अपडेट
टेलिकम भन्छः फाइभजी परीक्षणका लागि मोबाइल सेट सिमित छन्, व्यवसायी भन्छनः सेट पर्याप्त छन्
नेपाल टेलिकमले माघ २२ गतेदेखि सुरू गरेको फाइभजी परीक्षण कहिलेदेखि सर्वसाधारणले प्रयोग गर्न पाउँछन् भन्नेमा अन्यौलता सिर्जना भएको छ ।
१९ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयमा राखिएका फाइभजी उपकरणबाट परीक्षण थालेको थियो ।
आन्तरिक परीक्षणमा टेलिकमका कर्मचारीले मात्रै फाइभजी चलाइरहेका छन् । आन्तरिक परीक्षण सुरू भएको करिब २ महिना हुन लाग्दा पनि सर्वसाधारणलाई कहिलेदेखि फाईभजी प्रयोग गर्न दिने विषयमा टेलिकम आफै स्पष्ट छैन् ।
टेलिकमले फाइभजी चल्ने मोबाइल फोनको सिमितताका कारण ढिलाइ भइरहेको कारण देखाएको छ । मोबाइल डिभाइसको सीमितताका कारण परीक्षणमा थप सकस देखिएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए ।
तर यता, मोबाइल व्यवसायीले भने नेपालमा फाईभजी मोबाइल सेट पर्याप्त मात्रामा उपलब्ध रहेको दावी गरेका छन् । नेपाल मोबाइल वितरक संघका उपाध्यक्ष सञ्जय अग्रवालले फाइभजी परीक्षणका लागि बजारमा पर्याप्त मात्रामा मोबाइल सेट उपलब्ध रहेको बताए ।
‘अहिले उत्पादन हुने ९० प्रतिशत फोनमा फाइभजी सपोर्ट छ । नेपालमा पनि फाइभजी सपोर्ट गर्ने फोनहरू आइरहेका छन्,’ उनले आइसिटी समाचारसँग भने, ‘टेलिकमले भने जस्तो बजारमा फाइभजी सेटको अभाव छैन् ।’
नेपालमा आयात हुने नयाँ फोनहरू प्राय सबैमा फाइभजी सपोर्ट सुविधा छ । २५ देखि ३० हजार माथिको सबै सेटमा फाइभजी सुविधा उपलब्ध छ ।
बिक्री भएका फाइभजी फोनमा पनि चल्ने समस्या रहेको टेलिकमको भनाइ छ । ‘नेपाली बजारमा आएका चर्चित सेटहरुमा पनि फाइभजीको परीक्षण आफै नहुने समस्या देखा पर्यो,’ प्रवक्ता अधिकारी भन्छन्, ‘हामीले मोबाइल कम्पनीका विक्रेताहरुसँग कुरा गर्दा उनीहरुले कमर्सियल डिप्लोम्याट भएपछि मात्रै चल्ने जवाफ दिएका छन् ।’
धेरैजसो मोबाइलले २६ सय मेगाहर्ज सपार्ट नगर्ने पाइएको टेलिकमले जनाएको छ । सेवा प्रदायकले फाइभजी सेवा सर्वसाधारणलाई खुला गरे लाइन लगाएर फाइभजी फोन मगाउन तयार रहेको अग्रवाल बताउँछन् ।
‘टेलिकमले फाइभजी सेवा दिए पो हामी पनि फाइभजी सेटलाई प्राथमिकता दिन्छौं,’ उनले भने, ‘फोरजी भन्दा फाइभजी सेट महंगो हुन्छ । नेपालमा फाइभजी नै छैन् भने महंगो ह्याण्डसेट मात्रै मगाएर भएन् ।’
टेलिकमले फाइभजी परीक्षणको ढिलासुस्तीमा मोबाइल फोन प्रमुख कारण देखाएपनि हुवावेको प्रविधि गरेका कारण अमेरिकाले चासो देखाएपछि रोकिएको बताइन्छ ।
सरकारले टेलिकमलाई २६ सय मेगाहर्ज ब्याण्ड अन्तर्गत फाइभजी परीक्षण गर्न अनुमति दिएको छ । उक्त फ्रिक्वेन्सी टेलिकमले एक वर्षसम्म निःशुल्क प्रयोग गर्न पाउने छ ।
