अपडेट
लगानी तथा व्यापार अभिबृद्धि गर्न सीएनआई अगोरा वेब प्लेटफर्ममा आवद्ध
नेपाल उद्योग परिसंघ (सिएनआई) संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष (युएनसीडीएफ) को सहयोगमा लगानी तथा व्यापार अभिबृद्धिमा सहयोग गर्न अगोरा प्लेटफर्ममा आवद्ध भएको छ । अगोरा विकासशील, उदीयमान र सीमावर्ती बजारका उद्यमी, लगानीकर्ता र विज्ञहरूसँग जोड्ने वेब प्लेटफर्म परियोजना हो ।
शुक्रबार परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र यूएनसीडीएफका उपकार्यकारी सचिव जेभियर मिचोनले अगोरा प्लेटफर्म संचालन तथा आवद्धता सम्बन्धी समझदारीपत्रमा सम्झौता आदानप्रदान गरेका थिए । अगोरा प्लेटफर्ममा आवद्ध भएको नेपाल उद्योग परिसंघ पहिलो संस्था हो ।
सो समझदारीसँगै अगोरा प्लेटफर्ममा आवद्ध भएको छ र परिसंघले नेपाली उद्योगहरूको लागि लगानी प्रवद्र्धनलाई बढावा दिन अगोरा प्लेटफर्मलाई अगाडि बढाउनेछ । उत्पादन तथा सेवामुलक उद्योगहरुको प्रतिनिधिमुलक संस्था परिसंघले अगोराको घरेलु परिनियोजनको निरीक्षण गर्नेछ ।
साथै नेपालका उद्यमी एवं व्यवसायीहरुलाई उद्यमशिलताको विकासका लागि आवश्यक पर्ने वित्तियसहित विशेषज्ञता आवश्यकताको आधारमा दिइनेछ । अगोराले देशको औद्योगिक र संस्थागत क्षेत्रमा रोजगारीका अवसरहरू सिर्जना गर्दै स्वदेशी एवं विदेशी लगानी प्रबद्र्धन गर्ने परिसंघको दृष्टिकोणलाई सहयोग गर्नेछ ।
परिसंघका अध्यक्ष अग्रवालले युएनसीडीएफसँगको सहकार्यबाट नेपालमा लगानीको परिदृश्यलाई रूपान्तरण गर्न अगोरा प्लेटफर्म महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । संयुक्त राष्ट्र संघको पुँजी विकास कोषले अगाडि सारेको “अगोरा” मा नेपाली वस्तुहरुलाई आवद्ध गराउने र नेपाली वस्तुहरु अन्तर्राष्ट्रिय बजारमा पहुँच पुर्याउन महत्वपूर्ण हुने उनले बताए ।
परिसंघले मेक इन नेपाल स्वदेशी अभियानमार्फत नेपाली वस्तुहरुको प्रबद्र्धनमा काम गर्दै आएको बताउँदै उनले यस प्लेटफर्ममार्फत अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्ने मात्रै नभई अन्तर्राष्ट्रिय व्यवसायिक सञ्जालमा पुग्न प्रभावकारी माध्यम बन्ने बताए । साथै उनले अगोराले सुचना प्रसारणमा भएको कमीलाई पुरा गरी व्यवसाय, उद्यमी र समुदायहरूलाई पूँजी निर्माणमा समेत योगदान गर्ने विश्वास व्यक्त गरे ।
यूएनसीडीएफका उपकार्यकारी सचिव मिचोनले परिसंघसँगको अर्थपूर्ण सहकार्य र साझेदारीले नेपाली वस्तुहरुको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न निकै सहयोग हुने बताए । उनले अगोराले विदेशी लगानीकर्ताहरूलाई ‘किन नेपाल’ बाट ‘किन नेपालमा नगर्ने’ भन्ने मानसिकतामा परिवर्तन ल्याउन मद्दत गर्न सक्ने समेत बताए ।
समान विचारधाराका साझेदारहरूसँगको सहकार्यमा युएनसीडीएफले सन् २०२३ को अन्त्यसम्ममा करिब २० देशहरूमा पुग्ने लक्ष्यका साथ अगोरालाई विश्वव्यापी सार्वजनिक हितका रूपमा अगाडि बढाइरहेको छ ।
लगानीकर्ताहरुले उदियमान बजार अवसरहरु खोजी रहन्छन्, अत्याधुनिक एल्गोरिदमहरू र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर उद्यमी एवं लगानीकर्ताबीचको सम्बन्धलाई प्रगाढ बनाउन अगोराले उनीहरुको हकहित सुनिश्चित गर्न मद्दत गर्नेछ ।
अपडेट
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना, तिमलाले जिते एक लाख नगद
‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत डिशहोमका ग्राहक परशुराम तिमिलाले नगद १ लाख जितेका छन् । सोम…
