कीवर्डहरू -

अपडेट

सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर, अब गर्मीको लागि स्मार्ट र स्टाइलिस च्वाइस

सामसङ नेपालले गर्मी मौसमलाई ध्यानमा राख्दै आफ्नो नयाँ, स्मार्ट र स्टाइलिस बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ । तापक्रम बढ्दै जाँदा खाना ताजा राख्न र बेभरेजहरू चिसो राख्न अझ महत्त्वपूर्ण हुने समयमा सामसङको बिस्पोक एआई रेफ्रिजेरेटरले अत्याधुनिक कुलिङ प्रविधि, स्मार्ट उर्जासञ्चय, र स्टाइलिस डिजाइनका साथ गर्मीलाई सहज बनाई यस सिजनको लागि उत्तम होम अप्लाएन्स बन्ने छ ।

बिस्पोकको विशेष फ्ल्याट डोर डिजाइन आधुनिक किचनको लागि उत्तम विकल्प हो । एआई एनेर्जी मोड, स्मार्टठिंगस् कनेक्सन, कन्भर्टएबल ५–इन–१ मोडहरू, र ट्वीन कुलिंग प्लस जस्ता एडभान्स फिचरहरू रहेको नयाँ बिस्पोक एआई रेफ्रिजेरेटरहरू आकर्षक, स्मार्ट र फ्लेक्सिबल पनि छन् । 

एआई इनर्जी मोडले स्मार्ट एल्गोरिदमको प्रयोग गरी ऊर्जा खपतलाई अनुकूल बनाउँछ, जसले युजेज प्याटर्न अनुसार समायोजन गर्दै १० प्रतिशतसम्म ऊर्जाको बचत गर्न मद्दत गरी खर्च घटाउने मात्र होइन, दिगो जीवनशैलीमा पनि योगदान पुर्‍याउने छ । 

कन्भर्टएबल ५–इन–१ मोडहरुले जस्तो पनि घरको आवश्यकताहरू पुरा गर्न अनुकूल रहने अप्रतिम सुविधा प्रदान गर्छ । नर्मल, सिजनल, एक्स्ट्रा फ्रिज, भेकेसन र होम अलोन् गरी आवश्यकता अनुसार प्रयोग गर्न मिल्ने पाँच भिन्न मोडहरू भएको यो रेफ्रिजेरेटरले ऊर्जा बचत र अधिकतम उपयोगिता सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

ट्वीन कुलिंग प्लस प्रविधिले रेफ्रिजेरेटर र फ्रिजरका लागि अलग–अलग कुलिङ सिस्टम प्रयोग गर्छ, जसले आद्र्रता कायम राख्दै गन्धहरू मिसिनबाट रोक्छ । यसले ७० प्रतिशतसम्म आद्र्रता कायम राख्न मद्दत गर्ने भएकाले गर्मीको समयमा पनि फ्रिजमा स्टोर गरिएको फलफूल र तरकारीहरू लामो समयसम्म ताजा रहन्छन् । थप रूपमा, यसमा रहेको एडभान्स इभ्यापोरेटर प्रविधिले सही तापक्रम व्यवस्थापन गरी खाद्य पदार्थको ताजगीलाई सुरक्षित राख्छ ।

एआई इनर्जी मोडले युजेज प्याटर्नको विश्लेषण गरी कम्प्रेसरको कार्यसम्पादनलाई अनुकूल बनाउँदै र ऊर्जा खपत घटाउँदै स्मार्ट कुलिङलाई नयाँ उचाइमा ल्याउने छ । यसले गर्दा गर्मीमा चिसो बेभरेजहरू स्टक गर्न वा ताजा खाना तयार गर्न सजिलो हुन्छ र विद्युत् बिलको चिन्ता पनि कम हुन्छ ।

स्मार्टथिङ्स एपमार्फत रेफ्रिजेरेटरलाई सजिलै नियन्त्रण गर्न सकिन्छ । ऊर्जा खपत ट्र्याक गर्ने, तापक्रम मिलाउने वा रियल–टाइम नोटिफिकेसन प्राप्त गर्ने सबै कार्यहरू तपाईँको स्मार्टफोनबाट सहजै गर्न सकिन्छ, जसले घरको व्यवस्थापनलाई अझ स्मार्ट बनाउँछ ।

मूल्य र उपलब्धता

नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर आधुनिक डिजाइन र प्रिमियम प्रविधिको अद्भुत संयोजन हो, जसले आफ्नोको प्रयोगकर्ताको जीवनस्तर र सुविधा अझ सुधार गर्छ । नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर ३९६ लिटर र ४१९ लिटर क्यापासिटीका दुई भेरियन्टमा उपलब्ध छन्।

यसको मूल्य १ लाख १२ हजार ९९० रूपैयाँबाट सुरु छ भने, अहिले रहेको  विशेष छुट अफरद्वारा  १ लाख १ हजारमा खरिद गर्न सकिन्छ । यो अफर सीमित अवधिको लागि मात्र लागु गरिएको छ । सामसङको नयाँ रेफ्रिजरेटरहरूको  खरिद गर्न अझ सजिलो पर्न, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित इन्स्टा फाइनान्सको साथ  तपाईँले फ्रिजको खरिद गर्दा, डाउन पेमेन्ट पछि ० प्रतिशत ब्याज ईएमआई सुविधा पनि प्राप्त गर्नुहुनेछ ।

आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइवेट लिमिटेड र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइवेट लिमिटेडद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर अब अनलाइन पनि उपलब्ध छ रहेको छ । त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।  

