कीवर्डहरू -

अपडेट

टोखा नगरपालिकामा ६ दिने रोबोटिक्स बुटक्याम्प सम्पन्न

टोखा नगरपालिका, स्किल्सअप ग्लोबल र ब्रेनडिजिटको सहकार्यमा यही असार ९ गते टोखाको टिलिङ्गटार माध्यमिक विद्यालयमा ६ दिने रोबोटिक्स बुटक्याम्प सम्पन्न भएको छ ।

५ दिनसम्म आयोजना भएको बुटक्याम्पपछि छैटौँ दिनमा प्रदर्शनी आयोजना गरिएको थियो । विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरूमा प्रविधि र नवप्रवर्तनप्रति रुची जगाउने उद्देश्यसहित बुटक्याम्प आयोजना गरिएको थियो । 

स्किल्सअप ग्लोबलका प्रशिक्षक दीपक भट्टराई र कृष्ण चौधरीको मार्गदर्शनमा ३२ विद्यार्थीहरूको सहभागीता रहेको थियो । 

उनीहरूले तालिमहरूमा भाग लिँदै, आफ्नो रोबोटिक्स परियोजनाहरूमा काम गरेका थिए । विद्यार्थीहरूले ८ वटा विविध परियोजना समेत विकास गरेका थिए । 

कार्यक्रमको अन्तिम दिन अर्थात असार ९ गते विद्यार्थीहरूले आफ्नो नवप्रवर्तनात्मक परियोजनाहरू प्रदर्शनीमा प्रस्तुत गरेका थिए । उत्कृष्ट परियोजना प्रस्तुत गर्ने ३ वटा परियोजनालाई सम्मान समेत गरिएको थियो । 

ब्रेनडिजिटका कार्यक्रम संयोजक रूपेश कुमार साहले युवाहरूमा रहेको अविश्वसनीय सम्भावनालाई बुटक्याम्पले उजागर गरेको बताए । 

टोखा नगरपालिकाका प्रमुख शिक्षा अधिकारी, बाबुराम गौतमले यसले टोखा नगरपालिकाको प्राविधिक शिक्षा र नवप्रवर्तनमा अवसरहरू विस्तार गर्ने निरन्तर प्रयासको सुरुवात गरेको बताए । 

 

अपडेट

गरिमा विकास बैंकका ग्राहकलाई मेन्टरल्याबको कोडिङ्गलको सेवामा ६० प्रतिशतसम्म छुट

गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यवसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् । सम्झौता पश्चात् …

सिंहदरबार प्रवेश गर्न मन्त्रालयहरूबाट जारी भएका पास खारेज, ई-गेटपास प्रणाली प्रयोगमा आउने

सिंहदरबार प्रवेशको लागि विभिन्न मन्त्रालयबाट जारी गरिएका सबै पासहरू खारेज भएका छन् । 

अनलाइनबाट दिइने सरकारी सेवाहरू तीन महिनाभित्र राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरिने

सरकारले अनलाइन प्रणालीबाट प्रदान गरिने सेवाहरूलाई तीन महिनाभित्र राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरी एउटै प्रकारका कागजात भिन्न-भिन्…

इन्स्टाग्राममा क्लोज फ्रेन्ड्स अन लाइभ फिचर सार्वजनिक

इन्स्टाग्रामले क्लोज फ्रेन्ड्स अन लाइभ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । बारम्बार एपमा लाइभ स्ट्रिमिङ गर्न मन पराउनेका लागि य…

अन्तःशुल्क स्टिकर खरिदमा भ्रष्टाचार आरोप लागेपछि निलम्बित मुख्यसचिव अर्यालको सरूवा

अन्तःशुल्क स्टिकर खरिदमा भ्रष्टाचार आरोप लागेका निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्यालको सरूवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् ब…

वडामै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्ने व्यवस्था मिलाउन सीडीओहरूलाई गृहको निर्देशन

राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमै सङ्कलन गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई निर्देशन दिए…

पोखरामा राइड सेयरिङ सञ्चालनमा रोक, अटेर गरे कारबाही गर्ने चेतावनी

कास्कीको पोखरामा अनधिकृतरुपमा एपमार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ। यातायात …

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

युएईको अल जजिरा एक्सचेन्जबाट पठाएको रेमिट्यान्स सिटी पे वालेटमा पाउन सकिने

युएईको ख्यातिप्राप्त  अल् जजिरा एक्सचेन्ज  र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबारमा सहकार्य सुरु भएको छ ।&n…

कतार एयरवेजको वेबसाइटबाट हवाई टिकट खरिद गर्दा १० प्रतिशतसम्म छुट

एनएमबि बैंकले कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने भएको छ ।

विपद्को बेला इन्टरनेट सेवा अवरुद्ध नहुने गरी वैकल्पिक व्यवस्थापन गर्न मन्त्री शर्माको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बाढी पहिरो लगायत विपद्का संभावित जोखिमस्थलहरुको पहिचान गरेर घटनापछि सेवा अवरुद्ध …

सेलपेबाट क्लासिकको टेकको भुक्तानी गर्दा बुलेट बाईकदेखि म्याकबुकसम्म जित्ने अफर

देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘बुलेट बाइक सरर, इन्टरनेट टिभी फरर’  अफर सार्…

ग्यालेक्सी एस २४ सिरिज फोन खरिद गर्दा १५ हजार पर्ने ग्यालेक्सी बड्स एफई ५ हजारमै पाइने

ग्यालेक्सी एस २४ सिरिजको स्मार्टफोन खरिद गर्दा अब १५ हजार पर्ने ग्यालेक्सी बड्स एफई ५ हजारमै किन्न सकिने भएको छ । 

टाटा मोटर्सको नाउ अर नेभर अफर, बजेट अघिकै मूल्यमा टियागो ईभी किन्न सकिने

नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘नाउ अर नेभर ड्राइभ होम टियागो ईभी एट प्रि–ब…

एनभीडीया बन्यो विश्वकै मूल्यवान कम्पनी

एनभीडीया विश्वकै मूल्यवान कम्पनी बन्न सफल भएको छ । मंगलबार शेयर मूल्यमा वृद्धि भएसँगै माइक्रोसफ्टलाई उछिन्दै एनभीडीया विश्वको सबै…