अपडेट
नेपाल इन्टरनेट फाउन्डेसनले मनायो ‘सेल्फी विथ डटर’ दिवस
नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ) ले नेपालमा पनि ‘सेल्फी विथ डटर’ दिवस मनाएको छ । कार्यक्रममा एनआईएफका अध्यक्ष विक्रम श्रेष्ठ, सेल्फी विथ डटरकी नेपालका संयोजक कल्पना श्रेष्ठ, विशिष्ट अतिथि, छात्राहरू लगायतको उपस्थिति रहेको थियो ।
भारतबाट सुरू भएको सेल्फी विथ डटर अभियान नेपालमा पनि आजकै दिन ३ वर्ष अगाडि सुरू भएको थियो । भारतमा पनि एक कार्यक्रम गर्दै सेल्फी विथ डटर दिवस मनाइएको छ ।
विश्वकर्मा स्किल युनिभर्सिटीले आयोजना गरेको एक भर्चुअल कार्यक्रममा हरियानाका मुख्यमन्त्री मनोहर लाल प्रमुख अतिथिको रूपमा उपस्थिति रहेको थियो । यस बाहेक सेल्फी विथ डटर अभियानका सुरूवातकर्ता सनिल जगलानको समेत उपस्थिति थियो ।
यस बाहेक नेपालबाट पनि ९० भन्दा बढी व्यक्ति तथा संस्थाको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि हरियाणाका मुख्यमन्त्री मनोहर लालले छोरीहरूलाई छोराको समान व्यवहार गर्नुपर्नेमा जोड दिए । उनले अपाङ्गता भएका छोरीहरुलाई पनि समाजमा सफल हुन समान अवसर दिनुपर्ने उनले बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै विक्रम श्रेष्ठले लैङ्गिक समानताको मूल्यलाई जोड दिँदै छोरीहरूलाई आफ्ना आकांक्षाहरू पछ्याउन र सबै मानिसहरूलाई न्यायोचित व्यवहारको लागि लड्न आग्रह गरे ।
यस्तै सुनिल जगलानले अपाङ्गता भएका छोरीहरूलाई समावेश गर्न जोड दिदै सहभागीहरूलाई उनीहरूको माया र समर्थन देखाउन उनीहरूसँग सेल्फी खिच्न आग्रह गरेका थिए ।
कार्यक्रममा सेल्फी विथ द डटर अवार्ड २०२३ रिदम शर्मालाई प्रदान गरिएको थियो । सो कार्यक्रममा ‘बेटी बचाउ र बेटी पढाउ’ अभियानको सन्देशमुलक भिडियो समेत प्रस्तुत गरिएको थियो ।
HVC गुरुग्राम विश्वविद्यालयका प्रोफेसर दिनेश कुमार, HVC IILM का प्रोफेसर सुजाता शाही, ईस्ट वेस्ट अटोमेसन टेक्नोलोजीका एमडी अरविन्द कौल, रुप अटोमोटिभका एमडी मोहित ओसवाल, हीरो मोटोकर्पका एचआर हेड धर्मरक्षित, डा. सीके गरियाली, सेवानिवृत्त आईएएस र अम्बा वाटलले छोरीहरूको राम्रो भविष्य सिर्जना गर्न सामूहिक प्रयासको महत्त्वलाई जोड दिएका थिए ।
‘सेल्फी विथ डटर’ दिवसको तेस्रो वार्षिकोत्सवको अवसरमा, नेपाल इन्टरनेट फाउन्डेसनले लैङ्गिक समानता र विशेष गरी अपाङ्गता भएका सबै छोरीहरूको सशक्तिकरणमा सधै जोड दिएको छ । नेपालमा पनि सेल्फी विथ डटर अभियान सफल भएको छ । सेल्फी विथ डटर ह्यासट्यागमा टिकटकमा राखिएका भिडियोलाई मात्रै १८ मिलियन भन्दा बढी भ्युज प्राप्त भएको छ ।
छोरीलाई सफल बनाउन र अगाडि बढ्नको लागि समान अधिकार र अवसरहरू सिर्जा गर्न सधै तयार रहेको समेत फाउन्डेसनले जनाएको छ ।
अपडेट
