कीवर्डहरू -

अपडेट

टेलिकमले विश्व परिवेशलाई ध्यान दिएर सेवाको गुणस्तर बढाउनुपर्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमल विश्व परिवेशलाई ध्यान दिएर ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने गरी आफ्नो नीति योजना तथा कार्यक्रमको सञ्चालन गर्नुपर्ने बताएकी छन् । 

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २० औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपाल टेलिकम सरकारको अधिकांश स्वामित्व भएको संस्था भएकाले सरकारको उद्देश्य र कार्यक्रमलाई अवलम्वन गरी सूचना प्रविधीको तीव्र विकास भइरहेको आजको विश्व परिवेशमा ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने गरि आफ्नो नीति योजना तथा कार्यक्रमको सञ्चालन गर्नुपर्ने बताएकी हुन् । 

फोरजी सेवाको बिस्तार र यसको उपयोगमा उल्लेखनीय बृद्धि, अप्टिकल फाइबर योजनाहरु यथाशीघ्र सम्पन्न, सेवाको गुणस्तरमा उल्लेखनिय बृद्धिमा जोड दिंदै एफटिटिएच व्यवसायको आक्रामक बिस्तार, आय चुहावटको नियन्त्रण, एसएमएस गेटवे उचित दरमा दिने गरी बिस्तार गर्न आग्रह गर्दै मन्त्री शर्माले पूर्वाधार कम्पनी, आईटी कम्पनी स्थापनाका साथै नमस्ते पे को व्यापारमा बिस्तार गर्ने बारेमा आवश्यक गृहकार्य गर्न पनि टेलिकमलाई आग्रह गरिन । 

यस बाहेक कम्पनीमा भइराखेका अनुत्पादक खर्च नियन्त्रण गर्न र कम्पनीको हालको अवस्था अनुसार कम्पनीले आगामी दिनहरुमा लिने पहलहरुमा शुक्ष्म रुपमा अध्ययन गरेर बजारको आजको अवस्था र आगामी दिनहरुमा आईपर्ने कुराहरुलाई ध्यानमा राखी दीर्घकालिन व्यावसायिक योजना तयार गर्न पनि उनले टेलिकमलाई आग्रह गरिन ।

आफू मन्त्रालयको जिम्मेवारीमा आएको एक वर्ष पूरा भएको र यस अवधिमो कम्पनीबाट गर्नुपर्ने नयाँ कार्यक्रम,  सुधारका कार्यहरुमा धेरै पटक छलफल गरेको स्मरण गराउँदै उनले सेवामा गुणस्तर कायम गर्न नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवाहरुको मर्मत सम्भारलाई थप चुस्त र प्रभावकारी बनाउन विहान ७ देखि साँझ ७ बजेसम्मको मर्मत सेवा सञ्चालन गर्ने, टेलिकमका सम्पूर्ण सेवालाई नमूना दूरसञ्चार सेवाको रुपमा विकास गर्नयो वर्ष १९ जिल्लालाई छनौट गरिएको र सबै राजमार्गहरुमा पहूँच र गुणस्तरीय सेवा विस्तारको कार्यक्रम राखिएको जानकारी दिइन ।

यो वर्ष सस्तो दरमा इन्टरनेटको अन्तर्राष्ट्रिय व्याण्डविथ सेवा खरिद भएको जानकारी दिंदै उनले भनिन, ‘तर हामी यतिमै सन्तुष्ट हुने अवस्था छैन । हामीले अघि सारेका सेवा प्रवाहमा सुधार र आय वृद्विका कार्य योजनाहरुको प्रगतिको पनि स्मरण र मूल्यांकन गर्ने बेला हो । हासिल हुन नसकेको बाँकी उपलब्धिको कारण पहिल्याई कमीकमजोरीमा सुधार गरी थप कार्ययोजना र उर्जाका साथ एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ ।’

सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिंदै मन्त्री शर्माले सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार नै भएकाले सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न अप्टिकल फाईवर विस्तार गरी सूचना महामार्ग निर्माण गर्ने, मुलुककका सबै क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर बृद्धि गर्नेतर्फ कम्पनीका कार्यक्रमहरु परिलक्षित रहेको बताइन । 

दूरसञ्चारको क्षेत्रमा देखिने बेथिति र अन्योल हटाउन मन्त्रालयले नीति र प्रशासनिक दुबै खालका काम अघि बढाइएको जानकारी दिंदै उनले लाइसेन्स खारेज भएका कम्पनीका सम्पत्ति व्यवस्थापन गर्ने कानुन संशोधन देखि एनसेलको शेयर खरिद विक्री प्रकरणमा छानविन गरी प्रतिवेदन लिने लगायतका काम सरकारले गरेको बताइन ।

यो वर्ष मात्रै नयाँ फ्रिक्वेन्सी नीति, २०८० जारी गरेर नेपालको विकासमा अत्यावश्यकीय र राष्ट्रलाई महत्वपूर्ण योगदान दिने दूरसञ्चार क्षेत्रलाई थप व्यवस्थित गर्ने गरी कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै उहाँले नेपाललाई डिजिटलाइजेसनमा लैजान डिजिटल पूर्वाधार अनिवार्य शर्त भएको बताइन् । 

टेलिकमको गुणस्तर सुधार र विकासमा कर्मचारीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले कर्मचारीले पाउनुपर्ने सबै सुविधा कम्पनी लिने र कर्मचारीले पनि आफ्नो पेशागत दायित्वलाई राष्ट्रिय दायित्व सम्झेर काम गर्नुपर्ने बताइन । 

