका प्याकेजहरु, भ्वाइस सेवामात्र प्रयोग गर्ने ग्राहकहरुका लागि बेसिक आईपीटिभी तथा प्रिमियम आईपीटिभी प्याकेजहरु र एक्सजीपीओएन प्याकेजहरुमा डाटा मात्र, बेसिक आईपीटिभी तथा प्रिमियम आईपीटिभीका प्याकेजहरु समेत सुलभ दरमा उपलब्ध हुनेछन् । 

ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत पनि यस सम्बन्धमा विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।  

अपडेट

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । गत जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकले पहिलो…

आईटी क्षेत्रका विज्ञ जनशक्तिको रोष्टर तयार गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले सूचना प्रविधि क्षेत्रका विज्ञ जनशक्तिको रोष्टर तयार गर्ने भएको छ । 

राष्ट्रिय परिचयपत्रका लागि टाइम कार्ड अनुसार आउन जिल्ला प्रशासन काठमाडौंको अनुरोध

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले राष्ट्रिय परिचय पत्रका लागि अनलाइन फाराम भरेर टाइम कार्ड अनुसार आउन अनुरोध गरेको छ ।

अनलाइनबाटै बीउबिजन प्रमाणीकरण हुन थालेपछि किसानलाई सहज

अनलाइन प्रणालीबाट बीउबिजन प्रमाणीकरण हुन थालेपछि बीउ उत्पादक किसानलाई सहज भएको छ । बागमती प्रदेश सरकारको कृषि तथा पशुप…

‘डिजिटल रूपान्तरणलाई अँगाल्दै’ मूल नाराका साथ आईएमईको २४ औँ वार्षिकोत्सव सम्पन्न

नेपाली रेमिटेन्सको पर्यायवाची बन्न पुगेको आइएमई स्थापनाको २३ वर्ष पुरा भएको छ । २४ औँ वर्ष  प्रवेश गर्दा आइएमई लिमिटेड &nb…

राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन

मकवानपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन गरेको छ। शिविरको प्रारम्भ राक्सिराङ …

विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर

नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ । प्राधिकरणले काठमाडौंको स्यूचाटारस्थित भ…

उत्कृष्ट काम गरिरहेका विद्यार्थी उद्यमीलाई सम्मान गर्दै एनवाईईएफ, कसरी दिने आवेदन ?

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले इमर्जिङ लिडर २०२४ कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

नीतिगत सुधार भए ३० खर्बको सूचना प्रविधि निर्यात सम्भव

नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणा सहित ३० खर्बको निर्यात र १५ …

साउनदेखि ड्राइभिङ लाइसेन्सको काम राष्ट्रिय परिचयपत्रले नै गर्ने

आगामी साउनदेखि राष्ट्रिय परिचयपत्रले समेत ड्राइभिङ लाइसेन्स काम गर्ने भएको छ । साउनदेखि ड्राइभिङ लाइसेन्स लिएकाले राष्ट्रिय परिचय…

टिगमा थपियो प्रोडक्सन फिचर, अब उद्योगको उत्पादन प्रक्रियालाई सजिलै डिजिटाइज गर्न सकिने

आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर टिगमा प्रोडक्…

आईफोन, आईप्याड र म्याकमा अब जेनेरेटिभ एआई सुविधा उपलब्ध हुने

एप्पलले नयाँ सुइट एप्पल इन्टेलिजेन्सको घोषणा गरेको छ । आईफोन, आईप्याड र म्याकमा एआई फिचर उपलब्ध गराउन डब्लुडब्लुडीसी २०२४ मा कम्प…

सेवाग्राहीको चाप बढेपछि चितवनमा बिहानैदेखि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन

राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण सङ्कलन दैनिक बिहान ७ बजेदेखि थालिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि बिहान …

एप्पलको डब्लुडब्लुडीसी २०२४ मा के के हुनेछन् सार्वजनिक ?

एप्पलको वर्ल्ड वाइड डेभलपर सम्मेलन (डब्लुडब्लुडीसी २०२४) आज अर्थात् जुन १०, २०२४ बाट सुरु हुँदैछ । डब्लुडब्लुडीसी २०२४ जुन १४ सम्म…

गुगल स्लाइडमा नयाँ सुविधा उपलब्ध, अब काम पहिले भन्दा सजिलो हुने

गुगलले स्लाइड्समा सम्पादन, भ्यू र टिप्पणी जस्ता विभिन्न मोडहरू बीच स्विच गर्न मिल्ने सुविधा ल्याएको छ । यसले प्रयोगकर्ताहरूलाई …