अपडेट
सय बढी स्टार्टअपको सहभागितामा आजदेखि स्टार्टअप फेस्ट हुँदै, निःशुल्क अवलोकन गर्न सकिने
सातै प्रदेशको कार्यक्रम पश्चात लिभिङ विथ आइसिटीको आयोजनामा शुक्रबार र शनिबार अर्थात आज र भोलि काठमाडौैं स्थित बानेश्वर बैंक्वटमा यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम हुने भएको छ ।
उक्त कार्यक्रममा सातै प्रदेशबाट छनौट भएकासँगै इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ फाइनलिस्टहरुको सहभागिता रहनेछ ।
यसका अतिरिक्त विभिन्न कलेजका विद्यार्थीले विकास गरेका इन्नोभेसन र रकेट साइन्स क्याम्प पनि आयोजना हुदैछ ।
२ दिनसम्म चल्ने फेस्टमा १०० बढी स्टार्टअप र इन्नोभेसनहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राख्ने छन् ।
स्टार्टअप एण्ड आईडिया फेस्टमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । फेस्ट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिने छ ।
स्टार्टअप इकोसिस्टम प्रवर्द्धन गर्न सातै प्रदेशमा स्टार्टअप एण्ड आईडिया फेस्ट सफलतापूर्वक सम्पन्न गरेपछि काठमाडौंमा पनि आयोजना गर्न लागेको कार्यक्रमका संयोजक राजन लम्सालले बताए ।
यस कार्यक्रमले स्टर्टाअप र इन्नोभेसनमा लगानी गर्दै प्राथमिकतामा राखेर काम गर्न सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउने आयोजकको अपेक्षा छ ।
फेस्टमा स्टिम क्याम्प, जब फेयर, एआई एण्ड इमर्जिङ टेक्नोलोजी, गेमिङ प्रतियोगिता, लगानीको अवसर, उद्यमी र लगानीकर्तासँग भेटघाट, रोबोटिक्स, ड्रोन, एआई÷भीआर लगायतका गतिविधि हुने आयोजकले जानकारी दिएको छ ।
स्टिम क्याम्पका लागि द स्क्वाइड अफ चेन्जमेकर र इन्नोभेट घर नेपालले सहकार्य गरेका छन् । २ दिनसम्म सञ्चालन हुने फेस्ट १० हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
सन् २०१६ बाट सुरू भएको आइसिटी अवार्डको सातौं संस्करणमा १२ विधामा अवार्ड वितरण गरिदै छ । यस वर्ष अवार्डमा ४०० बढीको आवेदन प्राप्त भएको थियो । १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले अवार्डको छनोटको काम गरिरहेको छ ।
बुधबार मात्रै आइसिटी अवार्डका स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधाका उत्कृष्ट १२ प्रतिस्पर्धीलाई मेन्टरिङ तथा ओरियन्टेसन सेसन सम्पन्न गरिएको थियो ।
त्यस्तै सातै प्रदेशमा आयोजना भएको स्टार्टअप एण्ड आईडिया फेस्टबाट छनोट भएका ४० बढी उत्कृष्ट स्टार्टअप तथा आईडियाहरूका लागि समेत मंगलबारदेखि बिहीबारसम्म ३ दिने बुटक्याम्प सञ्चालन भइरहेको छ । आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ८ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ ।
यस कार्यक्रममा इन्फोडेभलपर्स, नेपाल टेलिकम, जेनेस, ह्वावे, स्मार्ट क्युआर, दराज, प्रेसिडेन्सियल विजनेश स्कुल, आइएमइपे, ब्रोडवे इन्फोसिस, वेद, सिल्भर लाइनिङ, फ्युज मेसिन्स लगायतको सहयोग रहेको छ ।
यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दुरसञ्चार प्राधिकरण, एनआइटिसी, नाष्ट, एफएनसिसिआई लगायतको पनि सहयोग तथा सहकार्य रहेको छ ।
