अपडेट
नेपाली आइटी स्टार्टअप रिङ्गेज \'टेकफर डेमोक्रेसी एसिया\' अन्तर्गत एसिया प्यासिफिकको फाइनलमा
आवाजमा आधारित मोबाइल इङ्गेजमेन्ट प्रविधि रिङ्गेजले 'स्टार्टअप टेक फोर डेमोक्रेसी एसिया'को एसिया र प्यासिफिक क्षेत्रमा फाइनल (टप ५) परेपछि गत साता भारतको नयाँ दिल्लीमा भएको टेकफरडेमोक्रेसी एसियामा सहभागी भएको छ ।
नेपाली स्टार्ट अप कम्पनी रिङ्गेज प्रतियोगितामा भारतबाट इभोटिङतर्फ राइट २ भोट, न्युजिल्याण्डबाट साइबर सेक्युरिटीतर्फ सेफटुओपन, सिंगापुरबाट फाइनान्सियल इन्क्युज कम्पनी स्माइल र इन्डोनेसियाबाट सुआराइज टफ ५ फाइनलिस्टमा परेका हुन् ।
युएस डिपार्टमेन्ट अफ स्टेट, माइक्रोसफ्ट, अब्जर्भर रिसर्च फाउन्डेशन र भोक्ससेन युनिभर्सिटीको साझेदारीमा आईई सेन्टर फर द गभर्नेन्स अफ चेन्ज टीमले प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा एसिया क्षेत्रका स्टार्टअपको दर्जनौं आवेदन परेको थियो । ती कम्पनीहरूलाई पछि पार्दै रिङ्गेज टप ५ फाइनलिस्टमा परेको हो ।
डेमोक्रेसीलाई प्रवर्द्धन गर्ने तथा साइबर सुरक्षालाई मजबूत बनाउने, प्रविधिमा नागरिकको पहुँच बढाउने, डिजिटल, वित्तीय तथा राजनीतिक समावेशीकरणमा जोड दिने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको थियो ।
रिङ्गेजको मोबाइल इङ्गेजमेन्ट प्रविधिले गैरनाफामूलक कम्पनीहरू, निजी कम्पनी तथा अन्य संस्थाहरूलाई भ्वाइस म्यासेजमार्फत ठूलो समूहलाई एकैपटक सन्देश पठाउन सहयोग गर्दै आएको छ ।
एकैपटक ठूलो समूहमा भ्वाइस सन्देश पठाउनका लागि अत्यन्तै उपयोगी रहेको यस सेवा पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको छ । भ्वाइस म्यासेज सेवामार्फत व्यवसाय, सुशासन, स्वास्थ्य र शिक्षामा सुधार गर्न सूचनामा पहुँच वृद्धि गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
रिङ्गेजले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको फाइनलमा छनोट हुन पाउँदा निकै हर्षित भएको बताएक छ । 'हामी विश्वास गर्छौं कि हाम्रो मोबाइल इन्गेजमेन्ट टेक्नोलोजीले नेपाल र बाहिर लोकतान्त्रिक संलग्नता र सूचनाको अधिकारलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ,' कम्पनीले भनेको छ ।
प्रतियोगितामा नेपाली स्टार्टअपको उपलब्धिले नेपाल र समग्र एसिया क्षेत्रमा लोकतान्त्रिक सहभागिता र सूचनाको हकको प्रवर्द्धनमा प्रविधिको बढ्दो भूमिकालाई जोड दिने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
कार्यक्रममा रिङ्गेजका संस्थापक दिपेश रेग्मीले इन्नोभेटिभ मोबाइल इंग्जमेन्ट टेक्नोलोजी र यसको प्रयोग बारे प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले रिङ्गेजमार्फत ठूला संस्थाहरू मानिसहरूको ठूलो समूहहरूमा पनि आफ्नो पहुँच स्थापना गर्न सक्षम हुने बताए ।
उनले त्यस्ता कम्पनीले आफूलाई आवश्यक भाषामा एकैपटक आवाजसहितको सन्देश पठाउनका लनगि कम्पनीको सेवा अत्यन्तै उपयोगसिद्ध साबित भएको बताए । सोही उपयोगिताका कारण पनि रिङ्गेज टप फाइनलमा पुगेको उनको भनाइ छ ।
