अपडेट
वर्ल्डलिंकका ग्राहकहरुका लागि खल्ति तथा सामसङको उत्कृष्ट चाडपर्व अफर
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका ग्राहकले सामसङ ब्रान्डका विद्युतीय सामग्री खरिदमा आकर्षक तथा विशेष छुट पाउने भएका छन् । आउँदै गरेका चाडपर्व लक्षित गरी सामसङले वर्ल्डलिंकसँगको सहकार्यमा यस्तो अफर सार्वजनिक गरेको हो ।
अफर अन्तर्गत वर्ल्डलिंकका ग्राहकलाई सामसङ उत्पादनमा साढे १५ हजारसम्मको छुट प्रदान गरिनेछ । जसअनुसार सबैभन्दा धेरै अर्थात १५ हजार ५०० रुपैयाँको छुट आठ केजी क्षमताको सामसङ फ्रन्ट लोड इको बबल वासिङ मसिन खरिदमा पाउन सकिनेछ ।
८८ हजार रुपैयाँ बजार मूल्य रहेको उक्त वासिङ मसिन वर्ल्डलिंकका ग्राहकलाई भने ७५ हजार ५०० रुपैयाँमै उपलब्ध हुनेछ । त्यस्तै ५५ इन्चको सामसङ फोरके यूएचडी टेलिभिजनमा १३ हजार ९१ रुपैयाँको छुट पश्चात ८३ हजार ५०० रुपैयाँमै पाउन सकिनेछ, जसको बजार मूल्य ९६ हजार ५९१ रुपैयाँ रहेको छ ।
यसैगरी ६६ हजार ५०० रुपैयाँ पर्ने ४३ इन्चको सामसङ फोरके यूएचडी टेलिभिजनमा आठ हजार रुपैयाँ छुट पाउन सकिनेछ । यस बाहेक ३७ हजार ८०० बजार मूल्य रहेको २३० लिटर क्षमताको सामसङ सिङ्गल डोर रेफ्रिजेरेटरमा छ हजार ३०० रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।
मोबाइल तर्फ ३१ हजार ९९९ रुपैयाँको आठ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भएको सामसङ ए२४ एलटीई स्मार्टफोन तीन हजार ९९९ रुपैयाँ छुट पश्चात् मात्र २८ हजार रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
यो छुट सुविधाका लागि वर्ल्डलिंकका काउन्टरमा गएर अथवा अनलाइनबाट तीन वा १२ महिनाको इन्टरनेट प्याकेज खरिद तथा रिन्यु गर्नुपर्नेछ । त्यसपछि वर्ल्डलिंकका काउन्टरबाट आफूले छुट प्राप्त गर्न चाहेको सामसङ उत्पादनको भौचर प्राप्त गर्न सकिनेछ ।
उक्त भौचर सामसङका कुनै पनि आधिकारिक स्टोरमा गएर देखाउँदा अफर अन्तर्गतको छुट सुविधा मिल्ने जनाइएको छ । यसअघि २६ सेप्टेम्बरमा खल्ति द्धारा वल्र्डलिंकका ग्राहकहरुका लागि दुबई घुम्ने अफर ल्याएको थियो ।
अपडेट
लक्ष्मी सनराइज बैंकको दशैं योजना, मोबाइल बैंकिङबाट टिकट काट्दा क्यासब्याक
नेपालीहरुको महान् चाड दसैँलाई लक्षित गरी विभिन्न अफरहरूसहित लक्ष्मी सनराइज बैंकले …
अरोरा र अन्डरडग टेक अवार्डको आवेदन खुला, महिला टेक संस्थापकहरुले आवेदन दिन पाउने
महिला टेक संस्थापकहरुलाई लक्षित गरिएको अरोरा टेक अवार्ड र अन्डरडग टेक अवार्डको आवे…
हाम्रो पेको क्यूआर स्क्यान गरेर भुक्तानी गर्दा ‘कोइली’ कराउने
हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट हाम्रो पेबाट भुक्तानी गर्दा अब 'कोइ…
फोनपेबाट एयरलाइन्सको टिकेट काट्दा म्याकबुक एयर जित्ने मौका
नेपालको अग्रणी भुक्तानी प्रणाली संचालक फोनपेले फोनपे सुपरयात्रा नामक अभियान संचाल…
एप्पलले हरेक वर्ष किन ल्याउँछ नयाँ आईफोन ?
एप्पलले हरेक वर्ष आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ आईफोन ल्याउँछ । केही समय अगाडि म…
डिशहोमका ग्राहक राईले जिते एक लाख नगद
‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ०२५६४१९५२९६ क्यास आईडीका ग्रा…
सामसङको मोबाइल वा ट्याबलेट किन्दा स्कुटर जित्ने मौका
‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै’ दशैं कन्जुमर प्रमोसन योजनाका ९ जना भाग्यशाली…
शत्रुले प्रहार गरेका रकेट आकाशमै नष्ट गर्ने इजरायलको ‘आईरन डोम’ प्रविधि, कसरी गर्छ काम ?
गत शनिबारदेखि इजरायल र हमासबीच युद्ध जारी छ । गत ७ अक्टोबरमा प्यालेस्टिनी इस्लामिक…
अनरको फेस्टिभ अफर, स्मार्टफोन किन्दा दैनिक उपहारसँगै भेस्पा स्कुटर जित्ने मौका
नेपालका लागि अनर स्मार्टफोनको आधिकारिक वितरक सेलट्रोन नेपालले आफ्ना ग्राहकका लागि …
एनटी फाइबरको दशैं तिहार अफर, पुरानै मूल्यमा बढी स्पीडको इन्टरनेट पाइने
नेपाल टेलिकमले आगामी बिहिबारदेखि लागु हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याके…
कुशल, रोहित र दीपेन्द्र एफवान सफ्ट ग्रुपको ब्रान्ड एन्डोर्सरको रूपमा आवद्ध
एफवान सफ्ट ग्रुप, नेपालको अग्रणी फिनटेक समूहले तीन प्रख्यात नेपाली राष्ट्रिय क्रिकेट …
कार्ड नहुँदा रोकियो ड्राइभिङ लाइसेन्सको छपाइ
‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरु छपाइ रोक…
विद्युतीय राहदानी आवेदनका लागि मंगलबारदेखि अग्रिम बुकिङ्ग खोलिने
राहदानी विभागले असोज २३ गते मंगलबारबाट अनलाइन फारामको लागि अग्रिम बुकिङ खुला ग…
हुलाकलाई पुनर्संरचना गरी नयाँ व्यवसायिक ढाँचामा लैजानुपर्छः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई पुनःसंरचनामार्फत मौजुदा …
सस्तोडिल र सेल्सबेरीबीच सहकार्य, सामान खरिदमा विशेष छुट पाइने
ई-कमर्स कम्पनी सस्तोडिल र सुपरमार्केट चेन सेल्सबेरीबीच एक्सक्लुसिभ सहकार्य भएको छ । …