कीवर्डहरू -

अपडेट

नबिल बैंकले बालबालिकालाई लक्षित गर्दै सार्वजनिक गर्याे डिजिटल ‘नबिल जेन अल्फा’

राष्ट्रिय बाल दिवसको अवसर पारि नबिल बैंकले नेपालमै पहिलोपटक ‘नबिल जेन अल्फा’ एप सार्वजनिक गरेको छ । नबिलको जेन अल्फाका ब्राण्ड एम्बासडर प्रेन्सा रेग्मी र प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद दङ्गानाको उपस्थितिमा एप सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार ‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकलाई लक्षित गरेर ल्याइएको नेपालकै पहिलो एप हो । अभिभावकहरूले यस एपमार्फत आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छने कम्पनीले बताएको छ ।

यस एपमार्फत बालबालिकाहरूले कार्य सम्पादनपछि अंक कमाउन सक्छन् र त्यहि अंक लिंक गरिएको खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ । यो स्किममार्फत बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ ।

‘नबिल जेन अल्फा’ बचत खाताबाट बालबालिकाहरूलाई आफ्नो पढाइका साथसाथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यसतर्फ उत्प्रेरित गराउने बैंकको अपेक्षा छ । बैंकका अनुसार यस योजना अन्तर्गत नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकले खाताबाट तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा रकमान्तर गर्न सक्नेछन् ।

यस्तै, बालबालिकाको खातामा रहेको रकमबाट समय समयमा मुद्धति खातामा जम्मा तथा बालबालिकाहरूलाई नबिल जेन अल्फा मोबाइल एपको माध्यमबाट काम र लक्ष्य यकिन गरी जिम्मेवारी दिन सकिने तथा काम र लक्ष्य प्राप्तिपछि पुरस्कृत पनि गर्न सकिने बताइएको छ । यो एप गुगल प्ले स्टोर र एप्पल स्टोरबाट डाउनलोड गर्न सकिने बताइएको छ ।

अपडेट

ग्लोबल आइएमइ क्यापिटल नेशनल पेमेन्ट स्वीचमा आबद्ध

ग्लोबल आइएमई क्यापिटल लिमिटेड (जीआईसीएल)ले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई ने…

साङ्ग्रिला डेभलपमेन्ट बैंकले भक्स्क्रोको गेटडेस्क सफ्टवेयर प्रयोग गर्ने

साङ्ग्रिला डेभलपमेन्ट बैंकले गेटडेस्क सफ्टवेयरको साथ आफ्नो बैंकिङ ग्राहक अनुभव बढाउन…

एन आई सी एशिया बैंकका ग्राहकहरुले दराजमा अनलाईन किनमेल गर्दा रू. २,५०० सम्म छुट पाउने

समयअनुरुप आकर्षक ग्राहकमैत्री योजनाहरू ल्याउदै आएको एन आई सी एशिया बैंकले दशैंको उपलक्षमा दराज ई–कमर्शबाट अनलाइन क…

एससीटीले दमदार दसैँ धमाका अन्र्तगत थ्रीडी अफर गर्याे सार्वजनिक

नेपालीहरूको महान् चाड विजयादशमीलाई लक्षित गरी स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एसस…

एनसेलले ल्यायो दशैं रिचार्ज बोनस, १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु ४० सम्म बोनस प्राप्त गर्न सक्ने

एनसेलले दशैं रिचार्ज बोनस सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत यदि ग्राहकले एक दि…

दसैँको अफर स्वरुप ब्रोडवे इन्फोसिसकोे सबै आईटी कोर्सहरुमा २० प्रतिशत छुट उपलब्ध

ब्रोडवे इन्फोसिसले सबै आईटी कोर्सहरुमा दसैँको अफर स्वरुप २० प्रतिशत छुट दिने भएको …

एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धि सम्झौता

एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार आइ…

वर्डक्याम्पले ल्यायो उज्जवल थापा छात्रवृत्ति, सात योग्य उम्मेदवारले दावी गर्न सक्ने

वर्डप्रेस नेपाल कम्युनिटी वर्डक्याम्पले स्वर्गीय उज्जवल थापालाई सम्मान गर्नका लागि उज्जवल…

लाइभ ह्याकाथन आयोजना गर्दै डब्लुआईआईटी

वुमन इन इन्फोरमेसन टेक्नोलोजी (डब्लुआईआईटी) ले लाइभ ह्याकाथन आयोजना गर्ने भएको छ ।…

हेल्थ एट होमले डेङ्गु रोग पीडितलाई सुरू गर्यो निशुल्क स्वास्थ्य परामर्श सेवा 

घरघरमै पुगेर स्वासथ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले पा…

एन आई सी एशिया बैंकद्वारा ग्राहक पहिचानको लागि भिडियो केयाईसी सेवा सुचारु

एन आई सी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने …

भायानेटको दशैँ अफर, अल्ट्राफाई इन्टरनेट जोड्दा नोकिया १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर प्राप्त हुने

दशैंमा ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भायानेटले एक अफर ल्याएको छ। यो अफर अन्त…

वर्ल्ड लिंकको महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

वर्ल्ड लिंक कम्युनिकेसनले सिरहाको जनसेवा माविको सहकार्यमा महिला सशक्तीकरण सम्बन्धी क…

खाना डेलिभरी गर्ने कम्पनी भोजले अधिग्रहण गर्यो क्विकर

खाना डेलिभरी गर्ने कम्पनी भोजले अर्काे त्यस्तै कम्पनी क्विकर अक्वायर गरेको छ । भोजले आफ्नो सेवा विस्तार गर्ने क्रममा विर…

सेल्सबेरीको स्कयान टू विन अफरको पुरस्कार गौतमलाई

सेल्सबेरीको तेस्रो हप्ताको पुरस्कार राजेन्द्र गौतमले जितेका छन् । सेल्सबेरी डिपार्टमेन्…