अपडेट
शत्रुले प्रहार गरेका रकेट आकाशमै नष्ट गर्ने इजरायलको ‘आईरन डोम’ प्रविधि, कसरी गर्छ काम ?
गत शनिबारदेखि इजरायल र हमासबीच युद्ध जारी छ । गत ७ अक्टोबरमा प्यालेस्टिनी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले इजरायलतर्फ करिब ५ हजार रकेट प्रहार गरेपछि दुई देशबीचको युद्ध जारी छ ।
हमासको आक्रमणपछि इजरायल सरकारले आइतबार युद्धको घोषणा गरेको थियो । हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तीमा ७०० जनाको मृत्यु भएको छ ।
हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४१३ जनाको मृत्यु भएको छ । हमासले करिब २० मिनेटभित्र इजरायलमा ५ हजार रकेट प्रहार गरेको थियो ।
इजरायलमा रकेट आक्रमण भएको यो पहिलो पटक होइन । बेला बेला रकेट आक्रमण भइरहन्छन् । त्यसैकारण इजरायलले अन्य देशबाट प्रहार भएको रकेट आकाशमै नष्ट गर्न आइरन डोम एयर डिफेन्स प्रविधि राखेको छ ।
आईरन डोम प्रविधि विश्वको उत्कृष्ट एयर डिफेन्स प्रणाली हो । शत्रुले प्रहरा गरेका ९० प्रतिशत रकेट आकाशमै नष्ट गर्ने इजरायल डिफेन्स फोर्सको दावी छ । तर यस पटक हमासले ५ हजार रकेट प्रहार गर्दा आईरन डोमले धेरै रकेटलाई आकाशमै नष्ट गर्यो ।
त्यसका बाबजुद पनि केही रकेट इजरायली भूमिमा खस, जस कारण इजरायलले क्षति व्यहोर्नु पर्यो । आईरन डोम विशेष गरी घातक रकेट हमलाबाट बचाउन डिजाइन गरिएको हो ।
के हो आइरन डोम ?
आइरन डोमको विकास इजरायलको राफायल एडभान्स्ड डिफेन्स सिस्टम र इजरायल एरोस्पेस इन्डष्ट्रिजले गरेका हुन् । सन् २००७ बाट आइरन डोम बनाउन सुरू गरिएको थियो । आइरम डोम बनाउन इजरायलले अमेरिकासँग आर्थिक र प्राविधिक सहयोग लिएको थियो ।
सन् २००८ मा आइरन डोमको पहिलो परीक्षण भएको थियो भने सन् २०१० मा यसको अन्तिम परीक्षण भएको थियो । त्यसपछि सन् २०११ बाट आइरन डोम प्रणाली सञ्चालनमा आएको थियो ।
आइरन डोम इजरायलको एयर डिफेन्स सिस्टम हो । जसलाई शत्रुका रकेट आकाश मै नस्ट गर्न प्रयोग गरिन्छ । आइरन डोमले रकेट मात्र नभएर दुस्मनको ड्रोन पनि नष्ट गर्न सक्छ ।
आइरन डोमको मोबाइल भर्सन समेत रहेको छ, जसले सेना, उद्योग र प्रशासनिक भवनलाई हवाई सुरक्षा दिन्छ । आइरन डोमको नौ सैनिक संस्करण पनि छ जसले समुन्द्रमा रहेका इजरायलका जहाजलाई सुरक्षा दिन्छ ।
आइरन डोम जुनसुकै मौसममा पनि काम गर्न सक्षम छ । यसले रेञ्ज र निशानाको जाँच गर्छ र एउटा चेतावनी साइरन बजाउँछ ।
यो साइरन स्थानीय मानिसहरु सुरक्षित स्थानसम्म जानका लागि बजाइन्छ । सुरक्षित स्थानमा जान ३० देखि ९० सेकेण्डको समय हुन्छ ।
