अपडेट
च्याटजीपीटीले रच्यो इतिहास, पादरीको अनुपस्थितिमा अमेरिकामा गरायो बिहे
आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट च्याट जिपिटीले अब बिहे पनि गराउन थालेको छ । अमेरिकाको कोलोराडोमा बिहेका लागि फादर अर्थात् पादरीको अनुपस्थितिमा च्याट जीपीटीले एक जोडीको बिहे गराइदिएर इतिहास रचेको हो ।
सन् १८०० को दशकमा बनेको एक ऐतिहासिक चर्चमा उक्त कीर्तिमानी बिहे सम्पन्न भएको छ । मोरिसन चर्चमा भएको बेहुली ऋषि विन्च र बेहुला डेटन ट्रुटको सो विवाहमा च्याट जिपिटी एआई रोबोटले फादरको भूमिका निर्वाह गरेको थियो ।
समाचार अनुसार कोलोराडोको परम्परामा कुनै पनि जोडीले आपसी सहमतिमा कुनै अधिकारीको उपस्थिति बेगर पनि बिहे गर्न सक्दछ । सोही परम्पराको फाइदा उठाउँदै त्यो जोडीले आफ्नो बिहेमा एआई प्रविधिको प्रयोग गर्ने निर्णय गरे ।
एआई च्याटबट बाट बिहेको प्रक्रिया सम्पन्न गराउने आइडिया चाहीँ सुरुमा बेहुलीका पिता स्टिफन विन्चले निकालेका थिए ।
सो बिहेमा च्याट जीपीटीले केवल विवाह प्रक्रिया सम्पन्न मात्र गरेन उक्त बिहेमा पाहुनाहरुलाई निमन्त्रण गर्नका लागि पनि ज्याट जीपीटीकै सहयोग लिइएको थियो । बिहेमा करिब ३० जना पाहुनाहरु सहभागी भएका थिए ।
च्याटबटको प्रयोग गरेर गरिएको विश्वकै पहिलो यस विवाहका सम्बन्धमा च्याट जीपीटीले भनेको छ, 'हामीले यो ऐतिहासिक क्षणको खुसी मनाएर सम्मानित महसूस गरिरहेका छौँ, जहाँ प्रेम र प्रविधि एक अर्कासँग जोडिएका छन् ।'
उक्त बिहेमा प्रयोग भएको च्याट जीपीटी च्याटबट युक्त एआई रोबोटलाई मुखौटा लगाइएको थियो । बिहेमा उपस्थित मानिसहरुलाई सम्बोधन गर्दै सो रोबोटले भन्यो, 'म यहाँहरु सबैप्रति आभार व्यक्त गर्दछु, विशेष गरी जो अन्य राज्यबाट समेत आउनुभएको छ ।'
उक्त रोबोटले फादरको भूमिका निर्वाह गर्दै बेहुला र बेहुलीलाई परम्परा अनुसार वाचा गराउनुका साथै आशीर्वाद पनि दिएको थियो ।
अनौठो त बिहेमा प्रविधिको प्रयोग गरेको ऋषि र डेटनको जोडीको प्रेम सम्बन्धको सुरुवात पनि प्रविधिसँगै जोडिएको छ । उनीहरुबीच अनलाइन डेटिङ एपको मार्फत्बाटै चिनजान भएर प्रेम अंकुरण भएको थियो ।
च्याट जीपीटीलाई फादर बनाएर बिहे गर्दै अन्ततः यो जोडीले इतिहासमा नाम लेखाएको छ । बिहेमा सहभागीहरुले पनि आफूहरुका लागि उक्त क्षण अनौठो र जीवनभरका लागि स्मरणीय रहेको बताएका छन् । एजेन्सीको सहयोगमा
भिडियो
अपडेट
प्रविधिको सहायताले मिल्यो क्षणभरमै एसईईको नजिता
काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयका विद्यार्थी केशवकान्त पौडै…
डिशहोम टिभी अब सिधै मोबाइलमा, लाइभ टिभीसँगै सिरिज, कार्टुन, मुभि हेर्न सकिने
डिशहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप ‘डिशहोम गो’ सञ्चालन …
एसईईको नतिजा हेर्न सकिने टेलिकमका ३ माध्यम
नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको छ । र…
एसईईको नतिजा सार्वजनिक, यस्ता छन् हेर्ने तरिका
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।…
स्प्यारो र राष्ट्रिय परीक्षा बोर्डबीच सहकार्य, एसएमएसबाटै एसईईको नतिजा थाहा पाउन सकिने
स्प्यारो एसएमएसले एसईईको नतिजा एसएमएसबाटै दिने गरी राष्ट्रिय परीक्षा बोर्डस…
ललितपुर महानगरका घरहरू अब \'मेट्रिक\' ठेगाना प्रणालीमा
ललितपुर महानगरका ६० हजार नौ सय ८८ घर मेट्रिक ठेगाना प्रणालीमा प्रविष्ट भएका छन् । …
च्याटजीपीटीको \'ब्राउज विथ बिंग\' फिचर जुलाई ३ सम्म प्रतिबन्ध
च्याटजीपीटीले आफ्ना सब्सक्राइबरहरुको लागि ब्राउज विथ बिंग फिचर बन्द गरेको छ । हालै…
केही दिनमै एसईईको नतिजा आउँदै, यस्ता छन् हेर्ने तरिका
राष्ट्रिय परीक्षा बोर्ड केही दिनमै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक …
मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन हलहरुलाई काठमाडौं महानगरको निर्देशन
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका १७ वटा फिल्म हललाई मनो…
नेपालगञ्ज विमानस्थलमा डिजिटल प्रणाली
बाँकेको नेपालगञ्ज विमानस्थलमा मौसमको जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइ…
पावर लिटरबाटै खेत जोत्छन्, ड्रोनबाट मल छर्छन् किसान
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका चेतराज चौधरी लामो समयदेखि कृषि पेस…
एनएमबी बैंकको नयाँ अफर, पैसा ट्रान्सफर र डेबिट कार्ड जारी निःशुल्क
एनएमबी बैंकले दुई आकर्षक अफरहरू घोषणा गरेको छ। अफर अन्तर्गत ग्राहकहरूले इ-एनएमबी …
गोडरेजको नयाँ इन्भरटर एसी नेपालमा, ९९.९ प्रतिशतसम्म किटाणु नष्ट गर्ने
गोडरेजले नयाँ इन्भरटर एअर कन्डीसनर (एसी) नेपाली बजारमा सार्वजनिक गरेको छ । गोडरे…
इसेवाबाट जीवन बीमा नविकरण गर्दा ५० हजारसम्म जित्न सकिने
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत लाइफ इन्स्योरेन्स्को नविकरण…
बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट
स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरी सामान खरिदको भुक्तानीमा छुट अफर सार्वजनिक …