डिजिटल भुक्तानी इकोसिस्टम सुदृढ बनाउन क्लियरिङ हाउस र आईएफसीबीच सम्झौता
अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढ बनाउँदै नेप…
शुक्रबारको क्रिकेट खेलको टिकट आईएमई पेबाट काट्न सकिने, मैदानमा टिकट बुथ नहुने
आईसीसी पुरूष टी २० विश्वकप एशिया छनौट अन्तर्गतको सेमिफाइनल खेल मैदानमा आएर हेर्न आईएमई पेबाट टिकट काट्न क्यानले अनुरोध गरेको …
सागर ग्रुपको ब्रदर एक्सपेरियेन्स सेन्टर उद्घाटन, अब प्रडक्ट अनुभव गरेर पनि खरिद गर्न सकिने
सागर ग्रुपले ब्रदर एक्सपेरियेन्स सेन्टर सञ्चालनमा ल्याएको छ । ब्रदर इन्टरनेसनल (गल्फ) का प्रबन्ध निर्देशक केनस्को हिरानो, सेल्स निर्देश…
एक्यूफिट स्मार्टवाचको खरिदमा निःशुल्क मोबाइल फोन
टेक स्टुडियोले एक्यूफिट स्मार्टवाचको हरेक खरिदमा नि:शुल्क मोबाइल फोन पाउने गरी तिहार अफर ल्याएको छ ।
एफवान सफ्ट इन्टरनेशनलको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त
नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट ग्रुपको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त भएका छन् । उनलाई एफवान सफ्टका…
आइसिटी अवार्ड २०२३ अन्तर्गत ३ विधामा उत्कृष्ट ५ सार्वजनिक, सर्वोत्कृष्ट छनौटको लागि पब्लिक भोटिङ र फिल्ड भिजिट सञ्चालन हुने
प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित र लोकप्रिय रहेको आइसिटी अवार्ड कार्यक्रम अन्तर्गत यस वर्षको लागि विभिन्न ३ विधामा उत्कृष्ट ५ को सार्वजनिक गरिएको छ । स्टार्टअप …
शतक हान्नेलाई १० लाख र ५ विकेट लिने खेलाडीलाई ५ लाख दिने डिशहोमको घोषणा
इन्टरनेट सेवा प्रदायक डिशहोम फाइबरनेटले आईसीसी टी २० पुरूष विश्वकप अन्तर्गत एशिया छनौट २०२३ खेलमा शतकदेखि रनसम्म बनाउने खेलाड…
अनुसन्धान र नवप्रवर्तनका लागि सरकारले बनाएको मस्यौदामा कर्मचारीतन्त्र हावी छः महावीर पुन
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महाविर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सरकारले तयार पारेको मस्यौदामा…
नेपाल पे इनस्ट्यान्टबाट निःशुल्क फण्ड ट्रान्स्फर गर्न सकिने
दशैं र तिहार पर्वको अवसरमा बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकहरूले नेपाल पे इनस्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्र…
नियम उल्लंघन गरेको अवस्था बाहेक चेकजाँचको समयमा अब नागरिक एपमै लाइसेन्स देखाए पुग्ने
ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा अब नागरिक एपमा देखाएको ड्राइभिङ लाइसेन्सले मान्यता पाउने भएको छ ।&nb…
लाखौं पटक डाउनलोड भएका एन्ड्रोइड एपमा मालवेयर, तपाईको फोनमा पनि छन् कि ?
लाखौं पटक डाउनलोड भएका एन्ड्रोइड एपमा मालवेयर देखा परेको छ । डक्टर वेबको मोबाइल थ्रेट प्रतिवेदनमा लाखौं डाउनलोड भएका एप जोकर…
स्वास्थ्य वित्तीय प्रणालीलाई सुधार गर्ने डिजिटल स्टार्टअप खोज्दै एडीबी, २० हजार डलर पुरस्कार
एशियाली विकास बैंक (एडीबी) ले डिजिटल हेल्थ फाइनान्सिङ च्यालेन्ज आयोजना गर्ने भएको छ । विकासशील देशको राष्ट्रिय स्वास्थ्य वित्तीय प्…
डिशहोमको इन्टरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा पाउने
दशैंको अवसर पारेर डिशहोम फाइबरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा लिन पाउने समय थप भएको छ । तिहार र छठ…
गूगल प्ले स्टोरमा पुनः फर्कियो मेरो शेयर एप
गूगल प्ले स्टोरमा मेरो शेयर एप फर्किएको छ । शुक्रबार बिहान अकस्मात प्लेट स्टोरबाट गायब भएको एप पुनः देखिएको हो ।
शुक्रबार बिहान सीडीएसी एण्…