अपडेट
सात लाख घरमा पुग्यो वर्ल्डलिंकको इन्टरनेट
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुङ्गा पार गरेको हो ।
३० भदौ २०५२ मा स्थापना भएको वर्ल्डलिङ्कले नेपालमा इन्टरनेट सेवा दिन थालेको २७ वर्ष पूरा भइसकेको छ ।
२०७४ जेठमा एक लाख ग्राहक सङ्ख्या पुरा गरेको वर्ल्डलिङ्कले त्यसको साढे पाँच वर्षमा थप नयाँ छ लाख ग्राहक थपेको हो । देशभर १५० भन्दा बढी शाखा कार्यालय रहेको वर्ल्डलिङ्कमा हाल पाँच हजार भन्दा बढी कर्मचारी कार्यरत छन् ।
देशका सातै प्रदेशका ७३ जिल्लामा वर्ल्डलिङ्कको इन्टरनेट सेवा पुगिसकेको छ । बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङमा समेत चाँडै नै आफ्नो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।
देशको कूल इन्टरनेट ट्राफिक मध्ये ४२ प्रतिशत वर्ल्डलिङ्कमार्फत जाने गरेको छ । कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेसमार्फत फ्रि वाईफाई समेत उपलब्ध गराइरहेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एउटा इन्टरनेट कनेक्सन औसतमा ४.३ प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् । त्यस आधारमा नेपालमा वर्ल्डलिङ्कको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या ३० लाख २४ हजारभन्दा बढी रहेको देखिन्छ ।
अपडेट
विश्वकपलाई लक्षित गर्दै लक्ष्मी बैंकको नयाँ योजना, बचतकर्तालाई आजीवन निःशुल्क ग्रीन बैंकिङ्ग प्याकेज
फिफा विश्वकपको अवसरमा लक्ष्मी बैंकले एक अफर ल्याएको छ । बैंकले बचतको महत्वलाई उजाग…
गोपनीयता ऐन तोडेको भन्दै एप्पल विरुद्ध मुद्दा
अनुसन्धानकर्ता एलियट लिबम्यानले एप्पलविरूद्ध डेटा चोरेको आरोपमा मुद्दा हालेका छन् । …
पोखरा जोमसोम हवाई रूटमा मौसम सम्बन्धि जानकारी दिने क्यामेरा जडान हुने
नेपालको हवाई उड्ययन क्षेत्रलाई थप सुरक्षित बनाउन राष्ट्रिय आविष्कार केन्द्र र नेपाल उड्…
विश्वका १५० बढी प्रतिस्पर्धीलाई पछि पार्दै टेक एजुकेसन नेपाल उत्कृष्ट १० युवा आईडिया भित्र पर्न सफल
वातावरणीय जागरूकता, अनुसन्धान र उद्यमशीलता साक्षरतामा काम गरिरहेको गैरनाफामूलक स…
हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादन नेपालमा
युनिभर्सल इलेक्ट्रोकमले नेपाली बजारमा हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादनहरु सार्व…
प्रभु बैंकको भिसा डाइरेक्ट सेवा, १८० देशबाट भिसा कार्डमा सिधैं रेमिट्यान्स पठाउन सकिने
प्रभु बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इण्ट…
आईफाईभर्स टेक सर्भिसेजले आयोजना गरेको ‘टेक्किज मिटअप’ सम्पन्न
आईफाईभर्स टेक सर्भिसेजले आयोजना गरेको ‘टेक्किज मिटअप’ सम्पन्न भएको छ । सूचना प्रविध…
टेलिकमको निर्वाचन अफर, २९४ रूपैयाँमा २० जीबी डाटा पाइने
आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूचन…
‘मिरा ईआरपी’ सफ्टवेयर सार्वजनिक, अब एक ठाउँबाटै सहकारीको सबै कारोबार गर्न सकिने
नियोसिस टेक्नोलोजीले सहकारीलाई प्रविधिमैत्री बनाउने सफ्टवेयर ‘मिरा ईआरपी’ सार्वजनि…
आइसिटी अवार्ड २०२२ को प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन सम्पन्न
आईसिटी अवार्ड २०२२ को प्रेजेन्टेसन तथा स्पीड डेटिङ सेसन सम्पन्न भएको छ । शनिबार आइस…
नेप्सेको पुरानो वेबसाइट बन्द, अब नयाँ वेबसाइटबाट मात्रै जानकारी लिन सकिने
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेबसाइट बन्द भएको छ । नेप्सेको नयाँ वेबसाइट…
‘कबड्डी ४’ चलचित्र अब सिनेमाघर एपमै हेर्न सकिने
‘कबड्डी ४’ चलचित्र अब सिनेमाघर एपमा हेर्न सकिने छ । रामबाबु गुरुङ निर्देशन गरेको …
अझै पनि प्रयोगकर्ताको डेटा ट्रयाक गर्दै एप्पल
आईओएसमा प्राईभेसी फिचरहरु रहे पनि कयौँ एपले अझै पनि प्रयोगकर्ताको डेटा ट्रयाक गरि…
कंलकीमा बससेवाको यात्रु प्रतिक्षालय, इन्टरनेट चलाउँदै, चिया कफी खाँदै बस कुर्न सकिने
नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले कलंकीस्थित् …
प्रभावकारी बन्दै एकै पटक धेरैलाई म्यासेज पठाउने टेलिकमको सेवा, कसरी गर्ने प्रयोग ?
एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश स…