अपडेट
एनसेलका मनसुन केन्द्रित र्यापिड रेस्पोन्स टिमहरुले थाले काम
विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेका आफ्ना र्यापिड रेस्पोन्स टोली (आरआरटी)हरुले काम थालेका छन् ।
यसले गर्दा हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः संचालनमा ल्याउन सम्भव भएको छ ।
मनसुनजन्य प्रकोपहरुका कारण दूरसञ्चार सेवामा हुने सक्ने अवरोधलाई सम्बोधन गर्दै आफ्ना ग्राहकहरुलाई सधैं अन राखी सम्पर्कमा रही रहन मद्दत गर्ने प्रतिवद्धता बमोजिम एनसेलले प्रत्येक जिल्लामा आरआरटी गठन गरेको छ ।
यी टोलीहरुले तदारुकताका साथ काम गरेका कारणले हावाहुरी र भारी वर्षाको असरका बावजुत असार १२ गते बुधबार कोसी, मधेस र गण्डकी प्रदेशका १५ भन्दाबढि जिल्लाका ११६ मोबाइल टावर संचालनमा असर गरेपनि ४ घण्टा ३० मिनेटभित्रमा ७० प्रतिशत भन्दा बढि टावरहरुलाई पुनः संचालनमा ल्याइएको थियो ।
हावाहुरी र भारी वर्षाका प्रभावका कारण सो दिन सडक अवरुद्ध हुनुका साथै अप्टिकल फाइभर ब्रेक भएको, रुखहरु र नेपाल विद्युत प्राधिकरणको खम्बा डलेर विद्युत आपुर्तिमा असर परेको अवस्था थियो ।
आरआरटीहरुलाई विशेष रूपमा आपतकालिन अवस्थाहरु सम्हाल्दै सकेसम्म चाँडो सेवाहरू पुनः सुचारु गर्न तालिम दिइएको छ । वर्षायाममा बाढी र पहिरोको प्रकोपका कारण प्रभावित हुन सक्ने सेवाहरूको द्रुतगतिमा पुनः संचालन र निरन्तरता सुनिश्चित गर्ने उदेश्य अनुरुप यी आरआरटीहरु गठन गरिएका हुन् ।
अहिलेको अवस्थामा विशेष गरि भारी वर्षाका कारण सेवा संचालनमा असर पर्न गई केही समयको लागि सेवाहरु अवरुद्ध हुन सक्छन् । यसै कुरालाई ध्यानमा राखि केही गरि अवरुद्ध भएमा यथासक्य चाँडो सेवा पूनः संचालनमा ल्याउन र्यापिड रेस्पोन्स टोली जिम्मेवार रहन्छ ।
यसैगरी, एनसेलले विपद् पुर्वतयारी स्वरुप नियमित अवस्थाको तुलनामा फिल्डमा खट्ने आफ्नो जनशक्ति १० प्रतिशतले बढाएको छ । विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घण्टाभित्र सेवा सुचारु गर्न एनसेल प्रतिबद्ध छ ।
विपद्को समयमा विद्युत आपूर्ति अवरुद्ध हुने कुरालाई मध्ये नजर गरेर एनसेलले आफ्ना टावरहरूमा ब्याट्री ब्याकअप र फ्युल स्टकको व्यवस्था गरेको छ । विद्युतको आपूर्तिमा समस्या आएमा ब्याट्रीहरूले ४ देखि ६ घण्टासम्म टावरहरू सञ्चालन गर्न मद्दत गर्दछ ।
एनसेलले विपद्का बेलामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउन डिजेल जेनेरेटर र सेल अन ह्वील पनि तयार गरेको छ । त्यसैगरी, धेरै सेवाग्राही भएका ठाउँहरु र बाढीले असर गर्नसक्ने ठाउँहरुलाई लक्षित गरि एनसेलले आवश्यक तयारीहरु गरेको छ ।
विपद्को बेलामा विद्युत आपूर्ति र पूर्वाधारमा असर पर्ने हुनाले दूरसञ्चार सेवा संचालन गरि आम जनमानसलाई सम्पर्कमा राख्नका लागि यी स्रोतहरुले धेरै ठूलो महत्व राख्दछ ।
जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले बाढी र पहिरोको सम्भावित जोखिमका बारेमा एसएमएस अलर्टमार्फत पूर्व जानकारी प्रदान गर्दै आएको छ ।
गत वर्ष मात्र एनसेलले मावन जीवन र सम्पत्तिको सुरक्षामा उल्लेखनीय योगदान पु¥याउँदै १ करोडभन्दा बढी यस्ता एसएमएस अलर्टहरू पठाएको थियो । विभागको टोल–फ्रि सेवा ११५५ मा डायल गरेर बाढी सम्बन्धी पूर्वसूचना लिन पनि सकिन्छ ।
अपडेट
इन्ड्राइभले नेपालमा सुरू गर्यो कुरियर सेवा, साना व्यवसाय र व्यक्तिहरूलाई उपयोगी हुने