अपडेट
भोलि ह्याबिट्याट इन्नोभेसन कन्क्लेभ हुँदै
चैत ३ गते शुक्रबार ह्याबिट्याट इन्नोभेसन कन्क्लेभ २०२३ आयोजना हुने भएको छ । काठमाडौ…
च्याटजीपीटी फोर सार्वजनिक, सब्सक्राइबरले मात्रै प्रयोग गर्न पाउने
माइक्रोसफ्टले एआई भिडियोको साथमा च्याटजीपीटी फोर सार्वजनिक गर्ने भएको छ । अहिलेसम्म…
एफएनसीसीआईको चुनावमा क्यान महासंघबाट नवराज कुँवरले कार्यसमिती सदस्यमा उम्मेदवारी दिने
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघबाट निवर्तमान अध्यक्ष नवराज कुँवरले नेपाल उद्…
प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक
प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक भएको छ । प्रधानमन्त्री कार्यालयको आधिकारिक…
नेपाल रेमिटबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे वालेटमा पाउन सकिने
आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अन्तर्गत…
काठमाडौंमा एपानको सम्मेलन सुरू, अनुसन्धान र शैक्षिक संजाल विस्तारमा सहयोग पुग्ने विश्वास
एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको सह…
नेपाल टेलिकमका विभिन्न उपकरण र संरचनाहरुमा क्षति पुग्दा सेवा प्रवाहमा समस्या
नेपाल टेलिकमले विभिन्न उपकरण र संरचनामा क्षति पुर्याउँदा सेवा प्रवाहमा समस्या आएक…
वीरगंज उद्योग वाणिज्य संघद्वारा खल्ती सम्मानित
खल्तीले नेपालको व्यापारिक इकोसिस्टममा योगदान स्वरूप सम्मान प्राप्त गरेको छ । वीरगंज …
पाँच दिनसम्म चल्ने एपान सम्मेलनको औपचारिक उद्धाटन सञ्चारमन्त्री शर्माले गर्ने
पाँच दिनसम्म सञ्चालन हुने एसिया प्यासिफिक एडभान्स नेटवर्क (एपान) को ५५ औं सम्मेलन …
आइएमई पेमा रियाबाट रेमिट्यान्स पठाउँदा क्यासब्याक पाइने
आइएमई पेमा अब रिया मनी ट्रान्स्फर मार्फत डिजिटल रेमिट्यान्स पठाउँदा क्यासब्याकको अफर …
डिजिटल उपभोक्ताको अधिकार संरक्षण गर्न नीतिगत तहमै सुधार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड
डिजिटल उपभोक्ताको अधिकार संरक्षण गर्न नीतिगत तहमै सुधार गर्नुपर्नेमा सरोकारवालाहरू…
मोबाइल टपअपमा पाँच प्रतिशत क्यासब्याक अफरलाई आईएमई पेको निरन्तरता
आइएमई पेले आफ्नो सेवाग्राहीहरूलाई आइएमई पे मोबाइल वालेट मार्फत गरिने रिचार्जमा ५ …
महिला लघुवित्तको किस्ता अब खल्तीबाट भुक्तानी गर्न सकिने
डिजिटल वालेट खल्तीले महिला लघुवित्त वित्तीय संस्था लिमिटेडसँग सहकार्यको गरेको छ । …
टाटा मोटर्सको एक्सचेञ्ज क्याम्प, पेट्रोल डिजेलबाट चल्ने गाडी विद्युतीयसँग साट्न मिल्ने
टाटा मोटर्सले आफ्ना देशभरका शोरुमहरुमा द इलेक्ट्रिफाइङ एक्सचेञ्ज क्याम्प सुरू गरेको छ…
आगामी हप्ता च्याटजीपीटी फोर सार्वजनिक हुँदै, एआई भिडियो पनि बनाउन सकिने
माइक्रोसफ्टले आगामी हप्ता एआई भिडियोको साथमा च्याटजीपीटी फोर सार्वजनिक गर्ने भएको छ…