कीवर्डहरू -

अपडेट

भन्सार छलेर ल्याइएका ७ लाख बराबरका स्मार्टफोन बरामद

नेपाल प्रहरीले ६ लाख ९६ हजार पाँच सय बराबरको भन्सार राजस्व छलेर ल्याइएका स्मार्टफोनहरु नियन्त्रणमा लिएको छ।

काठमाडौँ उपत्यका बाहिरबाट आउने यात्रुवाहक सार्वजनिक सवारीसाधनले विभिन्न किसिमका सामान बिनाकागजात बिलबिजक ल्याउने गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उक्त समग्री नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनले भने, “शनिबार कलङ्की–नागढुङ्गा मूल सडकखण्डमा विभिन्न सवारीसाधनलाई जाँज गर्दा भिन्दाभिन्दै सवारीसाधनले बोकी ल्याएको सामानको धनी यकिन नभएको अवस्थामा उक्त सामग्री फेला पारी नियन्त्रणमा लिइएको हो।”

बरामद गरिएका उक्त सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौँमा बुझाइएको प्रवक्ता अधिकारीले बताए। बरामद गरिएका सामानमा विभिन्न आइफोन, रेड्मी, सामसुङ तथा ओप्पो कम्पनीका मोबाइल लगायत २८ थान रहेका छन्।

यसैगरी अन्दाजी मूल्य २ लाख बराबरका २६ बाल्टिन र एक प्याक गरी दुई सय ८० किलो अन्दाजी मूल्य रु दुई लाख ८० हजार बराबरको काजु खाने बदाम एक प्याक (एक बोरा अन्दाजी २० किलो) अन्दाजी मूल्य रु २० हजार पनि बरामद गरिएको छ।

यसका साथै रोलको कपडा भएको बोरा थान चार (अन्दाजी सात सय मिटर)को अन्दाजी मूल्य रु एक लाख १८ हजार पाँच सय, फोटो राख्ने फ्रेम भएको कार्टुन दुई थान (एक ठूलो एक सानो)को अन्दाजी मूल्य रु १० हजार बराबरको पनि नियन्त्रणमा लिइएको छ।

भेटिएका अन्य वस्तुमा फेन्सी कपडा भएको बोरा पाँच थान (कुर्ता सरवाल सेट दुई सय १३ थान, टप्स सेट ३६ थान, टप्समात्र थान २१ थान)को अन्दाजी मूल्य रु ६८ हजार गरी जम्मा रु छ लाख ९६ हजार पाँच सय बराबरको रहेका प्रहरीले जनाएको छ।
 

अपडेट

आइटी प्रोफेसनलहरूले प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्डमा सोमबारसम्म आवेदन दिन सक्ने

प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२४ को आवेदन भदौ ३१ गते सोमबारसम्म आवेदन दिन सकिने भएको छ ।

के स्मार्टफोनबाट ब्रेन क्यान्सर हुन्छ ? यस्तो भन्छ डब्लुएचओको पछिल्लो प्रतिवेदन

मोबाइल फोनको बारेमा तपाईंले धेरै किसिमका कुराहरू सुन्नु भएको होला । धेरैले दाबी गर्छन् कि यसको प्रयोगले ब्रेन क्यान्सर हुन सक्छ…

३०औं वर्षमा प्रवेश गर्‍यो वर्ल्डलिंक

नेपालको सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स ३० औं वर्षमा प्रवेश गरेको छ । 

सोमबारबाट काठमाडौंमा ‘दिपल एक्सचेन्ज कार्निभल’ हुँदै, पूरानो गाडी दिपलका ईभीसँग साट्न सकिने

नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले ३१ गतेदेखि ३ असोजसम्म गैरीधारास्थित सिल्भरओकमा…

आन्टरप्रेनर आइसिटी अवार्डमा सोमबारसम्म आवेदन दिन सकिने, आईटी उद्यमीले यसरी दिन सक्छन् आवेदन

आन्टरप्रेनर आइसिटी अवार्ड २०२४ मा भदौ ३१ गते सोमबारसम्म आवेदन दिन सकिने भएको छ । 

स्मार्टदाइ एप सार्वजनिक, इलेक्ट्रिसियनदेखि क्लिनरसम्म घरमै बोलाउन सकिने

विभिन्न घरायसी तथा कर्पोरेट सेवाहरू प्रदान गर्नका लागि स्मार्टदाइ एप सार्वजनिक भएको छ । इलेक्ट्रिसियनदेखि क्लिनिङसम्मको सेवा प्रदान…

डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२४ मा सोमबारसम्म आवेदन दिन सकिने, यस्तो छ तरिका

डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२४ का लागि सोमबारसम्म आवेदन दिन सकिने …

क्लासिक टेकको इन्टरनेट रिफर गर्नेलाई ४ महिना र रिफर लिनेलाई २ महिना बोनस

देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिफर अफर अन्तरगत ‘तिमिलाई पनि मलाइ पनि अफर’ सार्वजनिक गरेक…

गुरुङ जातिको खेमा लिपि अब युनिकोडमा पनि लेख्न मिल्ने

तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् गुरूङ जातिको आधिकारिक लिपि ‘खेमा लिपि’लाई प्रविधिमैत्री बनाउन सफल भएको …

भोलि र पर्सी केईका ईभी गाडी टेस्ट ड्राइभ गर्न सकिने, सहभागीहरूलाई हात खाली नहुने उपहार

नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले भदौ २९ र ३० गते ‘एक्सपेरियन्स केई’ टेष्ट ड्रा…

गूगल सर्च रिजल्टमा अब लिंकको आर्काइभ पनि समावेश हुने

गूगल सर्च रिजल्टमा अब लिंकको आर्काइभ पनि समावेश हुने भएको छ । बुधबार गूगलले इन्टरनेट आर्काइभसँगको सहकार्यमा नयाँ अप…

डोल्मा इम्प्याक्ट फण्डले घोषणा गर्‍यो जलवायु कोष

आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा डोल्मा इम्प्याक्ट फण्ड जलवायु कोषको घोषणा गरेको छ । मंगलबार ह्यात रिजेन्सीमा आफ्नो १० औं वार्षिको…

इन्द्रजात्राको रथ कहाँ आईपुग्यो ? गल्ली म्याप्सबाटै लाइभ लोकेसन थाहा पाइने

गल्ली म्याप्सले इन्द्रजात्राको लाइभ लोकेसन देखाउने भएको छ । काठमाडौं उपत्यकाको ठूलो जात्राको रूपमा परिचित इन्द्रजात्राका लागि गल्ली…

कोशी प्रदेशबाट पहिलो पटक अस्थायी स्मार्ट लाइसेन्स वितरण

कोशी प्रदेशमा ट्रायल पास गरेलगत्तै सवारी अनुमतिपत्र पाइने भएको छ । कोशी प्रदेशबाट पहिलो पटक अस्थायी अनुमतिपत्र वितरण सुरु गरिए…

एनसेलद्वारा ठाकुरापुर कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

एनसेलले प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत गत हप्ता कपिलवस्तुको बाणगंगा नगरपालिका, वडा…