कीवर्डहरू -

अपडेट

प्रविधि पत्रकारको ज्ञान तथा क्षमता अभिवृद्धि गर्न आयोजना गरिएको कार्यशाला सम्पन्न

प्रविधि पत्रकार मञ्च (टीजेएफ) र एनसेल आजियाटा लिमिटेडले प्रविधि क्षेत्रमा रिपोर्टिङ् गरिरेहेका नेपालका पत्रकारहरुको ज्ञान तथा क्षमता अभिवृद्धीका लागि बुधबार ‘ट्रेन्डस् सेपिङ् टेलिकम्युनिकेसन’ कार्यशालाको आयोजना गरेको छ । यो कार्यशाला विश्वमा दूरसञ्चारका क्षेत्रमा भइरहेको विकास र नेपालको अवस्थाका केन्द्रित रहेको थियो ।

प्रिन्ट, अनलाइन र टेलिभिजन लगायत मिडियाका गरि ३५ जना भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको उक्त कार्यशालामा एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डि चोङ्ले विगत दुई दशकमा दूरसञ्चार प्रविधिका क्षेत्रमा भएको विकास र परिवर्तनसँगै टेलिकम कम्पनीहरु विस्तारै टेलिकम कम्पनीबाट टेक कम्पनी बन्दै गएको बताए । उनले एनसेल पनि त्यसै दिशामा उन्मुख भएको बताए ।

एनसेलका प्रमुख सूचना अधिकृत विशालमणि उपाध्यायले च्याटजीपीटीको उदाहरण दिदै प्रविधि कसरी विकसित हुँदै अघि बढि रहेको छ र अबका यसका आयामहरु के हुन सक्छन् भन्ने कुरा प्रकाश पारेका थिए ।

कार्यक्रममा एनसेलका टेक्नोलोजी विभागका युनिट हेड विवेक पोख्रेलले अन्तरराष्ट्रिय बजारमा कसरी डेटाको प्रयोग बढिरेहेको छ र कसरी नेपालमा पनि उपभोक्ताहरु परम्परागत भ्वाइस सेवाबाट डेटामा जाँदै गरेको छन् भन्ने प्रकाश पारेका थिए ।

कार्यशालामा एनसेलका इन्टरप्राइज एन्ड होम प्रोडक्ट म्यानेजर रञ्जन शर्माले इन्टरप्राइजका लागि लक्षित गरिएको एनसेलका डेटा सेन्टरबाट प्रदान गरिने क्लाउड लगायतका सेवाहरु, फाइबर सेवा, लोकल र ग्लोबल कनेन्ट, फिक्स्ड वायरलेस एक्सेस जस्ता सेवा र महत्वका बारेमा बताइएका थिए ।

डिजिटल विकासका लागि इन्टरनेट अफ थिङ्स र क्लाउडले ठूलो महत्व राख्ने भएकाले कम्पनीले सोही अनुरुप काम गरिहेको एनसेलका इन्टरप्राइज सोलुसन म्यानेजर सुशिल बिष्टले बताए ।

टीजेएफका अध्यक्ष गोपाल साउदले दूरसञ्चार आफैमा प्राविधिक विधा भएकोले यस्तो प्रकारका कार्यक्रमहरुले प्रविधिका क्षेत्रमा कलम चलाईरहेका पत्रकारहरुको ज्ञान बढाउँदै उनीहरुको रिपोर्टिङ् क्षमता अभिवृद्धि गर्ने बताए । टीजेएफले प्रविधि पत्रकारहरुको क्षमता अभिवृद्धीका लागि विभिन्न कार्यहरु गर्दै आईरहेको छ ।

अपडेट

अनलाइन जुवा तथा बेटिङ गर्नेको बैंक खाता, मोबाइल वालेट रोक्का गर्ने राष्ट्र बैंकको चेतावनी

नेपाल राष्ट्र बैंकले अनलाइन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, डिजिटल वालेट जस्ता विद्युतीय…

आईएमई पेको सीईओमा प्रवीण रेग्मी नियुक्त

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) को प्रमुख कार्यक…

नमस्ते पेमा उपलब्ध भयो स्प्लिट बिलको सुविधा 

डिजिटल वालेट नमस्ते पेमा स्प्लिट बिलको सुविधा उपलब्ध भएको छ । एन्ड्रोइड र आईओएस दुब…

सेल्सबेरीको डिजिटल क्याम्पेन \'क्लिक एण्ड विनमा\' सहभागी भई आकर्षक गिफ्टहरु जित्न सकिने

सेल्सबेरी डिपार्टमेन्ट स्टोरले हरेक महिना आफ्ना ग्राहकलाई लक्षित गरी विभिन्न किसिमका …

नेपाल टेलिकम मार्फत सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा शुल्क नलाग्ने

सिभिल बैंक र नेपाल टेलिकमबीच साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल…

अनलाइनमार्फत् सट्टाबाजी गर्ने २ जना पक्राउ

अनलाइनमार्फत् सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ …

साउथ एसिया स्टार्टअप आइसिटी अवार्डका उत्कृष्ट दश स्टार्टअप सार्वजनिक

साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को उत्कृष्ट दश सार्वजनिक भएका छन् । साउथ एसि…

दराज १२.१२ मा सानिमा बैंकका ग्राहकलाई १२ प्रतिशतसम्म छुट

सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग ‘दराज १२.१२’ योजनामा विशेष छुट दिने सहक…

सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार सार्वजनिक गर्दै एप्पल

एप्पलले सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार निर्माण गर्ने भएको छ । केही दिन अघि कम्पनील…

युएसबी टाइप सी चार्जर बनाउन एप्पललाई यूरोपेली आयोगको म्याद

यूरोपेली आयोगले एप्पलको चार्जर युएसबी टाइप सी बनाउनलाई सिमित समय निर्धारण गरिदिए…

स्थानीय सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सघाउने एप ‘स्थानीय सरकार सञ्चालन पात्रो’

स्थानीय सरकार सञ्चालन पात्रो मोबाइल एप सार्वजनिक भएको छ । स्मार्ट पालिका प्रालिले तय…

नेपालमा पनि मनाइयो एडब्लुएस कम्युनिटी डे

अमेजन वेब सर्भिसेज (एडब्लुएस) कम्युनिटी डे २०२२ सम्पन्न भएको छ । एडब्लुएस युजर ग्रुप…

१ वर्षको डिशहोमको रिचार्ज गर्दा तामाङले पाइन् १ लाख नगद 

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने अफर अन्तर्गत भक्तपुरको मध्यपुर ठिम…

बीवाइडीका विद्युतीय गाडी किन्नेलाई नबिल बैंकले कर्जा दिने

विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि नेपालका लागि बीवाइडी अटो इन्डष्ट्री…

खल्तीमा बैंक खाता लिंक गर्दा दैनिक टिभी जित्ने मौका

खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘खल्तीमा बैंक लिङ्क’ अफर ल्याएको छ । यस अफर अन्तर्…