कीवर्डहरू -

अपडेट

पुस १५ गतेदेखि पूर्ण कार्यान्वयनमा आउँदै एमडीएसएस

नेपाल दूरसञ्चार प्राधिकरणले आगामी पुस १५ गतेदेखि पूर्ण रूपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउने भएको छ ।

शनिबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले  पुस १५ गतदेखि एमडीएमएस पूर्ण कार्यान्वयनमा आउने जानकारी दिएको हो ।

सिस्टम पूर्ण रूपमा सञ्चालनमा आएपछि गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यविस्थत गर्न चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ ब्लकिङ गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भदाैभन्दा अगाडि प्रयोगमा नरहेका मोबाइल सेटहरूको १५ डिजिटको आईईएमइ नम्बर सहितको भन्सार घोषणा गरी भन्सार ऐन २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिई प्रणालीमा अद्यावधिक गर्नुपर्नेछ ।

नियमअनुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट मिति २०७९ पुस १५ देखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनका समेत रोक लगाइने हुँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू प्रज्ञापनन सहित राहदानी नागरिकता राष्ट्रिय परिचयत्रका आधारमा दर्ता गर्न सकिने छ ।

यदी तपाईलाई आईएमईआई नम्बर थाहा छैन् भने *#०६# डायल गरेर आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा पाउन सकिने छ । यदी तपाईको मोबाइलले २ वटा सिम सपोर्ट गर्छ भने २ वटा आईएमईआई नम्बर देखाउँछ र एउटा सपोर्ट गर्छ भने एउटा देखाउँछ ।

अनलाइनबाटै यसरी गर्नुस् आईएमईआई नम्बर दर्ता

शुरूमा आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ आवेदकको प्रकारमा नेपाली छनोट गर्नुहोस् भने टाइपमा आईएमईआई छनोट गर्नुहोस् ।

यति गरेपछि आफ्नो मोबाइलको ब्राण्ड नाम, मोडेल नाम, आईएमईआई नम्बर, आवेदकको नाम, ठेगाना, सम्पर्क नम्बर, नागरिकता वा पासपोर्ट वा अन्य परिचयपत्र र इमेल लगायतका विवरण राखेर सबमिट गर्नुहोस् ।

यदी तपाईको मोबाइलको २ वटा आईएमईआई नम्बर छन् भने २ वटै दर्ता गर्नुपर्ने हुन्छ । आईएमई नम्बर राख्ने ठाउँमा सेमिक्लोन (;) अप्सन राखेर अर्को आईएमईआई नम्बर राख्नु पर्नेछ ।

तपाईले सबमिट गरेपछि तपाईको इमेलमा एप्लिकेसन सबमिट भएको जानकारी प्राप्त हुनेछ र भेरिफेसन प्रोसेस पुरा भएपछि इमेलमा पुनः जानकारी आउने छ ।

अपडेट

गल्ली म्याप्सले पायो प्रडक्ट आइसिटी अवार्ड २०२२

गल्ली म्याप्सले प्रडक्ट आइसिटी अवार्ड २०२२ पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयो…

कारोबार एपलाई राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२२

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२२ कारोबालाई प्रदान गरिएको छ । शुक्रबार द स…

चिंगारीले जित्यो साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२२

भारतीय स्टार्टअप टेक फोर बिलियन (चिंगारी)ले साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२…

इन्फोडेभलपर्स आईसिटी अवार्डको फिनालेमा सातै प्रदेशका ७ उत्कृष्ट स्टार्टअपलाई सम्मान 

लिभिङ विथ आइसिटीले सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई सम्मान गरेको छ । शुक्रबार…

वैदेशिक रोजगार विभागलाई डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२२ प्रदान 

डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२२ वैदेशिक रोजगार विभागलाई प्रदान गरिएको छ ।

फोनपेलाई डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२२ प्रदान

डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२२ फोनपे पेमेन्ट सर्भिस लिमिटेडले पाएको छ । शुक्रब…

ज्ञानोदय माध्यमिक विद्यालयलाई डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२२ प्रदान 

डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२२ ज्ञानोदय माध्यमिक विद्यालयले पाएक…

ई-इजलास सुरू गर्दै काठमाडौं महानगरपालिका, अब लेखर वा भ्वाइस रेकर्ड गरेर निवेदन दिन सकिने

काठमाडौं महानरपालिकाले ई-ईजलास सुरू गर्ने भएको छ । शुक्रबार इन्फोडेभलपर्स आईसिटी …

डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२२ ज्ञानोदय बाल बाटिका स्कुललाई

डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२२ ज्ञानोदय बाल बाटिका स्कुलले पा…

विजय कृष्ण श्रेष्ठले पाए नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड २०२२

नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड २०२२ विजय कृष्ण श्रेष्ठले पाएका छन् । शुक्रबार …

एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२ शिला कंसाकारलाई प्रदान

एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२ शिला कंसाकारलाई प्रदान गरिएको छ । शुक्रबार द …

आन्टरप्रेनर आइसिटी अवार्ड २०२२ मंगेशलाल श्रेष्ठलाई प्रदान

आन्टरप्रेनर आइसिटी अवार्ड २०२२ मंगेशलाल श्रेष्ठलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्ट…

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ सुरू

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ सुरू भएको छ  । द सोल्टी काठमाडौंमा भएको इन्फोडेभल…

डा. वेद काफ्लेले पाए नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२२

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२२ डा. वेद काफ्लेलाई प्रदान गरिएको छ । शुक्रबार द…

वर्ल्डलिङ्कलाई नोकियाको \'होम कनेक्टिभिटी सर्भस इनोभेसन\' अवार्ड

नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले नोकिया जीटीएफएफ फिक्स्ड नेटवर्क्स …