कीवर्डहरू -

अपडेट

सिड्स फर द फ्युचर समिटमा नेपालबाट चार जना सहभागी

डिजिटल कुशलतालाई सुदृढ पार्न ह्वावे, आसियान फाउन्डेसन र दक्षिणपूर्व एशियाका शिक्षा मन्त्रीहरूको संगठन (सीमइयो) ले ‘सिड्स फर द फ्युचर समिट-२०२३’ को आयोजना गरेको छ ।

ह्वावेको पहलमा एशिया-प्रशान्त क्षेत्रमा समावेशी डिजिटल प्रतिभा वृद्धिको लागि’कनेक्ट, कल्टिभेट, कन्ट्रीब्युट फर इन्क्लुसिभ डिजिटल ट्यालेन्ट ग्रोथ इन एसिया प्यासिफिक’भन्ने नारालाई सार्थक बनाउन १९ एशिया प्यासिफिक देशका ९१ बहुप्रतिभाशाली सहभागीहरुले सिड्स फर द फ्युचर समिट-२०२३ मा भाग लिएका छन् ।

नेपालका चार विजेताहरु कुल १९ देशहरुबाट ९१ सहभागीहरुसंग सीड्स फर द फ्युचर समिट २०२३ मा सहभागी भएका छन् । यस शिखर सम्मेलनमा प्रविधि र सांस्कृतिक आदानप्रदान कार्यक्रम, ह्वावेको विश्व-स्तरीय अनुसन्धान र विकास केन्द्र र मुख्यालयहरूको भ्रमणका साथै परम्परागत र आधुनिकचीनको अनुभव समावेश छ ।

समिटको विषयवस्तुमा प्रकाश पार्दै ह्वावे एशिया प्यासिफिकका अध्यक्ष साइमनलिनले सिड्स फर द फ्युचर समिट आयोजना गरेको यो तेस्रो बर्ष भएको बताए । ‘हरेक वर्ष, हामी केहीनयाँ, थप साझेदारहरू सामेल भएसंगै यस कार्यक्रम फस्टाएको देख्न सक्छौ,’ उनले भने, ‘तथापि यसमा साझेदारी, प्रतिबद्धता र युवा सशक्तिकरण गरि तीन कुराहरू अपरिवर्तित छन् ।’

शिखर सम्मेलनको मुख्य भागको रूपमा, ह्वावे र अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू) ले एशिया-प्रशान्त क्षेत्रहरूमा डिजिटल सहकार्यका छ वटा प्रमुख क्षेत्रहरू- आईसीटी नीति र नियमन, संयुक्त अनुसन्धान, समावेशीपूर्वाधार, डिजिटल क्षमता निर्माण, युवती तथा युवा सशक्तिकरण र डिजिटल अभ्यास साझेदारीमा केन्द्रित रहदै संयुक्त घोषणा गरेका थिए ।

कार्यक्रम आसियान फाउन्डेसनका कार्यकारी निर्देशक डा. पिटी श्री संगनमको नेतृत्वमा प्यानल छलफल समेत भएको थियो । कार्यक्रममा नेशनल युनिभर्सिटी अफ सिङ्गापुरका विज्ञहरू, ह्वावे र सिड्स फर द फ्युचरका प्रतिनिधिहरू सम्मिलित प्यानलले डिजिटल सीपहरू प्रयोग गरेर यस क्षेत्रकाभविष्यका नेतृत्वकर्ताहरुको डिजिटल कौशलको उपयोग गर्दै क्षमताअभिवृद्धि गर्ने र आजीवनयी कौशलको उपयोग गर्ने तरिकामागहिरो प्रकाश परेको थियो ।

यो प्रतिभा शिखर सम्मेलन, चीनको शेन्जेन र डोङगुआनमाह्वावेको क्याम्पसको भ्रमणमा लगिएका ९१ विद्यार्थीहरूका लागि अद्भुत अनुभवको विस्तार हो । त्यहाँ, तिनीहरूले सूचना सिद्धान्त, डिजिटल शक्ति, अटोमोबाइलप्रविधिहरू र साइबर सुरक्षा जस्ता क्षेत्रहरूमा अद्वितीय अनुभवप्राप्त गरेका थिए ।

