अपडेट
समस्या र समाधानका सूचि बनाएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालय र निकायहरुमा प्रगति हुन नसक्नुका कारण खोजी तत्काल समाधान गर्नुपर्ने बताएकी छिन् । त्यसका लागि समस्याका सूचि बनाएर समाधानका उपाय पेस गर्न पनि उनले निर्देशन दिएकी छिन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार आयोजना गरेको आव २०८०र ८१ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास, समस्या समाधान समितिको वैठकलाई सम्वोधन गर्दै उनले समस्या र समाधानका उपायलाई सूत्रद्धबद्ध गरेर अघि बढ्नुपर्ने बताइन् ।
‘हामीले अब समीक्षा बैठकमा प्रगति गर्न सकेनौं भनेर मात्रै हुँदैन, के कति कारणले प्रगति गर्न सकेनौं भनेर समस्याको पहिचान गर्नुपर्छ’– उनले भन्नुभयो– ‘राष्ट्रिय परिस्थितिका कारण कति हुन सकेन, अन्तरमन्त्रालय समन्वयको अभावमा कति हुन सकेन र मन्त्रालयभित्रकै समस्याका कारण कति प्रगति हुन सकेन, समस्यालाई तीन क्षेत्रमा बाँडेर समाधान उपाय पनि सूत्रबद्ध गर्न आवश्यक छ ।’
पछिल्लो समयमा अन्तरमन्त्रालय समन्वयको समस्या बढी देखिएको भन्दै मन्त्री शर्माले यसमा सबै मन्त्रालयहरु गम्भीर हुनुपर्ने बताइन्। ‘कसैले लगानी बढाउनुपर्ने, कसैले घटाउनुपर्ने, कसैले जनशक्ति बढाउनुपर्ने, कसैले घटाउनुपर्ने विषयमा जोड दिंदा मन्त्रालयगत समन्वयको अभावमा काम हुन नसकेको जस्तो पनि देखिएको छ’– उनले भन्नुभयो– ‘हामीले निकायगत र मन्त्रालयगत होइन, राष्ट्रिय स्वार्थमा विकास योजनाका काम गर्नुपर्छ, त्यसका लागि कहाँ के कति समस्या परेका छन्, कर्मचारी तहबाट पहिचान होस्, हामी राजनीतिक तहबाट समाधान खोज्ने छौं ।’
अब सूचना प्रविधिको क्षेत्रमा डिपार्चर नगरी देशमा डिजिटल अर्थतन्त्रको विकास नहुने र समृद्धिको बाटो नखुल्ने भएकाले सबै निकायहरु परम्परागत सोंचबाट माथि उठेर सूचना र प्रविधि क्षेत्रको विकासमा लगानी केन्द्रित गर्न तयार हुनुपर्ने उनको जोड थियो ।
कुनै निकायको नेतृत्वमा प्रश्न उठ्यो भने बाँकी निकाय काम गर्न डराउने प्रवृत्ति बढ्न थालेको प्रति सचेत गराउँदै उहाँले गल्ती पनि नगर्ने र काम गर्न डराउन पनि नहुने वातावरणको सिर्जना गर्नुपर्ने बताइन् ।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य अनिता शाह ढुंगानाले नागरिकसँग प्रत्यक्ष जोडिएको सञ्चार मन्त्रालयले प्रगतिको क्रम बढाउनुपर्ने बताइन् । एकातिर सूचना प्रविधिमार्फत डिजिटल अर्थतन्त्रको आधार तयार पार्ने र अर्कोतिर आम सञ्चारमार्फत सिंगो राज्यको अनुहार प्रस्तुत गर्ने मन्त्रालय भएकाले सञ्चार मन्त्रालयले आफ्नो कार्य सम्पादन क्षमता बढाउनुपर्नेमा उनले जोड दिइन् ।
अब प्रगति भएन भन्दा पनि किन भएन भन्नेतिर समीक्षा केन्द्रित गर्नुपर्ने र योजना नै परम्परागत पो भए कि भनेर समीक्षा गर्ने बेला आएको उनको भनाई थियो ।
मन्त्रालयका सचिव कृष्णबहादुर राउतले आधारभूत टेलिफोन, इन्टरनेट र आम सञ्चारको पहुँच बढाउँदै लैजानुपर्नेमा जोड दिंदै यी सबै क्षेत्रलाई यो वर्ष प्रभावकारी बनाएर लैजाने बताइन् । राष्ट्रिय साइबर सुरक्षा नीति र राष्ट्रिय फ्रिक्वेन्सी नीति जारी गरिएको उल्लेख गर्दै उहाँले नीति, कानुन र निर्देशिका बनाउनतिर बढी ध्यान केन्द्रित गरिएको बताइन् । सूचना प्रविधिको विकासमार्फत डिजिटल अर्थतन्त्रको विकास तथा आम सञ्चारलाई व्यवस्थित गरेर नागरिकको सूचना माग्ने र पाउने अधिकार सुनिश्चित गर्नेतिर मन्त्रालयको जोड रहेको बताइन् ।
