कीवर्डहरू -

अपडेट

मोफसलबाट सफ्टवेयरको क्रान्ति गर्दै डाइनामिक टेक्नोसफ्ट

१२ वर्ष अगाडि वीरगञ्जमा दीपक साहको स्कुल पढ्दाको समयमा स्कुलमा न डिजिटल हाजिरी गर्ने सिष्टम थियो न त स्कुलमा कम्प्युटरमा हिसाब किताब राख्‍ने कुनै तौर तरिका। उनको स्कुलमा सधैं रजिष्टरमै हाजिरी हुन्थ्यो।

स्कुलबाट घर आउँदा बुवाले कम्युटर अपरेटरका काम सुनेर उनी छक्क पर्ने गर्दथे। उनी सोच्दथे, ‘बुवाको जस्तै कम्प्युटर चलाएर स्कुलमा हाजिरी गर्न पाएको भए कस्तो हुन्थ्यो होला रु१’ नभन्‍दै उनको रुची कम्प्युटर तर्फबढ्दै गयो ।

नभन्‍दै उनी एसएलसीपछि वीरगञ्जमै ३ वर्ष लगाएर स्कुल सँगै पढेका साथी सचिन साह सँगै  डिप्लोमा इन सफ्टवेयर इन्जिनियरिङको कोर्ष गरे। त्यसपछि स्कुलमा अनलाइनमार्फत स्कुलको सबै काम गर्न सकिन्छ भनेर उनीहरुले सोच्न थाले।

कम्प्युटरमा सफ्टवेयर कोर्ष सिकेपछि उनले सुरूमा त स्कुलको लागि उनी र सँगै पढ्ने साथी सचिन साह अनलाइन सिष्टम तयार पारे र स्कुलमा देखाए। उनले तयार पारेको त्यो सफ्टवेयरले स्कुललाई केही सहज बनाइदियो। त्यसपछि दीपक, सचिन र अर्जुन मिलेर अफिस खोले जसको नाम राखे डाइनामिक टेक्नोसफ्ट ।

\"\"

दीपक भन्छन्, ‘हामीले सुरूमा स्कुलमा म्यानेजमेन्ट सफ्टवेयर बनाएर दियौं। त्यो नै हाम्रो पहिलो प्रडक्ट थियो। त्यसपछि लगातर सबैले स्कुलले बनाइदिनुस् भनेर भन्न थाले।’

यो डाइनामिक टेक्नोसफ्टमार्फत पहिला त चिनाजानकै साथीबाट काम लिन थाले । त्यसपछि सुरू भयो सफ्टवेयर क्रान्तिको दुनियामा उनीहरुको करियर। दिपकले वीरगञ्जमै रहेको वीरगञ्ज उद्योग वाणिज्य संघको सफ्टवेयर बनाउने जिम्मा पाए । उनको कम्पनीले थप उचाइ पायो। विस्तारै स्कुल र विभिन्न संघसंस्थाको वेबसाइटहरु बनाउँदै जाँदा जनसम्पर्क बढ्न थाल्यो । वीरगञ्जमा उनको सफ्टवेयर कम्पनीको नाम चुलिन थाल्यो सफ्टवेयरमा नयाँ नयाँ विकास र क्रान्तिहरु गर्न थप शाखा विस्तार गर्न प्रोत्साहन गर्‍यो।

उनी भन्छन्, ‘ मैले अब वीरग्ञजमा मात्रै डाइनामिक कम्पनीलाई सीमित राख्न सकिन र यसको कर्पोरेट अफिस देशको संघीय राजधानीमा पनि शाखा बनाउन पर्छ भनेर काठमाडौंमा शाखा खोल्ने निर्णय गरे।’

