अपडेट
शिक्वल फाउन्डेसनले आयोजना गरेको वुमन इन डेटा कन्फेरेन्स शनिबार हुँदै
शिक्वल फाउन्डेसनले शनिबार वुमन इन डेटा विषयमा कन्फेरेन्स आयोजना गर्ने भएको छ । होटक हायात प्लेसमा आयोजना हुने उक्त कन्फेरेन्स बिहान ९ बजेदेखि सुरू हुनेछ ।
कार्यक्रममा मुख्य वक्ताको रूपमा १० डीएसका निर्देशक डा. लौरा गिलवर्ट रहेका छन् । त्यस्तै कार्यक्रममा महिला उद्यमीलाई डिजिटल र वित्तिय साक्षरता विषयमा वुमन इन डेटा स्टेरिङ कमिटीकी सह संस्थापक नहसला जोशी, डेटा भिजुअलाइजेसनको मूल्य बारे गिगप्रोकी वरिष्ठ विजनेस इन्टेलिजेन्स म्यानेजर जे मिसेल मरा, सार्वजनिक क्षेत्रको नजरबाट डेटामा महिला विषयमा राष्ट्रिय तथ्यांक कार्यालयकी डेपुटी प्रमुख तथ्यांक अधिकारी मुन्नी चौधरी र डेटाको भविष्य बारे ७५७ कोल्याबकी रणनीतिक साझेदारी प्रमुख इलिना ब्रेवेयरको प्रस्तुती रहने छ ।
यस्तै कार्यक्रममा २ वटा प्यानल डिस्कसन रहेका छन् । पहिलो डिस्कसन महिला उद्यमशीलतामा सरकार, नागरिक समाज र शिक्षाको भूमिकामा छलफल हुनेछ, जसमा वक्ताको रूपमा काठमाडौं विश्वविद्यालयको गणित विभागकी प्राध्यापक ज्योती देवकोटा, आन्ट्रप्रेरणाका सह-संस्थापक निरज खनाल, राष्ट्रिय आदिवासी महिला महासंघ नेपालकी संस्थापक स्टेला तामाङ र काठमाडौं महानरपालिकाको महिला विकास महाशाखाकी प्रमुख महेश्वरी विष्ट रावल छन् । यस सेसनको सहजीकरण मिस युनिभर्स २०२१ सुजिता बस्नेतले गर्नेछिन् ।
त्यस्तै अर्को सेसन द रोल अफ जेन्डर डेटा फर कम्ब्याटिङ द मेल डिफ्लट विषयमा हुनेछ । यसमा वक्ताको रूपमा वुमन लिड नेपालकी कार्यकारी निर्देशक हिमा विष्ट, अनुसन्धानकर्ता डा. प्रणव दाहाल, एपीवान टिभीका प्रस्तोता पेटेर राई र प्रार्थना नेपालकी संस्थापक सरिता लामिछाने छन् । यस शत्रको सहजीकरण कोडरसकी एशोसिएस प्रडक्ट म्यानेजर शृष्टि श्रेष्ठले गर्नेछिन् ।
शिक्वल फाउन्डेसनले युके एड, डेटा फर डेभलपेन्ट, ओपन नलेज नेपाल र द एशिया फाउन्डेसनको सहकार्यमा डेटा कन्फेरेन्स आयोजना गर्न लागेको हो ।
अपडेट
माइक्रोसफ्टको बिङ च्याट एआई सर्च सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने
माइक्रोसफ्टले बिङ च्याट एआई बिङ च्याटबट सबै प्रयोगकर्ताका लागि उपलब्ध गराउन थालेको छ…
एनसेलले ल्यायो ‘मज्जाको प्लान’, ५९९ रूपैयाँमा २० जीबी डेटा र १५० मिनेट टक टाइम
एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरुको बढ्दो संचारको आवश्यकतालाई ध्यानमा राख्द…
नेपाली आइटी स्टार्टअप रिङ्गेज \'टेकफर डेमोक्रेसी एसिया\' अन्तर्गत एसिया प्यासिफिकको फाइनलमा
आवाजमा आधारित मोबाइल इङ्गेजमेन्ट प्रविधि रिङ्गेजले 'स्टार्टअप टेक फोर डेमोक्रेसी एसि…
युनिमनीबाट आईएमईमा पैसा पठाउँदा आइफोन १४ प्रोदेखि १०० ग्राम सुनको सिक्कासम्म जित्ने मौका
आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रव…
फिर्ता आयो ह्याक भएको प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट
ह्याक भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्विटर अकाउन्ट @PM_Nepal_पुनः फ…
नेपाल टेलिकमले भन्यो, ‘हामीले फ्रि कल उपलब्ध गराइरहेका छैनौं, सचेत रहनुहोला’
नेपाल टेलिकमले फ्रि कल उपलब्ध गराइरहेको भन्दै विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर, ह्वा…
भोलि ह्याबिट्याट इन्नोभेसन कन्क्लेभ हुँदै
चैत ३ गते शुक्रबार ह्याबिट्याट इन्नोभेसन कन्क्लेभ २०२३ आयोजना हुने भएको छ । काठमाडौ…
च्याटजीपीटी फोर सार्वजनिक, सब्सक्राइबरले मात्रै प्रयोग गर्न पाउने
माइक्रोसफ्टले एआई भिडियोको साथमा च्याटजीपीटी फोर सार्वजनिक गर्ने भएको छ । अहिलेसम्म…
एफएनसीसीआईको चुनावमा क्यान महासंघबाट नवराज कुँवरले कार्यसमिती सदस्यमा उम्मेदवारी दिने
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघबाट निवर्तमान अध्यक्ष नवराज कुँवरले नेपाल उद्…
प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक
प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक भएको छ । प्रधानमन्त्री कार्यालयको आधिकारिक…
नेपाल रेमिटबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे वालेटमा पाउन सकिने
आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अन्तर्गत…
काठमाडौंमा एपानको सम्मेलन सुरू, अनुसन्धान र शैक्षिक संजाल विस्तारमा सहयोग पुग्ने विश्वास
एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको सह…
नेपाल टेलिकमका विभिन्न उपकरण र संरचनाहरुमा क्षति पुग्दा सेवा प्रवाहमा समस्या
नेपाल टेलिकमले विभिन्न उपकरण र संरचनामा क्षति पुर्याउँदा सेवा प्रवाहमा समस्या आएक…
वीरगंज उद्योग वाणिज्य संघद्वारा खल्ती सम्मानित
खल्तीले नेपालको व्यापारिक इकोसिस्टममा योगदान स्वरूप सम्मान प्राप्त गरेको छ । वीरगंज …
पाँच दिनसम्म चल्ने एपान सम्मेलनको औपचारिक उद्धाटन सञ्चारमन्त्री शर्माले गर्ने
पाँच दिनसम्म सञ्चालन हुने एसिया प्यासिफिक एडभान्स नेटवर्क (एपान) को ५५ औं सम्मेलन …