कार्यक्रममा प्रधानमन्त्री कार्यालय तथा अर्थमन्त्रालयका प्रतिनिधिहरु, मन्त्रालय माताहतका विभिन्न विभाग र निकायका प्रमुखहरुले धारणा राखेका थिए । कार्यक्रम सञ्चालन मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले गरेका थिए ।
अपडेट
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत बोहोराले जिते १ लाख पुरस्कार
डिशहोमले सञ्चालन गरेको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत २५१८८९१५६९ कास आईडीका ग्राहक आन सिंह…
नेपालमा आईसीटीको इकोसिस्टम विकास गर्न क्यान महासंघ र यूएसएडबीच सहकार्यको घोषणा
नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको इकोसिस्टम विकास गर्न कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (य…
कात्तिक २५ बाट सुरु हुुँदै दराजको ११ः११ सेलको छैटौँ संस्करण
नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले ११ः११ सेलको छैटौँ संस्करण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार कात्तिकको २५ गतेदेखि …
एप्पलद्वारा आइओएस १७.१.१ अपडेट सार्वजनिक
एप्पले प्रयोगकर्ताहरुका लागि आइओएस १७.१.१ अपडेट सार्वजनिक गरेको छ । यो एक सानो अपडेट हो । यसको सहयोगमा, कम्पनीले केही ब…
एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३ जनाले पाए बम्पर प्राइजमा स्कुटर
एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्ग…
आइसिटी अवार्डका जुरी संयोजक सुशील पोखरेल इन्टरनेशनल हाइड्रोपावर एसोसिएसनको उपाध्यक्ष निर्वाचित
बिजबेलका संस्थापक, आइसिटी अवार्डका जुरी तथा युवा जलविद्युत् उद्यमी सुशील पोखरेल सन् २०२३–२…
नागरिक एपबाटै अब ट्राफिक जरिवाना तथा कारबाहीको विस्तृत विवरण हेर्न सकिने
नागरिक एपमा अब ट्राफिक जरिवाना तथा कारबाहीको विस्तृत विवरण हेर्न सकिने भएको छ । नागरिक एपको नयाँ अपडेटमा सो सुविधा आएको हो…
युट्युबमा आयो आस्क बटन फिचर, प्रयोगकर्ताले भिडियोसँग सम्बन्धित प्रश्न सोध्न सक्ने
युट्युबले आस्क बटन फिचर सार्वजनिक गर्न सुरू गरेको छ । सुरूवाती सममयमा यसले आस्क बटन सुविधा हाल केही अंग्रेजी भ…
२ वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज
नेपाल दूरसञ्चार प्राधिकरणले २ वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले गलकोट लिंक प्रालि र सुर्खेत केबल…
यस्तो छ मस्कले सार्वजनिक गरेको आर्टिफिशियल इन्टेलिजेन्स च्याटबोट ग्रोक
एलन मस्कले हालै आफ्ना प्रयोगकर्ताहरूका लागि आर्टिफिशियल इन्टेलिजेन्स च्याटबोट ग्रोक ल्याएका छन् ।
एलन मस्कको एआई कम्पनी…
टिकटकसँग सहकार्य गर्दै सरकार, गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाइने
टिकटकमा गैरकानुनी र अश्लील सामग्री राख्न थालेपछि त्यसलाई रोक्न सरकारले टिकटकसँग सहकार्य गर्ने भएको छ । यसका लागि सरकारले टिकटक…
आजदेखि लागु हुँदै एमडीएमएस, पहिलो चरणमा हाई ईण्ड फोनका नेटवर्क लक हुने
नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गर्ने भएको छ ।
म्यापिङ सागा आयोजना गर्दै आइटेक कर्णाली
आइटेक कर्णालीले म्यापिंग सागा :ओएसएम ट्रेनिंग एण्ड म्याराथन आयोजना गर्ने भएको छ । यो कार्यक्रम ओपन…
सफ्टवेरिका कलेजका १० विद्यार्थीले लिए कोभेन्ट्री युनभिर्सटीमा बेलायती शिक्षाको अनुभव
सफ्टवेरिका कलेजका १० नेपाली विद्यार्थीले कोभेन्ट्री युनभिर्सटीमा बेलायती शिक्षाको अनुभव लिएका छन् । सफ्टवेरिका कलेज अफ आईटी…
भायानेटको ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग’ अफर, अरूलाई रेफर गर्दा निःशुल्क इन्टरनेट
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग’ को घोषणा गरेको छ ।…