काठमाडौंमा शाखा विस्तार गर्दा सुरूमा काम पाउन निक्कै चुनौतीहरु झेल्नु पर्‍यो उनलाई। मुख्य कुरा त उनलाई कर्पोरेट हाउसहरुले न त विद्यालयहरु कसैले पत्याएनन् । उनी हार मानेनन् । उनी भन्छन्, ‘तर मैले आफूलाई सम्हाले र अगाडि बढिरहे।’  भनिन्छ नि ‘तिमी चिताउ, म पुर्‍याउँछु।’

दीपकले यस्तै चिताउँदै गए र सफ्टवेयरको क्षेत्रमा काठमाडौंबाट पनि विस्तारै क्रान्तिको दीप बाल्दै गए डाइनामिक टेक्नोसफ्टमार्फत।

स्कुलदेखि कर्पोरेड हाउससम्मको इआरपी सफ्टवेयर

सचिन र उनको टीमले काठमाडौका कर्पोरेट हाउस र स्कुलहरुमा विस्तारै कामको माध्यमद्वारा मन जित्दै गए ।  उनीहरुको सोच्ने तरिका र काम गर्ने शैली नै काठमाडौंका ठूला कर्पोरेट हाउसहरुको आकर्षण बन्यो। त्यही कारण नेपाल सरकारका विभिन्न निकाय, दुगड ग्रूप, डावर नेपाल, गोदावरी ग्रूप, हुलास स्टिल, एशियन थाई फुड्सलगायत झण्डै २० वटा ठूला कर्पोरेटरउद्योगले डाइनामिकका एकाउन्टिङका इआरपी सफ्टवेयर प्रयोग गरिरहेका छन् ।

‘दुगड ग्रुपले भित्री तहमा पनि हाम्रो सफ्टवेयर नै चलाउनुहुन्छ भने टाटा हिटाची, महिन्द्रा, भस्वा लगायतले देशभर हाम्रै सफ्टवेयर प्रयोग गर्नुहुन्,’ उनी भन्छन्, ‘ शारदा ग्रुपको एसियन थाइ फूड्स भन्‍ने छ, उहाहरुले पनि नेपाल भरी नै एकाउन्ट इआरपी सफ्टवेयर चलाउनुहुन्छ।’

यस्तै देशभरका विद्यालयलाई डिजिटलाइज गर्नुपर्छ भन्ने सोचले उनीहरुले धेरै समय र लगानी विद्यालयको एकाडेमिक सफ्टवेयरमा गरेका छन् ।

डाइनामिक एकेडेमिक इआरपी र यसको मोबाइल एप अहिले देशभरका १५ सय बढी सरकारी तथा निजी विद्यालयले प्रयोग गरिरहेका छन्, जसमा एकाडेमिक म्यानेजमेन्ट, एक्जामिनेशन म्यानेजमेन्ट, एकाउन्ट सिष्टम, इन्भेन्टरी, बायोमेट्रिक इन्ट्रिगेशन, इमेलरएसएमएस इन्टिग्रेशन, बारकोड र क्यूआरकोड तथा एप सीएमएस सिष्टम रहेका छन् ।

\"\"

पछिल्लो आधुनिक समयमा सबै विशेषता र प्रयोग गरेर उनीहरुले बनाएको यो सफ्टवेयर बजारका अन्य सफ्टवेयरभन्दा उत्कृष्ट रहेको दाबी गर्दछन् । उनी भन्छन्, ‘देशभरका सरकारी तथा प्रभाइभेट स्कुलहरुले हामीले बनाएको एकाडेमिक इआरपी सफ्टवेयर प्रयोग गरिरहेका छन् ।’

देशदेखि विदेशसम्म शाखा विस्तार

डाइनामिक टेक्नोसफ्ट मोफसलबाट सुरूवात गरेपनि उसले देशदेखि विदेशसम्म आफ्नो शाखा विस्तार गरिरहेको छ। वीरगञ्जमा मुख्य अफिस रहेको छ भने काठमाडौंमा कर्पोरेड अफिस राखिएको छ ।