इन्ड्राइभले नेपालमा कुरियर सेवा सुरू गरेको छ । कुरियर सेवाबाट इन्ड्राइभले २० किलो वा सोभन्दा कम तौलका पार्सलहरू डेलिभर गर्नेछ …
गूगलले आफ्नो सर्च रिजल्टमा परिवर्तन ल्याउँदै
विश्वको सबैभन्दा लोकप्रिय सर्च इन्जिन गुगलले आफ्नो सर्च रिजल्टमा ठूलो परिवर्तन ल्याउन लागेको छ । रिपोर्टका अनुसार गुगलले आफ्नो…
रामनदी वृद्धाश्रमलाई नेपाल टेलिकमको सहयोग
नेपाल टेलिकमले स्याङ्जाको गल्याङ नगरपालिका रामनदीस्थित शिव पार्वति वृद्धाश्रमलाई सहयोग गरेको छ । वृद्धाश्रममा रहेका वृद्धवृद्…
एसईईको नतिजा चित्त नबुझे अनलाइनबाटै रिटोटलिङका लागि निवेदन दिन सकिने
माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा चित्त नबुझेमा अनलाइनबाटै रिटोटलिङ (पुनर्योग) का लागि निवेदन दिन सकिने छ ।
…आस्था ज्योतिष एप सार्वजनिक, ज्योतिषीहरुसँग परामर्श गर्न सकिने
नेपाली ज्योतिषी प्लेटफर्म आस्था ज्योतिष एप सार्वजनिक भएको छ । केही समय अगाडि आस्था ज्योतिष प्लेटफर्म अन्तर्गत
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा सार्वजनिक गरेको हो ।
एसईईको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका
नेपाल टेलिकमको सेवा प्रयोग गरेर कसरी थाहा पाउने एसईईको नतिजा ?
एसईई परीक्षाको नतिजा थाहा पाउनका लागि नेपाल टेलिकमका विभिन्न सेवा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्र…
व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने
व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ । आन्तरिक राजस्व विभागले सूचना प्रकाशित गर्दै व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत …
एसईईको नतिजा भोलि बिहान सार्वजनिक हुने, यस्तो छ हेर्ने तरिका
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार बिहान प्रकाशित हुने भएको छ । बुधबार नै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्…
एनवाईईएफ काठमाडौँद्वारा उत्कृष्ट काम गरिरहेका विद्यार्थी उद्यमी सम्मानित
नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ३० वर्ष मुनिका ५ उद्यमी विद्यार्थीहरूलाई इमर्जिङ लिडरको रूपमा सम्मान गरेको …
खातामा प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह, अनलाइनबाटै गर्न सकिने
एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ ।
सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य
सानिमा बैंकले नेपाल क्लियरिङ्ग हाउससँग नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल भुक्तानी सुबिधा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
एसएमएसबाट एसईईको नतिजा हेर्ने तरिका
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा स्प्यारो एसएमएसबाट हेर्न दिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डसँगको सहकार्यमा स्प्यारो…
एसईईको नतिजा अब एनसेल एपमा पनि हेर्न सकिने
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब एनसेल एपमार्फत हेर्न सकिने छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको सूचना अ…
सीमकार्डदेखि बैंकिङ सेवा लिनसम्म राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि हुन्छ लागु ?
अब सरकारी सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा चाहिने भएको छ । सरकारी देखि निजी क्षेत्रबाट प्रदान हुने सार्वजनिक सेवामा …