कीवर्डहरू -

अपडेट

ग्लोबल आइएमई बैंकले ल्यायो क्यास तथा चेक डिपोजिटर मेशिन

ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेशिन सञ्चालनमा ल्याएको छ । मेशिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेशिनमार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिनेछ ।

बैंकले ५ वटा क्यास डिपोजिटर र ५ वटा चेक डिपोजिटर मेशिन सञ्चालनमा ल्याएको हो । बैंकले काठमाडौँ उपत्यकामा कमलादी र न्यूरोड तथा उपत्यका बाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मेशिन सञ्चालनमा ल्याएको छ भने काठमाडौँ उपत्यकाभित्र कमलादी, न्यूरोड, कुलेश्वर तथा काठमाडौँ उपत्यका बाहिर पोखरा र वीरगञ्ज शाखामा चेक डिपोजिटर मेशिन सञ्चालनमा ल्याएको हो ।

बैंकको कमलादी शाखामा आयोजित एक कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा बैंक सञ्चालक समितिमा अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त मेशिनको उद्घाटन गरे । उद्घाटनका अवसरमा अध्यक्ष ढकालले प्रविधिको विकास र आम उपभोक्ताको आकांक्षा अनुरूप वित्तीय क्षेत्र विश्वभर नै द्रुत गतिमा परिवर्तन भइरहेको बताए ।

ग्लोबल आइएमई बैंकले पनि समयानुकूल नयाँ प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्दै गरेको बताउँदै उनले ग्राहकलाई आफ्नो अनुकूल समयमा, विना कुनै कागजी प्रक्रिया सुविधाजनक हिसाबले क्यास तथा चेक डिपोजिट गर्न सहयोग पुग्ने बताए ।

अपडेट

रिब्रान्डिङसहित पुनः सञ्चालनमा आयो नेपालको पहिलो राइड शेयरिङ प्लेटफर्म टुटल

नेपालको पहिलो राइड शेयरिङ प्लेटफर्म टुटल रिब्रान्डिङसहित पुनः सञ्चालनमा आएको छ । ट…

आइएमई पेमार्फत पानी र इन्टरनेटको बिल भुक्तानीमा भारी छुट

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले  हालै सार्वजनिक गरेको ‘Wicket to Win’ ना…

विश्वको पहिलो सुपरसोनिक विमान परीक्षणका लागि तयार

विश्वको पहिलो सुपरसोनिक विमान, एक्स–५९ पहिलो परीक्षण उडानको लागि तयार भएको छ । न…

इन्स्टाग्रामको स्टोरीमा क्यानडा पठाउने भन्दै नक्कली विज्ञापन गरी ठगी गर्ने २ जना पक्राउ

सामाजिक सञ्जाल इन्स्टाग्रामको टाइमलाइन स्टोरीमा आकर्षक सुविधासहित क्यानडा जान वर्कपरम…

नाडा अटो शोको टिकटिङ पार्टनरमा खल्ती, टिकट काट्दा २० प्रतिशत क्यासब्याक

‘खल्ती’ले ‘नाडा अटो शो २०२३’ मा टिकटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ। यस साझ…

एनसेलबाट अब हेलो सरकारमा निःशुल्क कल गर्न सकिने

सरकारले प्रदान गर्दै आएको ‘हेलो सरकार’को टोलफ्री नम्बर ११११ को सेवालाई अझै प्रभावक…

के सधैंका लागि बन्द भएको हो रूटिन अफ नेपाल बन्दको फेसबुक पेज ? 

नेपालको लोकप्रिय पेज ‘रूटिन अफ नेपाल बन्द’ हराएको छ । सोमबार साँझदेखि रूटिन अफ …

आईएमई पेमा अब शाइन रेसुङ्गा विकास बैंकबाट पनि रकम लोड गर्न सकिने

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेमा अब शाइन रेसुङ्गा विकास बैंकका  सेवाग्राही…

१८ वर्ष मुनिका बच्चाहरूले चीनमा दुई घण्टामात्रै स्मार्टफोन चलाउन पाउने

पछिल्लो समय बच्चाहरू स्मार्टफोनमा घण्टौ बिताउने समस्या बढिरहेको छ । यसबाट बच्न चीनको…

भारतमा उत्पादन बढाउने एप्पलको योजना

विश्वभर लोकप्रिय आइफोन बनाउने अमेरिकी कम्पनी एप्पलले भारतमा उत्पादन बढाउने योजना ब…

भदौ २२ र २३ गते वर्डक्याम्प काठमाडौं हुँदै

आगामी भदौ २२ र २३ गते वर्डक्याम्प काठमाडौं आयोजना हुने भएको छ । वर्डप्रेस नेपाल कम्…

डेबिट कार्डबाट कारोबार गर्दा एनएमबि बैंकको ग्राहकलाई १०० रुपैयाँ क्यास ब्याक

एनएमबि बैंकले डेबिट कार्डमा रु १०० क्यासब्याक अफर घोषणा गरेको छ । सो अफर अन्तर्गत …

हेलो सरकार अब २४ सै घण्टा सञ्चालन हुने, प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको…

आईएनजी स्किल एकेडेमीको हेटौँडामा ‘फ्युचरामा’ नामक प्राविधिक कार्यक्रम सम्पन्न

आईएनजी स्किल एकेडेमीले हेटौँडास्थित एभोकाडो एण्ड अर्किड रिसोर्टमा ‘फ्युचरामा’ नामक …

इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिद बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ ।

य…