अपडेट
स्वतन्त्र पार्टीको बाचाः विद्युतीय गाडीमा शुन्य कर, पेट्रोलियमलाई विद्युतीय बनाउन कर्जा
राष्ट्रिय स्वतन्त्र पार्टीले विद्युतीय सवारीसाधनमा शुन्य कर लगाउने भएको छ । बिहीबार ब…
स्वतन्त्र पार्टीको घोषणाः क्रिप्टोकरेन्सी माइनिङलाई वैधानिकता दिने
राष्ट्रिय स्वतन्त्र पार्टीले क्रिप्टोकरेन्सी माइनिङलाई वैधानिकता दिने भएको छ । बिहीबार…
आइसिटी अवार्डका उत्कृष्ट १२ प्रतिस्पर्धीका लागि आयोजना भएको मेन्टरिङ सेसन सम्पन्न
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोशिएसन विथ जेनेसका उत्कृष्ट १२ प्रतिस्पर्धीहरूक…
रियलमी युआई विजेट क्रिएट गर्न आह्वान
स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी युआई विजेट क्रिएसन क्याम्पेन आयोजना गर्ने भएको छ ।…
आईपीओ जारी गर्ने तयारीमा भायानेट
इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आईपीओ जारी गर्…
आइसिटी अवार्ड २०२२ को पावर्ड बाई पार्टनरमा स्मार्ट क्युआर र पेमेन्ट पार्टनरमा आईएमई पे
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको स…
एमालेको घोषणाः १ वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण, सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट
नेकपा एमालेले १ वर्षमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने घोषणा गरेको छ । मंगलबार आफ्न…
फिंगरप्रिन्ट स्क्यान गर्दै ओलीले सार्वजनिक गरे एमालेको घोषणापत्र, सबै सरकारी सेवा अनलाइनबाटै
नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार याक एन्ड यती होटलमा आ…
अड्वान्स्ड कनेक्टिभिटिले ल्याउने विकास प्रस्ट्याउँदै ह्वावे
युबिबिएफ २०२२ कार्यक्रममा, ह्वावेका वरिष्ठ उपाध्यक्ष र ह्वावे एशिया–प्यासिफिक क्षेत्रका…
किशोरीहरूको क्षमता अभिवृद्धि गर्न कार्यक्रम आयोजना गर्दै वर्ल्डलिङ्क
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले किशोरीहरूको क्षमता अभिवृद्धि आयोजना गरेको छ । दे…
बिओकेको क्यूआर स्क्यान गरी कारोबार गरेमा २५ प्रतिशत सम्मको नगद फिर्ता पाउने
बैंक अफ काठमाण्डू लिमिटेडले दसैँ, तिहार, नेपाल सम्वत् तथा छठको अवसरमा ल्याएको २५ …
एप्पलले मार्चमा १४ इन्च र १६ इन्चको म्याकबुक प्रो सार्वजनिक गर्ने
एप्पलले यही वर्षको मार्चमा १४ इन्च र १६ इन्चको म्याकबुक प्रो सार्वजनिक गर्ने भएको छ । …
लारामाइन्ड्सको प्लेसमेन्ट पार्टनरमा ग्रोथ सेलर्स
सूचना प्रविधि कम्पनी योङ माइन्ड्स र ग्रोथ सेलर्स प्रा.लि बीच सम्झौता भएको छ । योङ माइन्ड्सको सामाजिक कार्यक्रम लारामाइन्ड्…
कांग्रेसको संकल्प : डाटा संग्रहकेन्द्र, डिजिटल नक्सा, एआईमा दूरगामी रणनीति बनाउने
डिजिटल नेपालः सुशासन र समुन्नतिको आधार भन्ने नाराका साथ नेपाली कांग्रेसले सूचना …
इन्टरनेटको विकाससंगै प्रेम दर्शाउने “इन्टरनेट” गीत बिमोचन
गायक तथा गीतकार विक्रम राजवंशीका साथ संगीत सिजन ब्याण्ड रहेको “इन्टरनेट” म्युजिक भ…