अपडेट
इसेवा मनि ट्रान्सफरबाट पैसा पठाउँदा युएईमा बस्ने श्रेष्ठले जिते ललितपुरमा दुई तले घर
डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा युएईमा बस्ने पूर्ण बहादुर श्रेष्ठले ललितपुरमा घर जित्न सफल भएका छन् ।
जेठ १२ गते शुक्रबार, इसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनीका कार्यकारी अधिकृतले इसेवा मनि ट्रान्स्फरको आधिकारिक फेशबुक पेजमार्फत प्रत्यक्ष डिजिटल गोलाप्रथामा युएईमा बस्ने पूर्ण बहादुर श्रेष्ठले घर जित्न सफल भएका हुन् ।
विजेता श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर जितेका छन् । श्रेष्ठले युएईबाट इसेवा मनि ट्रान्स्फरमार्फत आफ्नो घरमा रहेका बुबाको बैंक एकाउन्टमा रेमिट्यान्स् पठाएका थिए ।
पत्रकार सम्मेलनसहित गरिएको प्रत्यक्ष प्रसारण कार्यक्रममा बोल्दै इसेवा मनि ट्रान्स्फरका निर्देशक डेनियल डि श्रेष्ठले विजेता श्रेष्ठलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा उनले भने, ‘नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको एफवान सफ्ट गु्रप अन्तरगतको कम्पनी इसेवा मनि ट्रान्स्फरले रेमिट्यान्स्लाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको छ । यस अभियानप्रति सहयोग र हौसला प्रदान गर्ने सबै नेपालीहरूलाई म धन्यवाद दिन चाहान्छु । आगामी दिनमा पनि कम्पनीले रेमिट्यान्स्लाई डिजिटल बनाउँदै अझ छिटो र विश्वसनिय बनाउन निरन्तर लागि रहनेछ भन्ने विश्वास दिन चाहान्छु ।’
इसेवा मनि ट्रान्स्फरले विदेशबाट आउने रेमिट्यान्सलाई बैधानिक बनाउन प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो ।
डिजिटल रेमिट्यान्स्लाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’अभियान मार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढेदुई तलाको घर दिने घोषणा गरेको थियो ।
७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए । ‘मेरो डिजिटल देश’ अभियान अन्तरगत हरेक महिना सेवाग्राहीको घर सम्म पुगी आकर्षक उपहार समेत प्रदान गरेका थियौं ।
कार्यक्रममा बोल्दै इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विदेशबाट नेपालीले पठाउने रेमिट्यान्सलाई बैधानिक बनाउने कुरामा ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गतको Win your dream house सफलता पूर्वक सम्पन्न भएको बताए ।
उनले भने, ‘ हामीले जुन उदेश्यका साथ यो अभियान सञ्चालन गरेका थियौँ, यसमा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूको उत्साहजनक सहभागिता रह्यो । आगामी दिनमा पनि ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिँदै बैधानिक रेमिट्यान्स्लाई प्रोत्साहन गर्नुहुनेछ भन्ने अपेक्षा हामीले गरेका छौँ ।'
इसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।
इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख १२ हजार भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।
अपडेट
आईएमई पेबाट केटिएम बबल टीमा फोनपे भुक्त्तानी गर्दा १२ प्रतिशत छुट
आईएमई पेबाट केटीएम बबल टिमा डिजिटल भुक्तानी गर्दा छुट पाइने भएको छ । यसका लागि …
फुडमान्डुका नयाँ प्रयोगकर्तालाई पहिलो अर्डरमा २५ प्रतिशत छुट
पालको अग्रणी फुड डेलिभरी कम्पनी फूडमान्डुले नयाँ प्रयोगकर्ता तथा स्वादका पारखीहरुला…
एनसेलको नयाँ मोबाइल नम्बरमा समस्या, अन्य नम्बर जस्तै सहजीकरण गर्न सम्बन्धित निकायलाई आग्रह
एनसेलको नयाँ मोबाइल नम्बरमा ओटीपी नआउने, साइन अप गर्न समस्या, वालेटबाट कारोबार ग…
सामसङ इनोभेसन क्याम्पसद्वारा काठमाडौंमा प्रोग्रामिङ सम्बन्धि तालिम सम्पन्न
सामसङको फ्ल्यागशिप सीएसआर प्रोग्राम सामसङ इनोभेसन क्याम्पसले त्रिभुवन विश्वविद्यालय इन्…
जुम्लाबाट नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सुरू, सातै प्रदेशमा आयोजना हुँदै
राष्ट्रिय सूचना प्रविधि केन्द्रले सातै प्रदेशमा नागरिक एप सम्वन्धि सचेतना कार्यक्रम बिह…
जेठ १६ गतेसम्मका लागि मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द
अर्थ मन्त्रालयले क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द गरेको छ । <…
शुक्रबार बिहान १ घण्टा ४५ मिनेटका लागि इसेवाका सम्पूर्ण सेवा अवरूद्ध हुने
शुक्रबार बिहान १२ : १५ बजे देखि बिहान २:०० बजेसम्म ईसेवाका सम्पूर्ण सेवा बन्द हुने…
१ रूपैयाँमै आईएमई पेमार्फत सामसङको ग्यालेक्सी ए १४ फाइभजी जित्ने मौका
आइएमई पेले ‘रु. १ मा के, सामसङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको…
तपाईलाई साथी वा परिवारजनको जन्मदिन सम्झिन गाह्रो हुन्छ ? अब गूगलले गर्नेछ मद्दत
वर्षमा ३ सय ६५ दिन मात्रै भए पनि कुनै व्यक्तिको जन्मदिन सम्झँदा त्यो मिति सम्झन सक्ने …
आईपीओ जारी गर्दै फोनपे, पूर्वतयारीका लागि एनएमबी क्यापिटलसँग सम्झौता
भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आइपिओ जारी गर्ने पूर्वतयारी …
पब्जी मोबाइल प्रो लिगको फाइनल आजदेखि हुने
पब्जी मोबाइल प्रो लिग (पीएमपीए) साउथ एशिया च्याम्पियनसिप स्प्रिङ २०२३ फाइनल आजदेखि सुरु हुनेछ। पीएमपीएल साउथ एशिया…
नेपालमा उच्च ग्राहक सेवा सन्तुष्टि कायम राख्दै रियलमी
विश्वमा सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले २०१९ मा नेपालमा लन्…
विभिन्न शाखामा काम गर्न विज्ञापन खोलिएको भन्दै टेलिकमको नाम जोडेर सामाजिक सञ्जालमा गलत सूचना
‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको’ भन्दै सामाजिक सञ्जाल…
सामाजिक सञ्जाल प्रयोग गरी नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ
सामाजिक सञ्जालबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा कास्कीको पोखरा मह…
सिस्टममा समस्या छैन्, ग्राहकको मोबाइल बैंकिङबाटै कारोबार भएको छः माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले रौतहट स्थित चन्द्रपुर शाखाका ग्राहकको खाताबाट रकम हराएको सम्बन्धम…