आसियान १०, दक्षिण कोरिया, जापान, बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स, फिजी, सोलोमन टापुलगायतका देशहरूबाट सहभागीविद्यार्थीहरुलाई ह्वावे, आसियान फाउन्डेसन र आइटीयूद्वारा सामूहिक रूपमा चयन गरिएको थियो ।

सीड्स फर द फ्युचर

सीड्स फर द फ्युचर ह्वावेको पहलमा संचालित कार्यक्रम हो, जहाँ भविष्यका डिजिटल क्षेत्रका नेतृत्वकर्ताहरुलाई प्रविधि र अन्तर-सांस्कृतिकअनुभवहरूका साथै टेक फर गुड परियोजनाहरूमार्फत सामाजिक समस्याहरूलाई सम्बोधन गर्न सहयोग प्रदान गर्ने लक्ष्यका साथ संचालित रहेको छ ।


अपडेट

एनसेलद्वारा १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा बागमती करिडोर सडकमा वृक्षारोपण

एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यकामा हरिया…

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अफर सार्वजनिक

डि.टी.एच सेवा प्रदायक डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक …

अब भाइबरबाटै प्लेन टिकट र बसको टिकट काट्न सकिने

अब भाइबरबाटै प्लेन टिकट र बसको टिकट काट्न सकिने भएको छ । यसका लागि सस्तो टिकट्स र…

मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्न मस्कको न्यूरालिंकलाई अनुमति, कहिले सुरू होला परीक्षण ?

मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्न मस्कको न्यूरालिंकलाई अनुमति दिएको छ । अमेरिकाको…

एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ कार्यक्रम सम्पन्न

एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ (गो टु मार्क…

२ हप्तामा पुनः फर्कियो रूटिन अफ नेपाल बन्द, अब हेल्प पोष्टलाई पहिलो प्राथमिकता दिने   

नेपालको लोकप्रिय फेसबुक पेज रूटिन अफ नेपाल बन्द पुनः सञ्चालनमा आएको छ । बन्द भएको…

रिब्राण्डिङ भयो स्प्योरो एसएमएस, के के छन् नयाँ सुविधा ? 

नेपालको लोकप्रिय एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले आफुलाई रिब्रान्डिङ गरेको छ ।…

मिड रेन्ज स्मार्टफोनका लागि क्वालकमको नयाँ प्रोसेसर सार्वजनिक

चर्चित चिपसेट निर्माता कम्पनी क्वालकमले मिड रेन्ज स्मार्टफोनका लागि नयाँ प्रोसेसर ल्या…

नमस्ते पेको नयाँ अफर, नयाँ प्रयोगकर्ताले पूर्ण केवाईसी भर्दा ५० रूपैयाँ पाउने

डिजिटल वालेट नमस्ते पेले सबै प्रयोगकर्ताहरुलाई एउटै छानामा समावेश गर्ने उद्देश्यका …

एनएमबी बैंकको डिजी स्टेशन, नगद डिपोजिटदेखि क्लियरिङ चेक डिपोजिटसम्मको सुविधा

एनएमबी बैंकले डिजी स्टेशन सञ्चालनमा ल्याएको छ। बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने…

बीमा मध्यस्थकर्ताको अनलाइन परीक्षा संचालन, नतिजा सात दिने भित्र आउने

नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालनमा …

योग्यता नपुगेका शिक्षकले बीएससी सीएसआईटी पढाए कारबाही हुने

त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले योग्यता नपुगेका शिक्षकहर…

स्टोरेज बचाउन यसरी प्रयोग गर्नुहोस् गुगलको अटो अर्काइभ फिचर

यदि तपाई आफ्नो फोनको स्टोरेजको बारेमा चिन्तित हुनुहुन्छ भने, तपाईको लागि खुसीको ख…

सामसङको दसैँ अफर : ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै !’

सामसङ नेपालले दसैँ अफर ग्राहकमाझ ल्याएको छ ।  कम्पनीले ‘सामसङ मोबाइल च्याप्पै, स्कु…

भिभोको दशैं तिहार अफर, मोबाइल किन्दा छुट पाइने

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै भिभोले आफ्ना तीनवटा नयाँ स्मार्टफोनहरूमा दशै…