कीवर्डहरू -

अपडेट

लहानमा नयाँ एनसेल सेन्टर

एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्य सहित लहानको शहिद चोकमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एक कार्यक्रम माझ बिहीबार उक्त एनसेल सेन्टरको उद्घाटन गरेका थिए । आज देखि यो सेन्टर सबै ग्राहकलाई सेवा प्रदान गर्ने गरी पूर्ण रुपमा संचालनमा आएको छ ।

आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरुप स्थापना गरिएको यस नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् ।

यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।

“हाम्रो मुख्य उदेश्य भनेको आफ्ना ग्राहकहरुलाई  सेवाहरु मार्फत धेरै भन्दा धेरै लाभ सिर्जना गर्नु हो ।” जाब्बोरले भने, “लहानको यो नयाँ एनसेल सेन्टर ग्राहकलाई स्थानिय स्तरमा विश्वस्तरीय ग्राहक सेवाहरु प्रदान गर्ने हाम्रो प्रतिवद्धता बमोजिम संचालनमा ल्याइएको हो ।”

आइतबारदेखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजे देखि ५ः३० बजे सम्म यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ । यस अघि एनसेलले विगत १० वर्ष देखि लहानमा आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दैै आएको थियो ।

आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३४ वटा एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ ।

अपडेट

कुवेतको अल मुजैनी एक्सचेन्जबाट इसेवामा पैसा पठाउन सकिने

संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै विशिष्ट डिजिटल रेमिट्…

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाटै रेमिट्यान्स बुझ्न सकिने

एनआईसी एशिया बैंकले अब विदेशबाट आएको रेमिटेन्स रकम बैंकको मोबाइल बैंकिङ्ग एपमार्…

अलिबाबाका संस्थापकको नाम कसरी रह्‍यो ‘ज्याक मा’?

चिनियाँ अर्बपति तथा विश्व प्रसिद्ध अनलाइन सपिङ साइट अलिबाबाका संस्थापक ज्याक मा यति…

प्रेम गीत ३ अब डिशहोममा हेर्न सकिने 

नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेम गी…

सात महिनामा १८ लाख ४ सय ३१ विद्युतीय राहदानी वितरण

पछिल्लो सात महिनामा १८ लाख ४ सय ३१ विद्युतीय राहदानी वितरण भएका छन् । <…

नमस्ते पेका प्रयोगकर्ताले अब फोनपे क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने

नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपे र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पे…

एनओसी लिन लाइन लाग्नु पर्दैन्, मोबाइलमै प्राप्त हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले नो अब्जेक्सन लेटर (एनओसी) मोबाइलमै पाउने व्यव…

अहिले दैनिक १५ हजार राष्ट्रिय परिचयपत्र छापिइरहेका छन्ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रडण्ड’ले हाल दैनिक १५ हजारको संख्यामा राष्ट्रिय परिचयप…

एन बैंकको सुरुवातका लागि नबिल बैंकलाई इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

नबिल बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट पुरस्कृति भएको छ । एन …

अब अनलाइनबाटै नेपाली कांग्रेसको सदस्यता लिन सकिने 

अब अनलाइनबाटै नेपाली कांग्रेसको सदस्यता पाइने भएको हो । कांग्रेसको सदस्यता व्यवस्था…

अब नेपाली मुद्रामै फेसबुकमा विज्ञापन गर्न पाइने

अब फेसबुकमा नेपाली मुद्रामै विज्ञापन गर्न सकिने भएको छ । फेसबुकको मुल कम्पनी मेटा…

दूरसञ्‍चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यमा नवराज अधिकारी नियुक्त

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नि…

नयाँ आवधिक योजनामा डिजिटल डाटाबेस र ई-गभर्नेन्स मुख्य प्राथमिकतामा

हाल मस्यौदा निर्माणको चरणमा रहेको १६औँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२-२०८५/८६) ल…