कीवर्डहरू -

अपडेट

ललितपुर महानगरका घरहरू अब \'मेट्रिक\' ठेगाना प्रणालीमा

ललितपुर महानगरका ६० हजार नौ सय ८८ घर मेट्रिक ठेगाना प्रणालीमा प्रविष्ट भएका छन् । ललितपुर महानगरभित्रका सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण सम्पन्न समेत भएको छ ।

भौगोलिक सूचना प्रणाली (जीआईएस) अधिकृत उत्तम काकीले महानगरपालिकाका २९ वटै वडाका ६० हजार नौ सय ८८ घरलाई सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण गरिएको जानकारी गराए ।

२०७४ सालमा सम्पन्न दोस्रो नगरसभाले सडक सञ्जाल तथा मेट्रिक ठेगाना प्रणाली अनुसार घर नम्बर वितरण गर्ने निर्णय गरेको थियो ।

अब ललितपुर महानगरमा तपाईंले भेट्न चाहेको व्यक्तिको घर नम्बर र सडकको नाम थाहा पाउनुभयो भने  ललितपुर महानगरभित्रको घरमा तपाई सजिलै पुग्न सक्नु हुन्छ।

महानगरभित्र एकल बसोबास, संयुक्त आवास, व्यावसायिक भवन, कार्यालय तथा संस्था, मठमन्दिर लगायत सम्पूर्ण स्थायी तथा अस्थायी संरचनासहित ९१ हजार तीन सय ९९ संरचना तथ्याङ्कमा रेकर्डु भएका छन् । 'हामीले स्थायी संरचना र बसोबास भएका घरलाई मात्रै घर नम्बर वितरण गरेका छौँ। अस्थायी संरचना रेकर्डमा मात्रै छन्,'अधिकृत कार्कीले भने ।

महानगरका २९ वडामध्ये सबैभन्दा बढी वडा नं १४ मा तीन हजार आठ सय ९३ घरमा रहेका छन् भने सबै भन्दा कम वडा नं १ मा एक हजार एक सय ३५ घर रहेका छन् ।

घर नम्बर वितरणसँगै महानगरभित्रका एक हजार दुई सय ८५ मुख्य सडकको नामाकरण गरेर मेट्रिक प्रणालीमा समावेश भएको उनले बताए । महानगरभित्र सबै सडक तथा खण्ड सडकको सङ्ख्या नौ हजार नौ सय २० रहेको जनाइएको छ ।

महानगरले नगरपालिकाभित्र सुशासन कायम गर्दै प्रदान गरिने सेवा सुविधालाई व्यवस्थित गर्न भौगोलिक सूचना प्रणालीमा आधारित घर नम्बर वितरण भएको बताइएको छ ।

महानगरप्रमुख चिरीबाबु महर्जनले भने, 'यो स्मार्ट सिटीको मुख्य आधारतत्व हो । यसबाट महानगरले उठाउने राजस्व समयमै उठाउन सहज हुनेदेखि नगरवासीले पाउने सेवा सुविधासम्म समयमै प्रदान गर्न सहज हुन्छ।'

सडक सञ्जालमा आधारित घर नम्बर लागू गर्दा सडकको मुख्य चोकबाट दायाँतर्फ जोर नम्बर र बायाँतर्फ विजोर नम्बर प्रदान गरिएको छ । मुख्य चोकबाट नाप्न सुरु गरी घरको मूल चोकसम्मको दुरी जति हुन्छ, त्यसकै आधारमा नम्बर वितरण गरिएको अधिकृत उत्तम कार्कीले बताए।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले यो प्रणालीलाई व्यवस्थित गर्न र कार्यान्वयनलाई प्रभावकारी बनाउँदै आउने समस्या समाधान गर्न महानगरपालिकामा छुट्टै भौगोलिक सूचना प्रणाली (जीआईएस) युनिट स्थापना गर्ने जानकारी दिए ।