त्यसपछि आइरन डोमले आफ्नो राडरको माध्यमबाट हमलाको अनुमान लगाउँदै मिसाइल प्रक्षेपण गर्छ र रकेटलाई आकास मै नस्ट गर्छ ।
यसरी काम गर्छ आइरन डोम ।
यसको प्रत्येक लन्चरमा २० इन्टरसेप्टर मिसाइल हुन्छन् । यी मिसाइलमा रकेट र मिसाइलसँग जुध्ने बेजोड क्षमता हुन्छ । यसले ७० किलोमिटर उचाईसम्मको रकेट हमलालाई नस्ट गर्न सक्छ । यो ग्राउण्ड टु एर डिफेन्स सिस्टम हो । यो सिस्टम ब्याट्रीबाट सञ्चालन गरिन्छ ।
यसमा प्रयोग गरिएको ब्याट्री चार्ज हुने ब्याट्री होइन् । यसमा ब्याट्रीको मतलब रकेट रोक्ने एक युनिटलाई बुझ्न सकिन्छ । आइरन डोमको काम गर्ने तरिकालाई बुझ्न सुरूमा ब्याट्रीको छुट्टा छुट्टै भागलाई बुझ्नु पर्ने हुन्छ । ब्याट्रीका ३ भाग छन् ति हुन् राडर, कन्ट्रोल सेन्टर र लन्चर ।
पहिलो भागमा राडर पर्छ । जब कुनै रकेट शत्रुको क्षेत्रबाट प्रहार हुन्छ तब राडरले संकेत गर्छ र त्यसले उक्त रकेट कुन दिशामा जान्छ, कुन बोटोबाट जान्छ र कहाँ ल्याण्ड हुन्छ त्यसको मापन गर्छ ।
यो जानकारी राडरले आइरन डोमको दोस्रो भाग कन्ट्रोल सेन्टरमा पठाउँछ । कन्ट्रोल सेन्टर उच्च गति (हाई स्पीड) कम्प्युटर राखिएको हुन्छ ।
उक्त हाइस्पिड कम्प्युटरको मद्दतले कन्ट्रोल सेन्टरले रकेट कहाँ खस्छ त्यसको जानकारी पत्ता लगाउँछ । यदी शत्रुले प्रहार गरेको रकेट कुनै मानव बस्ती वा महत्वपूर्ण भवनमा खस्नेवाला छ भने मात्रै त्यसलाई आकाशमा हावामै नस्ट गरिन्छ ।
रकेट खालि ठाउँमा खस्ने भए त्यसलाई खस्न दिइन्छ नस्ट गरिदैन् । कुन रेकटलाई नस्ट गर्नुपर्छ कुनलाई गर्नुपर्दैन् त्यो निर्णय कन्ट्रोल सेन्टरका हाई स्पीड कम्प्युटरले लिन्छन् ।
यदी कन्ट्रोल सिस्टमले रकेट नस्ट गर्नुपर्ने जरूरी देखेमा यसले जानकारी आइरन डोमको लन्चरमा पु¥याउँछ । लन्चरमा धेरै इन्टरसेप्टर राखिएको हुन्छ ।
इन्टरसेप्टर भनेको त्यस्तो मिसाइल हो, जसले शत्रुको रकेटलाई हावामै नस्ट गरिदिन्छ । कन्ट्रोल सेन्टरबाट जानकारी आएपछि लन्चरबाट एक इन्टरसेप्टर लन्च हुन्छ ।
कन्ट्रोल सेन्टरबाट इन्टरसेप्टरलाई लगातार निर्देशन प्राप्त भइरहन्छ । यस इन्टरसेप्टरमा पनि एउटा सानो राडर जडान गरिएको हुन्छ । कन्ट्रोल सेन्टर र सो राडरको मद्दतले इन्टरसेप्टर रकेटको नजिक पुग्छ ।
रकेटको नजिक पुगेको इन्टरसेप्टर बिस्फोट हुन्छ र शत्रुको रकेट हावामै नस्ट हुन्छ । राडर, कन्ट्रोल सेन्टर र लन्चरलाई एकै ठाउँमा नराखि अलग अलग ठाउँमा राखिएको हुन्छ ।
यिनीहरू बीच निकै तीब्र गतिमा डेटा आदान प्रदान हुन्छ । ब्याट्रीलाई एक ठाउँबाट सजिलै अर्को ठाउँमा लान सकिन्छ ।
खर्च कति लाग्छ ?
