अपडेट
लुलु मनीबाट अब इसेवामा रेमिट्यान्स पठाउन सकिने
ईसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनीबाट पनि सुरु भएको छ । स्थापना भएको तीन बर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा निकै ठुलो फड्को मारेको ईसेवा मनि ट्रान्स्फर परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै अघि बढेको छ।
सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट निर्देशक डेनियल डी श्रेष्ठ र लुलु मनीको तर्फबाट लुलु फाइनान्सियल होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत रिचर्ड एम वासनले हस्ताक्षर गरेका थिए । ईसेवा मनि ट्रान्स्फर र लुलु मनी बीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
यो सम्झौता संगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले लुलु मनीको शाखामा गइ वा वेबसाइट र मोबाइल एप प्रयोग गरेर नेपालमा ईसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सक्ने छन्।
लुलु मनीबाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तिय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ। र पठाएको नगद सोझै ईसेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु. ७७ बोनस समेत प्राप्त गर्न सकिनेछ।
यस सम्झौताबारे बोल्ने क्रममा ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत, अजेस कोइरालाले भन्नुभयो, “लुलु मनीको रेमिट्यान्स भुक्तानी सम्झौताबाट हामी निकै उत्साहित छौँ।
लुलु मनीबाट अनलाइन सेवा मार्फत पनि नेपालमा रेमिट्यान्स पठाउन मिल्ने भएकाले विदेशमा रहनुभएका नेपालीहरुलाई आफ्नो घर रेमिट्यान्स पठाउन थप सहजता प्रदान गरेको छ र यसैगरी धेरै भन्दा धेरै नेपाली आप्रवासीसम्म हाम्रो सस्तो, छिटो र भरपर्दो रेमिट्यान्स सेवा पुर्याउन हाम्रो प्रयास जारि रहनेछ”।
साझेदारीमा खुसी व्यक्त गर्दै लुलु मनी सिंगापुरकी कार्यकारी निर्देशक प्याट्रिसिया चुआले ईसेवा मनि ट्रान्स्फरसँग साझेदारी गर्न र एफवान सफ्ट ग्रूपको फिनटेक इकोसिस्टम मार्फत नेपालमा रेमिट्यान्स सेवाहरू सुचारु गर्न पाउँदा आफू खुसी भएको बताईन्।
ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।
ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।
लुलु मनी विश्वव्यापी रेमिट्यान्समा अग्रणी नामहरू मध्ये एक हो । लुलु मनी विश्वसनीयता र विप्रेषण करोबारको सुरक्षाका लागि प्रसिद्ध छ र कम्पनीले विश्वभरि लाखौं मानिसहरूलाई छिटो र सहज रूपमा पैसा पठाउन र प्राप्त गर्न मद्दत गरेको छ।
अपडेट
कनेक्ट आईपीएसबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा २ हजारसम्म क्यासब्याक
कनेक्ट आईपीएसले असार ३ गतेदेखि ३० गतेसम्म लागू हुने गरी क्यासब्याक अफर ल्याएको छ ।…
आइएमई पेबाट एयरलाइन्सको टिकट काट्दा २०० रूपैयाँ क्यासब्याक
आइएमई पेले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पेमा ‘क्यासब्याकको वर्षा’ नामक…
इसेवाबाट पहिलो पटक कारोबार गर्दा आइफोन १४ जित्ने अवसर
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले पहिलोपटक कारोबार गर्दा आइफोन…
वान एक्स बेटको प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाखसम्म लिए
अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारहरुले ४० लाखसम्म लिएको …
प्राइम कमर्सियल बैंकको सहकार्यमा फोनपेद्वारा जिरीमा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न
डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई सुरक्षित गर्न विभिन्न न…
मेटाको नयाँ एआई स्पीच टुल सार्वजनिक, उच्च गुणस्तरको अडियो क्लिप उत्पादनमा सघाउने
मेटाले प्रयोगकर्ताका लागि जेनेरेटिभ एआई स्पीच टुल ल्याएको छ । यो स्वीच भ्वाइसबक्सको …
एनसेलको नयाँ अफर, २५ रूपैयाँमा अनलिमिटेड भ्वाइस प्याक सुविधा
एनसेलका सबै ग्राहकले अब नेपालका कुनैपनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अ…
नक्कली च्याटजीपी निर्माण गरेर स्क्याम गर्नेहरू बढ्दै, यसरी हुनुहोस् सुरक्षित
नोभेम्बर ३०, २०२२ मा च्याटजीपीटी सार्वजनिक भयो । सार्वजनिक भएपछि यसको लोकप्रियता ब…
आइएमई पेको मोबाईल रिचार्जमा ५ प्रतिशतसम्म क्यासब्याक
आइएमई पेले मोबाईल रिचार्जमा दिईरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ ।
डिजिटल बैंकिङ सम्बन्धि एकदिने कार्यशाला सम्पन्न
फिनटेक सेन्टर नेपालले विभिन्न बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कार्यकारीहरूलाई असा…
डिजिटल नेपाल कन्क्लेभ २०२३ का लागि ह्वावे र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौता
डिजिटल नेपाल कन्क्लेभ २०२३ आयोजनाको लागि ह्वावे र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौत…
दमक नगरपालिकालाई स्टार्टअप र प्रविधिमैत्री शहर बनाइने
दमक नगरपालिकालाई स्टार्ट-अप र प्रविधिमैत्री शहर बनाइने भएको छ । असार १ गते श्रीयोग…
विश्वकै सबैभन्दा इन्नोभेटिभ कम्पनीको सूचीमा अमेरिकाको वर्चस्व, शीर्ष दशमा कुन कुन छन् ?
बोस्टन कन्सल्टिंग ग्रुपले विश्वका सबैभन्दा इन्नोभेटिभ कम्पनीको सूची सार्वजनिक गरेको छ …
बैंक तथा वालेटको कर्मचारी भन्दै ओटीपी मागेमा नदिन राष्ट्र बैंकको आग्रह
नेपाल राष्ट्र बैंकले बैंक तथा वालेटको कर्मचारी भन्दै केवाईसी अपडेट गर्न ओटीपी मागे…
१४ औं जेनरेशन मेटियर लेक प्रोसेसर निर्माण गर्ने तयारीमा इन्टेल
इन्टेलले यस वर्षको अन्त्यमा आफ्नो १४ औं जेनरेशन मेटियर लेक प्रोसेसर निर्माण गर्ने तया…