कीवर्डहरू -

अपडेट

साइबर सुरक्षा नीतिमा प्रदेश र स्थानीय तहलाई पनि समेटौंः मन्त्री श्रेष्ठ

बागमती प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले संघीय सरकारले बनाइरहेको साइबर सुरक्षा नीतिमा प्रदेश र स्थानीय तहलाई पनि समेट्न आग्रह गरेका छन् ।

केन्द्रीकृत मानसिकतामा बन्दै आएका संघीय नीतिलाई संघीयताको मर्म र भावना अनुसार अगाडि बढाउन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री श्रेष्ठले संघीय सरकारलाई आग्रह गरेका हुन् ।

सञ्चार रजिष्ट्रार कार्यालयद्धारा प्रकाशित साइबर सुरक्षा नामक पुस्तक बुधबार विमोचन गर्दै मन्त्री श्रेष्ठले साइबर सुरक्षा रणनीति, नीति र कानून बनाएर कार्यान्वयन गर्न प्रस्तावित निर्देशक समितिमा साइबर सुरक्षा विज्ञ मात्रै होइन, प्रदेशमा सञ्चार हेर्ने मन्त्री, गाउँपालिका महासंघ र नगरपालिका संघको प्रतिनिधि रहन आवश्यक हुने बताए ।

'बागमती प्रदेशमा सूचना प्रविधि र साइबर सुरक्षासँग सम्बन्धित बिषयमा कानून निर्माण गरी कार्यान्वयनमा लगिनेछ । संघीय साइबर सुरक्षा नीति आएसँगै हामी प्रदेशमा पनि साइबर सुरक्षासँग सम्बन्धित बिषयमा सरोकारवालासँग छलफल गरी कार्यान्वयन गर्न सकिने कानून निर्माण गर्नेछ,' उनले भने, 'सूचना प्रविधिको विकास र यसले निम्त्याएका चुनौतीको सामना एक्लै गर्न सकिन्न, प्रदेश,स्थानीय तह र संघ मिलेर नै सामना गर्नु पर्ने हुन्छ । त्यो दिशामा हामी काम गर्नेछौ।'

साइबर सुरक्षाको समन्वय तथा सहजीकरण समितिमा प्रदेशका सञ्चार हेर्ने मन्त्रालयका सचिवको प्रतिनिधित्व हुनु पर्ने, राष्ट्रिय साइबर सुरक्षा रणनीतिक कार्य समूहमा प्रदेशको सञ्चार हेर्ने निकायको प्रमुखको प्रतिनिधित्व हुनु पर्ने पनि उनले बताए । 'संघ र प्रदेशमा समन्वय हुन्छ र जुनसुकै स्थानीय तहलाई पनि त्यही संयन्त्रभित्र ल्याउन उपयुक्त हुन्छ ।' उनले भने ।


यस्तै सञ्चार रजिष्ट्रार रेवती सापकोटाले आम नागरिकले कम्प्युटर, मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालको दैनिक प्रयोग गर्ने सवालमा आउने चुनौती र त्यसका सुरक्षा उपायहरुका बारेमा जानकारी गराउने उद्देश्यले साइबर सुरक्षा पुस्तक तयार पारिएको बताए ।

उनले भने, 'डिजिटल प्रविधिको प्रयोगमा धेरै चुनौतीहरु छन् तर यस्ता चुनौतीसँग भागेर अगाडि बढने बाटो छैन, बरु आफूलाई सक्दो प्रविधि साक्षर र प्रविधिमैत्री बनाउन सकियो भने यसबाट लिन सकिने फाइदा धेरै छन्। नेपाली नागरिकलाई चुनौतीको सामना गर्न सक्षम बनाउन साइबर सुरक्षासँग सम्बन्धित बिषयमा चेतना जगाउन उपयोगी हुने अध्ययन सामग्री तयार गरिएको हो।'

