कीवर्डहरू -

अपडेट

तिलिचो ताल क्षेत्रमा इन्टरनेट सेवा

विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालमध्ये एक तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ। हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यान दिँदै क्षेत्रमा  इन्टरनेट जडान गरिएको हो। 

पर्यटक आगमनका क्रममा उच्च स्थानमा लेक लागेर बिरामी पर्नसक्ने भएकाले सहज बनाउन इन्टरनेट जडान गरिएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए। उनका अनुसार तिलिचो ताल भ्रमणमा जाँदा आउँदा लेक लाग्नसक्ने सम्भाव्यतालाई सहज बनाउन वाइफाई जोडिएको हो। 

‘वाइफाई जडान गरिएपछि पर्यटक बिरामी पर्ने, हराउने समस्या न्यूनीकरण हुने अपेक्षा गरेका छौँ’, उनले भने, ‘इन्टरनेटको पहुँच पुगेपछि पर्यटकले यस क्षेत्रबाटै आफ्ना परिवार, साथीभाइलाई सम्पर्क गर्न सक्नेछन्।’ यसले गर्दा पर्यटकलाई नै इन्टरनेटको पहुँचमा रमाउन पाउने अवस्था बनेको उनले बताए। 

होटल व्यवसायी कर्म ढेण्डु गुरुङले पर्यटकलाई सहज बनाउन यहाँका पर्यटन व्यवसायी र होटल व्यवसायीको समन्वयमा इन्टरनेट सेवा सञ्चालन गरिएको बताए। ‘पर्यटकको आवश्यकता र चाहना पूरा गर्ने लक्ष्यअनुसार तिलिचो ताल क्षेत्रमा इन्टरनेट राखिएको छ, उच्च स्थानमा सकस हुन सक्ने भए पनि वाइफाइका माध्यमबाट पर्यटकले सहजरुपमा सम्पर्कमा आउन सक्नेछन्’, उनले भने। 

उच्च स्थानमा अवस्थित तिलिचो तालमा पुगेर टिकटक, रिललगायतका सामाजिक सञ्जालमा फोटो तथा भिडियो राख्ने वातावरण तयार भएको पर्यटन व्यवसायी बताउँछन्।पर्यटक आगमनको समय सुरु हुनासाथ इन्टरनेटको पहुँच पुर्‍याएर सहज बनाइएको व्यवसायी बताउँछन्। तिलिचो लेकमा पुगेपछि पनि होटल तथा पर्यटन व्यवसायीसँग समन्वय हुने र पर्यटकको स्वास्थ्य अवस्थाको जानकारी लिन सकिने व्यवसायी गुरुङले बताउनुभयो । यसले गर्दा पर्यटक बिरामी परेको अवस्थामा समयमा नै उद्धार गर्न सकिने उनको भनाइ छ। 

मनाङमा पर्यटक आगमन बढ्दै गएको छ । विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन्। मनाङका विभिन्न हिमाल एवं चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन्। रासस

अपडेट

कोड फेस्ट २०२३ सम्पन्न, सुदूरपश्चिमको नास्ट टिम बन्यो विजेता

कोड फर चेन्ज द्वारा आयोजित नेपालकै ठूलो भनिएको ह्याकथन कोडफेस्ट २०२३ काठमाडौंमा स…

आईतबार सार्वजनिक हुँदै महावीर पुनको जीवन कथामा आधारित पुस्तक, अनलाइनबाटै अर्डर गर्न सकिने 

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको जीवन कथामा आधारित पुस्तक अनलाइनबा…

२४औँ वार्षिकोत्सवको अवसरमा पुराना ग्राहकको इन्टरनेट निःशुल्क अपग्रेड गर्दै भायानेट

भायानेटले २४ औँ वार्षिकोत्सवको अवसरमा विशेष वार्षिकोत्सव अफर घोषणा गरेको छ । यस अ…

नेटा भीको एक्स्चेन्ज क्याम्प आयोजना हुँदै, असोज २८ गतेसम्म सञ्चालन हुने

सिजि मोटर्सले पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा भी लिन इच्छुकहरुका लागि आश्विन २४ …

वर्ल्डलिंकका ग्राहकहरुका लागि खल्ति तथा सामसङको उत्कृष्ट चाडपर्व अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका ग्राहकले सामसङ ब्रान्डका विद्युतीय सामग्री …

इजरायल–हमास युद्धमा यसरी हुँदैछ क्रिप्टोकरेन्सीको प्रयोग

इजरायल र हमासबीच चलिरहेको युद्ध चलिरहेको छ । यो युद्ध गोला बारुदले मात्र लडिएक…

काठमाडौं विश्वविद्यालयमा बनेको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको भवन उद्घाटन

कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका)मार्फत् दक्षिण कोरियाली सरकारको अनुदानमा…

नेपाल टेलिकमको अटम अफर, १३ रूपैयाँमै १२ घण्टासम्म अनलिमिटेड कुराकानी गर्न पाइने

नेपाल टेलिकमले अटम अफर उपलब्ध गराएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डा…

लक्ष्मी सनराइज बैंकको दशैं योजना, मोबाइल बैंकिङबाट टिकट काट्दा क्यासब्याक

नेपालीहरुको महान् चाड दसैँलाई लक्षित गरी विभिन्न अफरहरूसहित लक्ष्मी सनराइज बैंकले …

अरोरा र अन्डरडग टेक अवार्डको आवेदन खुला, महिला टेक संस्थापकहरुले आवेदन दिन पाउने

महिला टेक संस्थापकहरुलाई लक्षित गरिएको अरोरा टेक अवार्ड र अन्डरडग टेक अवार्डको आवे…

हाम्रो पेको क्यूआर स्क्यान गरेर भुक्तानी गर्दा ‘कोइली’ कराउने

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट हाम्रो पेबाट भुक्तानी गर्दा अब 'कोइ…

फोनपेबाट एयरलाइन्सको टिकेट काट्दा म्याकबुक एयर जित्ने मौका

नेपालको अग्रणी भुक्तानी प्रणाली संचालक फोनपेले फोनपे सुपरयात्रा नामक अभियान संचाल…

एप्पलले हरेक वर्ष किन ल्याउँछ नयाँ आईफोन ?

एप्पलले हरेक वर्ष आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ आईफोन ल्याउँछ । केही समय अगाडि म…

डिशहोमका ग्राहक राईले जिते एक लाख नगद

‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ०२५६४१९५२९६ क्यास आईडीका ग्रा…

सामसङको मोबाइल वा ट्याबलेट किन्दा स्कुटर जित्ने मौका 

‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै’ दशैं कन्जुमर प्रमोसन योजनाका ९ जना भाग्यशाली…