कीवर्डहरू -

अपडेट

काठमाडौं महानगरको बजेटः सबै सेवा अनलाइनबाटै दिने, आफ्नै ई-कमर्स पोर्टल ल्याउने 

काठमाडौं महानगरपालिकाले महानगरबाट प्रदान गरिने सबै सेवाहरुलाई अनलाइन प्रणालीबाटै उपलब्ध गराउन १५ करोड रकम छुट्याएको छ ।

आईतबार आगामी आर्थिक वर्ष २०८०-८१ का लागि उपमेयर सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा सबै सेवा अनलाइनबाटै दिने, आफ्नै टेलिभिजन स्थापना गर्ने, जबलिंक एप, ई-कमर्स सञ्चालनमा ल्याउने लगायतका योजना समेटिएका छन् ।

महानगरबाट प्रदान गरिने सबै सेवाहरुलाई अनलाइन प्रणालीमार्फत गर्ने गराउने कार्यलाई महानगरको गौरवको योजनाको रुपमा आत्मसातगरी ‘सुशासनको लागि अनलाइन सेवा’ योजना अन्तर्गतका विभिन्न कार्यक्रम संचालन गर्न १५ करोड रूपैयाँ विनियोजना भएको छ ।

महानगरका मुख्य सडक, चोक एवं गल्ली समेतमा सर्भिलेन्स क्यामेरा जडान गरी महानगरवासीलाई सुरक्षित परिवेशमा बस्न योग्य शहर बनाउने उद्देश्यले ‘महानगरले देख्छ’ योजनाको लागि रु. २० करोड रकम छुट्याइएको छ ।

यस्तै महानगर टेलिभिजन स्थापना गर्न ५ करोड रकम छुट्याइएको छ भने आउँदो आर्थिक वर्षमा सूचना प्रविधि सम्बन्धी सम्मेलन आयोजना गर्न आवश्यक रकमको प्रबन्ध गरिएको छ ।

भवन निर्माण इजाजत, सिफारिस तथा प्रमाणित र राजश्व संकलन कार्यलाई सूचना प्रविधिको प्रयोग गरी व्यवस्थित गर्न आवश्यक रकमको व्यवस्था गरिएको छ ।

काठमाडौं महानगरले अब डिजिटल हाजिर प्रमाणित अभिलेखका आधारमा तोकिएको दरमा विद्यार्थीलाई खाजा उपलब्ध गराउने जनाएको छ ।

महानगरको सहयोगमा सञ्चालन एम्बुलेन्स हटलाइन सेवा १०२ सञ्चालन गर्न १ करोड ४४ लाख बजेटको व्यवस्था गरिएको डंगोलले बताइन् ।

महानगरले आफ्नै युटिलिटी डक्ट समेत निर्माण गर्ने भएको छ । ‘महानगर क्षेत्रभित्रका सडकहरूमा फाइबर तथा अन्य केबल विस्तारको लागि आफ्नो युटिलिटी डक्ट निर्माण गरी शेयर्ड इन्फ्रास्ट्रक्चरको अवधारणा अनुसार कार्य अगाडि बढाउन १० करोड रकम विनियोजन गरेको छु,’ डंगोलले भनिन् ।

उज्यालो शहर, मेरो महानगर योजना अन्तर्गत महानगरका सबै सडक तथा गल्लीमा सडक बत्ती जडान गर्ने एवं महानगरका १०० वटा मुख्य चोक तथा क्षेत्रहरूमा हाई मास्टलाइटसहितको व्यवस्था गर्ने कार्यक्रमका लागि ३० करोड रकम छुट्याइएको छ ।

पर्यटकीय क्षेत्रहरुको रूट सजेसन सम्बन्धी एप निर्माण गर्ने बजेटमा उल्लेख गरिएको छ । महानगरभित्रका युवालाई श्रमबैंक स्वर्णिम योजनामा आवद्ध गराइ सीप तथा क्षमता विकासमार्फत रोजगारीको अवसर सिर्जना गर्न १० करोड बजेट व्यवस्था गरिएको छ ।

