कीवर्डहरू -

अपडेट

शुक्रबार नेपालमा सार्वजनिक हुँदै माइक्रोसफ्टको स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम

विश्वको लोकप्रिय सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले नेपाली स्टार्टअपहरुको लागि माइक्रोफ्ट फाउण्डर्स हबको सुरू गर्ने भएको छ ।

शुक्रबार इस्लिङ्टन कलेजको कुमारी हलमा एक विशेष कार्यक्रमको आयोजना गर्दै आइसिटी अवार्डसँगको सहकार्यमा नेपालको लागि फाउण्डर्स हब सार्वजनिक गर्ने भएको हो ।

उक्त कार्यक्रममा माइक्रोसफ्टको तर्फबाट विभिन्न सेसनहरु सञ्चालन हुनेछन भने इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट ५ प्रतिस्पर्धीले स्टोरी सेयरिङ गर्ने अवसर प्राप्त गर्नेछन ।

माइक्रोसफ्टको फाउण्डर्स हब स्टार्टअपहरुको लागि एउटा नयाँ प्लाटफर्म हो, जसले कम्पनी विकास गर्दा आइपर्ने समस्याहरु समाधान गर्दै विभिन्न किसिमले सहयोग पुर्याउनेछ ।

यस प्लाटफर्मले स्टार्टअपहरुको लागि आवश्यक प्रविधि र स्रोतहरुमा निःशुल्क पहुच प्रदान गर्दछ । यसले स्टार्टअपहरुले आफ्नो यात्रामा कहाँ र कस्तो अवस्थामा छन, त्यसको पहिचान गरी आवश्यक सहयोग र मार्गदर्शन     गर्नेछ ।

प्रारम्भिक स्टार्टअपहरुको लागि विशेष रुपमा डिजाइन गरिएको यस प्लाटफर्मले नयाँ आइडिया र विचारहरुलाई डिजिटल इकोसिस्टममा समेट्ने प्रयास गर्दछ ।

माइक्रोसफ्टको स्टार्टअप फाउण्डर्स हब धेरै देशमा सफलतापूर्वक चलिरहेको कार्यक्रम हो । नेपालमा पनि स्टार्टअपको इकोसिस्टमको विकासमा सहयोग पुर्याउने उदेश्यले आइसिटी अवार्डसँगको सहकार्यमा यसको सुरुवात गरिएको आयोजकले जानकारी दिएको छ ।

विशेषगरी आर्थिक, प्राविधिक र पुर्वाधारको अभावमा नेपालको स्टार्टअपहरुको वृद्धि कम भइरहेको हुँदा, यसलाई सहयोग गर्ने लक्ष्यसहित माइक्रोसफ्टले फाउण्डर्स हबको सुरुवात गरेको नेपालको लागि माइक्रोसफ्टका सेल्स एक्जिक्युटिभ सुवास मानन्धरले बताए ।

शुक्रवार आयोजना हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तरािष्ट्रय प्रतिनिधिहरुको उपस्थिती हुनेछ । यसैगरी माइक्रोसफ्टको तर्फबाट सफल केहि स्टार्टअपहरुले पनि आफ्नो सफलताको कथा प्रस्तुत गर्नेछन ।

कार्यक्रममा माइक्रोसफ्टका विभिन्न नयाँ प्रविधिहरुको बारेमा सेसन पनि सञ्चालन हुनेछन् भने आइसिटी अवार्डका विजेता र यस वर्षका उत्कृष्ट ५ ले आफ्नो स्टार्टअपको बारेमा रोचक प्रस्तुती दिनेछन ।

इच्छुकले कार्यक्रममा निशुल्क सहभागी हुन सकिन्छ तर यहाँ क्लिक गरी अनिवार्य रजिस्ट्रेशन फारम भर्नुपर्ने छ ।

अपडेट

नेपालमा विश्वकप प्रसारणको इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट

नेपालमा हाल प्रसारण भईरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आ…

१९ रूपैयाँमै राति ११ बजेदेखि बिहान ६ बजेसम्म स्मार्टको डाटा चलाउन सकिने

स्मार्ट टेलिकमले अनलिमिटेड नाइट डाटा प्लान ल्याएको छ । यो डाटा प्लान अन्तर्गत मात्र र…

कागजको फोहोर व्यवस्थापनका लागि नबिल बैंक र डोको बीच सम्झौता

नबिल बैंक र डोको रिसाइक्लर्स बीच बैंकमा हुनसक्ने विभिन्न खालका फोहोरहरुको व्यवस्थाप…

एससीटी र एभरेष्ट बैंकबीच क्यूआरमार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र एभरेष्ट बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा…

\'आउटसोर्सिङ आईटी इन्डस्ट्री इन नेपाल\' विषयमा प्यानल डिस्कसन हुँदै, निःशुल्क प्रवेशको सुविधा

टेक वेबिनार नेपालले 'आउटसोर्सिंग आईटी इन्डस्ट्री इन नेपाल' विषयमा प्यानल डिस्कसन सञ्…

नागरिक एप र क्युरा हेल्थले जिते अन्तर्राष्ट्रिय अवार्ड

नागरिक एप र क्युरा हेल्थले अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् । नेपालका २ प्रडक्ट नागरिक…

सहकारी सफ्टवेयर बिक्री वितरणको सम्झौता

सहकारी संस्थाहरुका लागि कोर बैंकिङ एभरेष्ट सफ्टवेयर अब दोलखामा सञ्चालनका लागि सम्झ…

टेलिकमले देशभर वितरण सुरू गर्‍यो ई-सिम, पूराना ग्राहकलाई निःशुल्क उपलब्ध हुने 

नेपाल टेलिकमले देशभर ई-सिम वितरण सुरू गरेको छ । मंसिर ८ गतेदेखि ग्राहकको रूची …

डिशहोममा टुके क्वालिटीमा विश्वकप फुटबल हेर्न पाउनु भएन ? यस्तो छ कारण 

डिशहोमले विश्वकपका खेलहरू टुके क्वालिटीमा प्रसारण गरिरहेको छ । तर यो सुविधा केही…

गूगल वर्कस्पेसमा नयाँ अपडेट सार्वजनिक

गूगल वर्कस्पेसको पछिल्लो अपडेटमा जिमेल सर्चलाई सुधारिएको छ । अब चाँडै गूगल मिटमा …

आइसिटी अर्वाडका ४ विधामा सर्वोत्कृष्ट छनौट गर्न पब्लिक भोटिङ सुरू, यसरी गर्नुहोस् भोटिङ 

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनसको ३ विधाम…

वर्ल्डलिंकको सेवा लिने ७ ग्राहकलाई ४३ इन्चको स्मार्ट टिभी कोसेली

काठमाडौं ।  वर्ल्डलिंक  कम्युनिकेशन्स लिमिटेडले देशभरबाट छनोटमा परेका ७ जना ग्राहक…

सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अब अनलाइनबाटै

सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइन मार्फत दि…

नेपाली युवा उद्यमी मञ्च र लिडरसिप एकेडेमी नेपालबीच सम्झौता

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) र लिडरसिप एकेडेमी नेपाल (ल्यान) बीच सम्झौता भए…

एनसेलले पनि दिन थाल्यो ई-सिम, कस्तो छ लिने प्रक्रिया ?

एनसेलका ग्राहकहरुले अब आफ्नो सिम ई-सिममा अपग्रड गर्न सक्ने भएका छन् । एनसेल आजियाटा…