महानगरले एक वर्षभित्र सम्पन्न गर्नेगरी कार्ययोजना बनाएर २०७७ पुस २३ गते जियोस्पासियल सिस्टम प्रा लि, नेष्ट प्रालि र इन्डोभेटिभ कन्सर्न प्रालिसँग सम्झौता गरेको थियो। कोरोना महामारीको कारण समयमा काम सम्पन्न हुन नसकेपछि ६र६ महिना गरेर एक वर्षको अवधि थपेको थियो ।

सम्झौता अनुसार २०७९ पुस २२ गते सम्पन्न भएको परियोजनाको उपलब्धिसहितको विवरण जियोस्पासियल सिस्टम प्रालि नेष्ट प्रालि र इन्डोभेटिभ कन्सर्न प्रालिका प्रतिनिधिले बुधबार ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेका हुन्।

अपडेट

नेपालगञ्ज विमानस्थलमा डिजिटल प्रणाली

बाँकेको नेपालगञ्ज विमानस्थलमा मौसमको जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइ…

पावर लिटरबाटै खेत जोत्छन्, ड्रोनबाट मल छर्छन् किसान

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका चेतराज चौधरी लामो समयदेखि कृषि पेस…

एनएमबी बैंकको नयाँ अफर, पैसा ट्रान्सफर र डेबिट कार्ड जारी निःशुल्क

एनएमबी बैंकले दुई आकर्षक अफरहरू घोषणा गरेको छ। अफर अन्तर्गत ग्राहकहरूले इ-एनएमबी …

गोडरेजको नयाँ इन्भरटर एसी नेपालमा, ९९.९ प्रतिशतसम्म किटाणु नष्ट गर्ने

गोडरेजले नयाँ इन्भरटर एअर कन्डीसनर (एसी) नेपाली बजारमा सार्वजनिक गरेको छ । गोडरे…

इसेवाबाट जीवन बीमा नविकरण गर्दा ५० हजारसम्म जित्न सकिने

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत लाइफ इन्स्योरेन्स्को नविकरण…

बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट

स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरी सामान खरिदको भुक्तानीमा छुट अफर सार्वजनिक …

१ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ ल्याउँदै डिशहोम 

डिश मिडिया नेटवर्कले आईपीओ जारी गर्ने भएको छ । डिशहोमले शेयर कित्ता बढाएर आईपीओ …

धनगढी उपमहानगरका फोहर संकलन गर्ने गाडीमा जीपीएस जडान 

धनगढी उपमहानगरपालिकाले फोहर संकलन गर्ने दुई वटा गाडीमा लुना जीपीएस जडान गरेको …

९७० बाट सुरू हुने मोबाइल नम्बरमा ओटीपी आउने व्यवस्था गर्न प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले ९७० बाट सुरू हुने मोबाइल नम्बरमा ओटीपी, साइन अप, भुक्…

समाज डेण्टलका कर्मचारी र ग्राहकलाई सनराइज क्यापिटलको निःशुल्क डिम्याट सुविधा  

सनराइज क्यापिटल लिमिटेड र समाज डेण्टल हस्पिटलबीच सहकार्य गर्ने सम्बन्धमा आज द्धिपक्षीय…

गूगल म्यापको हिस्ट्री डिलिट गर्ने तरिका

आजभोलि गूगल म्याप हामी धेरै प्रयोग गर्न थालेका छौँ । कतै जानुपर्‍यो भने नक्सा हेर्न…

बुटवलमा पहिलो रक्त सङ्कलन मोबाइल एम्बुलेन्स सञ्चालन

बिरामीको उपचारका लागि रगतको माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपल्ट आजद…

आइएमई पेबाट पानीको बिल तिर्दा १० प्रतिशत छुट, बिजुलीको भुक्तानीमा सेवा शुल्क नलाग्ने

आइएमई पेले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ । अफर असार १७…

नेपाल रेमिटबाट पठाएको रेमिट्यान्स सिधैं नबिल बैंकमा खातामा पाउन सकिने

विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालि …

डिजिटल वालेट माई पेले एसईई पास भएका विद्यार्थीलाई छात्रवृत्ति दिने 

डिजिटल वालेट माई पेले एसईई पास भएका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । माइ प…