साइबर सुरक्षाका बारेमा जान्न चाहनेहरुका लागि भोक जगाउने र जुनसुकै पेशा व्यवसायमा रहेका आम नागरिकका लागि यो पुस्तक उपयोगी हुने उनको भनाइ छ ।

साइबर सुरक्षाको चुनौती बढिरहेको वेला सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले नागरिकलाई सुसुचित गराउने उद्देश्यले साइबर सुरक्षा नामक पुस्तक सार्वजनिक गरेको छ ।

कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरण सञ्चालक समितिका सदस्य कृष्ण पोखरेल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, प्रेस सेन्टरका अध्यक्ष बिष्णु सापकोटाले साइबर सुरक्षाका बारेमा प्रकाशित पुस्तक उपयोगी रहेको बताए ।

प्रविधिमा चासो राख्‍ने र चेतना जगाउन प्रकाशनले प्रादेशिक संरचनालाई बलियो बनाउन मद्दत पुर्‍याउन सक्ने उनीहरुको जोड थियो ।

साइबर सुरक्षा पुस्तकमा साइबर सुरक्षाको महत्व, साइबर सुरक्षाको उद्देश्य, गोपनीयताको रक्षा, अखण्डता, उपलब्धता जस्ता बिषय पुस्तकको साइबर सुरक्षा खण्डमा रहेको छ ।

साइबर अपराधका प्रकार र अपराधीका नियत, साइबर आक्रमणलाई पुस्तकमा पहिल्याउने कोशिस गरिएको छ । पुस्तकमा साइबर अपराधका बहुआयामिक, प्राविधिक, मानवीय,भौतिक र तेस्रो पक्षको चुनौतीलाई केलाउने प्रयास गरिएको छ ।

सुरक्षाका अवधारणा तथा औजारको रुपमा एन्टिभाइरस, क्लाउड एन्टिभाइरस, सुरक्षा फायरवाल, इन्क्रिप्सन र डिक्रिप्सन, डिजिटल हस्ताक्षर, डिजिटल फोरेन्सिकलाई पुस्तकमा प्रस्तुत गरिएको छ ।

साइबर कानूनको इतिहास, अन्तराष्ट्रिय साइबर कानून,साइबर स्पेश र गोपनीयता, डिजिटल प्रोपर्टी, सामाजिक सञ्जाल सम्बन्धी कानून, आचारसंहिता र नैतिक मान्यतालाई पुस्तकमा समेटिएको छ ।

डिजिटल साक्षरता, अनलाइन पत्रकारिता, मिडिया साक्षरता र सामाजिक सञ्जालमा गहिरो अध्ययन गरेका प्रवेश सुवेदीले सम्पादन गरेको उक्त पुस्तकको सहलेखनमा एशिया प्यासिफिक स्कूल अफ इन्टरनेट गभर्नेन्सका उपाध्यक्ष अधिवक्ता बाबुराम अर्याल, वेलायतमा साइबर सुरक्षा सल्लाहकारमा कार्यरत गंगालाल चपाई (निकेश), काठमाडौ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागमा भिजिटिंग फयाकल्टीका रुपमा कार्यरत रविराज बराल रहेका छन् ।

सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशले यसअघि प्रकाशित गरेका जेष्ठ पत्रकारको अनुभव अभिलेखीकरण गरिएको उहिलेको पत्रकारिता,डिजिटल साक्षरता र अनलाइन पत्रकारिता सम्बन्धी पुस्तक प्रकाशन गरिसकेको छ ।

सञ्चार रजिष्ट्रार कार्यालयले नेपालमा पहिलो पटक बिधागत पत्रकारिता सम्बन्धी अध्ययन पुस्तक र उहिलेको पत्रकारिता भाग दुई पनि तयार गरेको छ ।

