अपडेट
सीएनआई र दराजले स्वदेशी उत्पादन प्रवर्द्धन गर्न सहकार्य गर्ने
नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन प्लाटफर्म कम्पनी दराजबीच स्वदेशी अभियानमा आवद्ध सदस्यहरुको उत्पादन प्रवद्र्धन गर्न समझदारी भएको छ ।
मेक इन नेपाल ‘स्वदेशी’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको साझेदारीमा नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको अभियान हो ।
स्वदेशी औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य लक्ष्यका साथ परिसंघले सन् २०२१ देखि ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सञ्चालन गरिरहेको छ ।
सीएनआईले स्वदेशी अभियानमा जोडिएका उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने, कामदारहरूको सीप अभिबृद्धि गर्ने जस्ता काम गर्दै आएको छ ।
स्वदेशी सदस्यहरुको वस्तु तथा सेवाको बजारीकरणमा सहयोग गर्ने उद्देश्यले दराजसँग समझदारी गरिएको हो । यस समझदारी अनुुसार दराजले आफ्नो अनलाइन पोर्टलको ‘प्राउड्ली नेपाली च्यानल’ मा स्वदेशी सेक्सन बनाउने छ ।
स्वदेशी सदस्यहरुले आफ्ना वस्तुहरु यस सेक्सनमा राख्न पाउनेछन् । साथै दराजले स्वदेशीको प्रबद्र्धन गर्ने अन्य उपाय तथा सुविधाहरु दिनेछ ।
यो समझदारी अनुसार मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध सदस्यहरुको वस्तु दराजको प्लाटर्फममा राख्न तथा खरिद बिक्री गर्न दराजले स्वदेशी सदस्यहरुलाई आवश्यक तालिम, परामर्श, जानकारी उपलब्ध गराउनेछ ।
मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध सदस्यहरुलाई बजारीकरण तथा नेटवर्किङमा सहयोग गराउने उद्देश्यले दराजसँग यो समझदारी गरिएको परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए ।
अपडेट
प्लस साइज नेपालको आउटलेट कुमारीपाटीमा, सामाजिक सञ्जालबाट मात्रै दैनिक २०० बढी अर्डर
बसुन्धारबाट सुरु भएको प्लस साइज नेपालले सोमबार आफ्नो तेस्रो आउटलेट कुमारीपाटीमा स…
विद्युतीय व्यापार विधेयक राष्ट्रिय सभामा पेस
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ राष्…
पनौतीको सामुदायिक विद्यालयमा ‘इ–लाइब्रेरी सर्भर’
काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । …
सामाजिक सञ्जालबाट सीप सिक्दै कैलालीका महिला
कैलालीका महिला मोबाइल चलाएर सीप सिक्न थालेका छन् । महिलाले मोबाइलको सहायताले टि…
आईएमई पे, खल्ती र प्रभु पे नेपालपे क्युआरमा आबद्ध
नेपालपे क्युआरमा नेपालका अग्रणी डिजिटल वालेट आईएमईपे, खल्ती र प्रभुपे पनि आवद्ध भए…
५ दिनमै थ्रेड्सका १० करोड प्रयोगकर्ता
ट्विटरको प्रतिस्पर्धीको रूपमा सार्वजनिक भएको इन्स्टाग्रामको नयाँ एप थ्रेड्सका प्रयोगकर्ता…
भिभोको ‘मनसुन फेस्टिभल’ अफर, वाई सिरिजका स्मार्टफोन किन्दा छुट
भिभोले जुलाई १ देखि जुलाई ३१ सम्म ‘मनसुन फेस्टिभल’ योजना ल्याएको छ । यस योजना अन्…
नेपाल पे क्युआर र स्मार्ट क्युआर अब एक आपसमा चल्ने
नेपाल पे क्युआर र स्मार्ट क्युआरले नेटवर्क स्तरमा अन्तरआबद्ध भई सेवा सुरु गरेका छन् । …
काठमाडौं महानगरको आईडिया बैंकका लागि ५० वटा आईडिया छनौट
काठमाडौं महानगरपालिकाले आईडिया बैंकका लागि ५० वटा आईडिया छनौट गरेको छ । आईडिय…
२१ दिनमा डेढ लाख फुड डेलिभरी गर्दै पठाओ फुड फेस्ट सम्पन्न
नेपालको अग्रणी राइड शेयरिङ एवम् फुड डेलिभरी कम्पनी पठाओ नेपालले आयोजना गरेको नेप…
असार ३१ गते टेकवेबिनार नेपालको टेक चौतारी टक्स हुँदै, यसरी हुनुहोस् सहभागी
कवेबिनार नेपालले सेक्युरिटी पाल र लिभिङ विथ आइसिटीको सहकार्यमा टेक चौतारी टक्स आ…
नक्कली भुटानी शरणार्थी प्रकरणः आरजुको नाम लिएको अडियो सन्देश शर्माको स्वरसँग मिल्यो
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. आरजु राणा दे…
पहिलो मानव–रोबोट पत्रकार सम्मेलन जेनेभामा, रोबोट र पत्रकारबीच के के भयो कुरा ?
विश्वको पहिलो मानव–रोबोट पत्रकार सम्मेलन जुलाई ७ शुक्रबार स्वीट्जरल्याण्डको जेनेभामा …
गल्ली गल्ली खोज्न सकिने गल्ली म्याप्सले पायो स्टार्टअप वर्ल्डकप नेपालको ताज
गल्ली गल्ली खोज्न सकिने नेपाली स्टार्टअप गल्ली म्यापले स्टार्टअप वर्ल्ड कप २०२३ नेपालको …
भायानेटको नयाँ अफर, वार्षिक सदस्यता नवीकरण गर्दा २ महिना नि:शुल्क
भायानेट कम्युनिकेसन लिमिटेडले नवीकरण अफर ल्याएको छ । भायानेटको कुनै पनि इन्टरनेट…