अपडेट
अब ट्राफिक प्रहरीले काटेको चिट एसएमएसबाटै हेर्न मिल्ने
के तपाई ट्राफिक प्रहरीको कारबाहीमा पर्नुभयो ? र तपाई सवारीको कागजात ट्राफिक प्रहर…
ट्राफिक प्रहरीले दिन थाल्यो क्यूआर कोडसहितको प्रतिलिपि
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबारबाट क्यूआर कोडसहितको प्रतिलिपि सि…
लगानीकर्तालाई वित्तीय जानकारी र प्राविधिक विश्लेषण दिने प्लेटफर्म मनि मित्र सार्वजनिक
सन २०२० देखि नेपालमा वित्तीय साक्षरता प्रवर्द्धनको भूमिका निभाउँदै आएको आइडियाप्रेन…
एप्पल पेमा नयाँ सुविधा, अब विना ब्याज एक हजार डलरसम्म ऋण लिन सकिने
एप्पलले ‘एप्पल पे लेटर’ सेवा सुरू गरेको छ । यस अन्तर्गत एप्पलको डिजिटल वालेट एप्पल…
एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्वीच
एनआईसी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्य…
अनलाइनबाट ठगी गर्ने नेपाली तथा चिनियाँ नागरिकहरू पक्राउ
अनलाइन मार्फत ठगी गर्ने नेपाली तथा चिनियाँ नागरिकहरू पक्राउ परेका छन् । काठमाडौं …
नेपाल क्लियरिङ हाउसको सञ्चालकमा महेश शर्मा ढकाल र जगदिश दाहाल नियुक्त
नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को संचालक समितिमा महेश शर्मा ढकाल र जगदिश दाहाल …
स्थानीय भाषामा डोमेन प्रणाली व्यवस्थापन गर्नुपर्नेमा सरोकारवालाहरूको जोड
हरेक वर्षको २८ मार्चमा मनाइने युनिभर्सल एसप्टेन्स (यूए) डे नेपालमा पनि मनाइएको छ ।…
नयाँ वर्षको अवसरमा बससेवाको सुनको हार उपहार, अग्रिम टिकट काट्नेलाई प्राथमिकता
नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले नयाँ वर्ष २…
जानकी टेक्नोलोजीका सीईओ मनोज थापालाई प्रोफेशनल एक्सिलेन्स अवार्ड
जानकी टेक्नोलोजीका सीईओ मनोज थापालाई जालन्धरको लभली प्रोफेशनल युनिभर्सिटी परिसरमा…
११ लाख पुग्यो फोनपे मर्चेन्ट नेटवर्कको संख्या
फोनपेमा मर्चेन्ट नेटवर्कको संख्या ११ लाख पुगेको छ । स्थापनमा ३ वर्षमै फोनपे नेटवर्कल…
देशका सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा
सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मा…
अब एक हप्तामै ड्राइभिङ लाइसेन्स पाइने !
अब एक हप्तामै ड्राइभिङ लाइसेन्स पाइने भएको छ । ट्रायल पास गरेर राजस्व बुझाएको एक ह…
अनलाइनबाटै ड्राइभिङ लाइसेन्सको पैसा तिर्न सकिने व्यवस्था हुँदै
यातायात व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले अब ड्राइभिङ लाइसेन्सका …
अब नेपालीमै इम्बोस्ड नम्बर प्लेट राखिने, शुल्क पनि घट्ने
अब नेपाली भाषामै इम्बोस्ड नम्बर राखिने भएको छ । सोमबार उपप्रधान एवं भौतिक पूर्वाधा…