कीवर्डहरू -

अपडेट

आगामी असारसम्म वालेट र क्युआरमा अन्तरआवद्धता कायम गर्न राष्ट्र बैंकको निर्देशन

एक वालेटबाट अर्को वालेटमा रकम ट्रान्सफर गर्नसक्ने गरी विद्युतीय वालेटमा अन्तरआवद्धता कायम गर्नु पर्ने भएको छ ।

भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७९ जारी गर्दै  नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।

मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमार्फत कुनै बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट अन्य बैंक वित्तीय संस्थामा रहेको खातामा रकम ट्रान्सफर हुनसक्ने गरी उक्त उपकरणहरूमा अन्तरआवद्धता कायम गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ ।

यो सुविधा भएपछि एउटा वालेटबाट अरू वालेटमा रकम पठाउन सकिने छ । त्यस्तै नेपाल क्युआर स्ट्याण्डर्राइजेसन फ्रेमवर्क एण्ड गायडलाइन्स बमोजिम जारी भएका क्युआरमा अन्तरआवद्धता कायम गर्नुपर्नेछ ।

सोको लागि भुक्तानी प्रणाली सञ्चालकहरूले आफ्नो अक्वाइरिङ, र इस्यु एपीआई वा इन्टरफेस आफ्ना सदस्यहरूलाई उपलब्ध गराउनु पर्नेछ  ।

अन्तरआवद्धता कायम भएमा एउटै एपबाट अन्य नेटवर्कका क्युआर कोड पनि स्क्यान गर्न सकिने छ । नेपाल सरकारको कर, जरिवाना, दस्तुर, रजिष्ट्रेसन तथा सेवा शुल्क लगायतका भुक्तानी गर्ने गरी निश्चित संस्था तोकिएको अवस्थामा समेत त्यस्तो संस्थाले आफ्नो प्रणालीमा अन्य संस्थाहरूलाई निर्वाध पहुँच दिनु पर्ने राष्ट्र बैंकले बताएको छ । माथिका यी व्यवस्था २०८० असार मसान्तसम्म कार्यान्वयन गर्नुपर्नेछ ।


अपडेट

अब विदेशबाटै वालेटमा रेमिट्यान्स पठाउन सकिने 

भुक्तानी सेवा प्रदायकले अब रेमिट्यान्स (विप्रेषण) कम्पनीसँग सम्झौता गरेर वालेटमै रिम…

आईस्पानको २२ औं साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः पराजुली चयन 

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले २२ औ साधारण सभा सम्पन्न भएको छ । माघ …

क्रोमको इन्कोग्नीटो मोडलाई सुरक्षित बनाउन बायोमेट्रिक फिचर थप

क्रोमले इन्कोग्नीटो मोडमा वेबसाईट ब्राउज गर्दा थप सुरक्षा फिचर जोड्ने भएको छ । यसका …

संसारमै पहिलो पटक २४० वाटको चार्जिङ प्रविधि ल्याउँदै रियलमी

सबैभन्दा बढी विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले आफ्नो आउँदो फ्लागशिप स्मार्टफोनमा २…

रजन जयन्तीको अवसरमा फुटसल गर्दै दूरसञ्चार प्राधिकरण, सेवा प्रदायकहरूबीच प्रतिस्पर्धा हुने 

नेपाल दूरसञ्चार प्राधिकरणले २५ औं वार्षिकोत्सव ‘रजत जयन्ती’ को अवसरमा ‘नेपाल दूरसञ्…

इसेवा मनी ट्रान्सफरको ब्राण्ड हिरोमा दयाहाङ राई

नेपालको सबैभन्दा ठुलो डिजिटल रेमिट्यान्स् कम्पनी इसेवा मनी ट्रान्सफरले कलाकार दयाहाङ…

मेन्टरल्याब र लिडस्क्वार्डबिच रणनीतिक सहकार्य

मेन्टरल्याब र लिडस्क्वार्डबीच रणनीतिक साझेदारीका लागि सम्झौता भएको छ । गुणस्तरीय तथा…

एमबीएको परीक्षामा च्याट जीपीटी पास

च्याट जीपीटीले वार्टन प्रोफेसरले बनाएको एमबीएको परीक्षा पास गरेको छ । यो अन्वेषण प…

१४ र १७ सिट क्षमताका फोटोनको विद्युतीय भ्यान नेपालमा

एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोनको विद्युतीय भ्यान नेपालमा उपलब्ध छ। १…

घट्यो कनेक्ट आईपीएसबाट हुने सरकारी राजस्व भुक्तानीको कारोबार शुल्क

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कनेक्ट आईपीएका माध्यमबाट गरिने सरकारी राजस्व भुक्ता…

लोकस २०२३ सुरू, देशभरका विद्यार्थीका प्रोजेक्ट प्रदर्शनीमा 

१९ औं संस्करणको प्रविधि मेला लोकस सुरू भएको छ । आईतबारसम्म चल्ने उक्त मेलामा देशभर…