अपडेट
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको नाममा व्यापक चलखेलको प्रयास, अनाधिकृतरूपमा संकलन गरिदै सफ्टवेयर र हार्डवेयरको विवरण
सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बर्सेनी हजारौ सरकारी तथा सामुदायिक विद्यालयहरुलाई शैक्षिक सुधारको लागि सूचना प्रविधि प्रयोगशाला तथा पुस्तकालय स्थापनाको लागि अर्बौ रकम खर्चदै आएको छ ।
केही वर्षदेखि सूरु भएको यस कार्यक्रममा २ अर्बभन्दा बढीको बजेट राखिएको छ । तर, यो कार्यक्रम प्रभावकारी नभएको भन्दै आलोचना हुने गरेको छ भने यस कार्यक्रमको लागि सामान खरिद गर्ने क्रममा ब्यापक चलखेल हुने गरेको पाइएको छ ।
भर्खरै प्राप्त एक सूचना अनुसार शिक्षा तथा मानवस्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरको नाम राखी सम्पुर्ण स्थानिय निकाय र विद्यालयमा इमेल मार्फत अनाधिकृत रुपमा हार्डवेयर र सफ्टवेयरको बारेमा जानकारी लिने प्रयास गरिएको छ ।
उक्त इमेलमा स्पेसिफिकेसन अनुसारको प्रडक्टहरु बजारमा उपलब्ध हुन नसकेको हुँदा स्पेसिफिकेसनमा केही संसोधन भएको कारण सफ्टवेयर खरिद गर्दा सफ्टवे्यरको सुपर एड्मिन शिक्षा तथा मानवस्रोत विकास केन्दलाई बुझाउनुपर्ने र केन्द्रले भेरिफाइ गरेपश्चात मात्र खरिद गर्नुपर्ने नियम रहेको जानकारी गराउदै एड्मिन पासवर्डसहित सम्पुर्ण विवरण बुझाउन एक आइपी एड्रेस उपलब्ध गराइएको छ । जबकी यो सूचना आधिकारिक रुपमा केन्द्रले गरेको नभई केन्द्रको नामबाट प्रविन बाबु भट्टराईले इमेल गरेका छन् ।
उक्त इमेलमा दिइएको आइपी एड्रेसबाट लगइन गर्दा CEHRD Product verification Form खुल्छ तर उक्त फारम कुनै आधिकारिक वेबसाइटमा लिंक छैन ।
यो किसिमको फारम शिक्षा तथा मानवस्रोत विकास केन्द्रले नराखेको निर्देशक तथा सूचना अधिकृत शुरेश कुमार जोशीले जानकारी दिए । उनीमार्फत विभागको शिक्षा शाखामा बुझ्दा पनि यो आधिकारिक इमेल नभएको र यसबारेमा अनुसन्धान गर्ने सम्बन्धित अधिकारीले जानकारी दिएका छन् ।
यस फारममा उपलब्ध गराएको शाखा अधिकृतको नाममा प्रविण बाबु भट्टराईको सम्पर्क नम्बरमा फोन गर्दा सम्पर्क हुन सकेन ।
अनाधिकृतरूपमा पठाइएको इमेलको स्क्रिनशट
यसरी अनाधिकृत रुपमा सूचना संकलन गर्नेगरी स्काम इमेल पठाइएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उक्त इमेलमा प्रयोग भएको आइपी डिजिटल ओसियन भारतमा होस्ट भएको छ ।
नेपालका सरकारी वेबसाइट तथा एप्लिकेशन नेपालभित्र सरकारी डेटा सेन्टरमा होस्ट गर्नुपर्ने पनि नियम रहेको छ । तर, यो कुनै किसिमले पनि आधिकारिक जानकारी नभई केही व्यक्तिको मिलेमत्तोमा सम्पूर्ण स्थानीय निकाय र विद्यालयमार्फत सफ्टवेयर र हार्डवेयरको जानकारी लिएर आफुहरुले सिफारिस गर्ने सामान खरिदको लागि प्रभावमा पार्ने अभिप्राय रहेको एक साइबर सुरक्षा विज्ञले बताए ।
कतिपय समाचारमा विद्यालयमा आवश्यक संरचना नै नभएको तर सामान खरिद गरेर प्रिन्सिपलको घरमा प्रयोग भएको, प्रयोगविहिन भएर बिग्रिएको समाचारहरु पनि आइरहेका छन् । यसबारेमा सरकारी निकाय मौन रहदै आएको छ । यसको अनुगमन प्राय शुन्य रहेको स्वंम विद्यालयहरु नै स्विकार गर्छन ।
आर्थिक वर्ष २०७९/८० को लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भदौ २९ गतेको निर्णय अनुसार विद्यालयको भौतिक पुर्वाधार विकास सहित प्रयोगशाला र पुस्तकालय स्थापनाको लागि सूचना सार्वजनिक गरेको थियो ।
उक्त सूचनामा छनौट भएका स्थानिय निकायका ३ हजार ४ सय ७५ विद्यालयहरुको नाम सहित स्पेसिफिकेसन सार्वजनिक गरिएको छ ।