कार्यक्रमका टेलिकमका सेवा सुविधा र आगामी योजनाबारे नेपाल टेलिकमका निमित्त प्रवन्ध निर्देशक संगीता पहाडीले जानकारी गराएकी थिइन । कम्पनीका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारी र नेपाल टेलिकम सञ्चालन समितिका सदस्य शंकर लामिछानेले पनि शुभकामना दिएका थिए । 
 

अपडेट

मंगलबार नेपालमा पनि सुरक्षित इन्टरनेट दिवस मनाइँदै

माघ २३ गते मंगलबार नेपालमा पनि सुरक्षित इन्टरनेट दिवसको मनाइने भएको छ । चाइल्ड सेफ नेटको अगुवाईमा विभिन्न सरकारी तथा निजी स…

भ्यालेन्टाइन्स डेको अवसरमा ब्ल्याक एण्ड डेकरको अफर, सामान खरिद गर्दा आकर्षक छुट पाइने

 अमेरिकन ब्रान्ड ब्ल्याक एण्ड डेकरले नजिकै आउँदै गरेको भ्यालेन्टाइन्स डेलाई मध्यनजर गरी गिफ्ट टु शेयर, लभ इन द एयर नामक अभिय…

चितवनमा सूचना प्रविधि कार्यशाला एनपीनोग नाइन सम्पन्न

चितवनको सौराहामा  सूचना प्रविधि कार्यशाला ‘एनपीनोग नाइन’  सम्पन्न भएको छ । उक्त कार्यशाला  माघ १४ …

केयू हल्ट प्राइजले आयोजना गरेको 'इम्प्याक्ट अपः स्टार्टअप एन्ड एसएमई मिट’ सम्पन्न

काठमाडौं विश्वविद्यालय (केयू) हल्ट प्राइजले इनर्जाइज नेपाल र काठमाडौं युनिभर्सिटी बिजनेस इन्क्युबेशन सेन्टर (क्यूबिक) स…

जेनेरेटिभ एआईको युगमा डिजिटल मार्केटिङ भन्ने विषयमा सोमबार निःशुल्क वर्कशप हुँदै

आइटी प्रशिक्षण दिने कम्पनी स्कील स्पार्कले 'डिजिटल मार्केटिंग इन द एज अफ जेनेरेटिभ एआई विषयमा…

फोल्डेबल आईफोन वा आईप्याड ल्याउने तयारीमा एप्पल

एप्पलले फोल्डेबल आईफोन वा आईप्याड ल्याउन सक्ने बताइएको छ । द सिंगलको रिपोर्ट अनुसार एप्पलले आफ्नो फोल्डेबल डिभाइसमा का…

ट्यालेन्ट कनेक्ट्सले ल्यायो एप्लिकेन्ट ट्रयाकिङ सिस्टम, हाइरिङ प्रक्रिया छिटो र सहज हुने

कुनै पनि कम्पनी वा संस्थाको हाइरिङ (कर्मचारी भर्ना) प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित ट्यालेन्ट कनेक्ट्सले एप्लिकेन्ट ट्रयाकिङ सिस्ट…

नेपाल र क्यानाडाबीचको क्रिकेट खेल डिशहोमको एक्सन स्पोर्ट एचडी वानमा प्रसारण हुने

डिशहोमको एक्सन स्पोर्ट एचडीमा नेपाल र क्यानाडा बीचको सिरिज प्रत्यक्ष प्रसारण हुने भएको छ ।

६४ बढी सेवा एउटै एपबाटै दिदै प्राईमसेवा

राईड शेयरिङ कम्पनी प्राईमसेवाले राईडर र प्रयोगकर्ताका लागि विभिन्न अफर ल्याएको छ । नेपाली युवाहरुले संचालन गरेको कम्पनी प्राईमस…

बार्ड एडभान्स प्रयोग गर्न अब पैसा तिर्नुपर्ने

गुगलले आफ्नो च्याटबट बार्ड एडभान्स प्रयोगका लागि शुल्क लिने भएको छ । अहिले परीक्षणमा रहेको बार्ड प्रयोग गर्न कुनै …

यो वर्ष एप्पल एआई घोषणा हुन सक्ने सीईओ टिम कुकको संकेत

यो वर्ष एप्पल एआई घोषणा हुन सक्ने सीईओ टिम कुकले संकेत गरेका छन् । कम्पनीको त्रैमासिक आम्दानी रिपोर्ट …

ललितपुर महानगरपालिकाको ‘एलएमसी अलर्ट’ एप, गुनासो गर्नेदेखि एम्बुलेन्ससम्म बोलाउन सकिने

ललितपुर महानगरपालिकाले महानगरबासीको गुनासो सुन्न तथा सूचना दिन ‘एलएमसी अलर्ट’ मोबाइल एप सार्वजनिक गरेको छ ।&nb…

अष्ट्रेलियामा बस्ने नेपालीले अब पनि प्लस साइज नेपालका कपडा अनलाइन अर्डर गर्न सक्ने

अब अष्ट्रेलियाबाट पनि प्लस साइज नेपालका कपडा अनलाइन अर्डर गर्न सकिने छ । क्लोदिङ ब्राण्ड प्लस साइज…

तीन प्रतिशत ब्याजदरमा स्टार्टअपलाई २५ लाखसम्म कर्जा दिदै सरकार, परियोजना पेश गर्न आह्वान

सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना पेश गर्न आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रत…

ह्याकरहरूले माइक्रोसफ्ट टिम्सलाई ह्याकिंगका लागि प्रयोग गर्दै

साइबर अपराधीहरूले भिडियो कन्फरेन्सिङ प्लेटफर्म माइक्रोसफ्ट टिम्स प्रयोग गरेर नयाँ प्रकारको मालवेयर आक्रमणहरू सुरु गर्दैछन् ।  …