अपडेट
डेलसन्स एशोशिएसट्सको सेवा नेपालमा सुरू
डेलसन्स एशोशिएसट्स युएईले नेपालमा आफ्नो सेवा सुरू गरेको छ । शुक्रबार काठमाडौंको म्यारियट होटलमा एक कार्यक्रम गर्दै डेलसन्स एशोशिएसट्सले नेपालमा सेवा सञ्चालन गरेको जानकारी दिएको हो ।
संयुक्त अरब इमिरेट्सको डेलसन्स एशोशिएसट्सले दक्षिण एशियाका वाणिज्य बैंकहरूलाई स्थानीय र अन्तर्राष्ट्रिय वित्तीय कानुनहरू कार्यान्वयनमा सहजीकरण गर्न नेपालमा सेवा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा डेलसन्स एशोशिएसट्सले नेपालका बैंक तथा वित्तीय संस्था लगायत अन्य सरोकारवालाहरूसँग सेवा उपलब्ध गराउने सम्झौता गरेको छ ।
त्यसैगरी कार्यक्रममा डेलसन्सले नेपालमा फ्रिल्यान्सर संघ स्थापना गर्न नेपाल इन्टरनेट फाउन्डेसनसँग एमओयुमा हस्ताक्षर समेत भएको छ ।
नेपाल र मध्यपूर्वमा डिजिटल फ्रिल्यान्सरका लागि इकोसिस्टम र रेमिट्यान्स च्यानल प्रवर्द्धन गर्न सघाउने समेत कम्पनीको भनाइ छ ।
डेलसन्स एशोशिएसट्स युएईका अध्यक्ष इब्राहिम अमीनले विश्वव्यापी वित्तीय प्रणाली अन्तर्गतका नियम तथा कानुनहरूको कम्प्लाएन्स सिस्टमलाई बलियो बनाउन नेपालमा सेवा विस्तार गरेको बताए ।
यस्तै नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले अर्थतन्त्रको द्रुत विकासका लागि इन्टरनेट अपरिहार्य भएको बताए ।
उनले अगाडि भने, ‘नेपालमा डिजिटल वित्तीय प्रणाली आवश्यक छ । तर साइबर सुरक्षा र साइबर अपराधका लगायतका चुनौतीहरू सम्बोधन गर्न पनि उत्तिकै महत्त्वपूर्ण छ ।’
त्यसैगरी डेलसन्स एशोशिएसट्स युएईका सीईओ तुफैल अहमद खानले डेलसन्स एशोशिएसट्सको वित्तीय विज्ञताले नेपालको दिगो र फ्रिल्यान्सिङ ल्यान्डस्केपको विकासमा टेवा पुग्ने बताए ।
अपडेट
मधेश र गण्डकी प्रदेशमा एनसेलको फोरजी सेवा थप सुधार
आफ्नो फोरजी सेवाको गुणस्तर अझै सुधार गर्ने कामलाई तिब्रता दिदै एनसेलले मधेश र गण्डकी प्रदेशका विभिन्न जिल्लाका स्थानिय स्तर र क्षे…
फ्रिल्यान्सर संघ स्थापना गर्न नेपाल इन्टरनेट फाउन्डेसन र डेलसन्स एशोशिएसट्सबीच सम्झौता
डेलसन्स एशोशिएसट्स युएईले नेपालमा आफ्नो सेवा सुरू गरेको छ । शुक्रबार काठमाडौंको म्यारियट होटलमा एक कार्यक्रम गर्दै डेलसन्स एशोशि…
नागरिकको एउटै विवरण एक पटक भन्दा बढी लिन नपाइने व्यवस्था कानुनमै गर्छौः सीईओ विष्ट
विद्युतीय सुशासन आयोगका सीईओ दिपेश विष्टले नागरिकले एउटै विवरण पटक पटक दिनुपर्ने समस्या हटाउने बताएका छन् ।
आगामी वर्षदेखि सबै प्रदेशका सरकारी निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागु हुने
आगामी वर्षदेखि सबै प्रदेशका सरकारी निकायमा डिजिटल हस्ताक्षरसहितको एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागु हुने भएको छ । …
जेनेस सोलुसनले नाइजेरियामा खोल्यो कार्यालय
बेलायतमा मुख्यालय भएको सूचना प्रविधि सम्बन्धी सेवाप्रदायक परामर्शदाता कम्पनी जेनेस सोलुसनले नाइजेरियामा आफ्नो कार्यालय खोले…
गूगलले सार्वजनिक गर्यो जेमिनाई एडभान्स, बार्डको नाम समेत परिवर्तन
गूगलले आफ्नो एआई टुल ‘जेमिनाई एडभान्स्ड’ सार्वजनिक गरेको छ । जेमिनाई एडभान्स्ड सार्वजनिक भएसँग…
आइफोन १६ मा ब्याट्रीको क्षमता बढ्ने
आइफोन १६ र आइफोन १६ प्रो म्याक्सको ब्याट्री विवरण बाहिरिएको छ । आइफोन १६ सिरिजमा ब्याट्रीको डिजाईन र क्यापेसिटीमा बढा…
दियालो टेक्नोलोजिज र जापानको सीटीआइबीच सहकार्य, खानेपानी क्षेत्रलाई थप अत्याधुनिक गरिदैँ
खानेपानीको क्षेत्रमा प्रविधि प्रयोग गरि अत्याधुनिक सेवा दिँदै आएको दियालो टेक्नोलोजिज प्रालि र जापानको सीटीआइ इन्जिनियरिङ …
बिहीबारदेखि सुरू भएको एस पावर क्यान इन्फोटेकमा के के छन् अफर ?
बिहीबारदेखि काठमाडौंमा भृकुटिमण्डपमा एस पावर क्यान इन्फोटेक सुरू भएको छ । पाँच दिनसम्म चल्ने मेलामा सूचना तथा सञ्चार प्रविधिसँ…
सुरक्षण मुद्रणको काम निजी क्षेत्रलाई नदिइने
सुरक्षण मुद्रणको काम निजी क्षेत्रलाई नदिइने भएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि सम…
सुरक्षित इन्टरनेट दिवस २०२४ सम्पन्न
“टुगेदर फर ए बेटर इन्टरनेट'' भन्ने नाराका साथ नेपालमा ६ फेब्रुअरी २०२४ मंगलबार सुरक्षित इन्टरनेट दिवस २०२४ मना…
सूचना प्रविधिको विकासका लागि निजी क्षेत्रसँग साझेदारी आवश्यकः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताएकी छिन् …
सुरू भयाे २९ औं संस्करणको एस पावर क्यान इन्फोटेक
२९ औं संस्करणको एस पावर क्यान इन्फोटेक बिहीबारदेखि सुरू भएको छ । मेला माघ २५ देखि २९ सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हु…
एनसेलको डबल मजा प्याक, बोनसको रूपमा डबल डेटा पाइने
एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न सक्छन् । ग्राहकहरुले एकदम…
ब्रदरका नेक्स्ट जेनेरेसन प्रिन्टर, कपी र स्क्यानर नेपालमा सार्वजनिक
प्रसिद्ध जापानी ब्रान्ड ब्रदरले नेपालमा व्यावसायिक प्रायोजनका लागि नयाँ प्रिन्टर, कपी र स्क्यानर मेसिन सार्वजनिक गरेको छ …