‘रोजगारी वृद्धिको लागि वेरोजगार र रोजगारदाता बिच जबलिंक एप प्रयोगमा ल्याउन आवश्यक बजेटको प्रबन्ध गरेको छ’, बजेटमा भनिएको छ ।

यस बाहेक महानगरले आफ्नै ई-कमर्स पोर्टल पनि सञ्चालनमा ल्याउने योजना अगाडि सारेको छ । बजेटमा उत्पादन र उपभोगलाई जोड्न अनलाइन ई-कमर्स पोर्टल मार्फत मेट्रो मार्ट संचालनमा ल्याउन १ करोड रकम छुट्याइएको छ ।


अपडेट

‘नेपालमा विग डेटाको प्रयोग भएकै छैन’

नेपालमा हालसम्‍म बिग डेटाको प्रयोग नभएको सरोकारवालाहरुले जोड दिएका छन्। डिजिटल न…

‘डिजिटल अर्थतन्त्र र वित्तीय अर्थतन्त्र कार्यान्वयन अझै कमजोर छ’

नेपालको डिजिटल अर्थतन्त्र र वित्तीय अर्थतन्त्र कार्यान्वयनमा कमजोर रहेको सरोकारवालाहरु…

डिजिटल अवसर र उद्यमशीलतालाई जोगाउनै कठिन, युवा र स्टार्टअपलाई प्रोत्साहनको खाँचो

नेपालमा डिजिटल अवसर र उद्यमशीलतालाई बढावा दिन स्टार्टअप कम्पनी र युवा जनशक्तिलाई ज…

ह्वावे डिजिटल नेपाल कन्क्लेभको दोस्रो दिनः नवप्रवर्द्धन, उद्यमशीलता, सुरक्षा र नेतृत्वमा बहस हुँदै

ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२३ दोस्रो दिन पनि जारी रहेको छ । शुक्रबारदेखि सुरू …

ग्राहकलाई ढुक्क बनाउँदै वर्ल्डलिंकः इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता हुने

वल्र्डलिंकले ग्राहकलाई ढुक्क बनाउने ‘सर्भिस ग्यारेन्टी’को सुविधा ल्याएको छ । निजी क्षे…

दूरसञ्चार पूर्वाधारको सहप्रयोगमा सरोकारवालाहरूको जोड

दूरसञ्चार पूर्वाधारको सहप्रयोगमा सरोकारवालाहरूले जोड दिएका छन् । शुक्रबारदेखि सुरू…

समन्वय गर्न सक्ने संस्था नहुँदा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न कठिन भयो : सञ्चारमन्त्री रेखा शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि मनोरञ्जनको मात्र नभएर उत्पा…

डिजिटल नेपाल कन्क्लेभ : पहिलो दिन डिजिटल सक्षमताका लागि पूर्वाधारमा छलफल हुने

ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ सुरू भएको छ। आइसिटी फाउण्डेसन नेपालको आ…

ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ सुरू

ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २…

ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को तयारी पूरा, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को तयारी पूरा भएको छ। आइसिटी फाउण्डेसन …

नमस्ते पेको नयाँ अभियान, बम्पर अफरमा ल्यापटप र स्कुटर जित्ने मौका 

नमस्ते पेले विभिन्न अफर र क्यासब्याकका साथ सबैभन्दा बबाल अफर एभ्रिडे नामक नयाँ अभिय…

क्रोमको इन्कग्निटो मोडमा पनि अब स्क्रीनसट लिन सकिने

ललितपुर महानगरपालिकाले विद्युतीय सवारी साधन किन्ने करदातालाई ५ प्रतिशत छुटको घोष…

सामसङको इन्स्टा फाइनान्स योजना, शुन्य प्रतिशत ब्याजदरमा मोबाइल किन्न वित्तीय सुविधा उपलब्ध हुने 

सामसङले आफ्ना उपभोक्ताहरुका लागि शुन्य प्रतिशत ब्याज दर रहेको वित्तीय सुविधायुक्त नय…

असार ७ गतेदेखि दराजको पे डेको झट्का अभियान, यस्ता छन् सुविधा 

नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो ग्राहकहरुलाई मध्यनजर गर्दै ‘पे डेको झट्का’ …