अपडेट
ह्वावे र वेबसर्फरबीच साझेदारी, छिट्टै वेबसर्फरका प्रयोगकर्ताले गुणस्तरीय इन्टरनेट सेवा पाउने
इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनी वेबसर्फर र आइसिटी पूर्वाधार प्रदायक ह्वावेबीच आईएसपीको डिजिटल रूपान्तरणको लागि सम्झौता भएको छ ।
यस सम्झौतासँगै यस वर्षदेखि ह्वावेले वेबसर्फरलाई एण्ड–टु–एण्ड नेटवर्क सोलुसनहरू र अप्टिकल, इन्टेलिजेन्ट प्रविधिहरू प्रदान गर्नेछ ।
यसले प्रयोगकर्ताहरूको नेटवर्क गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने दुबै कम्पनीको विश्वास छ । ह्वावेले वेबसर्फरको नेटवर्क पूर्वाधार र आर्किटेक्चरको विकासमा सहयोग गर्नेछ ।
ह्वावेले वेबसर्फरलाई निरन्तर प्राविधिक सहयोग र विशेषज्ञ सहायता पनि प्रदान गर्नेछ । यसका साथै ह्वावेले वेबसर्फरका कर्मचारीहरूलाई आफ्नै क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने जनाइएको छ ।
दबै कम्पनीका फाइदाजनक यो एक दीर्घकालीन र रणनीतिक साझेदारी भएको ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले बताए ।
“हामी वेबसर्फरको लागि एक फ्युचर–प्रुफ नेटवर्क सिर्जना गर्दैछौं,' उनले भने, 'ह्वावेको पछिल्ला उपकरण नेपालमा ल्याएर वेबसर्फरको इन्टरनेट प्रयोग सजिलो बनाउने छौं।'
वेबसर्फरका प्रबन्ध निर्देशक सुरेन क्षेत्रीले यो नयाँ साझेदारीबाट उत्साहित रहेको प्रतिक्रिया दिए । उनले भने, 'बढ्दो प्रविधि र हाम्रा प्रयोगकर्ताहरूको आवश्यकताहरू बुझ्ने पार्टनरको खोजीमा ह्वावेसँग सहकार्य गरेका हौं । ह्वावेका इन्टेलिजेन्ट उत्पादन र सोलुसन नेपालमा ल्याउन पाउँदा उत्साहित छौं ।'
वेबसर्फरका ग्राहकहरूले छिट्टै ह्वावे इन्टरनेट उत्पादन, उच्च गतिको फाइबर इन्टरनेट, थप भरपर्दो र स्थिर नेटवर्क, सिमलेस वाइफाइ रोमिङ सुविधाहरू र समग्रमा कुनै पनि अवरोध वा डाउनटाइम बिना सहज प्रयोगकर्ता अनुभवको फाइदा लिन सक्ने उनले जानकारी दिए ।
अपडेट
दराजको ११.११ सेल कात्तिक २५ गतेदेखि सुरू हुँदै, सामानमा ८० प्रतिशतसम्म छुट पाइने
नेपालको सबैभन्दा ठुलो अनलाइन सपिङ फेस्टिभल ११.११ फेरि हुने भएको छ । ११ लाख उत्पा…
सूचना प्रविधिमा चासो राख्नेका लागि शनिबार टेक्किज मिटअप हुँदै, यसरी हुनुहोस् सहभागी
अफिभर्स टेक सर्भिसेजले टेक्किज मिटअप २०२२ आयोजना गर्ने भएको छ । सूचना प्रविधिको क्ष…
फेसबुकमा पुनः सक्रिय भयो एमआरआर ग्रुप
फेसबुकले चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई सक्रिय बनाएको छ । यसअघ…
राष्ट्रिय परिचयपत्रको उपयोगितालाई अझ बढाउँदै लैजानुपर्छः गृहसचिव
गृह सचिव विनोद प्रकाश सिंहले सोमबार राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको अनुगम…
यात्रुको सहजताका लागि बससेवाले कलंकीमा बनायो यात्रु प्रतिक्षालय, वाईफाई र खानेपानीको सुविधा
अनलाइनबाटै बसको टिकट काट्न मिल्ने प्लेटफर्म बससेवाले यात्रु प्रतिक्षालय स्थापना गरेको…
रोल्पा शहरी खानेपानीको बिल अब इसेवाबाटै तिर्न सकिने, यस्तो छ तरिका
रोल्पा शहरी खानेपानी संस्थाको मासिक बिल भुक्तानी अब अनलाइनबाटै गर्न सकिने भएको छ …
वर्डक्याम्प नेपाल २०२२ भरतपुरमा सम्पन्न, ‘वर्डक्याम्प नेपाल २०२४’ पोखरामा हुने
चितवनको भरतपुरमा शनिबार देखि संचालन भएको वर्डप्रेस सम्बन्धि दुई दिने वृहत अन्तराष्ट्…
नो नट अगेनको पेज र ग्रुप बन्द नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नो नट अगेन अभियानलाई कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश ज…
फेसबुकमा नक्कली अकाउन्ट बनाइ महिलाको चरित्र हत्या गर्ने व्यक्ती पक्राउ
सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्ने व्यक्ती पक्राउ परेका छन् । फ…
२ लाखले प्रयोग गर्न थाले डिशहोम फाइबरनेट
डिशहोम फाइबरनेटका ग्राहक २ लाख पुगेका छन् । सन् २०२० फेब्रुअरीदेखि इन्टरनेट बजारमा…
सातै प्रदेशका विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम सञ्चालन गर्न वर्ल्डलिङ्कको सहयोग
इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको सहयोगमा इन्टरनेट सचेतन…
फुटबल विश्वकपलाई लक्षित गर्दै भायानेटको अफर, टिभी खरिदमा ५१ प्रतिशतसम्म छुट
आउँदै गरेको फिफा विश्वकप-२०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकहरूका लागि …
अवलोकनकर्ताको उत्साहनजक सहभागितासहित यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न
अवलोकनकर्ताको उत्साहनजक सहभागितासहित लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्…
यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्टमा टेलिकमले निःशुल्क ई-सिम वितरण गर्दै
यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्टमा नेपाल टेलिकमले निःशुल्क ई-सिम वितरण गरिर…
यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्टको पहिलो दिन सात हजार बढीले गरे अवलोकन
लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्टको पहिलो द…