अपडेट

नारी दिवसको अवसरमा क्लासिक टेकको महिला उद्यमी प्याकेज, ५० प्रतिशत छुट

देशकै अग्रणी तथा ठुलो इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिकटेकले अन्तर्राष्ट्रिय नारी दिवस २०२५ को अवसरमा उद्यमी म…

दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक रोजा किरण बासुकलालाई राष्ट्रिय नारी सम्मान २०८१ प्रदान

नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक रोजा किरण बासुकलाले राष्ट्रिय नारी सम्मान २०८१ प्राप्त गरेकी छन् । दूरसञ्चार क्षेत्रमा योगदा…

एफवान सफ्ट ग्रुपको अध्यक्षमा सिद्धान्त ठकुरी नियुक्त

एफवान सफ्ट ग्रुपको अध्यक्षमा सिद्धान्त ठकुरी नियुक्त भएका छन् । यसअघि ग्रुपको अध्यक्षमा कम्पनीका संस्थापक विश्वास ढकाल कार्यरत थिए । &…

एमडीएमएसमा प्रकरणमा दूरसञ्चार प्राधिकरणका दुई पूर्व अध्यक्ष दोषी ठहर, कर्मचारीले पाए सफाइ

विशेष अदालतले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका दुई पूर्व अध्यक्षलाई दोषी ठ…

ह्वावेको साइट पावर फेसिलिटी आर्किटेक्चर र एआई डेटा सेन्टर निर्माण गाइडलाइन सार्वजनिक

एमडब्लुसी बार्सिलोना २०२५ मा, ह्वावेले अर्को पुस्ताको साइट पावर फेसिलिटी आर्किटेक्चर 'सिंगल साइटपावर' र एआई डेटा सेन्टर…

डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायकहरुलाई सूचीकृत हुन सूचना प्रविधि विभागको अनुरोध

सूचना प्रविधि विभागले डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायकहरुलाई सूचीकृत हुन अनुरोध गरेको छ । डेटा सेन्टर तथा क्लाउड सेवा (सञ्च…

भुक्तानी कार्य गर्ने संस्थाले सूचना प्रविधि विभागमा सूचीकृत भएका संस्थामा मात्र डेटा राख्न पाउने

भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाले अब सूचना प्रविधि विभागमा सूचीकृत भएका संस्थामा मात्र डेटा राख्न पाउने भएका छन् । 

३ दिन मात्रै स्मार्टफोन नचलाउँदा मस्तिष्कको गतिविधिमा हुन्छ ठूलो परिवर्तन

तपाईंको फोन अहिले तपाईंबाट कति टाढा छ? तपाईंले यसलाई अन्तिम पटक कहिले देख्नुभएको थियो ? हामीमध्ये धेरैका लागि, यो डिजिटल उ…

रक्सिराङ्गको चेपाङ्ग समुदायमा इन्टरनेट पहुँचमा जोडियो, सम्भावनाका नयाँ ढोका खुल्ने विश्वास

नेपाल इन्टरनेट फाउण्डेशनको अगुवाइ, इन्टरनेट सोसाइटीको सहयोग r स्थानीय सरोकारवालाहरूसँगको सहकार्यमा चिपाङ्ग समुदाय नेटवर्क हस्ता…

‘सामाजिक सञ्जालबाट धार्मिक र सांस्कृतिक सहिष्णुता भत्काउने काम भयो, नियमन आवश्यक छ’

सञ्चार तथा सूचना प्रविधि पृथ्बी सुब्बा गुरूङले सामाजिक सञ्जालबाट धार्मिक र सांस्कृतिक सहिष्णुता भत्काउने काम भएको बताएका छन् ।&nb…

आईओएस १८.४ को दोस्रो बेटा संस्करण सार्वजनिक, के के छन् फिचर ?

एप्पलले आईओएस १८.४ को दोस्रो बेटा संस्करण सार्वजनिक गरेको छ । कम्पनीले एक हप्ता अगाडि मात्र यसको पहिलो बीटा संस्करण जारी गरेको …

उद्यमी बन्न चाहनेका लागि ३ दिने बुटक्याम्प गर्दै एस कलेज, ५० लाखसम्मको फन्डिङ पाउने मौका

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले उद्यमी बन्न चाहनेहरूका लागि ३ दिने बुटक्याम्प ‘ओडिसी’ आयोजना गर्ने भएको छ । 

ब्राउजर कम्पनी ओपेराले ल्यायो नयाँ एआई एजेन्ट ‘ब्राउजर अपरेटर’

ब्राउजर कम्पनी ओपेराले विभिन्न वेबसाइटहरूमा गएर काम गर्न सक्ने नयाँ एआई एजेन्ट ‘ब्राउजर अपरेटर’ सार्वजनिक गरेको छ ।…

क्यान महासंघको रणनीतिक योजना बैठक सम्पन्न, नीतिगत पहलमा जोड दिने

नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को २०२५-२०२७ रणनीतिक योजना बैठक सम्पन्…

च्याटजीपीटी जीपीटी–४० का नयाँ उन्नत विशेषताहरू: एआईलाई अझ प्रभावकारी रूपमा कसरी उपयोग गर्ने?

धेरै इन्टरनेट प्रयोगकर्ताहरू एआईलाई आफ्नो काममा उपयोग गरिरहेका छन्। तर प्रश्न उठ्छ, कति मानिसहरू एआईका उन्नत विशेषताहरूको सही तर…