यस्तै कम्पनीले इटहरी, बुटवल र पोखरामा क्षेत्रीय कार्यालय खोलेर स्कुल, कलेज र कर्पोरेट हाउसहरुलाई आवश्यक पर्ने सफ्टवेयरहरु प्रदान गरे उनीहरुको कामलाई सहज, सरल र भरपर्दो रुपमा सघाइरहेको छ ।

यस्तै कम्पनीले भारत नयाँ दिल्लीमा एप्टेकसँग मिलेर डाइनामिक काम गरिरहेको छ । साथै विस्तारै जापानमा पनि विस्तारै शाखा विस्तार गर्ने योजना रहेको कम्पनीका संस्थापक दीपक बताउँछन् ।

देशविदेशमा समेत गरेर डाइनामिक सफ्टवेयर कम्पनीमा ८० जनाभन्दा बढीले रोगजारी पाएका छन् भने डाइनामिक ग्रूपमा करिब २ सय जनाले रोगजारी पाएका छन् ।

१२ वर्षको संघर्षको दौरानमा सयौं संघसस्था तथा स्कुलकलेजहरु डाइनामिकका नियमित ग्राहकहरु छन् । सफ्टवेयर बनाएर बेचेर मात्र हुँदैन, सपोर्ट र अपग्रेड निरन्तर चाहिन्छ भन्ने सोचका साथ अगाडि बढेका नै उनीहरु आफ्नो सेवामा अब्बल ठहरिरहेका छन् ।

इमानदार भएर निरन्तर मेहनत गरेमा सफलता हात पर्छ भनेझै भएको छ उनीहरुको जीवनमा । सुरुवाती दिनमा सफ्टवेयर भनेर समेत बुझाउन कठिन बजार अहिले यो आवश्यक्ताको विषय रहेछ भन्दै खोज्न थालेको छ ।

संघ र महासंघको लागि नयाँ सफ्टवेयर

यस्तै कम्पनीले हालै मात्र नयाँ वर्षमा संघरमहासंघ तथा सस्थाहरुलाई लक्षित गरेर अर्गनाइजेशन सिष्टम म्यानेजमेन्टर बनाएको छ । पहिले च्याम्बरलाई मात्रै लक्षित गरेर सफ्टवेयर बनाए पनि अहिले त्यसलाई विस्तृतमा फैलाएर शाखा, उपशाखसमेत एउटै ठाउँमा राखेर हेर्न मिल्नेगरी सफ्टवेयर तयार पारेको कम्पनीका संस्थापक दिपक साह बताउँछन् ।

\"\"

उनीभन्छन्, ‘ कम्पनीले पहिला च्याम्बरलाई लक्षित गरेर सफ्टवेयर बनाएको थियो। तर अहले त्यही सफ्टवेयरलाई फराकिलो बनाएर संघ वा महासंघको केन्द्रीय कार्यालयदेखि क्षेत्रीय वडासम्म सबै एकै ठाउँमा अट्ने गरी सफ्टवेयर बनाएका छौं। यसले डाटा इन्टिग्रेटेड रुपमा हर्न मिल्छ। ’ यसले प्याब्सन, इन्जिनिर एशोसिएशन, क्यान महासंघ, उद्योग वाणिज्य महासंघ लगायत एशोसिएशन र फेडेशनहरुलाई यो सफ्टवेयर महत्वपूर्ण हुने उनको दाबी छ ।

अब कुनै पनि संघ, संस्थाले एउटा जिल्ला, प्रदेशको संस्था वा शाखाको बारेमा केन्द्रमै बसेर यही सफ्टवेयर मार्फत जानकारी पाउन सक्‍ने उनको भनाइ छ ।

\"\"

कम्पनीले सप्टवेयर डेभलपमेन्ट, मोबाइल एप डेभलमेन्ट, वेब एप्लिकेशन डेभलपमेन्ट, बुल्क एसएमएस सर्भिस र डोमेन रजिष्ट्रेशन तथा वेब होस्टिङको काम पनि गर्दै आएको छ।