सोही अनुरुप विभिन्न हार्डवेयर र सफ्टवेयर कम्पनीहरुले आफ्नो प्रडक्ट बिक्री गर्नेगरी सूचना जारी गर्ने, विभिन्न प्लाटफर्ममार्फत मार्केटिङ गर्ने गर्दै आएका छन ।
तर, केहि सिमित व्यत्तिहरुले ठुलो कमिसनको लागि विभिन्न कसिमले स्थानिय निकाय र विद्यालयलाई प्रभावमा पार्ने प्रयास गरिएको देखिएको छ ।
सरकारले शैक्षिक सुधारको निम्ति भनेर विद्यालयलाई एकसेट अनइनवान पिसी, मिल्टफङ्सन प्रिन्टर, एजकेशनल एभिआर सिस्टम, इन्टिग्रेटेड डिजिटल लाइब्रेरी तथा लर्निङ म्यानेजमेन्ट सिस्टम सहितको खरिदमा ६ लाख ५० हजारको बजेट छुट्याउदै आएको छ ।
केन्द्रले प्रकाशन गरेको सूचना अनुसार ३४७५ विद्यालयको लागि कुल रकम २ अर्ब २५ करोडभन्दा बढिको बजेट रहेको देखिन्छ ।
अपडेट
गूगलले सार्वजनिक गर्याे च्याटजीपीटी जस्तै आफ्नै एआई
गूगलले च्याटजीपीटी जस्तै आफ्नै एआइ बार्डलाई सार्वजनिक गरेको छ । च्याटजीपीटी एक विशा…
सफ्टवेरिका कलेज र जर्मन कम्पनीबीच साझेदारी, २ सय विद्यार्थीलाई नेपाल र जर्मनीमा आईटी रोजगारी दिने
सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई(कमर्स, काठमाडौंले जर्मन कम्पनी एआरआरटीएसएम जीएमबीएच…
क्यान इन्फोटेक अवलोकन गर्नेलाई आईएमई पेको निःशुल्क भिसा कार्ड
डिजिटल वालेट आईएमई पेले इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ अवलोकन गर्नेलाई निःशुल्क …
सूचना प्रविधिको विकासका लागि सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने सरोकारवालाहरूको जोड
काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महास…
महिलाकालागि नेपालकै सबैभन्दा ठूलो \'ह्याकिङ फर ह्युम्यानिटी ह्याकाथन\' आयोजना हुँदै
शिक्वल फाउण्डेसनले एनसेल ह्याकिङ फर ह्युम्यानिटी ह्याकाथन आयोजना गर्ने भएको छ । माघ …
ओसी ग्रुपले ल्यायो ‘मेरो डिस्काउन्टस्’ अनलाइन मञ्च
ओसी ग्रुपले सोमबारबाट सञ्चालनमा ल्याइएको ‘मेरो डिस्काउन्टस्’ एक मात्र स्थानीय अनलाइन…
सुरू भयो क्यान इन्फोटेक २०२३
इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एशोसियसन विथ डिशहोम फाइबरनेट मंगलबार अर्थात आ…
“राम्रो र सुुरक्षित इन्टरनेटको लागि साथसाथ” भन्ने नाराका साथ नेपालमा पनि सुरक्षित इन्टरनेट दिवस मनाइँदै
चाइल्डसेफनेटले आज अर्थात फेब्रुअरी ७ मा सुरक्षित इन्टरनेट दिवस मनाउँदै छ । बालबालि…
मंगलबारदेखि इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३
इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एशोसियसन विथ डिशहोम फाइबरनेट मंगलबारदेखि सुर…
पाकिस्तानमा अब विकिपिडिया नचल्ने
पकिस्तानले धर्मविरोधी कन्टेन्ट राखेको भन्दै विकिपिडियालाई ब्लक गरेको छ । पाकिस्तानी …
आइएमई पेको मन्थ अफ लभ अफर, कारोबार गर्दा स्मार्टफोन जित्ने मौका
आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ । अफर अनुसार आइएमई पे एपमा अफर अवध…
मंगलबार सुरक्षित इन्टरनेट दिवस मनाइँदै
“राम्रो र सुुरक्षित इन्टरनेटको लागि साथसाथ” भन्ने नाराका साथ माघ २४ गते मंगलबार न…
हल्ट प्राइज एट आईओईको ग्राण्ड फिनाले सम्पन्न, को भयो विजेता ?
युवा उद्यमीहरूका लागि सबैभन्दा ठूलो प्रतियोगिता हल्ट एट आईओई अनक्याम्पसको ग्रान्ड फिन…
टेलिकमले सुरू गर्यो फाइभजी परीक्षण
नेपाल टेलिकमले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको …
४९ रूपैयाँमा १ दिनका लागि टेलिकमको अनलिमिटेड डाटा र १०० मिनेट भ्वाइस
नेपाल टेलिकमले २९४ रूपैयाँ २० जीबी डाटा दिने भएको छ । आफ्नो १९ औं वार्षिकोत्सवको…