अपडेट

खल्तीका सहसंस्थापक अमित अग्रवाललाई आउटस्ट्यान्डिङ युथ प्रोफेसनल अवार्ड प्रदान 

खल्तीका सहसंस्थापक तथा निर्देशक अमित अग्रवाल आउटस्ट्यान्डिङ युथ प्रोफेसनल अवार्डबाट सम्…

नेपाल-भारत विद्युतीय भुक्तानी छिटाे कार्यान्वयन गर्न भारतीय अर्थमन्त्रीकाे आग्रह

भारतको गुजरातमा भइरहेको जी-२० मुलुकका अर्थमन्त्रीहरूको बैठकमा अर्थमन्त्री डा. प्रकाश…

१ लाख राशीको भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई

यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्र…

मेटा कम्पनीमाथि दैनिक १ लाख डलर जरिवाना, कार्ययोजना नबन्दासम्म तिरिरहनुपर्ने 

युरोपेली मुलुक नर्वेको डाटा सुरक्षण प्राधिकरणले प्रयोगकर्ताका डाटाको सुरक्षा तथा गो…

दराजको महाबचत बजार, सामान किन्दा ७० प्रतिशतसम्मको छुट

दराज नेपालले २०२३ को लागि आफ्नो वार्षिक अभियान ‘महाबचत बजार’ को औपचारिक घोषणा ग…

‘ग्रे लिस्ट’का फोन प्रयोगकर्ताले तिरेनन् कर, थप एक महिना समय दिइने

१ साउन, काठमाडौं । सरकारले तोकेको अवधिभित्र २ हजार ३५८ वटा मात्रै फोन कर तिरेर …

१३ विधामा आठौं आइसिटी अवार्डको अनलाइन नोमिनेसन सुरू, यसरी दिनुहोस् आवेदन

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आ…

नेपालमा आजदेखि आलाकार्ट प्रणाली लागु

नेपालमा आजदेखि आलाकार्ट प्रणाली लागु भएको छ । आलाकार्ट प्रणाली कार्यान्वयनमा आएसँगै…

भदौ १५ देखि १७ गतेसम्म भृकुटीमण्डपमा ईभी एक्स्पो हुने

भदौ १५ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ईभी एक्स्पो हुने भएको छ । इलेक्…

सूचना प्रविधिसम्बन्धी सेवाहरूका लागि सानिमा बैंकलाई आइएसओ प्रमाणपत्र

सानिमा बैंकले प्रतिष्ठित आइएसओ २७००१–२०१३ प्रमाणपत्र प्राप्त गरेको छ । आन्तरिक तथा ब…

पशुपतिनाथ मन्दिरमा अब क्युआर कोड स्क्यान गरेरै भेटी दान गर्न सकिने

पशुपतिनाथ मन्दिरमा अब क्युआर कोड स्क्यान गरेरै भेटी दान गर्न सकिने भएको छ । यसका ल…

गूगल क्रोमको बजार हिस्सा खस्कदै, सफारी र एजको बढ्दै

विश्वको लोकप्रिय ब्राउजर गूगल क्रोमको बजार हिस्सा घट्दै गएको देखिएको छ । स्ट्याट काउन्…

भोलिदेखि पुँजी बजारमा डिजिटल केवाईसी लागू, लगानीकर्ताले अब एक पटक केवाईसी भरे पुग्‍ने 

साउन १ गते अर्थात सोमबारदेखि पुँजी बजारमा केन्द्रिकृत डिजिटल केवाईसी लागू हुने भ…

सीजी इलेक्ट्रिकको ब्राण्ड एम्बेस्डरमा अभिनेत्री सुरक्षा पन्त

सीजी इलेक्ट्रिकको ब्राण्ड एम्बेस्डरमा चर्चित अभिनेत्री सुरक्षा पन्त नियुक्त भएकी छन् । चौ…

भायानेटकी सीईओ सेवा पाठक वर्ष व्यावसायिक महिलाको रूपमा सम्मानित

स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३ मा आयोजित एक …