आइरन डोममा इजरायले धेरै लगानी गरिरहेको छ । इजरायलले प्रत्येक इन्टरसेप्टर मिसाइलका लागि ५० हजार डलर खर्च गर्छ ।
यसको खर्च यो भन्दा पनि धेरै छ तर इजरायलले शत्रुको मनोबल कमजोर होस् भनेर खर्च कम भनिरहेको बताइन्छ । यदी धेरै रकम खर्च गरेर आइरन डोमले काम नगरे त्यो खर्च त्यतिकै खेर जान्छ ।
अपडेट
कार्ड नहुँदा रोकियो ड्राइभिङ लाइसेन्सको छपाइ
‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरु छपाइ रोक…
विद्युतीय राहदानी आवेदनका लागि मंगलबारदेखि अग्रिम बुकिङ्ग खोलिने
राहदानी विभागले असोज २३ गते मंगलबारबाट अनलाइन फारामको लागि अग्रिम बुकिङ खुला ग…
हुलाकलाई पुनर्संरचना गरी नयाँ व्यवसायिक ढाँचामा लैजानुपर्छः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई पुनःसंरचनामार्फत मौजुदा …
सस्तोडिल र सेल्सबेरीबीच सहकार्य, सामान खरिदमा विशेष छुट पाइने
ई-कमर्स कम्पनी सस्तोडिल र सुपरमार्केट चेन सेल्सबेरीबीच एक्सक्लुसिभ सहकार्य भएको छ । …
इजाजतबिना ओटीटी, भीओडी र आईपीटीभी सेवा सञ्चालन नगर्न सूचना तथा प्रशारण विभागको चेतावनी
सूचना तथा प्रशारण विभागले इजाजत लिएर मात्रै ओटीटी, भीओडी र आईपीटीभी सेवा सञ्चालन…
दशैंका लागि अग्रिम टिकट बुकिङ बससेवाबाटै, हरेक दिन ५ जनालाई शतप्रतिशत क्यासब्याकको सुविधा
सोमबारबाट दशैंका लागि अग्रिम टिकट बुकिङ सुरू भएको छ । यातायात व्यवसायीहरूले असो…
हुलाक सेवालाई आधुनिक र प्रतिष्पर्धी बनाउनु सरकारको उद्देश्य रहेको छः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले हुलाक सेवालाई आधुनिक र प्रतिष्पर्धी बना…
ईसेवा मनि ट्रान्सफर र मलेसियाको सिबिएल मनि ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता
ईसेवा मनि ट्रान्स्फर र मलेसियाको सिबिएल मनि ट्रान्स्फरबिच रेमिट्यान्स भुक्तानी सम्बन्धमा…
फुडमाण्डुको दशैं अफर, खानामा ५० प्रतिशतसम्म छुट
नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले नेपालीहरुको महान चाड व…
सामसङका विद्युतीय सामग्री खरिद गर्ने वर्ल्डलिंकका ग्राहकलाई १५ हजारसम्म छुट
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका ग्राहकले सामसङ ब्रान्डका विद्युतीय सामग्री खर…
विद्यार्थीको कोडिङ र एआई क्षमता अभिवृद्धि गर्न कोडएभोर प्रतियोगिता गर्दै निमा एकेडेमी
नेपालको अग्रणी एडटेक कम्पनी निमा एकेडेमीले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूकाबि…
क्यानले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको टिकेटिङ्ग पार्टनरमा आईएमई पे
नेपाल क्रिकेट संघ (क्यान) र आई एम ई डिजिटल सोलुसन लिमिटेड (आई एम ई पे) बिच रणन…
एनसेलको नयाँ नियम, अब न्युनतम ४० रूपैयाँ टपअप गर्नुपर्ने
अब एनसेल नम्बरमा डिजिटल वालेटबाट ४० रूपैयाँभन्दा कम टपअप गर्न नसकिने भएको छ । डि…
ओभरहिटिङ समस्या समाधान गर्न एप्पलको नयाँ अपडेट
एप्पलले आफ्नो नवीनतम आइओएस १७.०.३ अपडेट जारी गरेको छ । यो एक विशेष समस्या समाधा…
दराजको दशैं धमाका अफरः ७० प्रतिशतसम्म छुट, एक लाख बराबरको सपिङ्ग भौचर जित्ने मौका
नेपालीहरुको महान पर्व बडा दशैंलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले ‘दराज दशैं धम…