अपडेट

माइक्रोसफ्टले विन्डोजको आगामी भर्सनमा सुरक्षा र एआइलाई महत्व दिने

माइक्रोसफ्टले विन्डोजको आगामी भर्सनमा सुरक्षा र एआइलाई महत्व दिने भएको छ । यस भर्समा…

सबै पेशालाई सम्मान गर्न शिक्षकहरुले सिकाउनुपर्नेमा पठाओको जोड

पठाओ नेपालले शिक्षकले सबै पेशालाई सम्मान गर्न सिकाउनेमा जोड दिएको छ । ललितपुरको …

एसबी सोलुसन्स्द्वारा नबिल बैंकमा क्याड मोड्युल सफलतापूर्वक लाइभ

एसबी सोलुसन्स् प्रा. लिले नबिल बैंक लिमिटेडमा क्रेडिट एडमिनिस्ट्रेशन मोड्युल (क्याड म…

पृथ्वीबारे १० रोचक तथ्य

पृथ्वी करिब ४.५ बिलियन वर्ष पहिले निर्माण भएको हो । अस्तित्वको करौडौँ वर्ष बितिसक्दा पनि प्राणीहरुलाई जीवित राख्न सक्न…

आईएमई ग्रुपको मुख्य लगानी रहेको मोलाकाली केबलकारलाई प्रधानमन्त्रीले उद्घाटन गर्ने

मौलाकाली केबलकार प्रालिद्वारा प्रवर्द्धित मौलाकाली केबलकार यही वैशाख १८ गतेदेखि सञ्…

नेपालमै बनेका सवारीसाधन दर्ताका लागि कानुनी प्रबन्ध मिलाउन प्रधानमन्त्रीकाे निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि…

आइफोन-१५ सिरिजमा शक्तिशाली क्यामेरा राखिने

अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले यसवर्ष सार्वजनिक गर्ने आइफोन-१५ सिरिजमा अहिलेसम्मकै शक्तिशाली क्यामेरा राख्‍ने बताए…

मानिसको कपाल किन सेतो हुन्छ ?

अमेरिकी वैज्ञानिकले मानिसको उमेर बढेसँगै उसको कपाल फुल्ने वा सेतो हुने कारण पत्ता लगाएको दाबी गरेका छन् ।

सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयासमा छौं : सञ्चारमन्त्री शर्मा 

सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने …

आइएमई पेबाट इन्सुरेन्सको बीमा नवीकरण गर्दा सत प्रतिशतसम्म क्यासब्याक जित्ने मौका

“आइएमई पे” बाट अब घरमै बसी सहजै आफ्नो बीमा पोलीसी नवीकरण गर्न सकिने भएको छ । <…

महावीर पुन भन्छन्, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि वृहत जनआन्दोलन गरौं’

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका ल…

यात्रीले भन्यो, ‘विदेशिएका छैनौं, नेपालमै विश्वस्तरीय प्रडक्ट बनाउने भिजनमा प्रतिबद्ध छौं’

नेपालमा विद्युतीय मोटरसाइकल निर्माण गरेको यात्री मोटरसाइकलले संस्थापक पलायन भएको …

आइएमई पेबाट पहिलो पटक क्युआर भुक्त्तानी गर्दा २५ रूपैयाँ क्यासब्याक

डिजिटल वालेट आइएमई पेले पहिलो पटक क्युआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित …

आईएमई पेबाट कुन कुन केबलकारको टिकट काट्न सकिन्छ ?

आइएमई पे” बाट अब ग्राहकवर्गले देशका विभिन्न ठाउँमा स्थापित केबलकारको टिकट काट्न मि…

तुलसीपुरका किसानलाई ‘क्रेडिट कार्ड’

दाङ तुलसीपुर उपमहानगरपालिकाभित्रका किसानलाई ‘क्रेडिट कार्ड’ दिने गरी तयारी गरिएक…