एक करोडसम्मको घर बीमा सुविधा इसेवाबाट वार्षिक ५०० देखि ४५०० रूपैयाँमा गर्न सकिने
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले युएसएआईडी, तयार र शिखर इन्स्य…
कार्ड बिना नै ज्योति विकास बैंकको एटीएमबाट पैसा निकाल्न सकिने
ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटीएमबाट पैसा निकाल्न सकिने गरि कार्डलेस …
चिनियाँ र नेपाली मिलेर अवैध कल बाइपास, तीन हजार सात सय सिम बरामद
चिनियाँ र नेपाली मिलेर अवैधरूपमा कल बाइपास गरेको फेला परेपछि दुई व्यक्ति पक्राउ …
अनलाइन सिष्टम ह्याक गरी ३५ लाखको टिकट खरिद, साइबर ब्यूरोले गरायो सचेत
नेपालमा अनलाइन प्रणालीको माध्यमबाट सेवा दिने काम दिनप्रदिन बढिरहेको छ। सरकारी से…
साओमीको एक्सचेन्ज अफर, कुनै पनि ब्रान्डका पुराना फोनसँग नयाँ फोन साट्न सकिने
साओमीले भव्य एक्सचेन्ज अफरको सार्वजनिक गरेको छ । यस अन्तर्गत ग्राहकहरूले कुनै पनि ब्र…
आइएमई पेबाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक
आइएमई पेबाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा १ हजार रूपैयाँसम्म क्यास…
थन्किएका बिजुली बस सञ्चालन गर्न सांसद शाहको ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रयोग बिहीन अवस्थामा रहेका बिजुली बसहर…
गुगलबाटै यसरी खोज्नुहोस् तपाईको लेखका लागि कि-वर्ड
कुनै पनि लेख वा पोष्ट लेख्नुअघि, तपाईलाई एउटा उत्तम कि-वर्ड चाहिन्छ, जसको मद्दतले त…
सामसङको ग्यालेक्सी एफ ५४ स्मार्टफोन नेपाली बजारमा, यस्ता छन् विशेषता
सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ ५४ स्मार्टफोन सार्वजनिक गरेको छ । १०८ मेगा पिक्से…
डिजिटल वालेट चलाउन सिकाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
इसेवा, खल्ती लगायतका वालेट चलाउन सिकाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ…
मन्त्रिपरिषदबाट विद्युत् व्यापारसम्बन्धी विधेयक अघि बढ्यो
नेपाल सरकार मन्त्रिपरिषद्को आजको बैठकले विद्युत् व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको व…
सिटिजन्स बैंकका कार्डबाहकलाई नयाँ बानेश्वर मल्टीप्लेक्सका पसलमा ३० प्रतिशतसम्म छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वरस्थित नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्ट…
साइबर सुरक्षामा जनचेतना जगाउन भदौमा ह्याकरहरूको सम्मेलन
ह्याकर भन्ने बित्तिकै झट्ट आममानिसको मानसपटलमा नकारात्मक सोच आउँछ। ह्याकर भनेको त …
अब ९९९ रूपैयाँमै एसी जडान
इजी सर्भिस नेपालले अब ९९९ रूपैयाँमा एसी जडान गरिदिने भएको छ । गर्मी बढेसँगै एयर…
एप्पलका डिभाइसमा नयाँ सुरक्षा अपडेट, कम्युनिकेसन सेफ्टीदेखि लकडाउन मोडसम्म
एप्पलले आफ्नो वार्षिक विकासकर्ता सम्मेलनमा एप्पल डिभाइसहरूको लागि नयाँ सुविधाहरू घो…